• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जानुपर्ने त बाबा कहाँ नै हो…

by Rita Subedi
March 3, 2015
in Articles

मेरी कान्छी छोरीले मलाई धेरै कुराहरू सिकाउँछिन्।

Rita Subedi
Rita Subedi

केही दिनअगाडिको कुरा हो, उसलाई बाबाले किनिदिनुभएको आइप्याड (IPad) समातेर दौडदै गर्दा लडेर त्यसको स्क्रिन फुट्यो। अनि त्यो फुटेको पनि नराम्रोसँग चकनाचूर जस्तै भएर फुटेछ। म अफिसबाट घर फर्केंर छोरीको अँध्यारो अनुहार देखेर “के भयो, कान्छु?” भनेर सोधेँ। मेरो विचारमा दिदीसँगको खटपट वा कुनै चित्त नबुझेको कुरा होला भन्ने लाग्यो तर तेसो होइन रहेछ उनले अति नै मनपराएको, बाबासँग घरिघरि आफ्नो इच्छा जाहेर गरेपछि पाएको आइप्याड फुटको रहेछ। उनले आँखाभरि आँशु पारेर भनिन्: “मामु मेरो आइप्याड फुट्यो।” अनि उनले तुरुन्तै मलाई सोधिन्,“मामु बाबा खोइ, कति बेला आउनुहुन्छ?” मैले साधारण किसिमले जवाफ दिएँ “अफिसमा हुनुहुन्छ एकछिनपछि आउनुहुन्छ।”  उनको आइप्याड हेरेँ साँचि नै नराम्रोसँग फुटेछ तर स्क्रिनको एउटा टुक्रापनि झरेको रहेनछ। अनि हामीले त्यसलाई बाबा नआएसम्म नचलाउने भनेर सुरक्षित राख्यौं।

तेति बेलादेखि बाबा घर नआएसम्म उनले मसँग “बाबा खोइ? कतिबेला आउनुहुन्छ? खोई बाबा किन ढिलो आउनुभएको?” भनेर घरिघरि सोधिन्। कतिबेला त मलाई झर्को पनि लाग्यो तर मैले उनको मनको आतूरलाई बुझ्न सकिनँ।

त्यो दिन काम धेरै भएर होला बाबा पनि अरु दिनभन्दा अलि ढिला गर्नुभो। तर जब छोरीले बाबा घरभित्र पस्नुभएको थाहा पाइन् उनी उत्तेजित भएर बाबाको काखमा दगुरिन् र चर्को स्वरमा भनिन्,”बाबा कति ढिलो आउनुभएको, मेरो आइप्याड फुटिसक्यो तेति पनि थाहा छैन?” बल्ल पो मैले बुझेँ उनले किन घरिघरि बाबालाई सोधेको कारण। अनि फेरि उनले भनिन्, “बाबा मेरो आइप्याड बनाइदिनुहोस्।”

उनलाई थाहा थियो कि उनको समस्या समाधान मामुले गर्न सक्नुहुन्न केवल सहानुभुति मात्र देखाउन सक्नुहुन्छ भनेर र तेसैले उनी मेरो काखमा बसेर निराश भइन् तर बाबालाई खोज्न भने छोडिनन्। किनकि उनलाई थाहा थियो बाबासँग पक्कै समाधान छ भनेर।

कथा यही हो तर मेरो लागि यो ठूलो पाठ भयो। जीवनमा धेरै संकष्टहरू आउँछन्। आफूले अति नै चाहेको कुरा विग्रन्छ, कतिपटक आफ्नै गलतीले त कति पटक अरुको कारण हामीले जीवनमा समस्याको सामना गर्नुपर्छ।    समस्या पर्दा हामी निराश हुन्छौं, आत्तिन्छौँ, हाम्रो दिमागले ठीकसँग सोँच्न सक्दैन र हामी झन गलती गर्न पुग्छौं र अझ बढी सम्यालाई बढाउँछौं। चिन्ताले हामीलाई निलिहाल्छ र हामी त्यसबाट बाहिर निस्कन सक्दैनौं।

किन यस्तो हुन्छ? किनकी हामी हताश हुँदा, निराशाले छोप्दा कता जाने भन्ने कुरालाई ठीक किसिमले ठम्याउन सक्दैनौं। शायद त्यसैले होला कति मानिसहरू चुरोटको धूवाँमा, व्हीस्कीको चुस्कीमा, यौन विलासितामा, अश्लील किताबहरू आफैलाई लुकाउन खोजिरहेका हुन्छन्। हामी मानिस त्यति मूर्ख पनि छैनौं कि भित्र कतै न कतै हाम्रो अन्तस्करणमा हामी जान्दछौं कि ती सब क्षणिक हुन्, ती समस्याका समाधान होइनन् तर अझ बढी समस्यातिर धकेल्ने माध्यम हुन् भनेर। हामीलाई त्यो समस्याले यति पेल्छ कि हामी जानिजानी आफैले आफैलाई विनाशतिर धकेल्छौं, शारीरिकरुपमा, मानसिकरुपमा, आत्मिकीरुपमा। हामी समस्याको समाधान हुन्छ भनेर सोच्न सक्दैनौं ।

मेरी कान्छीलाई थाहा थियो कि बाबा आउनुभएपछि समस्या समाधान हुन्छ भनेर। अनि बाबाले समाधान निकाल्नु पनि भयो।

हामीले चाहिं यो कुरालाई बिर्सन्छौं। हामी समाधानकालागि यताउता जान्छौं, कुलतमा लाग्छौं तर ठीक ठाउँमा जान बिर्सन्छौं। हो, हाम्रो दुखेसो पोख्‍न हामी हाम्रा इष्टमित्र, आफन्त कहाँ पनि जान्छौं र केही समयको लागि शान्त पार्न सहानुभूति पाउँछौं र अलिकता मन हलुका पार्ने काम  हुन्छ तर, खासमा जानुपर्ने त बाबा कहाँ नै हो, जो स्वर्गमा हुनुहुने सनातनका पिता हुनुहुन्छ, जसकोमा सबै समस्याका समाधान छन्, जो अचम्मको सल्लाहकार हुनुहुन्छ अनि जसमा सबै कुरा सम्भव छ।

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In