• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

चुरोट किन्न जाँदा सुसान्तसँगको जम्का भेटमा…

by Kumar Singh Bist
April 22, 2022
in Articles, Literature, Story

गिटार सिक्ने मौकामा चर्च पुगेका गाब्रीएल शर्माको जीवन गवाही

काठमाडौ। परमेश्वरले आफ्नो राज्यमा मानिसलाई कस्तो अवस्थामा वोलाउनु हुन्छ भन्ने कुरा यसै ठम्याउन सकिन्न। येशूलाई विश्वास गर्ने मानिसपिच्छे आआफ्नै कथा र कारण हुन्छन्। कोहि विरामी अवस्थामा भएर जाँदा येशूलाई ग्रहण गर्न पुग्छन् त कसैको शान्ति खोज्नेक्रममा येशूसँग भेट हुन पुग्छ। मानिसका आआफ्नै टर्निङ प्वाइन्ट छन्।

हाल इस्राएलमा रहनु भएका गाब्रिएल शर्माको पनि एक घत लाग्दो कथा छ। करिव एघार वर्षको वाल्यअवस्थामा आफ्नो जन्मघर सुर्खेत छोडेका गाब्रिएल शर्मा आफन्तको लहलहैमा भारत भागेका थिए। सात कक्षाको परिक्षाको नतिजा राम्रो नल्याएको भन्दै उनका वुवाले हप्काएपछि शर्मा घर छोडेर भारत लागेका थिए।

उनले भारतमा २६ वर्ष बिताए। भारतमा पुगेपछि उनले हदैसम्म दुःख पाए, त्यहाँ उनलाई सोचेजस्तो भएन। जागिर गर्नेक्रममा भारतका विभिन्न शहरमा उनले काम गरे। जहाँ गए त्यही उनले दुख मात्र पाए। एकदिनको कुरा हो। घर मालिकले मचाहिँ अफिस जान्छु, आज तिमीले टिभी सफा गरेर राख्नु भनेका रहेछन्। शर्माले घरको टेबुलमा राखिएको टिभि सेटलाई धारामा लिएर साबुन पानी लगाएर धोइदिए। अनी धोएर ल्याएर धोएर टेवुलमा जस्ताको तस्तै राखि दिए। साँझ परयो मालिक घर फर्किए, टिभी अन गर्दा अन भएन। मालिकले शंका लागेर शर्मालाई सोधेछन् आज टिभी अन किन भएन।

शर्माले टिभीलाई साबुन पानीले सफा गरेको बताए छन् । टिभीलाई धारामा लगेर साबुन पानीले धोएको थाहा पाएपछि मालिकका छोराले शर्मालाई चर्पीमा लिएर नाङ्गो पारेर धुलाई गरे। अनी त्यसको पछिल्लो दिन उनी उक्त घरबाट फरार भए। त्यहाँ उनले मासिक १५० तलव थियो। जीवनमा कहिल्यै टिभी नदेखेका शर्माले मालिकले टिभी सफा गर्नु भनेपछि मालिकप्रति वफादार बनेर टिभीलाई पनि मान्छेको जस्तै गरि साबुन पानीले धुनुपर्छ भन्ने लागेर उनले टिभी सेटलाई धोएका थिए।

भारतमा रहँदा शर्माले भारतका विभिन्न स्थान र शहरमा काम गर्ने अवसर पाए। पछिल्लो समय उनी भारतस्थित इस्राएल राजदुतावासमा  चालकको काम पाए। एकदिन कोठामा वसि राखेको अवस्थामा आफ्नै साथीले येशूको वारेमा बताएपछि शर्माले उनको मुखमा एक मुक्का हानेर दुई दात झराईदिएका थिए।

येशूको नामै सुन्न नचाहाने शर्मा एक आइतबारको दिन आफ्नो डेराबाट चुरोट किन्न भनि नजिकैको दोकानमा जाने बेलामा सुसान्त तामाङ नाम गरेका व्यक्तिसँग भेट भयो। तामाङले काँधमा गिटार वोकेका थिए, आइतबारको चर्च सेवामा जाँदै थिए। उनीहरुबीच पहिलेदेखि नै चिनजान थियो।

सुसान्तले सोधेछन् ग्राबिएल तिमी कहाँ जान लागेको ? ग्राबिएलले भने म दोकानमा चुरोट किन्न जान लागेको। सुसान्तले भनेर्–चुरोट स्वास्थ्यको लागि हानिकारक छ बरु हिड मसँग चर्च जाऔं ’। ग्राबिएलले मानेनन्। म चर्चचाहिँ जान्न वरु चुरोट किन्न जान्छु भनेर अटेरी गरे ग्राबिएलले।

अति गरेपछि नमानेपछि सुसान्त पनि क्या बाठो, उनले गाब्रीएललाई भने म तिमीलाई गिटार सिकाइदिन्छु, चर्चमा जाउ भने। अन्ततः ग्राबिएल राजी भए सुसान्तको प्रस्ताव स्वीकार्न। अनी त्यही दिनदेखि चर्चमा गिटार सिक्ने मौका छोपेर गाब्रीएल सुसान्तसँग चर्चमा गए। चर्चमा गएपछि उनले गिटार त सिकेनन् तर येूशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाताकोरुपमा ग्रहण गर्ने मौका पाए। जीवनमा गिटार भन्दा ठूलो चिज चर्चमा सिक्ने अवसर पाए। त्यही दिन देखि नै गाब्रीएलले आफ्नो जीवन येशूमा अपर्ण गरे। अनी विस्तारै मद्मपान र धुमपानको लतबाट छुटकारा पाए। चुरोट किन्न जाँदा सुसान्तसँगको जम्का भेटले गाब्रीएल शर्माको जीवन येशूमा परिर्वतन भयो।

हाल उनी इस्राएलमा छन्। त्यहाँको संयुक्त नेपाली चर्च तेलअभिवमा सेवा गर्दै आएका छन्। कुनै दिन येशूको सुसमाचारको वारेमा सुनाउने व्यक्तिलाई मुक्काले हिर्काउने शर्मा अन्ततः गिटार सिक्ने मौकामा चर्च गएपछि आफ्नो जीवन येशूलाई अपर्ण गरे।

शर्माको जीवन गवाही यतिकैमा समाप्त हुँदैन। येशूलाई ग्रहण गरेपछि सुर्खेतस्थित आफ्ना दाजुहरुबाट ठूलो सतावटको सामना गर्नु परयो उनले। येशूमा विस्वास गरेकै कारण उनका दाजुहरुले आमावुवाबाट पाउने सम्पत्ति तथा जमिन पाएनन्। उनका दाजुहरुले की येशूलााई छोड कि त जमिन रोज भन्दा शर्माले जमिन छोड्न राजी भए तर येशू छोडेनन्। उनी भन्छन् मैले हक दावी गरेर पाउनु पर्ने सवै सम्पत्ती दाजुहरुलाई नै छोडी दिए। उनले दाजुहरुलाई सुसमाचार सुनाएर येशूमा त ल्याउन सकेनन् तर शर्माले आफ्ना वृद्ध आमावुवालाई भने येशूमा ग्रहण गराए। उनका आमावुवा स्वर्गीय भइ सक्नु भएको छ।

यो जीवन गवाहीको पाठः अवस्था र व्यक्तिपिच्छे सुसमाचारको अप्रोच फरक हुनुपर्छ। कहिलेकाही मानिसलाई सिधैं सुसमाचार प्रचार गर्नुभन्दा पनि त्यो व्यक्तिको मनोविज्ञान वुझेर सुसमाचार अप्रोच गर्दा फलदायी परिणाम आउन सक्छ।

 

 

 

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In