• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

एपेक शिखर सम्मेलनमा सहभागी हुन शेन्जेन पुगे अमेरिकी राष्ट्रपति; विमानस्थलमै पुगेर स्वागत गरेका सीसँग बिहीबार पुटिनसहित त्रिपक्षीय भेटवार्ता गर्ने तयारी

by Sushil Paudyal
November 18, 2026
in News & Events, world

 

०२ मंसिर २०८३, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन बुधबार चीनको शेन्जेन पुगेका ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले विमानस्थलमै पुगेर स्वागत गरेका छन्।

चीनको शेन्जेनस्थित बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रम्पको स्वागतका लागि सी आफैँ उपस्थित भएका थिए। एयरफोर्स वनबाट ओर्लिएपछि ट्रम्प र सीले हात मिलाए र एकअर्कालाई अँगालोसमेत हाले। स्वागत समारोहमा दुवै देशका राष्ट्रिय झण्डा फहराइएको थियो भने सैनिक सम्मान, दुवै देशका राष्ट्रिय गान र सांस्कृतिक प्रस्तुतिसहित ट्रम्पको स्वागत गरिएको थियो। बालबालिकाले उनलाई फूलसमेत दिएका थिए। सी आफैँ विमानस्थल पुगेर ट्रम्पको स्वागत गर्नु कूटनीतिक दृष्टिले विशेष मानिएको छ। गत सेप्टेम्बरमा सी अमेरिका भ्रमणमा जाँदा ट्रम्पले पनि विमानस्थलमै पुगेर उनको स्वागत गरेका थिए। चिनियाँ पक्षले यसपटकको स्वागतलाई त्यसैको प्रत्युत्तरका रूपमा व्याख्या गरेको छ। सीले चीनमा स्वागत गर्दै दुई देशबीचको सम्बन्ध, एसिया प्रशान्त क्षेत्रको सहकार्य र विश्व व्यवस्थासँग सम्बन्धित विषयमा गम्भीर छलफल हुने अपेक्षा व्यक्त गरेका छन्।

ट्रम्पको चीन भ्रमण यस्तो समयमा भएको छ, जतिबेला अमेरिका र चीनबीच व्यापार तथा प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा र तनाव कायम छ। अमेरिकी प्रशासनले चीनको उन्नत प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा पहुँच सीमित गर्ने कदम चालेको छ। अर्कोतर्फ चीनले खुला व्यापार, बजार पहुँच विस्तार र संरक्षणवादी नीतिको विरोधलाई एपेक मञ्चबाट जोड दिएको छ। त्यसैले दुई नेताबीचको भेटवार्तामा व्यापार र प्रविधिसम्बन्धी विषय प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ। ट्रम्पको चीन भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भेटवार्ता हो। पुटिन पनि बुधबार नै शेन्जेन पुगेका छन्। उनलाई भने सी आफैँले विमानस्थलमा स्वागत गरेनन्। चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सदस्य काई छीले विमानस्थलमा पुटिनको स्वागत गरेका थिए।

एपेक सम्मेलनको अवसरमा बिहीबार ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। यसलाई तीन शक्तिशाली मुलुकका नेताहरूबीचको महत्त्वपूर्ण कूटनीतिक संवादका रूपमा हेरिएको छ। भेटमा युक्रेन युद्ध, इरानसँग जोडिएको द्वन्द्व, अन्तर्राष्ट्रिय व्यापार, एआई र आणविक हतियारसम्बन्धी विषयमा छलफल हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।यस भेटवार्तालाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ। अमेरिका, चीन र रुसबीच हुने छलफलले विश्वव्यापी सुरक्षा, व्यापार र शक्ति सन्तुलनमा पार्न सक्ने प्रभावका कारण अन्य मुलुकहरूले पनि बैठकलाई चासोका साथ हेरिरहेका छन्। विशेषगरी युक्रेन र इरानका युद्ध, आर्थिक प्रतिबन्ध तथा प्रविधिको प्रतिस्पर्धाजस्ता विषयमा तीन नेताबीच कस्तो समझदारी बन्छ भन्ने चासो छ।

तर, भेटवार्ता हुनुअघि नै त्यसबाट कुनै ठोस सहमति निस्कने निष्कर्ष निकाल्न सकिँदैन। तीन नेताबीचको छलफल र त्यसपछि आउने आधिकारिक धारणा नै यस भ्रमणको वास्तविक कूटनीतिक उपलब्धि मापन गर्ने आधार हुनेछन्।

Related Posts

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

November 18, 2026
मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

November 17, 2026
राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

November 16, 2026
अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

November 16, 2026

Discussion about this post

ताजा सामाग्री

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ

November 18, 2026

  ०२ मंसिर २०८३, बुधबार काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर...

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने

November 18, 2026

  ०२ मंसिर २०८३, बुधबार काठमाडौं : भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलाडीका रूपमा आफ्नो करिअर...

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?

November 17, 2026

  ०१ मंसिर २०८३, मंगलबार काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाने...

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली

November 16, 2026

    कात्तिक २९, २०८३ सोमबार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६...

Recent Posts

  • ट्रम्पलाई स्वागत गर्न सी आफैँ विमानस्थलमा, विश्वको ध्यान चीनतर्फ
  • धोनीले लिए आईपीएलबाट सन्यास, २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टर बन्ने
  • मंसिर ६ मा प्रधानमन्त्री शाह भारत जाँदै , मोदीसँग के–के विषयमा हुनेछ छलफल?
  • राइजिङ स्टार्स २०२६ प्रतियोगिता – अनुभवी र युवा खेलाडी समेट्दै क्यानले घोषणा गर्‍यो १५ सदस्यीय टोली
  • अवामी लिगका कार्यकर्ता सडकमा उत्रिएपछि हसिनाको गृहनगरमा सुरक्षा कडा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In