• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धेरै ढले ढल्दै छन्

by NC Admin
May 27, 2021
in Literature, Poetry, कबीता

धेरै ढले ढल्दै छन्

हिजो अचनाक हुरी चल्यो,

धेरै बिरुवाहरू ढले,

मकै ढले, बाँस ढले

रुखहरू ढले, के के ढले ढले

कोरोनको हुरी चल्यो

धेरै प्रियहरू ढले, पास्टर ढले, बिस्वासी ढले,

पुजाहारी ढले, जन्ती ढले, दुलाहा ढले, दुलही ढले

वकिल ढले, नर्स ढले, डाक्टर ढले, रोगि ढले, निरोगी पनि ढले

लामो समय भयो राजनीतिक लालचको हुरी चलेको

धेरै ढले, राजा ढले, राजपरिवार ढले, राज संस्था ढले,

सरकार ढले, पार्टी ढले,

नेताका असल चरित्र ढले,

तर एउटा अनौठो भो, अति अनौठो कुरो

उनीहरूको शक्ति र अधिकार प्रति लालायित

लोभी चरित्र भने झन् अग्लो गरि खडा भयो

जति अस्थिरता, जति आँधी बेहरी राजनीतिक गतिविधि

त्यत्ति नै लोभ र लालचले अधिकारको निक्ति

सबै ढलेर पनि नेताको पापी लोभी चरित्र ठडियो

देशको सिंगो जनस्वास्थ्यको बिकराल रूपमा पनि,

जुन बेला राज्य र अगुवा स्थिर हुनु पर्ने,

देश र जनताको स्वास्थ्यको निम्ति भएपनि एक साथ खडा हुनुपर्ने

तर शक्ति र अधिकार को लालचको हुरीले नेताहरू का असल चरित्रहरू ढले

केवल ठडियो त

नग्न अवस्थामा,

पद, अधिकार र सत्ताको

लोभी, लालची चरित्र

ढलेको शरीर, मरेको शरीर, जल्छ, त्यो चितामा

मलामीको इच्छामा त्यो लम्पसार बनि, सबैको बिदा स्विकारेर

तर चरित्र ढलेको मानिसको

नग्न स्वरूप, त्यो कुरूप, कुनै लाज बिना झन् शिर ठाडो गरि,

भौंतारिरहेका छन् शिंहदरबार तिर,  ठुला निवास तिर, सर्बोच्च अदालात तिर

घुमीरहन्छ, डुली रहन्छ, अनि फेरी भोलि जनताको अघि

भोट माग्दै, प्रर्चार गर्दै हिंडछ,

नैतिक रूपमा पतित,

इथिक्स नभएको,

लाज नभएको

उसको हृदयमा कसैको राज नभएको

छाडा, जे मन लग्यो त्यहि गर्ने,

दर्शन हिन, दिशा हिन,

जसमाथि कसैको कुनै आश नभएको

यस्ता नग्न, निर्बस्त्र र निर्लज्जको पछी लाग्ने

आँखा छर्लङ्गै देख्ने अन्धा ,

आँखा भएका दृस्टीबिहिन हामी,

त्यस्तैको पछी लागि कुर्लंदै भन्छम्,

यसो दुनो सोजिने भए, जिन्दावाद

नत्र मुर्दावाद

क्षणिक इच्छा, स्वार्थ र भ्रमले

गर्दैन फाइदा न आज न भोलि

भो यो त अति भयो

ढल्न त दिन भएन नि भबिष्यको आशालाई

निरास बनाउनत भएन नि अब आउने पुस्तालाई

आजको, भोलिको, अनि पछीसम्मको हाम्रा सन्ततिहरूको

निम्ति भए पनि

नैतिक, इथिकल ग्राउण्डको धरातलमा रहेर

असल दर्शन बोकी, देश र जनताको निम्ती

स्वच्छ, निस्वार्थ, र असल सेवक पन भएको

असल नेता, असल सेवक

छिटै पाओस यो देशले

जस्तै हुरी चलेपनि नढलोस

उसको चरित्र,

स्थिर रहोस

उसको दर्शन

खडा रहोस उसको सम्मान

जनताको दिल दिलमा

लेखक पौलस पाण्डे

Related Posts

सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

सोमवारदेखि ‘द पोएट आइडल’ सीजन २ सुरु हुने

February 10, 2024
क्रिसमसको शुभ कामना

Why we celebrate the Christmas?

December 11, 2023
चुरोट किन्न जाँदा सुसान्तसँगको जम्का भेटमा…

चुरोट किन्न जाँदा सुसान्तसँगको जम्का भेटमा…

April 22, 2022

December 15, 2021

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In