• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हाम्रो पहिचान

by Rita Subedi
July 2, 2014
in Articles
Rita Subedi
Rita Subedi

गए राती हामी सबैजना ल्यापटपको वरिपरि बसेर अमेरीकामा हुनुभएको घरमूली‚ घरको बाबुसँग कुरा गर्दै थियौं। उहाँले छोरीहरूलाई ल्याइदिन ठीक्क पार्नुभएका केही सामानहरू देखाउँदै हुनुहुन्थ्यो। नानीहरू खुशी नै देखिन्थे। माहिली छोरी भने कुरा गर्न आउन मानिन। ऊ प्राय सधैँ त्यसै गर्छे। बाबा बाहिर जानुभयो भने स्काइपमा कहिल्यै कुरा गर्न मान्दिन। कहिले कर गरे भने यसो अनुहार देखाउँछे अनि गइहाल्छे।

हिजो पनि त्यस्तै भयो। बाबाले सामानहरू देखाउँदै हुनुहुन्थ्यो अनि कुन कसको भन्दै हुनुहुन्थ्यो। तर माहिली छोरीले उति चासो देखाइनन् ठूली त खुशी थिइ र कान्छी पनि आफूले बाबा आएपछि पाउने सामान देखेर दङ्गै थिइन्।
तर कुरा गर्दैगर्दा उनले एउटा प्रश्न बाबालाई सोधिन्: “बाबा तपाईं अहिले अमेरिकाबाट यो कम्प्यूटरभित्रबाट निस्केर आउन सक्नुहुन्छ?”बाबाले जवाफ दिनुभयो: “अहँ‚ सक्दिनँ बाबु‚ म एकैचोटी भोलिपर्सि मात्र आउँछु।”यो सुनेर कान्छी छोरी फनक्क अर्कोतिर फर्किन् र आँखाभरि आँशु पारेर सानो रून्चे स्वरमा भनिन्: “त्यसो भए किन अमेरिका गा’ त?”
उनको यो हाल देखेर मेरो मन कटक्क खायो। मेरो आँखा पनि रसायो तर यसलाई भित्रभित्रै थामेर राखें मनमा अमिलो अनुभव गर्दै आँशुलाई घुटुक्क निलिदिएँ र कान्छीलाई अँगालेर फकाइ फस्लाइ गरें।

यस्ता कति घटनाहरू हुन्छन् जुन हाम्रो दैनिक जीवनमा घटिरहन्छन्। कति यसै आउँछ जान्छ अनि बिर्सिइन्छ पनि। तर कति यस्ता पनि हुन्छन् जसले हाम्रो हृदयलाई छुन्छ र केही कुरा सिकाउँछ पनि।

यो माथिको घटना यसो हेर्दा त साधारण जस्तै छ। तर यसबाट परमेश्वरले मलाई एउटा कुरा सिकाउनुभयो र यही कुरा म यहाँहरू समक्ष बाँड्छु।

उपस्थिति अथवा अङ्ग्रेजीमा यसलाई प्ररेजेन्स (Presence) भनिन्छ।उपस्थिति शब्दलाई हेर्ने हो भने शब्दकोषले यसरी यसको अर्थ लगाउँछ: हाजिरी‚ प्रस्तुति वा नजिक हुने। जसरी मेरी कान्छी छोरी बाबाको उपस्थितिको चाहा गर्छे‚ हरेक विहान अनि बेलुकी बाबासँग कुरा गर्ने इच्छा देखाउँछे त्यसरी नै हामी पनि स्वर्गमा हुनुहुने पिताको अर्थात् परमेश्वरको उपस्थितिको चाह गर्नुपर्ने होइन र? हामी कतिपटक ठूला ठूला कुराहरू गर्छौं ठूला ठूला कामहरू गर्छौं र यति व्यस्त हुन्छौं कि हामी परमेश्वरको उपस्थितिमा जान नै बिर्सन्छौं कति पटक त सम्झे तापनि शरीरले हामीलाई तान्छ र हामी कामै कामको रमझममा र आफ्नो महिमा पाउने आशामा हामीलाई बनाउनुहुने र हामीलाई अति नै प्रेम गर्नुहुने परमेश्वरदेखि टाढा हुन्छौं। उहाँसँगको हाम्रो नाता एउटा बुवा र छोरी वा छोराको नभएर एउटा मन्दिर र पूजाहारीको जस्तो हुन पुग्छ जो प्रेममा होइन तर विभिन्न स्वार्थमा रहेर परमेश्वरसँग एउटा सम्झौताको नाता गाँस्न पुग्छौं।

बाइबलले हामीलाई परमेश्वरको समीपमा रहने‚ उहाँसँग संगति गर्ने उहाँको आवाज सुन्ने‚ जस्ता थुप्रै कुराहरू सिकाउँछ।

हामी कसैलाई प्रेम गर्छौं भने हामी सधैं त्यस व्यक्तिको समीपमा रहन मन पराउँछौं‚ उनका कुराहरू सुन्न र आफ्नो कुराहरू भन्न रुचाउँछौं। अनि हामी परमेश्वरलाई प्रेम गर्छौं भन्छौं तर आज हामी आफैलाई नियालेर हेरौं: हामी परमेश्वरको समीपमा रहन कत्तिको चाहन्छौं? उहाँको कुरा सुन्न र उहाँलाई आफ्नो कुराहरू भन्न कत्तिको हतार गर्छौं? प्रस्थानको पुस्तकमा हेर्‍यौं भने हामी देख्‍छौं कसरी मोशा भेट हुने पालमा परमेश्वरसँग भेट गर्न जान्थे। परमेश्वर उनीसँग आमने सामने एउटा मित्रसँग जस्तै कुरा गर्नुहुन्थ्यो भनेर बाइबलमा लेखिएको छ। (प्रस्थान ३३:९-११¬) यही खण्डको अझै तलतिर हेर्‍यौं भने देख्‍छौं कि परमेश्वरको उपस्थिति नै उनीहरू उहाँका मानिसहरू हुन् भनी चिनाउने चिन्ह थियो भनी मोशाले भनेका छन्।

तब मोशाले उहाँलाई भने, “यदि तपाईंको उपस्‍थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्‌। तपाईं हामीसितै नगएसम्‍म म र तपाईंका यी मानिसहरूले तपाईंको निगाह पाएका छौं भनेर हामीले कसरी जान्‍ने? अरू के कुराले म र तपाईंका मानिसहरू पृथ्‍वीका सारा मानिसहरूदेखि भिन्‍नै हुन्‍छौं?”
यसकारण हामी बुझ्न सक्छौं परमेश्वरको उपस्थितिमा रहनु नै हाम्रो अस्तित्व र चिनारी हो। यसैबाट हामी उहाँका सन्तान हौं भनी अरुले चिन्नेछन्।हाम्रो दिनदिनको काममा हामी परमेश्वरको उपस्थितिमा रहनु आवश्यक छ किनकी उहाँको प्रेमको गहिराइलाई उहाँको उपस्थितिद्बारा नै हामी जान्न सक्छौं।
(हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्‍तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि।) १यूहन्ना ३:१
माथिको पदमा “पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ” खण्डको अङ्ग्रेजी उल्था यसप्रकार छ “the love the Father has lavished on us”.

यहाँ प्रयोग भएको “ल्याभिश्ड” शब्दले उहाँको प्रेमलाई अझ बढी जोडका साथ व्यक्त गरेको जस्तो मलाई लाग्छ। यसको अर्थ भन्नुपर्दा बर्षाउने‚ अति नै प्रशस्त गरेर दिने‚ खुला हातले दिने‚ अति उदार हुने हो। त्यसकारण परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ र हामी उहाँको नजीक रहेको चाहनुहुन्छ। अनि हामी उहाँका छोराछोरीहरू उहाँको सन्तान हुने हक पाएकाहरूले उहाँको उपस्थितिको चाह गर्नु पर्ने होइन र? उहाँको नजीकमा रहने चाह गर्नुपर्ने होइन र? हामी आफैलाई नियालौं। हामी आफैलाई ख्रीष्‍टियान भन्छौं‚ परमेश्वरको सन्तान भन्छौं‚ हामी उहाँलाई प्रेम गर्छौं भन्छौं र उहाँलाई खुशी पार्न ठूला ठूला कामहरू गर्दैछौं र अति व्यस्थ भएका छौं‚ तर हामी उहाँको नजीकमा जान भुलिरहेका छौं‚ उहाँको उपस्थितिलाई लत्याइरहेका छौं। के यो उचित होला? जसरी मेरी छोरीले आफ्नो बाबालाई नजीक नपाउँदा न्यास्रो मान्छे के त्यसरी नै हामी पनि परमेश्‍वरको उपस्थितिदेखि टाढा हुँदा त्यस्तै अनुभूति गर्नुपर्ने होइन र?
परमेश्वरको प्रेमलाई नलत्याऔं‚ उहाँको उपस्थिति नै हाम्रो पहिचान हो।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In