Jagadish Pokhrel
Birthday: 15 December
Relationship Status: Single
Languages: Nepali, Hindi and English
Church: NIM Gongabu
चर्चको राहत पाउन क्रिश्चियन नै बन्नुपर्छ भन्ने होइन रहेछ

असार ३१, काठमाडौं, इभान्जेलिकल आशिष चर्च सामाखुसी काठमाडौंका डीकन हाल क्यालिफोर्निया, अमेरिका निवासी शंकर बानिंयाको विशेष पहलमा आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने १०५ विपन्न परिवारलाई अत्यावश्यक खाद्यान्न सहायता वितरण भएको छ । अत्यन्तै नाजुक आर्थिक अवस्थामा जीवनयापन गरिरहेका मानिसहरूलाई चर्चमा पालोपालो बोलाएर खाद्यान्न सहायता वितरण गरिएको थियो । इभान्जेलिकल आशिष चर्च, सामाखुसीका बरिष्ठ पास्टर […]
पास्टर केशव आचार्यको रिहाईको सम्बन्धमा NCS र NCFN को संयुक्त पत्रकार सम्मेलन सम्पन्न

झण्डै ४ महिनाअघि कोरोनाबारेमा भ्रम फैलाइएको भन्दै पक्राउ गरिएका पास्टर केशव आचार्य रिहा भएपछिको घटनाक्रमको यथार्थ विवरण सार्वजनिक गर्नका निम्ति NCS र NCFN ले एक संयुक्त पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनका क्रममा दुवै संस्थाका पदाधिकारीहरूले सरकारी पक्षबाट नियोजित रूपमा केशव आचार्यलाई एकपछि अर्को केशमा फसाउँदै गएको जानकारी गराए । जिल्ला अदालत कास्कीले […]
कोमल हृदय प्रतिष्ठानद्वारा विविध सामाजिक कामहरू सम्पन्न

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भइ देशका बिभिन्न जिल्लाहरूमा सामाजिक सेवाका कामहरू गर्दै आएको संस्था कोमल हृदय प्रतिष्ठान (Gentle Heart Foundation) ले हालै चितवन जिल्लाको कालिका नगरपालिकामा बिभिन्न सामाजिक सेवाका कामहरू सम्पन्न गरेको छ । विशेषगरी अनाथ तथा असहाय बालबालिकाको स्याहारसम्भार र बेचबिखनको उच्च जोखिममा परेका महिलाहरूको उत्थान र सबलीकरणको क्षेत्रमा कार्यरत यस संस्थाले यही […]
नेकोनको प्रदेश नं. ३ स्तरीय भेला सम्पन्न, बनिता डंगोलको नेतृत्वमा नयाँ प्रादेशिक समिति गठन

Network of Christian Organizations in Nepal (NeCON) को प्रदेश नं. ३ स्तरीय भेला हालै सम्पन्न भएको छ । नोभेम्बर १६, २०१८, तदानुसार कार्तिक ३०, २०७५ का दिन ललितपुरको ताल्छिखेलमा अवस्थित नेहेम्याह इन्स्टीट्युटको हलमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय मण्डली संगति नेपाल (NCFN) का महासचिव पास्टर शेर एसीले उत्साहको वचन बाँड्नुभएको थियो । त्यसपछि नेकोन राष्ट्रिय समिति […]
रबी सर, अरूले अन्याय गरे तपाईंकहाँ आउने, अनि तपाईंले नै अन्याय गरे चाहिँ कहाँ जाने ?

रबी सर, अरूले अन्याय गरे तपाईंकहाँ जानुपर्छ भन्ने थाहा छ, तर तपाईंले नै अन्याय गरे कहाँ जानुपर्छ भन्ने थाहा भएन । जबर्जस्ति वा प्रलोभनमा पारेर गरिने धर्मपरिवर्तनसँग हामी सहमत छैनौं, तर ख्रीष्टियनहरूले आफ्नो आस्था नै लुकाएर बाँच्नुपर्ने भन्ने तपाईंको तर्क पनि हामीलाई मान्य छैन । लामो समयदेखि मलाई एउटा डर थियो, तपाईंको जोश र जाँगरलाई […]
ख्रीष्टियन विश्वासमा आधारित गैह्र-सरकारी संस्थाहरूको राष्ट्रिय सम्मेलन सम्पन्न

ख्रीष्टियन विश्वासमा आधारित गैह्र-सरकारी संस्थाहरूको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यही जुन १०-११ (जेठ २७-२८) मा ललितपुरको धोबीघाटमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनमा ८० वटा गैह्र-सरकारी संस्थाका ११५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलन आयोजनाको निम्ति आवश्यक सहजीकरण माइका नेपालले गरेको थियो । दुई दिनसम्म चलेको सम्मेलनमा सहभागी गैह्र-सरकारी संस्था प्रतिनिधिहरूलाई डाक्टर प्रताप छत्कुलीले […]
धर्मप्रचारकाे आरोपमा तेह्रथुममा पक्राउ परेका ख्रीष्टियनहरू धरौटीमा रिहा

धर्मप्रचार गरेको आरोपमा गत वैशाख २६ गते तेह्रथुम जिल्लाको संक्रान्ति बजारबाट पक्राउ गरिएका ६ जना ख्रीष्टियनहरू आज रिहा भएका छन् । उनीहरू पक्राउ परेको १५ दिनपछि आज धरौटीमा रिहा भएका हुन् । नेपाल ख्रीष्टियन समाज (NCS) का प्रदेश नम्बर १ संयोजक तथा केन्द्रीय उपाध्यक्ष कुबेर गुरुङले यो रिहाईलाई सकारात्मक कदमको रूपमा लिनुपर्ने बताउनुभएको छ । […]
धर्म मान्न, छान्न र प्रचार गर्न पाइन्छ, तर जबर्जस्ति गर्न पाइँदैन – गृहमन्त्री

नेपाली ख्रीष्टियनहरूको हितमा कार्यरत संस्थाहरू नेपाल राष्ट्रिय मण्डली संगति (NCFN) र नेपाल ख्रीष्टियन समाज (NCS) को संयुक्त टोलीले आज गृहमन्त्री रामबहादुर थापालाई भेटी हालै देशभरका बिभिन्न चर्चहरूमाथि भएका आक्रमणहरूका बारेमा ध्यानाकर्षण गराएको छ । NCFN अध्यक्ष सूर्य बहादुर तामाङ “हनोक” र NCS अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ “बर्णवास” को संयुक्त नेतृत्वमा गएको टोलीमा NCS उपाध्यक्षहरू कुबेर […]
सामाजिक संजालमा फैलाइएको विज्ञप्ति झुठो प्रमाणित

सामाजिक संजालमा पछिल्लो समय फैलाइएको मंगोल नेसनल अर्गनाइजेसन (मंगोल आर्मी) नामको विज्ञप्ति नेपाली ख्रीष्टियनहरूलाई फसाउने उद्देश्यका साथ् बाहिर ल्याइएको पत्ता लागेको छ । भ्रमको खेती गरी ख्रीष्टियन समुदायलाई गलत सावित गर्ने र आफ्नो मिसन पूरा गर्ने नियतका साथ् प्रस्तुत गरिएको यो विज्ञप्तिप्रति नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले गम्भिर असहमति प्रकट गर्नुभएको छ । पौडेलले […]
के ख्रीष्टियनहरू आफ्नो संख्या बढाउनकै निम्ति मात्र सेवाका काम गर्छन् ? के ती कामहरू सबै देखावटी मात्रै हुन् ?

– जगदीश पोखरेल आफ्नो संख्या बढाउनका निम्ति मात्रै ख्रीष्टियानहरू सेवाका काम गर्छन् भन्ने आरोप विल्कुल गलत हो । सतहीरूपमा हेर्दा त्यस्तो देखिए पनि कुरोको चुरो बेग्लै छ । बाइबल पढ्ने र यसका आज्ञाअनुसार जीवन जिउन चाहनेहरूलाई बाइबलले हात बाँधेर बस्ने अनुमति दिएको छैन । आफ्नो छिमेकीलाई आफुलाई झैं प्रेम गर्न बाइबलले सिकाएको छ । यहाँ […]
कर तिर्न योग्य, सेवा पाउन अयोग्य ?

माघ २५ गतेको नागरिक दैनिकमा प्रकाशित “चर्च निर्माण गर्दै स्थानीय सरकार” शिर्षकको समाचारले अल्पसंख्यक क्रिश्चियन समुदायको अधिकारमाथि प्रश्न चिन्ह उठाएको छ । सरकारी बजेटबाट मठ, मन्दिर, गुम्बा बनेको हामीले प्रशस्तै सुनेका छौं । सरकारी बजेटबाट नै हरेक वर्ष इस्लाम धर्मका थुप्रै नेपाली अनुयायीहरू हज गर्नका निम्ति साउदी अरबको मक्कासम्म पुगेका हामीले देखिरहेकै छौं । राज्यको […]
६ महिने सिलाइ-कटाइ तालिमको उद्घाटन

असोज २२, चितवन “सेवा गर्न अबेर नगरौं” भन्ने मूल नाराका साथ् स्थापित सामाजिक गैह्र-सरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) ले विपन्न बस्तीका महिलाहरूको सीप विकास गराउने उद्देश्यसहित् ६ महिने सिलाइ-कटाइ तालिमको सुरुवात गरेको छ । चितवन जिल्लाको विकट ठाउँ दाहखानीमा ३० जना महिलाहरूलाई तालिम दिनेगरी सिलाइ-कटाइ तालिम उद्घाटन गरिएको हो । Serve Now […]
ख्रीष्टियान मिडिया सोसाइटीलाई महासंघद्वारा बधाई ज्ञापन

हालै गठन भएको ख्रीष्टियान मिडिया सोसाइटीको तदर्थ समितिलाई ख्रीष्टियान महासंघ नेपालले एक कार्यक्रमको दौरान बधाई दिएको छ । राष्ट्रको निम्ति प्रार्थना गर्नका निम्ति बेथ्सालोम पुतलीसडक चर्चमा चैत्र १४ गते आयोजित कार्यक्रममा महासंघले सोसाइटिका पदाधिकारीहरूलाई खादा र कदर-पत्रका साथ् समान गरेको हो । देशभरका ख्रीष्टियान संचारगृहहरू तथा संचारकर्मीहरूलाई समेट्ने र एकतामा रहेर साझा आवश्यकताहरूको सवालमा मिलेर […]
बच्चा कुट्ने अभिभावकहरूलाई एउटा प्रश्न

जगदीश पोखरेल राम्ररी कान सुन्न नसक्ने ४ वर्षे बालक विद्यालयबाट घर फर्कँदा हातमा एउटा चिठी लिएर आयो । त्यो चिठी उसकी शिक्षिकाले उसकी आमालाई लेखेकी थिइन् । जहाँ यसरी लेखिएको थियो, “तपाईंको छोरालाई कुनै पनि कुरा सिकाउन निकै गाह्रो छ, उसले सिक्नै सक्दैन ।” चिठी पढिसकेकी आमालाई ४ वर्षे बालकले सोध्यो, “आमा, त्यो चिठीमा के […]
अवरोध प्रयासका बीच बिरगंजमा सुसमाचारीय सांगीतिक कार्यक्रम सम्पन्न

पर्सा ख्रीष्टियन समाजले आज फाल्गुन १४ गते बिरगंजमा आयोजना गरेको विरगंज सांगीतिक तथा चंगाई प्रार्थना सेवा भव्यताका साथ् सम्पन्न भएको छ । रोगीविरामी तथा देशको समृद्धिका लागि प्रार्थना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा हजारौं मानिसहरूको उपस्थिति रहेको थियो । जिल्ला प्रहरी कार्यालय अगाडि नै रहेको लालदरबार परिसरमा पर्सा ख्रीष्टियन समाजले आयोजना गरेको कार्यक्रमलाई केही व्यक्तिहरूको […]
ख्रीष्टियन मिडिया सोसाइटी गठन

यही फाल्गुन ७ गते ललितपूरस्थित संयुक्त दर्शन नेपाल (United Vision Nepal) को सभाहलमा बसेको उपत्यका केन्द्रित ख्रीष्टियान संचारकर्मीहरूको भेलाले देशका अन्य भागमा सुरू भएका ख्रीष्टियान संचारकर्मी समूहसँगको एकतामा कुनै बाधा नपुग्ने गरी “ख्रीष्टियान मिडिया सोसाइटी” गठन गरेको छ । देशभरका ख्रीष्टियान संचारकर्मीहरूसँग एकतामा आउनका निम्ति सबै विकल्पहरू खुल्ला राख्दै केशव लुइंटेलको संयोजकत्वमा ख्रीष्टियान मिडिया सोसाइटीको […]
म एउटा ख्रीष्टियान हुँ र मेरो केही भन्नुछ

जगदिश पोखरेल एउटा व्यक्तिको लागि सबैभन्दा महत्वपूर्ण कुरा उसको व्यक्तिगत स्वतन्त्रताको अधिकार हो । व्यक्तिगत स्वतन्त्रताको अधिकार खोसिएको व्यक्ति कदापि खुसी हुन सक्दैन । जतिसुकै असल ठाउँमा पुगेको भए पनि स्वतन्त्रताको अधिकार गुमाएको व्यक्ति सुनको पिंजडामा थुनिएको सुगाजस्तै बन्छ । यही व्यक्तिगत स्वतन्त्रताको अधिकारमा टेकेर आज कोही डाक्टर बनेका छन्, कोही शिक्षक बनेका छन्, कोही […]
ख्रीष्टमसको विदा कसले गर्दा आयो ?

यस वर्षको ख्रीष्टमस हामी सबैले भव्यताका साथ् मनायौं । देशभरका हजारौं चर्चहरूमा लाखौँ मानिसहरू भेला भए, येशू जन्मको घोषणा गरे । निकै अन्योलको विषय बनेको ख्रीष्टमसको सार्वजानिक विदा पनि अन्तिम समयमा आएर कायम भयो । विदाप्राप्तिका लागि आफुले सक्ने जति मिहिनेत सबैले गरे । झन्डै झन्डै आशा मारिसकेको अवस्थामा सरकारले निकै ढिलो गरेर “सर्प पनि […]