शीलूले सिकेको शिक्षा

एउटा सहरको ठीक बाहिरी गाउँमा आमा, बुवा र छोरी बस्थे। सुन्दर चउर, रुख जंगल, खोलाले यो गाउँलाई सुन्दर बनाएको थियो । एकदिन बुवाले छोरीलाई भन्नुभयो, “छोरी, आज बाहिर खेल्न नजाऊ है?” छोरीले सोधिन्, “किन बुवा?” बुवाले जवाफ दिनुभयो, “मैले भनेको मान तिम्रोलागि त्यही असल छ।” छोरी ज्ञानी रहिछन्। बुवाको कुरा मानेर बाहिर खेल्न गइनन्। तर कोठाको झयालबाट बाहिर अरु […]
सफलताका ५ सुत्रहरू

अगुवा हुन लीडर हुन सबैलाई रहर लाग्छ। सबैले मेरो कुरा खाऊन्, मेरो साथ रहून् भन्ने इच्छा लाग्छ। यस्तो इच्छा हुँदा हुँदै पनि कतिपटक आफूले चाहेजस्तो वा सोचेजस्तो हुँदैन। यसको नतिजा मानिस हरेश खान थाल्छन्, एक्लिन थाल्छन् र जीवनमा नियास्रोपन डिप्रेशन पनि हुन सक्छन्। यसकारण, यदि हामी अगुवा वा लिडर हुन चाहन्छौं र त्यो पनि सफल […]
HAPPY EASTER!

आजदेखि वर्षको चौंथो महिना अर्थात् “फोर्थ मन्थ” शुरु भयो (एप्रिल १) । यो “Fourth Month” लाई “Going Forth and Growing” (अगाडि बढ्ने र वृद्धि हुने) रुपमा लिऔं। गेतसमनीको बगैंचामा येशूको अगाडि छनौट गर्न दुइवटा विकल्पहरू थिए: क्रूस बोक्ने र मर्ने कि सबै कुरा छोडेर पितासँग सबै परिस्थितिबाट छुटकारा माग्ने। येशूले अगाडि बढ्ने (Going Forth) निर्णय […]
जानुपर्ने त बाबा कहाँ नै हो…

मेरी कान्छी छोरीले मलाई धेरै कुराहरू सिकाउँछिन्। केही दिनअगाडिको कुरा हो, उसलाई बाबाले किनिदिनुभएको आइप्याड (IPad) समातेर दौडदै गर्दा लडेर त्यसको स्क्रिन फुट्यो। अनि त्यो फुटेको पनि नराम्रोसँग चकनाचूर जस्तै भएर फुटेछ। म अफिसबाट घर फर्केंर छोरीको अँध्यारो अनुहार देखेर “के भयो, कान्छु?” भनेर सोधेँ। मेरो विचारमा दिदीसँगको खटपट वा कुनै चित्त नबुझेको कुरा होला […]
क्रिसमसको शुभकामना

प्रभु येशू ख्रीष्टको जन्मको संझनामा संसारभर मनाइने क्रिसमस पर्वको अवसरमा हाम्रा सम्पूर्ण पाठक तथा दर्शकहरूलाई शुभकामना दिन चाहन्छौं। यस क्रिसमसको अवसरले यहाँहरू हरेकलाई आफूलाई सृष्टि गर्नुहुने परमेश्वर पिता, उद्धारकर्ता प्रभु येशू ख्रीष्ट तथा सधैं साथमा रहनुहुने पवित्र आत्माको अझै नजिक हुने मौका मिलोस्! रीता सुबेदी We wish you a very Happy Christmas! Enjoy Christmas Hymns […]
…म ओर्लिएको छु।

ममीले भन्नुहुन्थ्यो आफ्नो फर्स्ट बेबी छोरी होस् भन्ने लाग्थ्यो रे। तर पहिलो त के दोस्रो सन्तान पनि छोरा नै भएपछि, फेरि गर्भ रह्यो भन्ने थाहा पाएको दिनदेखि परमेश्वरसँग ९ महिनासम्मै छोरी, अर्थात म नजन्मेसम्म विशेष भाकल प्रार्थना गर्नुभएको थियो रे अनि प्रार्थनाकै उत्तरस्वरुप परमेश्वरले बाबुआमालाई छोरी दिनुभएछ। यसरी मेरो जन्म भएको रहेछ। प्रार्थनाको उत्तर पो […]
मृत्यु अन्त्य होइन…

विहानै उठेर फोनमा हेर्दा श्रीकृष्ण श्रेष्ठको देहान्तको खबर पढ्नु पर्यो। त्यो खबर पढेर मलाई दिक्क लाग्यो। कस्तो विडम्बना? भन्छन् छोरा मान्छेको वैंस त ४० बसन्त पार गरेपछि बल्ल कलकलाउँदो हुन्छ रे। शायद त्यसैले होला विवाह पनि भरखरै मात्र गरेका रहेछन्। विगतका समयहरूमा उनका कैयन चलचित्रहरू नहेरेको पनि त होइन र उनको कामलाई एउटा आम दर्शक […]
खोइ त बाँडेको…?

हामी मानिस खुशी कति छिटो अनि सजिलै सँग बाँड्छौं। यति मात्र हो र? हाम्रो खुशी हामी व्यक्तिगत रुपमा भेट्ने साथीलाई मात्र नभएर, फोनमा भन्छौं, इमेलमा लेख्छौं अनि यतिले मात्र नपुगेर हामी फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालमा समेत पोस्ट गर्न भ्याउँछौं। हामी किन यसो गर्छौं त? यति मात्र कहाँ हो र हाम्रो खुशीमा सबै सहभागी होऊन् र […]
हाम्रो पहिचान

गए राती हामी सबैजना ल्यापटपको वरिपरि बसेर अमेरीकामा हुनुभएको घरमूली‚ घरको बाबुसँग कुरा गर्दै थियौं। उहाँले छोरीहरूलाई ल्याइदिन ठीक्क पार्नुभएका केही सामानहरू देखाउँदै हुनुहुन्थ्यो। नानीहरू खुशी नै देखिन्थे। माहिली छोरी भने कुरा गर्न आउन मानिन। ऊ प्राय सधैँ त्यसै गर्छे। बाबा बाहिर जानुभयो भने स्काइपमा कहिल्यै कुरा गर्न मान्दिन। कहिले कर गरे भने यसो अनुहार […]
हाम्रो जीवन र धारणालाई परिवर्तन गर्न सक्ने पुनरुत्थानको बारेका चारवटा सत्यहरू र एउटा झूट

हामीले चारैवटा सुसमाचारमा हेर्यौं भने थाहा पाउन सक्छौं कि पुनरूत्थानको कथा सबै सुसमाचारहरूमा फरक–फरक किसिमले प्रस्तुत भएका छन्। यसलाई अझै नियालेर हेर्ने हो भने‚ हामीले यो थाहा गर्न सक्छौं ती सुसमाचारहरूमा दुईवटा कुराहरू भने उस्तै छन्। १. पुनरुत्थानको बारेमा शुरूमा थाहा पाउने स्त्रीहरू थिए २. स्वर्गदूत चिहानमा बसिरहेका थिए। शाबाथको दिन नजीकै आएको हुनाले शुक्रबार येशूको […]
धन्यवाद!

मलाई सान्त्वना दिने मलाई सान्त्वना दिने माथि उठाउने मलाई सम्हाल्ने प्रभुलाई धन्यवाद धन्यवाद धन्यवाद १. तपाईंको नजीक आएको छु परिवर्तन मलाई गर्नुहोस् मेरो हृदयको क्रन्दन सुनेर मलाई माथि उठाउनुहोस् २. तपाईं कै नजीक आएको छु जीवनको बोझ हटाउनुहोस् मेरो हृदयको क्रन्दन सुनेर मलाई सान्त्वना दिनुहोस् ३. तपाईं कै नजीक आएको छु मलाई प्रेमले अँगाल्नुहोस् मेरो […]
प्रेमको आगो

प्रभु तिम्रो प्रेमको आगो मेरो हृदयमा बलिरहोस मेरो हर कदममा तिम्रो प्रेम चम्किरहोस १. घृणा र द्वेशले भरेको ठाऊँमा तिम्रो न्यानो माया दिएर तिम्रो साक्षी बन्न सकूँ २. अन्धकारपुर्ण यो संसारमा ज्योति तिम्रो सर्वत्र छरेर तिम्रो प्रतिबिम्ब बन्न सकूँ ३. पीडा अशान्ति भेदभाव अज्ञानमा शान्ति र न्यायको दियो बालेर तिम्रो ज्ञानको प्रचार गरुँ Republished in […]
एउटा गीत

एउटा गीत {जङ्गलमा हिंड्ने वनपशुहरू आकाशमा देखिने सूर्य चन्द्र तारा} २ यी सबै हुन् यी सबै हुन् ईश्वरले सृजेका – २ {कलकल बग्ने खोलानालहरू झरझर झर्ने झरनाहरू} २ यी सबै हुन् यी सबैहुन् ईश्वरले सृजेका- २ {बगैंचामा फूल्ने फूललताहरू हामी सबै सानासाना नानीहरू} २ यी सबै हुन् यी सबै हुन् ईश्वरले सृजेका-२ Republished in new […]