• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अभिषिक्त पदको ठट्टा नगरौं

by Bhai Kiran
November 11, 2019
in Articles, Special

भर्खरै सामाजिक संजालमा एउटा फोटो जो एक पास्टर भनिने व्यक्तिलाई सबै नेपाली चर्चको इसाईहरूलाई राजनीतिकको अगुवाई गर्न भनेर नियुक्ति गरेको जस्तै व्यहोराक साथ् प्रकाशित भै धेरै  इसाईहरूको निम्ति टाउको दुख्ने गरि भाइरल भएछ। शेयर गरे धेरैले। कसैले गालि, कसैले सुझावहरु, कसैले जोक्ससम्झेर हाँसेको जस्तो इमोजी स्माइलिहरू पनि पोस्ट गरे। को रिसायो? को हाँस्यो ?  कसैले यस्तो सम्म गरे, आफ्नो पद र आफुले पाएका मान र पदवीहरू सहितको नाम जोडेर, हस्ताक्षरगरेको  नियुक्ति पत्रमा घोर बिरोध भएको ठानेर तुरुन्तै अर्को पत्र त्यो हामीलाई हतार हतारमा गर्दा गल्ति भयो भनि बिज्ञप्ति जारी गरि आफ्नो ओहोदा, मान पदवीको पनि बलि गरि केवल नामको अगाडी पा. मात्र लेखे र प्रकाशित गरे ।

त्यति गरेर त शुख दिनुनि! उल्टै दुइवटै फोटा फेरी पोस्ट गरि पुन: घरिघरि प्रसारण भएको रेडियो कार्यक्रमझैं गरि निकै महत्वका साथ् पोस्ट गरेछन, आफ्ना नामको अघि, रेभ. डा. बरिस्ठ आदि, लेख्नेहरूले ति सबै मिल्काएर अब कता जाने भन्ने सवाल पो भएछ क्यार, झट्टपट्ट गरि, तिनलाई मिल्काइ केवल नामको मात्र हस्ताक्षर गरेर आफुले गरेको गल्तिलाई पुरपार गरेको, हामीले नियतले होइन तर हतारमा भएको भन्ने बिज्ञप्ति पत्र पनि जारी त गरे, तर त्यो नियुक्ति पत्रमा गरेको बरिस्ठ रेभ, डा. पा.हरूको हस्ताक्षरले भने नेपाली,  बिशेष गरि ग्रामिण भेगमा भएका ख्रीष्टका मण्डलीहरू र  संगतिहरूलाई यी राजनीतिक रुची भएका पास्टरले मनपरी आफ्नो राजनीतिक उदेश्य पुरा गर्न छुट मात्रै नभई सिफारिस नै प्राप्त गरेको ठहर हुने छ, र परिणाम स्वरुप अब आउने भबिष्यका चुनावहरूमा चर्च संगति र घरेलु संगतिहरूलाई मशिहा पार्टीको राजनीतिक दलको निम्ति, प्रचार प्रसार, संगठन विस्तारमा प्रयोग, र अन्य श्रोत र साधनहरू राजनीतिक प्रयोग गर्ने अनुमति पनि यी नियुक्ति गर्ने महासयहरूले दिएको ठहर हुनेछ।

राजनीतिक एक आफैमा न्युट्रल कुरा हो । यो पैशा जस्तै हो, यसको पनि शक्ति न्युट्रल छ । यसलाई कसरि चलाईन्छ त्यो मात्रै फरक हो । ख्रीष्टियनले राजनीतिक रुमपा सक्रिय हुन अवस्य मिल्छ, यो देशलाई, हाम्रो समाजलाई असल ख्रीष्टियन राजनीतिक अभियन्ताहरु र अगुवाहरू अवस्य चाहिएको छ। यस सन्धर्भमा यो लेखक पनि भरत गिरि जस्ता राजनीतिगर्ने इच्छा भएका मित्रहरूलाई असल राजनीतिक् यात्राको शुभकामना दिन्छ। राजनीतिक रूपमा सक्रिय भै यो देशलाई असल योगदान गर्नुहोला।

तर भरत जी, एउटा कुरा के भने तपाइले अब पा. भरत गिरि होइन, केवल भरत गिरि मात्रै लेख्नु भए उत्तम हुनेछ, बिगत मा जस्तै सोझासाझा विश्वाससीहरूलाई अब इसाईहरूको पार्टी मशिहा पार्टी हो भनेर, मशिह प्रभुको पदवीको दुरूपयोग नगर्नु। आफ्नो पार्टीको निम्ति चर्च भवन र घरेलु संगतिहरूमा आफ्नो पार्टीको कार्यक्रम पनि प्रबर्दन नगर्नुहोस्। चर्चका पूर्णकालिन वा पार्टटाइम सेवामा लागेका पास्टर अगुवाहरूलाई पनि पार्टीको निम्ति दवाब र भ्रममा नपार्नु। यदि उनीहरूलाई राजनीतिक सेवामा लागुन भनि प्रोत्साहन गर्न मन लागेमा यो पनि भन्नुकि जसरि तपाईले पास्टरको सेवाकार्य पूर्ण रूपमा छोडेर राजनीति गर्न होमिनु भएको छ उनीहरूले पनि त्यस्तै गरि आफ्नो पास्टर र अगुवा पद र जिम्मेवारी पूर्णरूपमा छोडी त्यसपछि बल्ल राजनीतिक रूपमा सक्रियरूपमा सक्रिय बनुन । ताकी चर्च र संगति गर्ने ठाउँहरू र संगति गर्ने समयहरूको दुरूपयोग कदापी नहोऊन् । चर्च भनेको विभिन्न राजनीतिक आस्था र अभ्यास गर्ने सबै खालका व्यक्तिहरू आई ख्रिस्टलाई आराधना गर्ने र संगति गर्ने थलो हो। साँचो मशीह केवल ख्रिस्ट येशू मात्र हुनुहुन्छ, त्यसैले कृपया उहाँको नाम राखी पार्टी नचलाउनुहोस् , अन्य कुनै नाम राखी मशीहको नाम पार्टी बाट हटाउनुहुन यसै लेखमा सुझाब दिन चाहन्छु । स्वच्छ राजनिति गर्नुहोस र सबैको सदभाब र सहयोग मिल्नेछ, सोझा सिधा इसाई र चर्चका अगुवाहरूलाई भ्रममा पार्ने काम नगर्नुहोस्, कुनै पार्टीले बाइबलीय मूल्य मान्यता राख्नु राम्रो कुरा होला तर राजनीतिक पार्टी चर्चको  पार्टी हुँदैन, चर्चले पार्टी खोल्ने र संचालन गर्ने काम गर्ने होइन, चर्चको कामत छुट्टै छ ।

यो देशमा परमेश्‍वरको राज्य ल्याउने काम चर्चको हो, सुसमाचार सुनाउने, मानिसहरूलाई ख्रिस्टको पाइला पछ्याउन र उहाँको चेला बन्न सिकाउने काम चर्चको । राजनीतिक पार्टीको काम अर्कै छ, एकले अर्को क्षेत्रलाई भ्रम छरी छबी धमिल्याउने र गवाही बिगार्ने काम गर्नु अति गलत काम हो, हामीले त इसाईहरूलाई अलमल्ल होइन स्पस्ट पार्ने काम गर्नु पर्छ, तर मिक्स माक्स गरि भ्रमफैलाउने कामले गाएका समयहरूमा मण्डलीमा झगडा र फाटोहरू ल्याएको कुरा स्मरण रहोस।  अब त्यसो नहोस।

माननीय विभिन्न चर्च र संगठन र संस्थाका प्रतिनिधि बनि नियुक्तिपत्रमा सहिगर्ने  आदरणीय डा. रेभ. पा. ज्युहरू, तपाईहरूले जे गर्नुभएको थियो, त्यो भुल थियो होला, तर तपाईंहरूले दिएको नियुक्तिले बिगतमा विभिन्न चर्चहरूमा गई त्यहाँका इसाई र अगुवाहरूलाई राजनीतिको निम्ति धकेल्ने, फकाउने र अब सबै इसाईहरूले एउटै पार्टीमा लाग्नु र यहि पार्टीलाई भोट हाल्नु पर्छ भनि भ्रम छर्ने, र समाजमा भएका अन्य राजनीतिक आस्था राख्ने व्यक्ति र समूहहरू र चर्चका इसाईहरूको बीचमा पनि फाटो ल्याउने काम गर्ने  भर्खरका सिकारु राजनीतिज्ञहरूलाई अब झन् मण्डली र मण्डलीका इसाईहरूलाई राजनीतिक खेल मैदान बनाउने र खेलाडी बनाउने सिफारिस दिएको जस्तो भएन र  ? बिगतमा कसैले सिफारिस नगरिकन पनि मण्डलीमा राजनीति घुसाउनेले के अब तपाईहरू जस्ता जो नेपालमा भएका मुख्य संजाल/संस्थाहरूको अगुवाहरूले भटटटटटट्ट सहि गरि नियुक्ति दिंदा अब के गर्लान ?

नियुक्तिपत्रमा हस्ताक्षर गर्दा, आफ्नो, पदवी, ओहदा र आफुले प्रतिनिधित्व गर्ने संस्थाको नामसहित गर्ने, अनि भुल भएछ भन्दा, लुख्रुक्क आफ्नो व्यक्तिगत तर्फबाट गरेको जस्तो गरि गल्ति सच्याउने? अनि भुल भएछ भन्दा र पश्चाताप गर्दा पनित उही पहिचान कायम गरि, मानमर्यादाका साथ गर्नु पर्दैन? अब गल्ति त हुन्छ मान्छे हो तर गल्ति बाट फर्कने पनि त जुन पहिचानले गरेको हो उसैअनुसार क्षमा माग्नु पर्दैन र ? कि कसो हो ? एक पटक विचार गर्नुहोस!

जस्तै नियुक्तिपत्र मा विभिन्न संघ संस्थाका सह अध्यक्ष, महासचिव, जसले आफ्नो नाम को अगाडी, रेभ. पा. डा. लेख्नुभएको भएको छ नि, के अब तपाईहरू अझै पनि बच्चै सम्झनुहुन्छ आफुलाई? हामीलाई यस्तो र उस्तो गर्न लगाइएको थियो भनेर तपाईंहरूले नै लेखेको कुरा मैले उठाएँ यहाँ, नेपालको राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने संस्थाको उच्च ओहोदामा बसेर जिम्मेवारी बन्नुपर्ने ठाउँमा, उल्टै मेरो त दोष छैन उनीहरूले झुक्काए भन्नु कत्तिको परिपक्क निर्णय हो ? के ठिक र बेठिक के हो भनि हजुरहरू आफैले छुट्याउन सक्नुहुने थिएन र ?

उक्त कार्यक्रम आफ्नो संस्थागत रूपमा आयोजना नभएको भएपनि, हस्ताक्षर र पहिचान संस्थाको  उच्च ओहोदामा रहेका व्यक्तिहरू द्वारा भएको हुनाले आफ्नो तर्फबाट भुल सुधार गर्दा आफ्नै संस्थाको अधिकारिक पद र मर्यादासहित संस्थाकै लेटरप्याड बाटै गर्नु कत्ति सोभनीय देखिन्थ्यो। त्यो पनि भएन। केवल खिसिक्क सेतो कागजमा हामीलाई  झुक्क्याइयो भन्ने अति गैर जिम्मेवारी पन भएनर हजुर? यस्तै केटाकेटी पाराले अगुवाहरूले काम गर्दा सोसिएल मिडियामा जो पायो त्यहिले जे पाए त्यहि लेख्ने मौका पाए, अब लाज त हामीलाई पो भयो, हाम्रा अगुवाले कति केटाकेटीपन देखाए भनेर।

अइसाईहरू को कार्यक्रम थियो भने ए यसो अलिअलि पिएर नसामा थिएहोला भनेर झुक्किएको वा झुक्काएको भन्न मिल्थ्यो, इसाई अगुवाहरूलाई भिड र पपुलारिटी को नसाले लट्ठ पारेको बेलामा झुक्याउने भनेको  उही, शिमशोंन् सोलोमन, शाउल र दाउद जस्ता राजाहरू थिए जहाँ आफ्नो अभिषिक्त चरित्र भन्दा पनि आफ्ना निहित स्वार्थ वा परिक्षाहरूले गर्दा उनीहरू पतित भए। मानिसहरूलाई वा आफैलाई भन्दापनि परमेश्‍वरलाई खुशी पर्नु नै सबभन्दा ठिक काम हुनसक्छ भनि दाउद राजाले भने  नम्र भै  पश्चाताप गरे, अगम्बक्ताको चेतावनीलाई गम्भीर रूपमा लिए र पुन: आफुलाई एक बिशेष बोलाट र कामको निम्ति अभिषेक गर्नुहुने परमेश्‍वरको इच्छा अनुसार जिउने कुरामा अघि बढाए, अन्य संसारिक लालसा र मानिसहरूका खुशिकालागि खराबीको निम्ति नाइँ भन्न नसक्नेहरू पूर्ण रूपमा परमेश्‍वर द्वारा त्यागिए। दाउद र अन्य व्यक्तिहरूको अन्त्यको गन्तब्य भिन्नै भयो, दाउदले नम्र बाटो रोजे र आफ्नो अभिषेक मानिसहरू बाट नभई परमेश्‍वर बाट हुन्छ र त्यसको मैले कदरगर्नु पर्छ भन्ने मर्यादाको मार्गमा उनि हिडेका हुनाले उनको इज्जत जिगियो।

नेपालमा राजनीतिक गर्ने इसाई चरित्र र गुण बोकेका अगुवाको अवस्य खाँचो छ । जसले नेपाली सम्पूर्ण भिभिन्न: धर्मालम्बी, जाति, पृष्ठभुमिकाहरूको निम्ति साझा सरोकार र नेतृत्व दिने गरि सबैलाई निस्पक्ष सेवा गरुन र यो देशको जनताको हक, हित, सुरक्षा, साथै सबैको निम्ति बिकाश र प्रगतिको निम्ती सेवा गरून!

नेपाली चर्चले, चर्चका इसाईहरूले र अगुवाहरूले १तिमोथी २ मा पावलले लेखेजस्तै, “…सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्, राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।“ गर्ने काम गरौँ ।

नेपाली राजनीतिकर्मीलाई गर्ने ठुलो सहयोग नै प्रार्थाना हो। मण्डलीको भलाई हुने काम गरौँ तर मण्डलीलाई राजनीतिक थलो, खेलमैदान बनाउन नदिऔं।

परमेश्‍वरले राखिदिनुभएको सेवागर्ने अवसरलाई अझै मान इज्जतका साथ काम गरौँ तर आफ्नो अभिषिक्त पदको ठट्टा नगरौं ।

  • भाई किरण ([email protected])

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In