• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा

by Jagadish Pokhrel
February 2, 2015
in Articles, On the Media, Socio-political
Photo
जगदीश पोखरेल

तिमीहरू हिजो आएर आज यो देशमाथि हुकुम चलाउन खोज्ने? धेरैपटक मैले यस प्रश्नको सामना गर्नुपरेको छ। नबुझेकाहरूको त बेग्लै कुरा, यहाँ जानेबुझेका मानिनेहरूले पनि पटक पटक क्रिश्चियनहरूमाथि यसरी नै ऐतिहासिकताको प्रश्न उठाउने गर्छन्। उनीहरू भन्छन् कि ५०-६० वर्ष अघि आएका क्रिश्चियनहरूले अरुहरूलेझैं यो देशमा आफ्ना गतिविधिहरू गर्न मिल्दैन। उनीहरूको बुझाइमा हिन्दुलगायत अरु कतिवटा धर्महरू नेपालका पुराना धर्म भएका कारण उनीहरूसँग बिशेष अधिकार छ। जुन क्रिश्चियनहरूसँग छैन।

यतिबेला नेपाल देश र यहाँको धार्मिक विविधतालाई एउटा संयुक्त परिवारसँग तुलना गर्नु उचित लाग्यो। परिवारमा ८० बर्ष नाघेका बुढा मानिसहरू पनि छन्, र भर्खर २-३ बर्षका बालबालिकाहरू पनि छन्। यस्तो अवस्थामा ८० बर्ष नाघेका बुढा मानिसले- म यो घरको पुरानो व्यक्ति हुँ, मैले दशकौं अघिदेखि यस घरको निम्ति दु:ख गरेको छु, त्यसैले भर्खर जन्मेका बालबालिकाहरूको बाँच्न पाउने अधिकार र मेरो बाँच्न पाउने अधिकारको कुनै तुलना नै हुन सक्दैन। यिनीहरू त हिजो जन्मेका न हुन्, यिनीहरूको त्यति बढी हेरविचार वा वास्ता गरिनु आवश्यक छैन भनेर भन्यो भने के होला ? के यो कुनै सुहाउने कुरा हो र?

चाहे ८० बर्ष अघि जन्मेको मानिस होस् या १ दिन अघि जन्मेको नै किन नहोस्, दुबैको बाँच्न पाउने अधिकार बराबर हुन्छ। चाहे नयाँ होस् वा पुरानो मान्छे – मान्छे नै हुन्छ। त्यसरी नै चाहे हजारौं बर्षदेखि यस देशमा चल्दै आएको आस्था होस्, वा केहि बर्ष अघि मात्रै भित्रिएको आस्था होस्; आस्था – आस्था नै हुन्छ। नयाँ भित्रिएको हुँदैमा कम मूल्यको मान्न मिल्दैन।
यसरि हामी बुझ्न सक्दछौं कि नेपालमा क्रिश्चियनहरूको प्रवेश यदि ५०-६० बर्ष अघि मात्रै भएको थियो भने पनि देशमाथिको उनीहरूको अधिकारमा प्रश्न उठाउन मिल्दैनथ्यो। आफ्नो आस्था मान्ने, जगेर्ना र प्रवर्द्धन गर्ने अधिकार जति एउटा हिन्दु धर्मावलम्बीलाई छ, उतिनै एउटा क्रिश्चियनलाई पनि छ। मुस्लिम, बुद्धिष्ट वा बाँकी अरु सबै धर्मावलम्बीहरूलाई छ।
नेपालका क्रिश्चियनहरूलाई कमजोर गराउनका निम्ति हिजो आएको धर्म भनेर चित्रण गर्ने गरिए तापनि यसबारेको वास्तविकताचाहिँ बिल्कुल भिन्न छ। नेपालका क्रिश्चियनहरूको पनि आफ्नै छुट्टै अनि पुरानो इतिहास छ। शीर उच्च गरेर गर्व गर्न लायक एउटा इतिहास!
नेपालमा सर्बप्रथम क्रिश्चियन मिसिनेरीहरूको प्रवेश सन् १६२८ मा भएको थियो। तात्कालिन राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसिनेरी जेसुइट फादर जुआन काब्रललाई हार्दिकताका साथ् स्वागत गरेका थिए। राजाले फादरलाई एउटा ताम्रपत्र दिएर पुरस्कृत समेत गरेका थिए, जुन ताम्रपत्रमा इसाईमतको प्रचार गर्न अनुमति दिइएको थियो। त्यसपछी सन् १६६१ मा बेल्जियमका मिसिनेरी अल्बर्ट र अष्ट्रियाका मिसिनेरी जोहानले नेपाल भ्रमण गरे, तर उनीहरू लामो समय नेपालमा बसोबास गरेनन्।
यसको धेरै बर्षपछी सन् १७०३ मार्च १४ का दिन ६ जना केपुचिन फादरहरू इटालीको रोमबाट नेपालतर्फ हिंडे। आधुनिक खालका यातायातका साधनहरू नभएको तात्कालिन समयमा उनीहरूलाई काठमाडौं आइपुग्न झन्डै ४ बर्ष लाग्यो। सन् १७०७ फेब्रुअरी २१ का दिन काठमाडौं आइपुगेका उनीहरू ब्यवस्थित हिसावले चाहिं सन् १७१५ बाट नेपालको भूमिमा बसोबास गर्न लागे। नेपाल आएको झन्डै ५३ बर्षपछी सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाडौंमा द एजम्प्सन अफ आवर लेडी नामको चर्च सुरु गरे।
परमेश्वरको अनुग्रह र ती मिसिनेरीहरूको कठोर मेहनतको फलस्वरूप उपत्यकाका नेवार समुदायका दर्जनौं मानिसहरूले प्रभु येशूमा बिश्वास गरे। पछी गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ मा बिदेशी केपुचिन फादरहरूका साथमा ५७ जना नेपाली इसाईहरूलाई पनि देशनिकाला गरेर भारतको बेतियातर्फ पठाइदिए। आज पनि भारतको बेतियामा नेवार समुदायका इसाईहरू भेट्न सकिन्छ। सन् १७६९ मा नेपाली क्रिश्चियनहरूलाई प्रवाश पठाइएपछीको झन्डै १८० बर्ष इसाईमतको निम्ति नेपालको ढोका बन्द नै रह्यो। त्यसपछि सन् १९५० सम्म कोहि पनि नेपाल आउन र प्रचार गर्न पाएनन्। यहाँसम्म कि नेपालकै भूमिमा जन्मेका नेवार इसाईहरूले समेत आफ्नो देशमा रहन पाएनन्। यसरी नेपाल देशको इतिहासले क्रिश्चियनहरूमाथि बर्बर दमन गरेको देखिन्छ।
नेपाली इतिहासको यो पाटोले स्पष्ट गर्दछ कि नेपालका क्रिश्चियनहरू भर्खर छिरेकाहरू होइनन्। राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु अघि नै काठमाडौं उपत्यकाका थुप्रै नेवारहरू क्रिश्चियन भइसकेका थिए। आधुनिक नेपालको एकीकरणको इतिहासभन्दा नेपालका क्रिश्चियनहरूको इतिहास पुरानो छ। छोटकरीमा भन्नुपर्दा, एकीकरणबाट नेपाल भन्ने देश बन्नु अघि नै यहि भूमिमा जन्मेका थुप्रै मानिसहरूले इसाईमत ग्रहण गरिसकेका थिए। हिन्दु धर्मलाई राज्य-धर्मको रुपमा स्वीकार गरिनुभन्दा कयौं बर्ष अघि नै नेपालमा क्रिश्चियनहरू थिए। तात्कालिन नेपाल उपत्यकामा पृथ्वीनारायण शाहको प्रवेश हुनु अघि देखि नै यहाँ क्रिश्चियनहरू थिए। के इतिहासको यो पाटोलाई बिर्सेर क्रिश्चियनहरूलाई घरीघरी ऐतिहासिकताको प्रश्न उठाउनु जायज होला र?
कतिपयले क्रिश्चियनहरूको आस्थाको नभई क्रिश्चियनहरूको कामको मात्र बिरोध गरेको भनेर पनि दावी गर्दछन्। क्रिश्चियनहरूमाथि जबर्जस्ती धर्मपरिवर्तनको आरोप बग्रेल्ती लाग्ने गरेको छ। यो सतप्रतिशत सत्य कुरा हो कि जबर्जस्ती वा प्रलोभनमा पारेर कसैले कसैको धर्मपरिवर्तन गराउन पाइँदैन। तर, केलाई भन्ने जबर्जस्ती धर्मपरिवर्तन ? केलाई भन्ने प्रलोभन ? खान नपाउनेहरूलाई खान दिनु, लगाउन नपाएकाहरूलाई एकसरो लगाउन दिनु, अनाथलाई आश्रय दिनु पाप होइन। चाहे यसलाई पाप भनियोस् वा प्रलोभन; क्रिश्चियनहरूले कुनैपनि अवस्थामा यी कामहरू गर्न छाड्ने छैनन्।
यो देशमा गृहमन्त्रालय हाँकेकाहरू, एकसमय राष्ट्रकै शक्तिशाली मानिएकाहरूले भष्ट्राचारको आरोपमा कारवाही भोगीसके। बिगत एक दशकभित्र सयौं घुसखोर र तस्करहरू पक्राउ परे। तर क्रिश्चियन बनेबापत पैसा दिनेहरू किन भेटिएनन्? किन उभ्याइएन तिनीहरूलाई कानुनको कठघरामा? पैसा दिएर हिन्दुहरूलाई क्रिश्चियन बनाइन्छ भन्नेमध्येका कोहि त बताइदिनोस् कि हामीलाई क्रिश्चियन बनाएबापतको पैसाचाहिँ कसले खाएछ ? किनकि हामीकहाँ त कहिल्यै त्यस्तो कुनै पैसा आएन। यी दिनहरूमा जबर्जस्ति धर्मपरिवर्तन नामको बेमौसमी बाजा बजाएर स्वेच्छाले आफ्नो आस्था बदल्न पाउने व्यक्तिगत स्वतन्त्रताको हनन गर्ने काम भईराखेको छ।
पछिल्लो समय नेपाली जनमानसमा धर्मपरिवर्तनको मुद्दा साँच्चिकै पेचिलो बन्दै गइराखेको छ। धर्मपरिवर्तनको बिपक्षमा थुप्रै आवाजहरू गुन्जिन थालेका छन्। यदाकदा यसको समर्थनका आवाजहरू पनि नसुनिएका भने होइनन्।
अहिले हल्ला गरीएझैं गरि; धर्मपरिवर्तन गर्नु साँच्चै अपराध नै हो त ? के एक्काईसौं शताव्दीको मान्छेलाई आफ्नै आस्था निर्क्यौल गर्ने अधिकार पनि छैन र ? के एउटा वयस्क व्यक्तिले आफ्नो निर्णय आफैले गर्न सक्दैन र ? के कोहि व्यक्ति कुनै बिशेष धर्मको नाम निधारमा लेखेर जन्मेको हुन्छ र ? धर्मपरिवर्तन गर्न नहुने हो भने देश परिवर्तन गर्न पनि त हुँदैन होला, आफ्नो भाषा बिर्सेर छोराछोरीहरूलाई अंग्रेजी स्कूलमा पठाउन पनि त हुँदैन होला। होइन र ? कसैलाई गुलियो मन पर्छ भने गुलियो खाओस्, मन पर्दैन भने अमिलो, पीरो वा नुनिलो खाओस्, यो त अरूहरूले टाउको दुखाइको विषय नहुनुपर्ने होइन र ? यी तमाम प्रश्नको जवाफ कसले दिने ?
बिक्रम सम्बत २०४८ साल बैसाख ३१ गते तदानुसार मे, १४ १९९१ का दिन नेपालले हस्ताक्षर गरेको मानवाधिकारसम्बन्धि अन्तराष्ट्रिय घोषणापत्र – १९४८ को धारा १८ ले स्पष्ट रुपमा व्यक्तिको धर्मपरिवर्तन गर्न पाउने अधिकारको सुनिश्चितता गरेको छ। साथमा यस धाराले एक्लै वा सामुहिक रुपमा, गोप्य वा खुल्ला रुपमा आफ्नो आस्था/विश्वासको प्रचारप्रसार गर्न पाउने हक हरेक व्यक्तिमा रहने स्पष्ट गरेको छ। अंग्रेजी भाषामा यस धाराको पूर्ण अंश यस्तो रहेको छ:
Everyone has the right to freedom of thought, conscience and religion; this right includes freedom to change his religion or belief, and freedom, either alone or in community with others and in public or private, to manifest his religion or belief in teaching, practice, worship and observance.
देश नयाँ संबिधान निर्माणको लगभग अन्तिम अन्तिम घडीमा छ। अहिले हाम्रो देश ‘’नेपालको अन्तरिम संबिधान २०६३’’ को मातहतमा चलिराखेको छ। यस अन्तरिम संविधानको भाग ३ धारा २३ ले “कसैले कसैको धर्मपरिवर्तन गराउन पाउने छैन।’’ भनेर घुमाउरो भाषामा स्वेच्छिक धर्मपरिवर्तनको समेत बिरोध गरेको छ। सम्भवत: नयाँ संबिधानमा पनि धर्मको मामिलामा अन्तरिम संविधानकै व्यवस्थालाई स्वीकार गरिनेछ। व्यक्तिलाई धर्मपरिवर्तनको अधिकार रहनेछ भनेर स्पष्ट लेखिएको घोषणापत्रमा हस्ताक्षर गरेको मुलुकले धर्मपरिवर्तनको अधिकारको खिलाफमा संबिधान बनाउन नमिल्नुपर्ने होइन र ? संबिधानमा त बरु यसरि लेख्नु उचित हुन्छ: “हरेक व्यक्तिमा स्वेच्छिक धर्मपरिवर्तनको अधिकार हुनेछ, तर कसैले जबर्जस्ति वा प्रलोभनमा पारेर अरुको धर्मपरिवर्तन गराउन पाइनेछैन।”
निष्कर्ष: नेपालका क्रिश्चियनहरू यो देशका दुस्मनहरू होइनन्। अरुहरूलाई झैं, सम्भवत: अरुहरूलाई भन्दा पनि बढी यो देशको माया छ क्रिश्चियनहरूलाई! अरु धर्म जातजातिहरू जस्तै क्रिश्चियनहरूको पनि यस देशमा लामो इतिहास छ। यस देशको शिक्षा, स्वास्थ्य र सामाजिक समानताको क्षेत्रमा थुप्रै अग्रज क्रिश्चियनहरूले गरेको मेहनत आजसम्म पनि उल्लेखनीय छ। क्रिश्चियनहरूलाई यस्तो र उस्तो भन्नुको सट्टा सबै जातजाति, धर्मधर्मावलम्बीहरू मिलेर गुण र दोषका आधारमा समर्थन वा बिरोध गर्ने सभ्य परिपाटीको थालनी गर्दा कसो होला? क्रिश्चियनहरूको इतिहासका बारेमा प्रश्न उठाउनुभन्दा नेपाल देशको ऐतिहासिक भूललाई स्वीकार गरेर हाल भारतको बेतियामा बसोबास गरिराखेका नेवार समुदायका इसाई धर्मावलम्बीहरूलाई नेपाल सरकारले आधिकारिक रूपमा नेपाल फर्कन आग्रह गरे कसो होला ? भलै, उनीहरू आउलान् या नआउलान्, उनीहरूको इच्छाको कुरा रहला।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In