• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिश्चियनहरु फुटिराख्ने कि जुटेर अगाडी बढ्ने ?

by Jagadish Pokhrel
September 12, 2013
in Articles

नेपालमा क्रिश्चियनहरुसंग जस्तो ब्यबस्थित संगठन अरु कसैसंग पनि छैन । कुनै त्यस्तो देशव्यापी राजनीतिक दल वा संस्था छैन जसका लाखौँ लाख सदस्यहरु हरेक हप्ता नियमित रुपमा जमघट हुन्छन, हप्ताका अरु दिन पनि भेटघाट भैराख्छन । हामीले आजसम्म संगठित पाराले काम नगरेर पो त, हाम्रो सानो प्रयासमा पनि यो देशमा कति क्रिश्चियन छन् ,यो महिना कतिजना बढे, कति जना जन्मे, कति प्रभुमा सुते भन्ने कुराको यथार्थ आंकलन गर्न सक्ने प्रकारको अवस्था स्थानीयस्तरमा छ । तर अफसोच कुनै पनि केन्द्रिय संयन्त्र यो काम गर्न सक्ने क्षमता राख्दैन ।

नेपालको सरकारी तथ्यांकले ३ लाख ७५ हजार क्रिश्चियनहरु छन् भनेर बताउदै गर्दा क्रिश्चियनहरुको छाता संगठन मध्येको एउटा संगठनले पत्रकार सम्मेलन गरेर दावी गर्छ: नेपालमा २५ लाख क्रिश्चियनहरु छन्, र त्यसको रेकर्ड हामीसंग छ । त्यसो भए कहाँ गए त त्यत्रा २१ लाख २५ हजार मान्छे?  यहाँ कसले झुट बोल्यो त? दुइ पक्ष मध्ये कुनै एक पक्षले त पक्कै झुट बोलेको हुनुपर्छ । कतिजनालाई मेरो कुरा तितो लाग्न सक्छ तर सत्य कुरा यहि हो कि झुट बोल्ने सरकार नभएर क्रिश्चियन छाता संगठन नै हो । सरकारले मान्छे गनेर ३ लाख ७५ हजार भनेको हो भने छाता संगठनले गन्दै नगनिकन २५ लाख भन्दिएको हो । नेपालमा २५ लाख क्रिश्चियनहरु छैनन्, ३ लाख ७५ हजार मात्रै पनि होइनन् । मलाइ थाहा छ: धेरै क्रिश्चियनहरुको धर्म-खण्डमा क्रिश्चियन नलेखिएर हिन्दु लेखिएको छ । अब त्यसो भन्दैमा त्यसको दोष जति अर्कालाई लगाएर हामी पन्छिन मिल्छ ? जनगणनाको निम्ति आउने जनगणनाकर्मीहरुसंग स्पष्ट रुपमा आफु क्रिश्चियन भएको कुरा राख्नुहोला भनेर पहिले नै सबैलाई आह्वान गरिएको भए यस्तो अवस्था आउँदो हो र ? एउटा समुदायको छाता संगठनले पत्रकार सम्मेलन गरेर  आफ्ना ८६ प्रतिशत मान्छेहरुले जनगणनामा उल्टो रेकर्ड  दर्ता गराएछन भनेर भन्नु कति सम्मको लाजमर्दो कुरा । धन्न ति पत्रकारले त्यत्तिका मान्छेहरुको गलत रेकर्ड दर्ता हुनुमा कसको दोष छ भनेर छाता संगठनका अगुवाजनहरुलाई सोधेनछन् । कसैले माने पनि नमाने पनि जनगणनामा यथार्थ विवरण लेख्न छुट्नुको कारण सरकार होइन, आफुंलाई स्वघोषित छातासंगठन बताउने  NCF, NCS, NCC, महासंघ अनि मैले नाम बिर्सेका अरु कतिवटा संगठनहरु पनि हुन् । यी संगठनहरुमा नाम र दामको पछि लाग्ने तर कामको पत्तो नराख्ने प्रबृत्ति हावी भएको छ ।

नेपालका संचारमाध्यमहरुमा नियमित रुपमा क्रिश्चियन बिरोधि समाचार/फिचरहरु आएका आइ छन्, तिनीहरुको यथार्थता केलाएर उचित कामकारबाही गर्ने जिम्मेवारी कसको हो? क्रिश्चियन समुदायको बिरुद्दमा फैलाइएका झुटो अफवाहहरुको खण्डन गर्ने काम कसको हो? यी दिनहरुमा एउटा मण्डली र अर्को मण्डलीका बिचमा  साम्प्रादायिक बिखन्डन ल्याउनु भन्दा अर्को कुनै काम गरेका छैनन् यी संगठनहरुले । मलाई लाग्छ नेपालीमा प्रचलित एउटा उखानलाई केहि परिमार्जन गर्दा अहिलेको क्रिश्चियन समुदायको यथार्थता पक्कै झल्किन्छ । “काम गर्ने कालु, मकै खाने भालु, काम गरेको जस पाउने भालु, मकै खाएको दोष पाउने कालु ।”

यस देशका गाउँ ठाउँमा खाई नखाई हलो जोतेर, गाइ बाख्रा चराएर प्रभुको निम्ति काम गर्ने हजारौं पास्टर अगुवाहरु हुनुहुन्छ, दैनिक छाक टार्न पनि पसिनाको धारा नबगाई नहुने अवस्थामा उल्टै उहाँहरुले डलरको खेति गरेको आरोप पनि सहनुपर्छ । भोलि कसैले नेपालमा प्रभुको काम गर्ने मान्छे को हो भनेर सोध्यो भने कसका नाम अगाडी आउछ भन्ने हामी सबैलाई थाहा छ । काठमाडौंको सडकमा चिल्लो कार दौडाउनेहरुको आउँछ, तिनै काम गर्न छोडेर नामको पछि लाग्ने छाता संगठनहरुको आउँछ । उनीहरुका अगाडी गएर तिमीले डलर खायौ भनेर भन्ने हिम्मत जो कसैले गर्दा पनि गर्दैन । अनि भएन त “काम गर्ने कालु, मकै खाने भालु, काम गरेको जस पाउने भालु, मकै खाएको दोष पाउने कालु ?”

अघिल्लो संविधानसभामा मुस्लिम समुदायका दर्जनौं सभासद थिए, बुद्ध धर्ममा आस्था राख्ने पनि कयौं थिए । उनीहरुमध्ये धेरै  त राजनीतिक हिसावले छानिएका थिए भने अरु कतिजना चाहिं धार्मिक प्रतिनिधित्वको आधारमा छानिएका थिए । हिन्दुहरुको त कुरै नगरौं बाकीं सबै उनीहरु नै भैहाले । तर दु:खको कुरा क्रिश्चियन समुदायको प्रतिनिधित्व गर्ने गरि कोहि एकजना पनि ६०१ को भिडमा परेन । त्यति बेला सबै राजनीतिक पार्टीहरुले क्रिश्चियनहरुलाई माछो माछो भ्याकुतो बनाएकै हुन् । नेपालका राजनीतिक दल देखि लिएर मिडिया अनि चिया पसलका गफ सम्मले पनि क्रिश्चियनहरुलाई तल्लो दर्जाको नागरिक ठानिराख्दा खेरि कथित छाता संगठनहरु किन फेरि तिनै राजनीतिक दलहरुका पिछेलग्गु बनिराख्छन ? किन कसैले देला र खाउँला भनेर बस्ने भिकारिको झैं हालत छ यी संगठनहरुको ? कसैले दया गरेर एउटा सभासदको पद दिए त हुन्थ्यो भनेर कहिलेसम्म आश गरेर बस्ने? जसरि कस्तुरीले आफ्नै नाबिको सुगन्ध खोज्न डांडापाखा चहार्छ, त्यसरी नै पछिल्लो संबिधानसभाको  हिसावबाट घटीमा पनि १०-१५ जना सभासद सजिलै जित्न सक्ने यत्तिको ठुलो क्रिश्चियन समुदायलाई संगठनका नाममा टुक्रा टुक्रा पारेर हाम्रा अगुवाहरु एउटा सभासदको भिख माग्दै छन् ।

एकथरी मुर्तिपुजाबाट छुटकारा पाएका हामीहरु कतै बोल्दा पनि नबोल्ने, सुन्दा पनि नसुन्ने, हिंड्दा पनि नहिंड्ने खाली कसैले भेटि/प्रसाद चढायो भने मात्रै मौन ग्रहण गर्ने अर्का थरि संगठनरुपि मुर्तिहरुको पुजा त गर्दै छैनौं ?

यदि साच्चैं नै हामीहरु हाम्रो समुदायलाई बलियो बनाउन चाहन्छौं भने हाम्रा मण्डलीहरु यस प्रकारका अनेकथरी संगठनहरुबाट मुक्त हुनुपर्छ । हाम्रो छाता येशू हुनुहुन्छ, र घामपानीमा उहाँले नै हाम्रो रक्षा गर्नुहुन्छ भनेर हामीले भुल्नुहुदैंन । नेपालका क्रिश्चियनहरुलाई संगठित गर्ने पहिलो आधार भनेको नै च्याउ सरि उम्रेका सम्पूर्ण स्वघोषित छाता संगठनहरु बिगठन गर्नु नै हो ।

त्यसो त कसैले संगठन खोल्न पनि नपाउने भनेर लेखक प्रति उठाइने सम्भावित औंलासंग पनि म सचेत छु । संगठन खोल्न मज्जाले पाइन्छ तर छाता संगठन भन्न पाइदैन । नेपाली इसाईहरुको छाता संगठन भन्न तब मात्र भन्न पाइन्छ, जब यहाँ एउटा मात्रै संगठन रहन्छ ।

सम्पूर्ण इसाई बाआमा, दाजुभाइ तथा  दिदीबहिनीहरुसंग मेरो हार्दिक अनुरोध छ: आउनुहोस, हामी सबै मिलेर यी सबै छाता संगठनहरुको बिगठन गर्ने र सबै क्रिश्चियनहरुको यथार्थ प्रतिनिधित्व गर्न सक्ने एउटै, नाम र दामको नभएर कामको एउटै नयाँ र सशक्त संगठन निर्माणमा अगाडी बढौं ।

हामीहरु कुनै पनि अर्थमा विभाजित हुनुहुदैन ।  म ठोकुवा गरेर भन्न सक्छु आज सम्म देखिएका हरेक विभाजनको जड चाहिं सैतान नै हो किनकि परमेश्वरबाट विभाजन होइन, प्रेम,शान्ति र मेलमिलाप  आउँछ । हामीले हिजो के गर्यौं वा के बोल्यौं वा के लेख्यौं भन्ने तर्फ नलागौं, आफ्नालाई काखा अर्कालाई पाखा नगरौं ।  यो चर्च त यस्तो र उ चर्च त उस्तो भन्ने तर्फ नलागौं । हाम्रा समुदायका गित/संगीतमा चासो राख्नेहरुलाई आफ्नो अर्को नभनिकन सबैले मिलेर राष्ट्रिय स्तर मै अगाडी आउन सहायता गरौँ, पत्रिकारितामा चासो राख्नेहरुलाई पनि उत्साह दिऔं, ब्यापारीहरुको ब्यापार बढाउनलाई सकेको सहयोग गरौँ, राजनीतिमा चासो राखेर अगाडी बढ्न चाहनेहरुलाई पनि समर्थन/सहयोग  गरौँ । निश्चय नै हाम्रा स्वर्गीय पिता हामीहरु फुटेको होइन, जुटेको देख्न चाहनुहुन्छ ।

म लगाएत धेरैको एउटा सपना छ: ललितपुरको क्वाइनोनिया पाटन चर्चको शनिवारको आराधना सेवामा पास्टर रोबर्ट कार्थकले, झम्सिखेलको बिलिभर्स चर्चको सेवामा पास्टर मंगलमान महर्जनले, कलंकीको सालोम ए.जी. चर्चको सेवामा बिशप नारायण शर्माले, सामाखुसीको इभान्जेलिकल आशिष चर्चको आराधना सेवामा  पास्टर ज्योति सुनुवारले अनि कालोपूलको ज्ञानेश्वर चर्चको आराधना सेवामा पास्टर सुन्दर थापाले आफ्नै मण्डली सोचेर प्रचार गर्नुभएको प्रभुको बचन सुन्ने । यो सपना तब मात्र पुरा हुन्छ, जब हामी सबै हातमा हात मिलाएर अगाडि बढ्छौं । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने व्यबहार प्रदर्शन गरेर हामी आँफैलाई नै हानी पुगिराखेको छ ।

देश संबिधानसभाको दोश्रो निर्वाचनको मुखमा छ: हामी सबै मिलौं, एकताको शुत्रमा बाँधिएर अगाडि बढौं र हाम्रो समुदायको तर्फबाट सकेसम्म धेरै जनाको संबिधानसभामा प्रतिनिधित्व सुनिश्चित गर्न तर्फ लागौं ।

सबै जनामा मेरो बिशेष अबुरोध छ, यो लेखलाई कुनै ब्यक्ती वा कुनै समुह द्वारा प्रायोजित लेख नसम्झिदिनुहोला । प्रभुले यहाँहरु सबैलाई आशिस दिनुभएको होस् । धन्यवाद  !!!

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In