• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

by Sarju Rijal
August 24, 2026
in Articles, NC Photos, News & Events

–जहाँ दर्शन–प्रकाश छैन, त्यहाँ मानिसहरु भाँडिन्छन् –हितोपदेश २९:१८ 

नेपालमा दिनानुदिन यति धेरै मण्डलीहरु बढ्दै जादा प्रभुको राज्य विस्तार हुदैछ र हाम्रा पालहरु तन्किदै छ भनेर हामी खुसी हुन सक्छौ तर यसैबाट हाम्रो माझमा विभिन्न किसिमका अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरु पैदा भएको कुरालाई भने नकार्न मिल्दैन । थुप्रै पाष्टरहरुसँगको कुराकानीमा उहाँहरुले पनि यस्तै धारणा राख्नुभएको मैले पाएको छु । यसबाट उब्जेको एउटा टड्कारो समस्या भनेको चाहि मण्डलीहरुको विचमा एकता र न्यानो संगतिको कमी नै हो । कतिपय मण्डलीहरु त पहिला नै भएको मण्डलीको छेवैमा पनि शुरु गरेका छन जुन कुरा मण्डली शुरु गर्ने मूलभूत उद्देश्यकै विपरित हो जस्तो लाग्छ । तरै पनि नेपालमा जहाँ जहाँ आवश्यक छ त्यहाँ स्वच्छ उद्देश्य सहित परमेश्वरको उद्देश्य प्रेरित मण्डलीहरु शुरु हुन पर्छ । जब कुनै मण्डली परमेश्वरबाटको उद्देश्य भन्दा फरक विचार र आकाङ्क्षाले शुरु गरिन्छ तब त्यस्ता मण्डलीहरुमा खीष्टलाई केन्द्रमा राखि उहाँबाट आउँने पाप क्षमा, मुक्ति र उद्दार र पे्रमको कुराहरु भन्दा पनि मनोरञ्जनमा बेसी महत्व दिईन्छ र मण्डली कार्यक्रम प्रेरित हुन सक्छन जहाँ सजाईएको मन्चबाट संगित झुण्डले आफ्नो क्षमता प्रस्तुत गर्छन र पाष्टर सामाजिक संजालमा चिनिन हर किसिमले प्रयासरत रहन्छन । यी कुराहरु आफैमा गलत भने पक्कै होईनन अझ यी कुराहरु त आवश्यक कुराहरु नै हुन । यी कुराहरु त्यस पछाडिका उद्देश्यमै भर पछर्न, किन र के उद्देश्य प्राप्त गर्न त्यसो गरियो भन्ने हो । अहिले प्रविधि र सामाजिक संजाल अवसर र चुनौति दुवैको रुपमा उभिएको छ । धेरै पाष्टरअगुवाहरुले आफ्ना मण्डलीका उद्देश्य प्राप्तिका लागि त्यसको सदुपयोग गरेका पाउँछौ । तर कतिपय मण्डलीहरु उद्देश्यद्वारा प्रेरित भई व्यवस्थित हुन पर्नेमा अरुको सिको गर्दै सेलिबे्रटि छवि कायम गर्न खोजिरहेका छन । प्रविधि र सामाजिक संजालको प्रयोग पनि आफ्नो मण्डलीको दर्शन र उद्देश्य अनुसार मात्रै होसियारसाथ प्रयोग गर्न सके यसबाट राम्रो सहयोग लिई चुनौतिहरुलाई चाहि कम गर्न सकिन्छ ।

केहि मण्डलीहरुमा जादा कुनै भित्तामा बाईबलको सुसमाचारिय पद लेखेको देख्छु र केहि चर्चहरुमा त त्यो पनि हुदैन । अगाडिको मन्च चाहि प्रायले गज्जबले नै सजाएको देख्छु । बाधबादनका साधनहरु प्रयोग गरि निकै नै सुन्दर संगितको साथमा आराधना गर्ने गरिन्छ । मिठो संगितको साथमा आराधना गर्नु चाहि विश्वभरका प्राय मण्डलीहरुको विशेषता नै हो र नेपालको मंण्डलीहरुको ईतिहास र अभ्यास पनि यस्तै रहदै आएको छ । तर विश्वभरका धेरै मण्डलीहरु अहिले विस्तारै साँचो मान्यमा प्रभुको वचनद्वारा मानिसहरुको जीवन परिवर्तन गराउँने कुरामा भन्दा पनि मनोरन्जन गर्ने थलो बेसि भयो भन्न थालेका छन । ए.डब्लु.टोजर, डेविड वेल्स, जोन म्याकअर्थर जस्ता ख्रीष्टियन प्रचारक र पाष्टरहरुले खुलेरै बोलेका र लेखेका छन । चाल्र्स स्परजन र सी.एस.लुविस जस्ता प्रख्यात ख्रीष्टियन हस्तीहरुले त धेरै अगाडि नै आफ्ना धारणाहरु खुलस्त राख्दै सिकाएका पनि हुन । अहिले नेपालका कतिपय अग्रजहरु, अगुवाहरु, र पाष्टरहरुसँग कुराकानी हुदा उहाँहरुले पनि यस कुरालाई स्वीकार्नु हुन्छ र नेपालको मण्डली अब कता जादै छ भन्ने कुराको चिन्ता पनि प्रकट गर्नुहुन्छ ।

मण्डलीमा मनोरञ्जन हुन आवश्यक पनि छ तर मण्डली चाहि शनिबार एकदिन भेट हुने, संगति गर्ने र सामाजिक क्लब जतिमा मात्रै सिमित हुने र मण्डलीमा आउँने मानिसहरुको जीवन परिवर्तन भएन र उनीहरुले समाजमा पुर्याउँने योगदान र देखाउँने उदाहरण चाहि अनुकरणीय भएन भने ख्रीष्टियनहरुको साक्षि देश र समाजमा कस्तो हुन्छ भन्ने हो । हाम्रा अग्रजहरु र कतिपय अगुवा, पाष्टरहरुको चिन्ता पनि यहि हो । मण्डली दर्शन र उद्देश्य अनुसार नहिड्दा दुई प्रमुख जोखिमहरु देखिन सक्छन ; १.पाष्टर अगुवाले भावनात्मक र क्षणिक निर्णयहरु गर्न सक्छन र मण्डली विस्तारै लगाम नभएको घोडा जस्तो दौडिन सक्छ र गन्तव्य स्पष्ट नहुने हुदा अन्य अगुवाहरुमा निरासा र गनगन आउँन सक्छ । विश्वासीहरुको विश्वास, आत्मियता र जीवन गवाहिमा एकताको कमी हुन सक्छ । २. मण्डलीको नेतृत्वमा आउँन चाहने नयाँपुस्ताका अगुवाहरुको लागि स्पष्ट मार्गनिर्देशनको कमी हुन्छ र उनीहरु नेतृत्वबाट बरालिन्छन या उनीहरुले नेतृत्व लिएपछि मण्डलीलाई आआफ्नो ईच्छा अनुसारको अभ्यासतिर डो¥याउँन सक्छन ।

मण्डली चाहि उद्देश्य प्रेरित हुन पर्छ भन्ने कुरा पाष्टर रिक वारेनले आफ्नो किताब उद्देश्य प्रेरित मण्डली (Purpose Driven Church) मा विस्तृत रुपमा लेखेका छन । पाष्टरहरुले धेरै प्रकारका उद्देश्यहरुद्वारा प्रेरित भएर मण्डली शुरु गरेका हुन्छन र किन शुरु गरियो भनेर सोध्दा प्रायको उत्तर नयाँ दर्शन र उद्देश्यको कारण भनेर उल्लेख गर्छन । तर पाष्टर रिक वारेनले भने हरेक मण्डली आराधना, सेवा, सुसमाचार, संगति र चेलापनको (Worship, Ministry, Evagelism, Fellowship, Discipleship) पाँचवटा उद्देश्यहरुबाट प्रेरित हुन पर्छ भनेका छन ।

नेपाली मण्डलीहरुमा पाष्टरको भूमिका निकै पृथक र फराकिलो छ । अझ शुरुका मेरो अग्रजहरुले त गाउँने, बजाउँने, व्यवस्थापन गर्ने, सुसमाचार सुनाउँने, घरेलु संगति दिने सबै काम एक्लै गर्नुहुन्थ्यो । त्यो उहाँहरुको बाध्यता थियो ।  मण्डलीमा पाष्टरको दुईवटा भूमिका चाहि निकै अपरिहार्य छ; नेतृत्व र व्यवस्थापन । यी दुई भूमिका फरक भए पनि नेपाली मण्डलीहरुको अवस्था र पृष्ठभूमिको कारण हरेक नेपाली पाष्टरहरुले यी दुवै भूमिका आफ्ना मण्डलीहरुमा निर्वाहगर्न आवश्यक छ जसको कारण पाष्टरहरु यी दुबै भूमिकामा निपूण हुन आवश्यक छ । यी विषयहरुमा सिक्ने र सिकाउँने काम भने वर्षौदेखि नै हुदै आएका छन र धेरै मण्डलीहरु सुव्यवस्थित किसिमले चलेका पनि छन र त्यहाँका विश्वासीहरुले प्रभुको आशिष भरपुर रुपमा महशुस पनि गरेका छन ।

मण्डली उद्देश्य प्रेरित हुन दर्शनको प्रमुख भूमिका रहेको हुन्छ । कुनै पनि विवेकसिल व्यक्तिले विना दर्शन मण्डली शुरु गर्दैन । कतिपटक उद्देश्य गलत हुन सक्ला तर पनि उद्देश्य त हुन्छ नै । दर्शनले उद्देश्य दिन्छ अनि उद्देश्यले हाम्रो विचार र कामलाई एकत्रित गराउँछ । धेरैले हाम्रो उद्देश्य यो हो त्यो हो भनेका हामी सुन्छौ तर त्यो कुरा लिखितमा छ? छ भने कहाँ लेखिएको छ? तपाईको मण्डलीको भित्तामा? तपाईको मण्डलीको दस्तावेजहरुमा? के त्यो उद्देश्य तपाईको मण्डलीमा निरन्तर आउँने सबैजनालाई कण्ठस्त छ? के तपाईले भनेको उद्देश्य र तपाईको विश्वासीहरुले बुझेका उद्देश्य एउटै हो? तपाईले भनेको र विश्वासीहरुले बुझेका उद्देश्य एउटै हो भन्ने कुरा कसरी निर्क्यौल  गर्नु हुन्छ? तपाईले भनेको र विश्वासीहरुले बुझेका उद्देश्य एउटै हो भन्ने कुरा निर्क्यौल गर्नुभएको छ भने मण्डलीका अगुवाहरु र विश्वासीजनहरुले त्यहि उद्देश्य अनुरुप जीईरहेका छन भन्ने कुराको निर्क्यौल कसरी गर्नु हुन्छ? तपाईसँग त्यसको मूल्याङ्गन गर्ने केहि साधनहरु छन? यहाँनेर व्यवस्थापनको सीपको आवश्यकता पर्छ र यो सीप सिक्न त्यति कठिन पनि छैन । यस्ता सीपहरु सिकाउँने थुप्रै ख्रीष्टियन र गैरख्रीष्टियन सस्थाहरु र व्यक्तिहरु छन जहाँबाट र जसबाट तपाईले सजिलै यी सीपहरु सिक्न सक्नुहुन्छ ।

यी प्रश्नका उत्तरहरुले चाहि मण्डलीका सम्पूर्ण सदस्यहरुलाई मण्डलीको दर्शन र उद्देश्य प्रति सचेत हुन, सहभागि हुन र प्रभावकारी हुन सामथ्र्य दिन्छ । अनि यो काम चाहि नितान्त पाष्टर कै हो । कुनै पनि व्यक्तिले आफु जाने मण्डलीको पाष्टर अगुवाहरुलाई यो प्रश्न गर्ने जमर्को गर्नु पर्छ, उहाँहरुलाई अप्ठ्यारोमा पार्न होईन तर आफू स्पष्ट हुन । जसले तपाईलाई यो कुरा स्पष्ट बनाउँन सक्दैन, देखाउँन सक्दैन र त्यसमा उत्प्रेरित गर्न सक्दैन त्यो व्यक्ति सायद आफै पनि स्पष्ट छैन । यदि यो समस्या कुनै मण्डलीमा छ भने यसलाई समाधान कसरी गर्ने त? यो कुरालाई सामान्य अभ्यासको उदाहरणबाट सिक्ने प्रयास गरौ है त ।

पहिलो चरणः पाष्टरको रिफ्लेक्सन

पाष्टरले आफैलाई यो प्रश्न गर्ने;

१. मेरो दर्शन र उद्देश्य के हो? के म हरेक दिन यसमा मनन गर्छु? के मैले मेरो दर्शन र उद्देश्य मैले जस्तो गरि बुझेको छु त्यस्तै गरि मण्डलीका सबैजनालाई बुझाउँन सक्षम भएको छु? के मैले मेरा विश्वासीहरुलाई हाम्रा दर्शन र उद्देश्य अनुसार आफै पनि जिई उनीहरुलाई पनि जीउँन उत्प्रेरणा दिएको छु?

२. के मेरा कामहरु आराधना, सेवा, सुसमाचार, संगति र चेलापनको ((Worship, Ministry, Evagelism, Fellowship, Discipleship–यो चाहि उदाहरण मात्रै हो) पाँचवटा उद्देश्यहरुबाट प्रेरित छन? मेरा लागि साँचो आराधना के हो अनि साँचो आराधना गर्न मैले के गर्छु ? हाम्रो मण्डलीले के गर्नुपर्छ? मेरो लागि सेवा के हो, कसरी गर्ने र किन गर्ने? सुुसमाचार किन र कसरी गर्दै छु? नयाँ आत्माहरु कति जनाले येशूलाई ग्रहण गरे? मेरो लागि संगति के हो? किन आवश्यक छ?मण्डलीमा चेलापन के हो, किन आवश्यक छ र हामीले कसरी अभ्यास गर्दै छौ?

३. के यसमा कुनै परिवर्तनहरु आएका छन वा परिवर्तनहरु आवश्यक छन ? ति परिवर्तनहरु किन आए वा किन आवश्यक छन ?

यी र यस्ता थुप्रै प्रश्नहरुले पाष्टरलाई आफुले शुरुमा मण्डली कुन दर्शन र उद्देश्यका साथ शुरु गरियो वा पाष्टर बन्न किन राजि भईयो भन्ने कुरामा प्रतिबिम्बित हुन मद्दत गर्छ । यसले व्यक्तिलाई सचेत गराउँछ । सचेत हुनु नै परिवर्तनको पहिलो खुड्किलो हो । मैले आफैले यस्ता अभ्यास गर्दा चाहि कामबाट छुट्टि लिएर, एक्लै, उपवास सहितको शान्त समय विताउँदा प्रभावकारी भएको महशुस गरेको छु । माथिका प्रश्नहरुको उत्तर आफ्नो कम्प्युटर वा नोट कापीमा टिपोट गर्ने । प्रमाणको रुपमा फेरि हेर्न र अध्ययन गर्ने मिल्ने किसिमले राख्नुहोस ।

दोश्रो चरणः मण्डलीका प्रमुख अगुवाहरुसँगको सँगति

१. तपाईको मण्डलीमा भएका प्रमुख अगुवाहरुलाई भेला गराई मण्डलीको दर्शन र उद्देश्यको बारेमा छलफल गर्नुहोस । यदि मण्डलीको दर्शन र उद्देश्य स्पष्ट छ भने त्यसलाई छोटकरीमा समिक्षा गर्नुहोस, उक्त दर्शन र उद्देश्य अनुसार मण्डली अगाडि बढेको छ वा छैन भन्ने कुराको समिक्षा गर्नुहोस । यो समयमा पाष्टरले आफ्ना अगुवाहरुले मण्डलीको दर्शन र उद्देश्यलाई आफुले बुझेकै जसरी बुझेका छन कि छैनन भनेर मूल्याङ्कन गर्न पर्छ । त्यसको लागि प्रश्नावलीहरु तयार गरेर अगुवाहरुलाई बोल्न वा लेख्न लगाउँन सकिन्छ । यसमा पाष्टरले बाहृय विज्ञको सहयोग लिन सक्छन ।

२. यदि मण्डलीको दर्शन र उद्देश्य लिखित रुपमा छैन भने कसैलाई जीम्मा दिई त्यसलाई दस्तावेजहरुमा समावेस गराउँन पर्छ । यस्ता दस्तावेजहरु मण्डलीको विधान, आचारसंहिता, कार्यनिर्देशिका वा अन्य प्रावधान सम्बन्धिका दस्तावेजहरु हुन सक्छन । मण्डलीको यस्ता विधान, आचारसंहिता, कार्यनिर्देशिका वा अन्य प्रावधान सम्बन्धिका दस्तावेजहरु मण्डलीको दर्शन र उद्देश्य अनुसार मेल खान्छ वा खादैन भन्ने कुराको मूल्याङ्कन गर्ने । यो अवस्थामा यस्ता दस्तावेजहरुमा आवश्यक परिमार्जनहरु गर्न पर्ने हुन्छ ।

३. यदि मण्डलीको दर्शन र उद्देश्य सबैलाई स्पष्ट छैन र नयाँ बनाउँन चाहान्छ भने मण्डलीका प्रमुख अगुवाहरुसँगै मिलेर बनाउँन सकिन्छ । यस्तो बेलामा चाहि पाष्टरले बाहृयज्ञाताको सहयोग लिदा राम्रो हुन्छ । केहि पैसा खर्च हुन्छ तर विज्ञहरुको सहयोग लिनु बुद्धिमानी साबित हुन्छ । यो अवस्थासम्म आईपुग्दा चाहि मण्डलीका प्रमुख अगुवाहरुमा मण्डलीको दर्शन र उद्देश्यको स्पष्टता र सहमति आईसकेको हुनपर्दछ ।

तेश्रो चरणः सम्पूर्ण मण्डलीको अभिमूखिकरण

१. तय भएको र दस्तावेजमा समेटिएको लिखित दर्शन र उद्देश्यलाई सबैले देख्ने ठाउँमा लेखेर प्रस्तुत गर्ने । प्रविधिको प्रयोग गरि यसलाई कलात्मक ढंगले प्रस्तुत गर्न सके सुन्दर पनि देखिन्छ । कति मण्डली र संघसस्थाहरुले आफ्नो दर्शन, उद्देश्य र मूल्यहरुलाई चित्रमा, चार्टमा र पोस्टर बनाएर सुन्दर तरिकाले राखेको पनि देखेको छु । त्यस्ता चित्रमा, चार्टमा वा पोस्टर विश्वासीहरुले आफ्नो घरघरमा पनि राख्न सके उत्कृष्ट हुन्छ । तर यो कुरा जो कोहिले पनि सजिलै बुझ्न सक्ने हुन पर्छ । मानिस जुन कुरा बुझ्न धेरै मिहिनेत गर्न पर्छ त्यस्ता कुराहरुमा त्यति चासो राख्दैनन् ।

२. मण्डलीको साप्ताहिक संगतिमा पाष्टरले यस प्रक्रियाबाट तयार भएको दर्शन र उद्देश्यलाई सबैले बुझ्ने गरि सुनाउँने र व्याख्या गर्ने । यसलाई प्रस्तुत गर्दा सटिक अर्थ र त्यसको मण्डलीमा अभ्यास के र कसरी भन्ने कुरा स्पष्ट पार्न पर्छ । जस्तैः हाम्रो मण्डलीको लागि आराधना, सेवा, सुसमाचार, संगति र चेलापन भनेको के हो, यसलाई हाम्रो दैनिक जीवनमा कसरी अभ्यास गर्ने अथवा हाम्रो मण्डलीको सबै कामहरु आराधना, सेवा, सुसमाचार, संगति र चेलापनको अवधारणा अनुसार निर्देसित हुन्छ भन्ने कुराको पक्का गर्ने ।

चौथौ चरणः अभ्यास, अनुगमन तथा पुनःअभिमूखिकरण

१. यस अवस्थामा घरेलु संगति र त्यहाँ जाने अगुवाहरुको प्रमुख भूमिका रहन्छ । अगुवाहरुले घरेलु संगतिमा जादा मण्डलीको दर्शन र उद्देश्यको अभ्यास के कसरी भई रहेको छ, अभ्यासमा आएका चुनौतिहरु र आसिषको गवाहिहरु के कस्ता छन भनेर सुन्ने ।

२.आवश्यक परे उनीहरुलाई फेरि बताउँने, त्यस सम्बन्धि सिकाउँने, उत्कृष्ट गवाहिहरुलाई मण्डलीमा बाढ्न उत्साह दिने र चुनौतिहरुको लागि प्रार्थना गर्ने ।

३. विज्ञहरुको सहयोगमा मूल्याङ्कन फारमहरु बनाउँने र समय समयमा प्रमुख अगुवाहरु संगै बसि मण्डलीको दर्शन र उद्देश्यको अभ्यास के कसरी भई रहेको छ भनि मूल्याङ्कन गर्ने । मण्डलीका विधान, आचारसंहिता, कार्यनिर्देशिका वा अन्य प्रावधान सम्बन्धिका दस्तावेजहरु र त्यसको अभ्यास मण्डलीको दर्शन र उद्देश्य भए नभएको मूल्याङ्कन गर्ने र आवश्यक भए फेरि परिमार्जन गर्ने र निरन्तर अभ्यास गर्ने ।

यी कुराहरु नौलो अभ्यास पक्कै होईनन । हामीहरुले धेरै पटक सिकिसकेका तरिका नै हो तर पाष्टर र मूख्य अगुवाहरुले यस कुरालाई कति गम्भीर रुपमा लिई अभ्यास गरेका छन भन्ने कुरा प्रमुख हो । यो काम नितान्तै पाष्टर कै काधमा रहेको जीम्मेवारी हो । जबसम्म मूख्य पाष्टरलाई यो कुराको आवश्यकता महशुस हुदैन तबसम्म मण्डलीमा असल व्यवस्थापन र सुशासन कायम गर्न असम्भव प्राय हुन्छ । बाहिरबाट हेर्दा सबै व्यवस्थित देखिए पनि भित्रपट्टिचाहि मण्डली उद्देश्य प्रेरित नभई कार्यक्रम प्रेरित हुन सक्छन । त्यस्ता मण्डलीहरुमा अत्याधिक कार्यक्रम हुने गर्छन जसको दिर्घकालिन नतिजा खासै केहि हुदैन । अगुवाहरुमा निरासा र गनगन हुन्छ । हाम्रा मण्डलीहरु र कार्यक्रमहरुलाई मण्डलीको दर्शन र उद्देश्य अनुसार गर्न पायौ भने वार्षिक कार्ययोजना बनाउँने, त्यसको अभ्यास गर्ने, मूल्याङ्कन गर्ने र आवश्यक परिवर्तनहरु गर्दै सबै एकतामा वृद्धि हुदै अगाडि बढ्न सहज हुन्छ । मण्डलीमा आउँने कतिपय विवाद र द्वन्द्व व्यवस्थापनमा दर्शन र उद्देश्यले प्रभावकारी भूमिका निर्वाह गर्छ । यसले सेवाकाईको दौरानमा अगाडि बढ्न, रोकिएर बिचार गर्न र निरन्तरता दिन मार्गदर्शक भएर पाष्टर अगुवाहरुलाई स्पष्टता प्रदान गर्दछ । त्यसैले दर्शन र उद्देश्यलाई मण्डली व्यवस्थापनको कुनेढुङ्गाको रुपमा लिने गरिन्छ ।

 

Writer: Raj Kumar Yonjon

(PhD Scholar, Kathmandu University, School of Education)

Email: [email protected]

(Writer is a researcher and practitioner on Educational Leadership and Management)

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In