• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

शीलूले सिकेको शिक्षा

by Rita Subedi
February 4, 2017
in Articles, Story, कथा

एउटा सहरको ठीक बाहिरी गाउँमा आमा, बुवा र छोरी बस्थे। सुन्दर चउर, रुख जंगल, खोलाले यो गाउँलाई सुन्दर बनाएको थियो ।

एकदिन बुवाले छोरीलाई भन्नुभयो, “छोरी, आज बाहिर खेल्न नजाऊ है?”

छोरीले सोधिन्, “किन बुवा?”

बुवाले जवाफ दिनुभयो, “मैले भनेको मान तिम्रोलागि त्यही असल छ।”

छोरी ज्ञानी रहिछन्। बुवाको कुरा मानेर बाहिर खेल्न गइनन्। तर कोठाको झयालबाट बाहिर अरु साथीहरू खेलेको र रमाइलो गरेको देख्‍दा उनलाई साह्रै नै जाउँजाउँ लाग्यो तर बुवाको कुरा सम्झेर उनी बाहिर गइनन्। तर के भो कुन्नि। केही बेरपछि, उनका साथीहरूले रमाइ रमाइ खेलेको देखेर, सुनेर उनलाई सहिनसक्नुभयो ।

उनले मनमनै सोचिन्, “एकैछिन  त हो नि! बुवा बाहिरबाट आउनु अगाडि म घर आइहाल्छु।” यति सोचेर उनी खेल्न गइन्।

खूब मज्जा गरिन्। साथीसँग खेलिन्। रमाइन्। घर फर्किने बेला भो।

“बुवा छिटो त फर्कनुभएन?” भनी सोच्दै, डराउँदै उनी घरभित्र पसिन् र हतार हतार माथि आफ्नो कोठातिर दगुरिन् । डराउँदै, हतारिंदै भर्‍याङ्गमा उक्लँदा उनको खुट्टा चिप्लियो। भर्‍याङ्गबाट तलतिर लोट्दा भित्तामा झुण्डाइराखेको बुवाको कोट समात्‍न पुगिन् र कोट बाहुलैमा च्यातियो।

उनी जिल्ल परिन्। आफैलाई जसोतसो सम्हालेर कोट हातमा लिई कोठामा पसिन्। उनको मनमा डरको ढ्याङ्ग्रो बज्यो। भुल भयो, बुवाको कुरा नमानेर बाहिर खेल्न गइन्। आत्तेर घर पस्दा लडेर बुवाको कोट च्यातिन गयो। उनी आफैलाई पनि चोट लाग्यो। उनलाई ठूलो पीर पर्‍यो। “अब यो सब कसरी लुकाउने? मेरो चोट त जसोतसो लुकाउँला तर यो फाटेको कोट? यो कसरी लुकाउने? मलाई सिलाउन पनि त आउँदैन!”

उनी कोठा भित्र पसेर सिरानीमा अनुहार लुकाएर रून थालिन्। उनको दाहिने खुट्टाको गोलीगाठा पिल्सिएको थियो । सानो, ठूलो जस्तो चोट लाग्दा पनि उनी ढुक्कै बुवाकहाँ दगुरेर जान्थिन्। बुवाले माया गरेर, मलम लगाइदिनु हुन्थ्यो। शीतल पारिदिनुहुन्थ्यो। आज कस्तो फसाद।  बुवाकहाँ जानु नै अप्ठेरो। जैले पनि उनी यसरी दुख्दा,चोटपटक लाग्दा, बुवासँग टाँसिएर रुन्थिन् । रुँदा बुवाले अँगाल्नुहुन्थ्यो र माया गर्नुहुन्थ्यो । अनि घाउचोट पुछेर,धोएर मलम, पट्टी गरिदिनुहुन्थ्यो ।

शीलूको मनमा एउटै प्रश्न घरीघरी दोहोरियो । “कसरी बुवाकहाँ जाने? नजानू, चुप लागेर घरभित्र बस्नु भन्नुभाथ्यो। अटेरी गरें, चोट लाग्यो, बुवाको कोट पनि फटाएँ।“

केहीबेरमा आमा उनको कोठामा आउनुभयो । “शीलू!” आमाले सधैँजस्तै मायाले बोलाउनुभयो। उनले आमालाई हेरिन् । रोएको रातो आँखा लुकाउन सकिनन्, “आमा मैले काम बिगारें। बुवाले बाहिर नजानू भन्नुभाथ्यो । बुवालाई अटेर गरेँ । बाहिर खेल्न गएँ । भर्‍याङ्गमा लडेर समाउँदा बुवाले सधैं लाउने कोट पनि च्यातियो।”

आमा हतारको साथ छेउ आइ बस्नुभो, उनलाई समाएर सोध्नुभो,

“ओहो, शीलू! चोट त लागेन?”

आमाको हात समातेर फेरि रोइन् शीलू ।

“चोट लागेको छ खुट्टामा, तर बुवालाई कसरी देखाउनु? त्यो कोट अब के हुन्छ? मलाई के गर्नुहोला उहाँले?”

आमाले मायालु हातले उनको केस मुसार्दै भन्नुभयो, “शीलु, तिमीले काम बिगारेछौ। भनेको कुरा नमान्नू नै ठूलो भूल भयो। त्यही कुराबाट सब कुरा बिग्रियो।”

आमाले भन्नुभएको कुरा साँचो थियो। आमाको छातीमा मुख लुकाएर डर, लाज, त्रासमा रुँदै सोधिन् शीलूले,

“आमा म के गरूँ भन्नुन…”

आमाले शीलूको शिर उठाएर आँखा पुछिदिनुभो कपाल, कपडा मिलाएर, गाला मुसारेर भन्नुभो,

“के गर्ने भनेको शीलू? बुवा त अघि नै घर आइसक्नुभा छ । तिमी चुपचाप बुवाकहाँ जाऊ, तिम्रो खुट्टा देखाऊ,तिमीले गरेको भुल बताऊ कोट पनि लिएर जाऊ…।”

शीलूले आमाको कुरा झट्ट बुझ्न सकिनन् । आँखा चिम्म गरेर शिर झुकाएर फेरि रोइन् । यसपटक आमाले उनलाई छोइनन्, अँगालिनन् । शीलूलाई आफै सोच्न दिइन् । केही बेरपछि शीलूले शान्त मनले चुपचाप आँखा पुछिन्, कपाल मिलाइन्, हातको कोट पट्याएर बुवाआमाको कोठातिर बढिन् । दाहिने खुट्टा दुखेको कारण हल्का गरी टेक्दै बुवाको सामु पुगिन् । बुवाले उनलाई पुलुक्क हेर्नुभो । शीलू केही बोल्न सकिनन् । आँखाभरि आँसु बोकेर उनी चुप्प लागी उभिन् ।

छोरीको आँखामा आँसु देखेर बुवा जुरुक्क उठेर उनको छेउ आइ सोध्नुभो,

“शीलू के भो?”

काँपिरहेको ओठ मुस्किलले खोलेर शीलूले भनिन् “बुवा मलाई क्षमा दिनुहोस्।” उनको शिर झुकिरह्यो । यति नै बेला बुवा अझ छेउ आएर उनको काँधमा हात राख्नुभयो।  “भएको के हो शीलू?”

शीलूले शिर झुकाएर सबै कुरा बिस्तारै बताइन्। बोलिन्जेल उनको आँसु बगिरह्यो।

बुवाको दुवै हात उसको काँधमा आयो, शीलूलाई कति शीतल लाग्यो ।

तर बुवाको आवाज सुनेर उनी छक्क परिन्, बुवाले शान्त आवाजमा भनिरहनुभएको थियो, “शीलू, छोरी यो सबै मलाई थाहा छ।”

शीलु छक्क परिन् । बुवाको अनुहारतिर पहिलोचोटी हेरिन्,

“हजूरलाई सबै थाहा छ?” उनको आवाज, बोली लरबर हुन लाग्यो,

“अनि किन यो सब भन्नु लाउनुभएको?”

बुवाले आफ्नो छेउ बसाएर शीलूलाई भन्नुभयो,

“शीलू, म तिमीलाई मनपर्ने चकलेट, कुरकुरे लिन बाहिर गएको थिएँ । तिमीले म कतै टाढै गएँ ठान्यौ”

तीन छक परेर शीलुले बुवालाई हेरिन् अनि टेबिलमाथि चकलेट, कुरकुरेको पोको देखिन्। उसले केही बुझिनन्। लाजले, दुःखले उसको शिर झुक्यो। आफैमाथि धेरै रिस उठ्यो। बुवाले कुरा बुझाउँदा, किताब, पुस्तकको पाठ सिकाउँदा सफा आवाजमा बोलेको जस्तो सोरमा भन्नुभयो,

“आज तिमीसँग बाहिर डुल्न जाने भन्ने मेरो इच्छा थियो। कतै नजानू, घरमा बस्नु भनेको कारण त्यो थियो। तिमी र ममात्र परपर चउरमा घुम्ने, कुरा गर्ने योजना थियो।”

आफूलाई रोक्न नसकी शीलूले दुवै हातले आफ्नो अनुहार छोपी ।

बुवाको सफा, अनि पक्‍का, कडा आवाज आइरह्यो, “तिमीले के गर्‍यौ, के भयो, किन भयो तिम्रो मुखबाट मैले सुन्नु परेको थियो। यसैकारण थाहा भएर नि तिमीलाई बोल्न दिएको। म खुसी छु तिमीले झूट बोलिनौ, जस्तो जे भयो भन्यौ।”

भित्री मनमा शीलू आफूसँग सारै रिस उठ्यो, बुवाको माया, बुवाको योजना सम्झेर उनलाई भनिनसक्नु दुःख लाग्यो। मैले यो सब के गरेँ  यस्तो भनी उनको मनमा साह्रै दु:ख लाग्यो।

बुवाले औषधिको बट्टा ल्याउनुभो। उनलाई सजिलो गरि बसाउनुभो। खुट्टाको चोटमा मलम लाउँदै, पट्टी बाँधिदिँदै भन्नुभयो,

“शीलू तिमीले भनेको मानिनौ, अटेरी गर्‍यौ। तिमीले वास्तवमा के गर्‍यौ, के के काम बिग्रियो, खुट्टामा के भयो, मेरो कोट के भयो तिम्रो मुखबाट मैले सुन्नु परेको थियो। मैले सबै कुरा चाल पाएको थिएँ । मलाई तिम्रो हालत थाहा थियो ।  तिम्रो मनको अवस्था पनि मैले कता कता अन्दाज गरें । तिमीले मलाई अटेर गर्दा मेरो मनमा चोट लाग्यो । मैले तिमीलाई पर्खिरहेको थिएँ । आज्ञा मानेनौ, नतिजा भोग्यौ। तिम्रो अटेरी काम मलाई पटक्‍क मन परेन  तर हेर त, मेरो मायाले, यो मल्हमले  तिमीलाई पर्खिरह्यो । यति याद राख छोरी, तिमी जन्मनुभन्दा अगाडि म तिमीलाई माया गर्थें, अनेक अनेक कल्पना, सपना सजाउँथे । तिमीले गलत,गलत काम गर्दा मलाई भारी दुःख लाग्छ नै । किनभने त्यो बाटोमा हिँड्न लागेपछि सबै कुरा, जीवन, भविष्य,अवस्थाहरू सबै बिग्रन कति पनि समय लाग्दैन । तर शीलू मलाई नै अचम्म लाग्छ । तिम्रो भुल, गल्ती, बदमासी सबैलाई मेरो मायाले जित्यो । कैले नभुल्नू, मेरो मायाबाट तिमीलाई कुनै कुराले अलग गर्न सक्दैन।” शीलूले रुँदै शिर हल्लाई। बोल्न पटक्क सकिनन्। उनको ओठ मात्र काँप्यो।

बुवाको फैलिएको हात देखेर अचानक शीलूको ओठमा मुस्कान फैलियो । बुवाको अंकमालभित्र शीलू हराइन् । मनमनै अब कहिल्यै यस्तो बदमासी नगर्ने विचार उनको मनमा भरियो।शीलूको मनमा ठूलो परिवर्तन आइसकेको थियो ।

 

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In