• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली मण्डलीको अबको मार्गदर्शन : आत्म-निर्भरताको सेवाकाई

by NC Reporter
September 16, 2019
in Articles, Special

नेपाली ख्रीष्टिय ईतिहासलाई फर्केर हेर्दा- हामीले एउटा महत्वपूर्ण पाठ सिक्न सक्छौं|  प्रभुले नेपालमा सु-समाचारको ढोका १९५० को दशकमा खोल्नु-भयो | ढोका खोल्नासाथ, युनाईटेड मिशन, टिम मिशन, आइएनएफ  लगायत बिभिन्न मिशन संस्थाहरु सेवाको काम गर्नको लागि नेपाल भित्रिए | शुरुदेखिनै धर्म प्रचारको काम नगर्ने तर सेवाको काम गर्ने भनि तत्कालिन सरकारसंग गरिएको सम्झौता अनुरुप तिनीहरुले प्राय: सेवाको काममा जोड़ दिए| तर प्रभुको सु-समाचार प्रचारको लागि बोझ भएका मिशनरीहरुले भित्र-भित्रै प्रचारगर्न, संगती शुरुगर्न, विश्वासमा आएकाहरुलाई हुर्काउने-बढाउने काममा योगदान पु-र्याए| यसै उद्देश्यका लागि दार्जलिंग, कलिंगपोंग जस्ता क्षेत्रबाट नेपाली मूलका ख्रीष्टियनहरुलाई मिशनमा सेवाको कामगर्न भनि बोलाए | उनीहरुलाई ल्याउनुमा दुईवटा मुख्य करणहरु थियो | पहिलो, उनीहरु दक्ष कामदार थिए, र  दोस्रो, ख्रिष्टियन भएकाले उनिहरुलाई प्रचार-प्रसारगर्न लगाई स्थानीय नेपालीहरुलाई सु-समाचार सुनाई, मण्डली स्थापना गरि प्रभुकोराज्य वृद्धिगर्नु थियो | वास्तवमा त्यस्तैनै भयो | परेमेश्वरले यी नेपाली मूलका विश्वासीहरुलाई नेपालमा सुसमाचारको बिऊ छर्न, अगुवाहरु निर्माण गर्न, मण्डली स्थापना गर्न एक सशक्त माध्यमको रुपमा चलाउनुभयो | शुरुका प्रत्येक नेपालका मण्डलीहरुमा उनीहरुको प्रमूख योगदान देख्छौं | यता मिशनरी र मिशनले उनीहरुलाई जागिर दिएर आर्थिक छाता दिने काम गरे |

जब सुसमाचारको कार्य अगाडी बढ्दै गयो,थुप्रै संगती र मण्डलीहरु स्थापना भए | स्थानीय नेतृत्वको विकास हुन् थल्यो | सु-समाचार प्रचार, चेलापन लगायत नेतृत्व विकासका जिम्मेवारीहरु स्थानीय मण्डलीले नै बोक्न थाले | प्रत्यक्ष अप्रत्यक्ष रुपमा मिशनको प्रमूख काम भनेको स्थानीय नेपाली मण्डली र अगुवाहरुलाई आर्थिक छाता दिने काम गरिनै रहे |

बिशेष १९९० को राजनैतिक परिवर्तन पश्चात, मण्डलीको द्रुत वृद्धि हुन् थाल्यो | सामाजिक सेवाका कामहरु मण्डलीको होईन, मिशनको हो भन्ने मान्यता रहिरहे तापनि,  नेपालका मण्डलीहरुले बिस्तारै उक्त क्षेत्रमा अघि बढ्न थाले | सन २००० को दशकमा आई नपुग्दा नेपालका प्राय: सबै स्थापित मण्डलीहरुले सामाजिक सेवालाई पनि सेवाकाईको एउटा क्षेत्रको रुपमा अघि बढाउने काम गरिरहेका छन | चाहे भूकम्प होस् वा बाढी-पहिरो वा अन्य सामाजिक र प्राकृतिक प्रकोपहरुमा हिजोआज नेपालका मण्डली र ख्रीष्टिय सेवाकाईहरुले खुलेरै सेवा गर्न थालेका छन् | यो सारै सराहनीय कुरा हो| राजनैतिक क्षेत्रमा पनि यी दिनहरुमा निकै सहभागिता देखिन थालिएको छ | अब बिशेष गरि आर्थिक र उधमशीलताको क्षेत्रमा पनि जोड दिनुपने समय आएको छ | नेपाली मण्डलीमा अबको मार्गदर्शन आत्म-निर्भरताको क्षेत्रमा हुनु आश्यक छ | एउटा मण्डलीमा सुसमाचार देखि चेलापन, अगुवापन, मण्डली स्थापना र सामाजिक सेवाका कामहरु अर्को देश र मण्डलीका मानिसहरु आएर पनि गरिदिन सक्छन तर स्थानीय मण्डली आत्मनिर्भर बनिनको लागि आफैबाट प्रयास गरिनु पर्छ, अन्यथा मण्डली पर-निर्भरनै रहिरहने छ| व्यक्तिको हकमा पनि यही नियम लागू हुन्छ| नेपाली विश्वासी र मण्डलीहरुले किन आत्मनिर्भरता र उधमशीलतामा जोड दिने? किनकी..

 

  • यसले आत्मीक सेवकाईका कामहरुलाई बढी प्रभावकारी बनाउछ |
  • यसले सामाजिक क्षेत्रका सेवकाईकालाई श्रोत-साधन दिलाउछ, पर-आश्रितबाट बाहिर निकाल्छ र ख्रिष्टियनहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउछ |
  • यसले ख्रिष्टियन समूदाय र ख्रिष्टियन मण्डलीहरुको पक्षमा बिभिन्न सरोकारका बिषय-हरुमा लबिंग गर्न, राजनैतिक क्षेत्रमा प्रभाव पर्न मद्दत गर्छ |
  • देश र समाजलाई आर्थिक उन्नति र उधमशीलताको बाटोमा अघि बढ्न मद्दत गर्छ |
  • मण्डली भित्र र बाहिरका नयाँ पुस्ताहरुलाई शिर्जनशील र उधमशील हुन टेवा दिन्छ |

 

आत्मनिर्भर मण्डली

जसरी मानिसको जन्म र मृत्यु हुन्छ त्यसरिनै मण्डलीको जन्म र एक दिन त्यसको अन्त्य पनि हुन्छ ! भनिन्छ हरेक बर्ष संसारभरी करीब छ देखि दश हजार चर्चहरु बन्द हुन्छन र त्यो भन्दा धरै जन्मिन्छन पनि | मण्डलीको उमेर, परिपक्कता र प्रकृतिको आधारमा मण्डलीलाई पाँच समूहमा बाढ्न सकिन्छ!  विश्वासगर्ने मण्डली, प्रचारगर्ने मण्डली, चेला बनाउने मण्डली, सेवागर्ने मण्डली  र काम गर्ने मण्डली अर्थात, आत्मनिर्भर मण्डली | मण्डली कति बृहत, कति बालियो र कति लामो समय सम्म रहन सक्छ भन्ने कुरा मण्डलीको प्रकृतिमा भरपर्छ |

  • विश्वासगर्ने मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन तर प्रचार गर्ने, चेला बनाउने आदि काम गर्दैन्न ! यस्ता प्रकारका मण्डलीहरु ती विश्वासी त्यहाँ रहुन्जेल चलिरहन्छ र उनिहरुको निर्गमन पश्चात प्राय: बन्द वा अर्को मण्डलीमा समाहित हुन्छन | पश्चिमेली मुलूकहरुमा यस्ता मण्डलीहरु प्रशस्तै भेटीन्छ्न |
  • प्रचारगर्ने मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन र सक्रीय रुपमा सुसमाचार प्रचारगर्ने काम पनि गर्छन | यस्ता प्रकारका मण्डलीहरु संख्यात्मक रुपमा बृद्धि हुदै जाने र कतिपयले छोरी मण्डलीहरु जन्माउने खालका हुन्छन | वास्तविक बाईबलीय चेलापनको अभावमा, अन्तत्वगत्व यस प्रकारको मण्डली कुनै दिन विश्वासगर्ने मण्डलीको रुपमा परिणत भई बन्द वा अर्को मण्डलीमा समाहित हुने हुन्छन |
  • चेला बनाउने मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन, सक्रीय रुपमा सुसमाचार प्रचार गर्छन, र चेला बनाउने काम पनि गर्छन | यी मण्डलीहरुमा आत्मिक रुपमा विश्वासीहरु बालियो हुदैजाने, संख्यात्मक बृध्दी हुदैजाने, छोरी मण्डलीहरु जन्मिदै जाने र लामो समयसम्म मण्डली अस्तित्वमा रही रहने खालका हुन्छन | यिनीहरु नै वास्तविक रुपमा बाईबलीय मण्डलीहरु हुन |
  • सेवागर्ने मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन, सक्रीय रुपमा सुसमाचार प्रचार गर्छन, चेलापन गर्छन र सेवका काम पनि गर्छन | यी मण्डलीहरुमा आत्मिक रुपमा विश्वासीहरु बालियो हुदैजाने, संख्यात्मक बृध्दी हुदैजाने, छोरी मण्डलीहरु जन्मिदै जाने, लामो समयसम्म मण्डली अस्तित्वमा रही रहने र समाज र देशमा दीर्घकालीन प्रभाव पार्ने  खालका हुन्छन| नयाँ नियमका प्राय: मण्डलीहरु यस्तै प्रकारका थिए | नेपालका प्राय: मण्डलीहरुलाई यही समूहमा राख्न सकिन्छ |
  • आत्मनिर्भर मण्डली – यस्तो प्रकारको मण्डली हो जसमा आउने विश्वासीहरु येशूलाई हृदयबाट विश्वास गर्छन, सेवा संगती जान्छन, सक्रीय रुपमा सुसमाचार प्रचार गर्छन, चेलापन गर्छन, सेवाका काम गर्छन र आर्थिक रुपमा आत्म-निर्भर हुन्छन| यी मण्डलीहरुमा आत्मिक रुपमा विश्वासीहरु बालियो हुदैजाने, संख्यात्मक बृध्दी हुदैजाने, छोरी मण्डलीहरु जन्मिदै जाने, लामो समयसम्म मण्डली अस्तित्वमा रही रहने र समाज र देशमा दीर्घकालीन प्रभाव पार्ने खालका हुन्छन| यस्ता प्रकारको मण्डलीहरु सम्पूर्ण राष्ट्रको आत्मिक, सामाजिक, भौतिक, आर्थिक, राजनैतिक आदि क्षेत्रहरुमा प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा नेतृत्व दिने र ठुलो प्रभावपार्ने हुन्छन | शुरूका अमेरिकी र युरोपेली मण्डलीहरुमा यसको उदाहरण देख्न सकिन्छ|

हामीले हाम्रो मण्डली कस्तो प्रकारको बनेको चाहान्छौ, त्यो कुरा हामीले कस्तो प्रकारको विश्वासी उत्पादन गर्दैछौं वा गर्न चाहान्छौ त्यस कुरामा निर्भर हुन्छ| विश्वासगर्ने विश्वासी, प्रचारगर्ने विश्वासी, चेला बनाउने विश्वासी, सेवागर्ने विश्वासी र कामगर्ने विश्वासी अर्थात आत्मनिर्भर विश्वासी ! आजको हाम्रो मण्डली, मिशन, सेवाकाई, प्यारा-चर्च, तालीम केन्द्र,  बाइबल स्कूल/कलेज, सेमिनारिले कस्ता प्रकारका विश्वासीहरु उत्पादन गर्दैछौं त्यसले नै  भोली राष्ट्रको आत्मिक, सामाजिक, भौतिक, आर्थिक, राजनैतिक क्षेत्रहरुमा कस्तो प्रभाव पार्न सक्छौं भन्ने कुरा निर्धारण    गर्दछ | परमेश्वरले मण्डलीमा प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्‍टरहरू, शिक्षकहरू र अन्य विभिन्न बरदानहरु  भएका मानिसहरु दिनुभएको छ ताकी एउटा यस्तो मण्डली निर्माण होस (ख्रीष्‍टको शरीर) जसले सेवाको कामगर्न सन्‍तहरू सुसज्‍जित पारून | सेवाको काम भन्नाले आत्मिक र सामाजिक मात्र होइन, विश्वासीहरुले गर्ने हरेक पेशागत काम र सेवाहरु पनि यसमा समेटीएको छ|

मण्डलीलाई आत्मनिर्भरता तर्फ कसरी डो-र्याउने?

मण्डलीको आर्थिक आत्मनिर्भरता मण्डलीमा रहेका विश्वासीकोहरुको आर्थिक आत्मनिर्भरतामा आधारित हुन्छ | मण्डली भनेको विश्वासीजनहरु हुन | जब मण्डलीका अधिकांश विश्वासीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्छन, तब मण्डली स्वत: आत्मनिर्भर बन्दछ | नेपाल जस्तो विकाशील देशहरुको सबै भन्दा ठुलो समस्या भनेको वेरोजगारी हो | राष्ट्रको अनुपातमा मण्डली भित्र अझै बढ़ी बेरोजगारीको समस्या विधमान छ किनकी विस्वास गर्नेको ठुलो अनुपात गरीब र दुखी समुदायबाट बढ़ी देखिन्छ | त्यसकरण आर्थिक आत्मनिर्भरताको लागि मण्डलीले अझै बढ़ी परिश्रम र चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिन्छ |

व्यक्ति-व्यक्ति मिलेर मण्डली बन्दछ, त्यसैले व्यक्ति कसरी आत्मनिर्भर बन्न सक्छ भनी हामीले बिचार गर्नुपर्ने हुन्छ | साधारण तया मानिसहरु दुई प्रकारले आर्थिक रुपमा आत्मनिर्भर हुन प्रयत्न गर्द्छ्न | पहिलो, रोजगार वा  जागीर गरेर, दोस्रो रोजगारको श्रृजना गरेर, अर्थात उधम- व्यापार गरेर | जसलाई स्वरोजगार पनि भनिन्छ | र तेस्रो, पैतृक सम्पतिको करणले पनि मानिसहरु आर्थिक रुपमा आत्म-निर्भर हुन सक्छन तर यो नगण्य हुनसक्छ |

मण्डलीमा आर्थिक आत्मनिर्भरताको सेवकाई शुरूगर्न हो भने, विश्वासीहरुलाई रोजगार र स्वरोजगारको लागि सुसज्जित पार्ने कार्यक्रमको आवश्यकता पर्दछ | हालसम्म यो क्षेत्र व्यक्तिको निहित बिषय बस्तु र सरकारको क्षेत्रहो भन्ने मान्यता रहेको पाईन्छ |

रोजगार: मण्डलीमा रहेका प्रत्येक विश्वासीहरुलाई रोजगार र नोकरीको लागि तयार पार्न, स्कूल/कालेज शिक्षाको लागि उत्साह दिने, छात्रवृति कायर्क्रम, ट्यूशन कक्षा चलाउने, जागीर खोज्न मद्दत गर्ने, राम्रो बायो-डाटा बनाउन सिकाउने, शीपमूलक तालीमको आयोजना आदि जस्ता क्रियाकलापहरु गर्न सकिन्छ | यी कुराहरु कति मण्डली आफै त कति स्थानीय सरकारी निकाय र एनजीओसंग मिलेर आयोजना गर्न सकिन्छ | हिजोआज रोजगारको लागि विदेशजाने कुरा बढ्दो छ, यसले मण्डलीलाई पनि ठुलो प्रभाव पारेको छ |  रोजगारको लागि विदेश जानेहरुको लागि पनि केही बिशेष कार्यक्रम राख्नु जस्तै: बैदेशिक रोजगारबाट फर्किएकाहरु द्वारा ओरीन्टेशन, नेटवर्किंग, र महत्वपूर्ण जानकारी आदान-प्रदान जस्ता कार्यक्रम पनि नयाँहरुको लागि ठुलो सहयोग हुनसक्छ | सुचानमा शक्ति छ | जसरी सुसमाचार सुनेर मानिसको जिवनमा ठुलो परिवर्तन आउछ, त्यसै गरि अरुले दिएको असल सूचना र जानकारीहरुले मानिसको जिवनमा ठुलो प्रभाव पार्दछ | मण्डली केवल आत्मिक क्रियाकलापगर्ने स्थान मात्र होईन, तर जिवनमा आवश्यक थुप्रै व्यवहारिक शिक्षा र जानकारीहरु आदान-प्रदानगर्ने ठाऊँ पनि हो | एकजना विश्वासी भाईको अनुभव यस्तो छ:

 पिकनिकको क्रममा एकजना विश्वासी भाईले सानो चिटमा लेखेर दिएको वेवसाईडको नामले मेरो परिवारमा आर्थिक रुपमा ठुलो प्रभाव पारेको छ | त्यो कम्पनीमा निवेदन दिएँ र जागीर पाएँ | विगत ८ बर्ष देखि मैले त्यही कम्पनिमा काम गर्दै आएको छू, जसले कारणले मेरो र परिवारको दैनिक आवश्यकता मात्र होईन घर किन्न पनि मद्दत ग-यो | सुचनामा शक्ति छ |

 

स्वरोजगार: विकासशील देशको अर्को बिशेषता, भनेको र खोजेको बेलामा आफ्नो ज्ञान, शिक्षा, र शीप अनुसारको जागीर नपाउनु हो | जागीर नपाएको खण्डमा के गर्ने? खाली बस्ने? बेरोजगार बस्ने? यसको सही उत्तर हो, जागीरको श्रृजना गर्ने | अर्थात कुनै उधम-व्यवसायको थालानी गर्ने | मण्डलीले आत्मनिर्भरताको क्षेत्रमा गर्नुपर्ने अर्को कुरा भनेको काम नपाएकाहरुलाई उधम-व्यवसाय गर्न उत्साह दिने, शीपमूलक तालीमको आयोजना गर्ने जस्ता क्रियाकलापहरु गर्न सकिन्छ | माथि उप्ल्लेख गरीए जस्तै कतिपय यी कुराहरु मण्डली आफै त कति स्थानीय सरकारी निकाय र सामाजिक संघ-संस्थासंग मिलेर आयोजना गर्न सकिन्छ | मण्डली भित्र विशाल श्रोत र साधनहरु छन | मण्डली भित्र बिभिन्न क्षेत्रमा पेशा र कामगर्ने अनुभवी बिशेष क्षमता, योग्यता, ज्ञान र शीप भएका मानिसहरु हुन्छन | राष्ट्रव्यापी र विश्वव्यापी मण्डलीको हकमा हेर्नेहो भने संभावनाको यहाँ अथाह भण्डार छ | उनिहरुको सही पहिचान र परिचालन गर्न सकेमा यसले सम्पूर्ण मण्डली र बाहिरकाहरु पनि आशीषित हुन सक्छन | यसको लागि मण्डलीमा निरन्तर प्रयास गरिरहनु पर्दछ र यो आशयपूर्ण साथै योजनावध्द रुपमा गरिनुपर्ने हुन्छ | जसरी मण्डलीमा आत्मिक बृद्धिको लागि प्रार्थना, बाल, जवान, आमा, घरेलु संगतीको आवश्यकता भएजस्तै, विश्वासी र मण्डलीमा आर्थिक उन्नतिको लागि “आत्म-निर्भरता” सेवाकाईको आवश्यकता छ | यो सेवकाईको सुरुवात गर्दैमा

मण्डलीमा विधमान सबै आर्थिक समस्याहरु समाधान हुने होईन तर विश्वासीहरुलाई आत्म-निर्भर बन्नको लागि गोरेटो बाटो तयार पार्दछ | एकजना पाष्टरले भन्नुभयो:

 म पाष्टरको रुपमा सेवा गर्दै थिए, मण्डलीले तलब दिने अवस्था थिएन, स्थानीय क्षेत्रमा जागीर खोजे तर पाईन, काठमाण्डौमा पार्टटाइम काम पाएँ तर मण्डली र काठमाण्डौको ८ घन्टा बस यात्राको दूरी र हरेक हप्ता यात्रा गर्नुपर्ने भएकोले व्यवहारिक लागेन र छ महिनामै काम छोड़नु प-र्यो | अब के गर्ने भन्ने तनाव मनमा थियो, प्रार्थनाको बिषय राख्ने क्रममा एकजना विश्वासी दाजूले उत्साह दिनुभयो, “तपाईसंग ठाऊँ छ, तपाई शिक्षित पनि हुनुहुन्छ, किन एउटा स्कूल शुरू गर्नुहुन्न?” विचार राम्रो थियो | कही समय पछि यसले कामगर्न शुरू ग-र्यो | एउटा मन्टेशरी स्कूल खोल्ने विचार आयो | आफुसंग थोरै पैसा थियो, श्रीमतीको गहना बेच्यौं, मण्डलीको एकजना अगुवासंग पनि केहि पैसा सपाट लियौं र स्कूलको उद्घाटन भयो | शुरूको दुईबर्ष निकै संघर्ष भयो, तर पाँचबर्ष पछि फर्केर हेर्दा, काठमाण्डौको जागीरबाट कमाउने भन्दा बढ़ीनै आम्दानी भएको रहेछ | प्रभुलाई धन्यवाद होस | कामले काम सिकाऊँछ भने जस्तै, स्कूलले अरु धेरै कुराहरुको लागि हामीमा आत्म-विश्वास बढायो|                   

 मण्डलीमा प्रार्थना संगती सेवकाईको एउटा क्षेत्र नभए पनि, प्रार्थना त भईरहन्छ नै | तर प्रार्थना संगतलाई पनि मण्डलीको एउटा सेवकाईको क्षेत्र बनाएमा प्रार्थनाको अभियान र यसको प्रभाव ज्यादा देखन सकिन्छ | व्यक्तिगत होस वा सम्पूर्ण मण्डलीव्यापी रुपमा, विश्वासीहरुलाई आर्थिक आत्म-निर्भरताको लागि हौसला, उत्साह, र सहयोग गर्ने क्रिया-कलाप नेपाली मण्डलीमा नभएका होईनन, यो कुरा धेर-थोर भईनै रहेकाछन | यधपि यसलाई मण्डलीको एउटा सेवकाईको क्षेत्रको रुपमा लिएर जान सकिएमा यसको प्रभाव र परिणाममा उल्लेखनीय बृद्धि हुनसक्छ |

 ——————–०००००००००——————

 मेरो आफ्नो बारेमा र किन यो लेख लेख्न प्ररणा मिल्यो भन्ने बारेमा

 करिब तीस् बर्ष अघि मैले प्रभुलाई चिन्ने र विश्वास गर्ने मौका पाएँ | येशूलाई ग्रहण गरेको केहि समय पछी मैले एउटा बुक स्टोरमा कामगर्न सुरु गरें | यो सन् १९९० तिरको कुरा हो | त्यसपछी तानसेन मिशन अस्पतालमा करिब एक बर्ष रिकर्ड क्लर्कको रुपमा पार्ट-टाईम काम गरे |  करीब पाँच बर्ष पाल्पा सामूदायिक स्वास्थ्य तथा विकास कार्यक्रममा काम गरें | त्यसपछि डब्लु.डब्लु.एफ  हुदै वर्ल्ड भिजन, फूड फर हँग्री, माइका नेटवर्क, हर्भेष्टमा गरि  थप करीब  १५ बर्ष सम्म बिभिन्न स्थान र ओहदामा रहेर कामगर्ने मौका पाएँ | शुरु देखिनै, कामसंगसंगै मण्डली र ईसाई क्षेत्रको बिभिन्न सेवाकाईमा सहभागी हुने अवशर पाएँ | मण्डलीमा यूथ मिनिस्ट्री देखि लिएर, बिधार्थी संगती (एनबिसिबिएस्), मण्डलीको डीकन, एल्डर हुदै आफु प्रभुमा जन्मिएको नेपालको एक एतिहासिक तानसेन मण्डलीमा पाष्टरको रुपमा सेवागर्ने अवशर पनि पाएँ|

मैले मेरो पढाई कमर्सबाट शुरु गरें र त्यसै अनुरुप जागीर गरें | तर दश बर्षपछी परमेश्वरले थियोलोजी अध्ययनगर्ने चाहना मनमा राखी दिनुभयो| तत्कालिन वोर्ल्ड भिजनको कामबाट राजिनामा दिई एम्.डिभ. (M.Div) गर्न सपरिवार फिलिपिन्स गएँ | नेपाल फर्के पछी कुनै एनजीओ/आईएनजीओमा काम गर्दै परमेश्वरको सेवागर्ने बिचारले मैले यूनिभर्सिटी अफ फिलिपिन्समा सामुदायिक विकासमा एम्.ए. आध्ययनको लागि भर्ना भए| दुवै अध्ययन पुरा गरेर २००६ मा नेपाल फर्किने क्रममा परमेश्वरले मण्डलीमा रहेर सेवागर्नको लागि मलाई प्रेरणा दिनुभयो र मैले तानसेन मण्डलीमा पाष्टरको रुपमा सेवागर्न शुरु गरें | मण्डलीले हामीलाई भन्यो, हामी तलब दिन सक्दैनौं, त्यसैले हामीले स्कूल र होस्टेल शुरुगर्ने निर्णय ग-र्यौं, जसले गर्दा हामीलाई पावलले जस्तै टेन्टमेकरको रुपमा आत्म-निर्भरभई सेवागर्न निरन्तरता प्रदान ग-र्यो | यही काम-व्यवसायले हामीलाई हाम्रो आर्थिक आवश्यकता पुरागर्न मद्दत ग-र्यो, साथै यसबाट अरुलाई पनि धेरथोर मद्दतगर्न सक्यौं | अनि यसले समाजका विभिन्न स्तर र क्षेत्रका मनिसहरुलाई चिन्न र उनीहरुसंग राम्रो सम्बन्ध स्थापना गर्न पनि मद्दत ग-र्यो |

गत आठ बर्षदेखि DV परेकोले अमेरिकाको एरिजोना राज्यमा सपरिवार बस्दै आएको छु | पेशा गत रुपमा नेपाली र हिन्दी भाषा अनुवादकको रुपमा काम गर्छु | करिब छ बर्ष अधि नेपाली भाषीहरुको बिचमा एउटा मण्डली स्थापना गर्ने अवशर दिनुभयो | त्यसै मण्डलीमा एउटा पाष्टरको रुपमा सेवा गर्दै पनि आएको छु |  यसरी नै बिगत करीब २७ बर्षदेखिको आर्थिक रुपमा आफ्नो खुट्टामा आफै उभिएर, जागीर गर्दै, व्यवसाय गर्दै, आत्म-निर्भर भई परमेश्वरको सेवागर्ने अवशर पाएको छु|

नेपालमा बस्दा र सेवकाईगर्दा अमेरिका लगाएत पश्चिमी देशहरुलाई हेर्ने जुन दृष्टिकोण थियो त्यो त्यहाँ गएपछी परिवर्तन हुँदो रहेछ | विगत छ बर्षसम्म पश्चिमी संस्कृति , मण्डली , त्यहाको विकाश , त्यहाको चुनौती सबै कुरा अलि गहिराईमा गएर बुझ्ने अवशर भयो | त्यही दौरानमा परमेश्वरले मेरो मनमा सधै एउटा प्रश्न घरीघरी राखिदिनु भयो | किन म यहाँ आएँ? किन परमेश्वरले मलाई याहाँ ल्याउनु भयो? मैले यो देश र याहाँका मण्डलीहरुबाट के सिक्नसक्छु? यहाँको अनुभवलाई मैले कसरी मेरो देश र जातिहरुलाई सुनाएर, सिकाएर उत्साहित र आशिषित बनाउन सक्छु? बिगत केहि बर्ष देखिको यो विचार मन्थन र प्रार्थनाको प्रत्युत्तर अनुरुप, परमेश्वरले मलाई नेपाली मण्डली, बिशेष गरि पाष्टर अगुवाहरुलाई आफ्नो टेन्ट-मेकिंग गर्दै सेवाकाई गरेको अनुभव बाँढेर हौसला र उत्साह दिने कुरातर्फ देखाउनुभयो | बिशेष गरि मण्डली आत्म-निर्भरताको लागि उधम-शीलता – Tent-Making बारे बाइबलीय शिक्षा बाँढेर नेपाली मण्डलीलाई सुसज्जित गर्ने प्रेरणा दिनुभयो | त्यसै अनुरुप यस अभियानमा अघि बढेको छू र पहिलो प्रयास स्वरूप यो लेख लेखेको छु | धन्यवाद |

 

बिष्णु रेग्मी

हिमालयन सामुदायिक चर्च

फिनिक्स, एरिजोना

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In