News & Events
असल छिमेकी नेपालद्वारा सामुदायिक इकाइ भवन हस्तान्तरण

फागुन ७, सिरानचोक, गोरखा कमल पोखरेली असल छिमेकी नेपाल, पोखराले पोखरेली खीष्टिय समुदाय पोखरा, सिरानचोक गाउँपालिका गोरखा तथा विभिन्न दातृनिकायको समन्वय तथा आर्थिक सहयोगमा सिरानचोक गाउँपालिका, वडा न. १, भिरसिङ्गमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण सम्पन्न गरी स्थानीय निकाय तथा लाभग्राही समुदायलाई हस्तान्तरण गरेको छ। फागुन ७ गते आयोजित हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका […]
House of Representative reinstated

Kathmandu, 23rd February Nepal’s Supreme Court has reinstated the House of Representatives, by quashing a decision of Prime Minister KP Sharma Oli. Concluding the eight weeks-long hearing, a constitutional bench led by Chief Justice Cholendra Shamsher Ja Ba Ra issued the verdict on Tuesday. The bench has ordered the government to summon the House session within […]
जापानी राजदूतद्वारा सभामुख सापकोटासँग बिदाई भेट

५ फागुन, काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिची साईगोले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाई भेट गर्नुभएको छ । आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत साईगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटघाट गर्नु भएको हो । भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुुर रहेको चर्चा गर्नुभयो । उहाँले कोभिड–१९ का […]
प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलनको पहिलो विरोध प्रदर्शन

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलनको पहिलो विरोध प्रदर्शन तथा सभा आजदेखि हुँदैछ । प्रचण्ड–नेपाल समूहका केन्द्रीय संघर्ष समितिले आज प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा गर्ने घोषणा गरेको छ । जिल्लाहरुमा विरोध प्रदर्शनका कार्यक्रमहरु तय भएका छन् । फागुन ५ गतेदेखि १२ गतेसम्म जिल्लाहरुमा विरोध प्रदर्शनका कार्यक्रम हुने संघर्ष […]
एनसिएफ नेपालद्वारा चित्रकला प्रतियोगिताका साथै खाद्यान्न सहयाेग प्रदान

धरान / नेपाल राष्ट्रिय मण्डली संगतिले धरान स्थित इम्मानुएल चिल्ड्रेन हाेम्समा आश्रीत १८ जना बालबालिकाका माझ चित्रकला प्रतियोगिता गराएकाे छ। नेपाल राष्ट्रिय मण्डली संगतिका उपाध्यक्ष रेभ.वीर बहादुर कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा १८ जना प्रतिस्पर्धीमध्ये प्रथम अनिता लिम्बू, द्वितीय अय्युब लिम्बू, तृतीय ह्याप्पीसन राई र सान्त्वना आमाेस तामाङ भएका छन् । विजेताहरुलाई कार्यक्रमका विशेष अतिथि […]
डोजर लगाइ भत्काइएको नयाँ बस्ती ख्रिष्टीय मण्डलीको घट्ना विवरण

काठमण्डौ- नेपालगन्ज उपमहानगर पालिका वडा न:२०, गायत्री नगरमा अवस्थित नयाँ बस्ती ख्रिष्टीय चर्च मिती २०७७ माघ ७ गते डोजर लगाएर भत्काइएको छ। स्थानीय मण्डली अगुवाहरुको भनाइ अनुसार मिती २०६४ साल बैशाख २५ गतेबाट सुरु भएको बाँके जिल्ला, नेपालगन्ज उपमहानगर पालिका, वडा न:२०, गायत्री नगर, नयाँ बस्तीमा अवस्थित “नयाँ बस्ती ख्रिष्टीय चर्च” मिती २०७७ माघ ७ […]
जो बाइडनअमेरिकी राष्ट्रपती

आज नेपालि समय साँझ १०ः३७ बजे ७८ वर्षीय जो बाइडनले शपथ लिएसँगै उनी ४६ औँ अमेरिकी राष्ट्रपति बनेका छन। अमेरिकी संबिधान अनुशार राष्ट्रपतिको कार्यकाल चार बर्षको हुनेछ।
बेथेल बचत तथा ऋण सहकारीको ९औं वार्षिक साधारण सभा सम्पन्न

बेथेल बचत तथा ऋण सहकारीको ९औं वार्षिक साधारण सभा सम्पन्न बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा एक समारोह बीच सम्पन्न भएको छ । बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विएन पंडितको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व.०७६/०७७ को वार्षिक प्रतिवेदन र प्रगति तथा उपलब्धीहरु त्यसैगरि आ.व.०७६/०७७ को वार्षिक योजनाहरु […]
अनलाइन संचारमाध्यम नवीकरण खारेजीकाे माग गर्दै सर्वाेच्चमा रिट

काठमाडाैं=अनलाइन संचारमाध्यम हरेक बर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र बिष्णु गिरी निश्चलले सोमबार सर्बोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटको पेशी बुधबार तोकिएको छ । मानव अधिकार, समानता, सीमान्तकृत वर्ग एवम् क्षेत्रका नागरिकहरूको हक अधिकार संरक्षणका साथै अन्य सार्वजनिक सरोकारका विषयहरूमा […]
सेवाकाईकाे अनुभवमा आधारित पुस्तक ‘मरुभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ प्रकाशित

पास्टर डेभिड आचार्यद्वारा लिखित ‘मुरूभूमिको यात्रामा परमेश्वरसँगको हिंडाई’ पुस्तकमा सेवाकाईमा आउने उतारचढाव र पारिवारीक अवस्थाका अनुभवहरूलाई समेटेर लेखिएको छ। पुस्तकमा सेवाकाइको अनुभव र ख्रीष्टियन वैवाहिक सम्बन्धका व्यवहारिक पक्षलाई सरल भाषामा उतारिएको छ। १९८ पेजको पुस्तकमा सेवाकाइ गर्दै गर्दा विषयहरू समेत समेटेर लेखिएको पुस्तक वर्तमान अवस्थामा विभिन्न क्षेत्रमा रहेर सेवाकाई गर्नेहरूको लागि पनि प्रेरणाको श्रोत बन्न […]
मन्त्रिपरिषद् पुनगर्ठनः नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेसँगै नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा आज साँझ आठ जना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीले सपथ लिनु भएको हो । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी […]
घरघरमा ख्रीष्टमस

काठमण्डौ- पौष १० गते २०७७, नेपाल देशभरि ७७ वटै जिल्लाहरुमा यस वर्षको ख्रीष्टमस पर्व हर्षोल्लास्का साथ मनाइएको जानकारी नेपाल चर्च सम्बातदाताहरुबाट प्राप्त भएको छ। हरेक वर्ष झै यस वर्ष पनि नेपाल सरकारले ख्रीष्टीयनहरुलाई मात्र बिदा दिइएकोमा नेपाल ख्रीष्टीय समाजद्वार सार्वजानिक बिदा घोषणा गर्नलाई माग गरिएता पनि नेपाल सरकारद्वार सार्वजानिक बिदा भने दिइएन तर देशका केहि […]
खनियाबास गाउपालिकामा क्रिसमस विदा !

काठमण्डौ- पौष ९ गते २०७७, डिसेम्बर २५ का दिन बाग्मती प्रदेश दार्खा धादिङ खनियाबास गाउँपालिकामा ख्रीष्टमसको अवसरमा सार्वजानिक विदाको सुचना प्रकाशित गरिएको छ। खनियाबास गाउपालिकाको कार्यलयबाट प्रकाशित सुचना यसप्रकार छ। ईसाइ धर्मवालम्बीहरुको महान पर्व क्रिसमसको पावन अवसरमा यस खनियाबास गाउँ कार्यपालिकाको निर्णय अनुसार मिती २०७७ पौष १० गते शुक्रबार एक (१) दिनका लागी यस गाउँपालिका […]
डिसेम्बर २५ तारिख धरानउपमहानगर पालिकामा सार्वजानिक विदा

काठमण्डौ- पौष ९ गते २०७७, डिसेम्बर २५ का दिन धरानउपमहानगर पालिकामा सार्वजानिक विदाको गरिएको सुचना प्रकाशित भएको छ। धरान उपमहानगरपालिकाको नगरकार्यपालिका कार्यलयको सुचना अनुसार। मिती २०७७ पौष ९ गते बसेको कार्यपालिकाको बैठकबाट इसाई धर्मवालम्बीहरुको महान पर्व ख्रिष्टमस डे २०२० को अवसरमा मिती २०७७ पौष १० गते शुक्रबारको दिन सार्वजानिक विदा दिने निर्णय भएकोले उक्त एक […]
अन्ततः राष्ट्रपतिद्वारा संसद विघटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छन्। ‘संसदको वर्तमान प्रतिनिधि सभा विघटन […]
प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन (पूर्णपाठ)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्ता स्वार्थका कारण उत्पन्न घटना भएको बताएका छन् । प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत […]
Vacancy at UMN

United Mission to Nepal (UMN) is an international development organisation which aims to enable the poorest people living in poverty to transform their lives, leading towards fullness of life. As we serve the people of Nepal, multicultural teams of Nepali and volunteer expatriate staff work alongside local organisations in 6 districts, building partnerships that lead […]
नेपाली ख्रीष्टियन समुदायको तथ्याङक सर्वेक्षण तिव्र गतिमा हुँदै

काठमाण्डौँ । नेपालमा नेपाली ख्रीष्टियन चर्चको इतिहास १०० वर्ष भन्दा बढी भइसकेको छ । तर नेपालमा ख्रीष्ट-अनुयायीहरु कति छन् भन्ने बारे यकिन तथ्याङ्क उपलब्ध छैन । विगतमा गरिएका केही सर्वेक्षण र आँकलनहरूलाई सबै सरोकारवालाहरूले समग्र ख्रीष्टियन समुदायको सही संख्या मानेको स्थिति पनि होइन । यस महत्वपूर्ण खाँचोलाई पूरा गर्न नेपाल ख्रीष्टिय सामूदायिक सर्वेक्षण (एनसीसीएस) ले […]
प्रदेश ५ को नाम र राजधानी प्रदेश सभाबाट दुई तिहाइ बहुमतले पारित

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र तोकिएको छ । प्रदेशसभा मंगलबारको बैठकबाट नाम लुम्बिनी र स्थायी राजधानी दाडको देउखुरी राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो । प्रदेशको नाम र राजधानी सम्बन्धमा सरकारले ल्याएको प्रस्तावमा मंगलबार प्रदेश सभा सदस्यहरुबीच मतदान भएको थियो । लुम्बिनी नामकरण सम्बन्धमा ८३ जनाले मतदानमा भाग लिए । त्यसमध्ये […]
पहिरो पीडितलाई खाद्यन्न सामग्री सहयोग

सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको पहिरोका कारण विस्थापित बाह्रविसे नगरपालिका वडा नं. ७ घुम्थाङका ८० धरपरिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । सिन्धु इसाई केन्द्रको समन्वयमा समारिटन पर्स यूएसएको विशेष सहयोगार्थमा नेपाल ख्रीष्टिय राहत सेवा, नेपाल ख्रीष्टियन समाज, नेपाल बप्तिष मण्डली परिषद्, एन.सि.पि.एम. को समेत सहयोगमा बिहीबार राहत सहयोग वितरण गरिएको हो । बाढीपहिरोबाट विस्थापित […]