• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 25, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प

उल्लेख्य रूपमा तौल घटाउनु स्वास्थ्यका लागि लाभदायक हुन सक्छ। तर तौल घटेसँगै छाला पनि शरीरको नयाँ आकारअनुसार खुम्चिन्छ भन्ने हुँदैन। पेटको छाला झोल्लिने, स्तनको आकार र कसिलोपन घट्ने तथा अनुहारको छाला चाउरिने समस्या देखिन सक्छ।

by Sushil Paudyal
November 25, 2026
in Health, News & Events

 

०९ मंसिर २०८३, बुधबार

काठमाडौं । मोटोपना घटाएर लक्ष्यअनुसारको तौल हासिल गर्नु धेरैका लागि ठूलो उपलब्धि हो। तर तौल घटेपछि शरीरको बनावटमा आउने परिवर्तनले कतिपयलाई नयाँ चुनौती पनि थप्न सक्छ। विशेषगरी धेरै तौल घटाएका व्यक्तिमा पेट, हात, तिघ्रा, स्तन र अनुहारको छाला खुकुलो हुने वा झोल्लिने समस्या देखिन सक्छ।

चिकित्सकहरूका अनुसार शरीरको बोसो घट्ने प्रक्रिया र छाला पुरानै अवस्थामा फर्किने प्रक्रिया फरक हुन्। शरीरमा बोसोको मात्रा उल्लेख्य रूपमा घट्दैमा छाला पनि पूर्ण रूपमा खुम्चिएर पहिलेको अवस्थामा फर्किन्छ भन्ने हुँदैन। उमेर, वंशाणुगत गुण, विगतको तौल र कति तौल घटाइएको छ भन्ने कुराले छालाको प्रतिक्रियामा प्रभाव पार्छ। समान मात्रामा तौल घटाएका दुई व्यक्तिमा पनि शरीरको बनावट र छालाको अवस्थामा फरक परिवर्तन देखिन सक्छ।

तौल घटेपछि छालामा आउने परिवर्तन तौल घटाउने औषधि प्रयोग गर्ने व्यक्तिमा मात्रै सीमित हुँदैन। खानपानमा परिवर्तन, व्यायाम तथा मोटोपनासम्बन्धी शल्यक्रियामार्फत तौल घटाएका व्यक्तिमा पनि यस्तो समस्या देखिन सक्छ। त्यसैले छाला झोल्लिनुलाई तौल घटाउने औषधिको प्रत्यक्ष असरका रूपमा मात्रै बुझ्न नहुने चिकित्सकको भनाइ छ। पेटको भागमा यस्तो परिवर्तन बढी देखिन सक्छ। लामो समयसम्म तन्किएको छाला बोसो घटेपछि पनि पहिलेको अवस्थामा नफर्किन सक्छ। केही महिलामा गर्भावस्थापछि पेटका मांसपेशी छुट्टिने समस्या पनि हुन सक्छ, जसले पेटको आकारमा थप परिवर्तन ल्याउँछ। यस्तो अवस्थामा समस्या छालाको अतिरिक्त तह हो वा मांसपेशी छुट्टिएको हो भन्ने छुट्याएर उपचारको विकल्प तय गर्नुपर्ने चिकित्सकको सुझाव छ।

तौल घट्दा स्तनको आकार पनि सानो हुन सक्छ र पहिलेको कसिलोपन घट्न सक्छ। केही व्यक्तिमा स्तनको आयतन घट्ने समस्या देखिन्छ भने केहीमा स्तनको अवस्थिति नै परिवर्तन हुन सक्छ। आवश्यकताअनुसार चिकित्सकले स्तन उठाउने शल्यक्रिया वा प्रत्यारोपणसहितको उपचारबारे परामर्श दिन सक्छन्।

अनुहारमा पनि तौल घटेको प्रभाव देखिन सक्छ। गालामा रहेको बोसो घट्दा अनुहार खाल्डो परेको वा छाला झोल्लिएको जस्तो देखिन सक्छ। यसलाई कतिपयले समयअगावै बुढ्यौली आएको ठान्ने गरे पनि यसको कारण अनुहारलाई भरिलो देखाउने बोसोको मात्रा घट्नु हुन सक्छ। अनुहारमा छाला खुकुलो भएको हो वा भित्री भागको आयतन घटेको हो भन्ने पहिचान गरेर मात्रै उपचारको निर्णय गर्नुपर्ने चिकित्सकको भनाइ छ।

तौल घटेपछि छाला कसिलो बनाउन व्यायाम र मांसपेशी बलियो बनाउने अभ्यासले केही हदसम्म सहयोग गर्न सक्छ। पर्याप्त प्रोटिनयुक्त पोषण, पानीको सेवन र नियमित छाला हेरचाहले पनि छालाको स्वास्थ्यलाई सहयोग पुर्‍याउँछन्। तर अत्यधिक झोल्लिएको अतिरिक्त छाला व्यायाम वा क्रिमले पूर्ण रूपमा हटाउन सकिँदैन। अतिरिक्त छाला धेरै भएको अवस्थामा शल्यक्रिया एउटा विकल्प हुन सक्छ। पेट, हात, तिघ्रा वा स्तनमा रहेको अतिरिक्त छाला हटाउने प्रक्रिया व्यक्तिको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार तय गरिन्छ। तर तौल घटाउने यात्राको अनिवार्य अन्तिम चरण शल्यक्रिया होइन। छालाको अवस्थाले दैनिक जीवनमा पारेको असर, व्यक्तिको चाहना र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

शल्यक्रिया गर्नुअघि तौल स्थिर भएको छ कि छैन, शरीरमा आवश्यक पोषक तत्त्व पर्याप्त छन् कि छैनन् र समग्र स्वास्थ्य अवस्था कस्तो छ भन्ने मूल्याङ्कन आवश्यक हुन्छ। तौल अझै घटिरहेको अवस्थामा शरीरको आकार परिवर्तन भइरहने भएकाले शल्यक्रियाको नतिजा अनुमान गर्न कठिन हुन सक्छ। तौल घटाउने औषधि प्रयोग गरिरहेका व्यक्तिले शल्यक्रियाअघि चिकित्सक तथा एनेस्थेसिया टोलीलाई त्यसबारे जानकारी दिनुपर्छ।

धेरै तौल घटेपछि छाला खुकुलो हुनु असामान्य होइन। तर यसको प्रभाव व्यक्तिपिच्छे फरक हुन्छ। उमेर, वंशाणुगत गुण, पहिलेको तौल र छाला कति समयसम्म तन्किएको थियो भन्ने कुराले पनि परिणाम निर्धारण गर्छ। त्यसैले तौल घटाउने क्रममा वा त्यसपछि छालामा उल्लेख्य परिवर्तन देखिएमा छाला रोग विशेषज्ञ वा सम्बन्धित चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ।

Related Posts

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026
नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026
पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026
खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

November 24, 2026

Discussion about this post

ताजा सामाग्री

तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प

तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प

November 25, 2026

  ०९ मंसिर २०८३, बुधबार काठमाडौं । मोटोपना घटाएर लक्ष्यअनुसारको तौल हासिल गर्नु धेरैका लागि ठूलो उपलब्धि हो। तर तौल...

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026

  मंसिर ९, २०८३ बुधबार रुकुम पश्चिम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला डिग्रे सम्पन्न भएको छ। रुकुम...

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026

०९ मंसिर २०८३, बुधबार दोहा । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको...

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026

    ०८ मंसिर २०८३, मंगलबार परासी । पश्चिम नवलपरासीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी २४ हजारभन्दा...

Recent Posts

  • तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प
  • सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी
  • नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार
  • पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी
  • खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In