• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 25, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

जलवायु सम्मेलनको समापनमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव स्टिलले निर्णयमा सहमति हुन नसकेकोप्रति निराशा व्यक्त गरे। जलवायु सङ्कटको असर बढिरहेका बेला अन्तर्राष्ट्रिय सहकार्य कमजोर हुन नहुने उनको जोड।

by Sushil Paudyal
November 23, 2026
in News & Events

 

०७ मंसिर २०८३, सोमबार

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तावित निर्णयमा सहमति जुट्न नसकेकोप्रति निराशा व्यक्त गरेका छन्।

टर्कीको अन्ताल्यामा आयोजित सम्मेलनको समापन सत्रमा आइतबार सम्बोधन गर्दै स्टिलले जलवायु परिवर्तनको असर विश्वभर तीव्र हुँदै गइरहेका बेला अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य झन् आवश्यक रहेको बताएका हुन्।

उनले विश्वका झन्डै २०० पक्ष राष्ट्रलाई एउटै प्रक्रियामा जोड्ने जलवायु वार्ता प्रणालीले विगतमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै पछिल्लो असफलताबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिए।

अध्यक्षताद्वारा प्रस्तावित निर्णयमा किन जुटेन सहमति?

कोप–३१ मा मुख्य विवाद सम्मेलनको समग्र राजनीतिक निर्णय अर्थात् ‘कभर डिसिजन’मा केन्द्रित थियो। जीवाश्म इन्धनको प्रयोग घटाउने तथा त्यसबाट बाहिरिने विषय, जलवायु वित्त, तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम र त्यसको व्यवस्थापनजस्ता मुद्दामा देशहरूबीच मतभेद देखिएको थियो।

युरोपेली सङ्घ, बेलायत, नर्वे, भानुआटु र अन्य केही देशले प्रस्तावित मस्यौदा पर्याप्त महत्वाकाङ्क्षी नभएको भन्दै असहमति जनाएका थिए। उनीहरूले जीवाश्म इन्धनबाट संक्रमणको विषय स्पष्ट रूपमा सम्बोधन हुनुपर्ने माग गरेका थिए। अर्कोतर्फ, केही देशले जीवाश्म इन्धनसम्बन्धी कडा भाषा स्वीकार गर्न नसकिने धारणा राखेका थिए।

केही विषयमा भने प्रगति

मुख्य राजनीतिक निर्णयमा सहमति हुन नसके पनि सम्मेलनका सबै काम निष्फल नभएको स्टिलले बताएका छन्। उनका अनुसार न्यायोचित संक्रमण (जस्ट ट्रान्जिसन), कृषि तथा खाद्य प्रणालीको रूपान्तरण, सहर र पूर्वाधारको जलवायु अनुकूलन तथा विद्युतीकरणका क्षेत्रमा प्रगति भएको छ।

सम्मेलनका क्रममा करिब आधा विश्व अर्थतन्त्रले विद्युतीकरणलाई तीव्रता दिने दिशामा प्रतिबद्धता देखाएको र ९० भन्दा बढी देशले विद्युतीकरणसम्बन्धी पहलमा समर्थन जनाएको विवरण पनि सार्वजनिक भएको छ।

१.५ डिग्रीको लक्ष्यमा थप चुनौती

पेरिस सम्झौताले विश्वव्यापी तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रयासलाई प्राथमिकता दिएको छ। तर उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आवश्यक कदम पर्याप्त गतिमा अघि नबढ्दा उक्त लक्ष्य हासिल गर्न कठिन हुँदै गएको वैज्ञानिक आकलन छ।

स्टिलले तापक्रम १.५ डिग्रीभन्दा माथि पुग्ने जोखिम नजिकिँदै गएको उल्लेख गर्दै जलवायु प्रभाव विश्वभर गम्भीर बन्दै गएको बताए। उनले जीवाश्म इन्धनको लागतले विभिन्न अर्थतन्त्रमा महँगीको दबाबसमेत बढाइरहेको उल्लेख गरे।

उनका अनुसार जलवायु वार्ताको प्रक्रिया पारदर्शी, समावेशी र सबै पक्षको विचार सुन्ने खालको हुनुपर्छ। सहमति निर्माणको प्रक्रियामा सुधार र आधुनिकीकरणको आवश्यकता पनि उनले औँल्याए।

आगामी कोप–३२ बाट अपेक्षा

स्टिलले कोप–३१ मा देखिएको असहमतिले अन्तर्राष्ट्रिय जलवायु सहकार्यको प्रयास रोकिन नहुने बताए। यसअघि पनि जलवायु वार्तामा अवरोध आएर पछि थप उपलब्धि हासिल भएका उदाहरण रहेको उल्लेख गर्दै उनले आगामी कोप–३२ लाई महत्त्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरे।

उनले जलवायु सङ्कट कुनै एक देशको समस्या नभई साझा विश्वव्यापी चुनौती भएकाले सबै राष्ट्रले सहकार्य जारी राख्नुपर्नेमा जोड दिएका छन्।

जलवायु परिवर्तनका असरबाट नेपालजस्ता पर्वतीय तथा विकासशील देश बढी प्रभावित भइरहेका छन्। हिमनदी पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने, बाढीपहिरो तथा अनियमित वर्षाजस्ता समस्याले नेपालमा जलवायु अनुकूलन र क्षतिपूर्तिको विषयलाई झन् महत्त्वपूर्ण बनाएको छ। त्यसैले अन्तर्राष्ट्रिय जलवायु वित्त र प्रभावकारी सहकार्यमा हुने निर्णय नेपालका लागि पनि चासोको विषय हो।

Related Posts

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026
खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

November 24, 2026
नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

November 24, 2026
प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

November 23, 2026

Discussion about this post

ताजा सामाग्री

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026

    ०८ मंसिर २०८३, मंगलबार परासी । पश्चिम नवलपरासीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी २४ हजारभन्दा...

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

November 24, 2026

  बाँके । खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षौं बितिसक्दा पनि बाँकेका १२ हजारभन्दा बढी घरधुरीमा अझै शौचालय नरहेको पाइएको...

नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

November 24, 2026

  ०८ मंसिर २०८३, मंगलबार काठमाडौं । चीनले नेपालमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ...

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’

November 23, 2026

    ०७ मंसिर २०८३, सोमबार नयाँदिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवन (राष्ट्रपति...

Recent Posts

  • पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी
  • खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन
  • नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता
  • प्रधानमन्त्री बालेनलाई भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’
  • जलवायु वार्तामा असहमति, साइमन स्टिल भन्छन्– विश्वले यस्तो अवस्था दोहोर्‍याउन सक्दैन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In