• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 25, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या, हिंसाविरुद्ध आज विश्वव्यापी अभियान

महिलाको सुरक्षा र न्यायमा जोड दिँदै आज महिलाविरुद्ध हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस - न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनता अन्त्य गर्ने यस वर्षको अन्तर्राष्ट्रिय नारा

by Sushil Paudyal
November 25, 2026
in News & Events

 

०९ मंसिर २०८३, बुधबार

काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले मनाइने महिलाविरुद्ध हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस आज (नोभेम्बर २५) विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। नेपालमा पनि महिला तथा बालिकामाथि हुने हिंसा रोकथाम, पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्।

यस वर्ष संयुक्त राष्ट्रसंघले ‘महिला तथा बालिकाविरुद्ध हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनता अन्त्य गरौँ’ भन्ने नारासहित दिवस मनाइरहेको छ। नेपालमा यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चितता’ रहेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरिक वा यौन हिंसा भोग्ने गरेका छन्। हिंसामा परेका धेरै महिला तथा बालिकाले सामाजिक डर, विभेद, कलङ्क र कमजोर संस्थागत प्रतिक्रियाका कारण उजुरी गर्न, सुरक्षा प्राप्त गर्न र न्याय खोज्न कठिनाइ भोगिरहेका छन्।

संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र यूएन वुमनको संयुक्त प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो औसतमा दैनिक १३७ जना अर्थात् प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या हुनु हो। प्रतिवेदनले यस्ता हत्याअघि लामो समयसम्म दुर्व्यवहार, धम्की, जबर्जस्ती नियन्त्रण र असमान शक्ति सम्बन्ध कायम रहने गरेको औँल्याएको छ।

यस वर्षको अभियानले घर, कार्यस्थल, सार्वजनिक स्थानदेखि डिजिटल माध्यमसम्म हुने हिंसालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ। विशेषगरी अनलाइन माध्यमबाट हुने दुर्व्यवहार, धम्की, लैङ्गिक घृणा र प्रविधिको दुरुपयोगबाट महिला तथा बालिकालाई सुरक्षित राख्न प्रभावकारी कानुनी व्यवस्था र कार्यान्वयन आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दिवसका अवसरमा जारी सन्देशमा हिंसामा परेका व्यक्तिका लागि गोप्य र सहज उजुरी प्रणाली, कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा सुरक्षित आवासको व्यवस्था गर्न सरकारहरूलाई आग्रह गरेका छन्। उनले हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र दोषीलाई जवाफदेही बनाउन पनि जोड दिएका छन्।

नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वभर १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान पनि सञ्चालन हुनेछ। यस अभियानले हिंसाविरुद्ध आवाज उठाउने, पीडित तथा प्रभावित व्यक्तिको कुरा विश्वासपूर्वक सुन्ने र न्यायका लागि पहल गर्ने सन्देश प्रवाह गर्नेछ।

हरेक वर्ष नोभेम्बर २५ मा यो दिवस मनाउनुको ऐतिहासिक कारण पनि छ। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक अभियन्ता मिराबाल दिदीबहिनीको हत्या गरिएको थियो। उनीहरूको स्मृतिमा महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई महिलाविरुद्ध हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका थिए। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा यसलाई औपचारिक रूपमा अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो।

महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त हुँदैन। पीडितले निर्भय भएर उजुरी गर्न सक्ने वातावरण, प्रभावकारी अनुसन्धान, समयमै न्याय, पुनःस्थापना तथा सामाजिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ। यस वर्षको अभियानले पनि न्यायमा पहुँच र दोषीलाई जवाफदेही बनाउने विषयलाई प्राथमिकतामा राखेको छ।

Related Posts

तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प

तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प

November 25, 2026
सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026
नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026
पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026

Discussion about this post

ताजा सामाग्री

प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या, हिंसाविरुद्ध आज विश्वव्यापी अभियान

प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या, हिंसाविरुद्ध आज विश्वव्यापी अभियान

November 25, 2026

  ०९ मंसिर २०८३, बुधबार काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले मनाइने महिलाविरुद्ध हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय...

तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प

तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प

November 25, 2026

  ०९ मंसिर २०८३, बुधबार काठमाडौं । मोटोपना घटाएर लक्ष्यअनुसारको तौल हासिल गर्नु धेरैका लागि ठूलो उपलब्धि हो। तर तौल...

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026

  मंसिर ९, २०८३ बुधबार रुकुम पश्चिम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला डिग्रे सम्पन्न भएको छ। रुकुम...

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026

०९ मंसिर २०८३, बुधबार दोहा । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको...

Recent Posts

  • प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या, हिंसाविरुद्ध आज विश्वव्यापी अभियान
  • तौल घट्यो, तर छाला झोल्लियो ? जान्नुहोस् चिकित्सकीय विकल्प
  • सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी
  • नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार
  • पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In