• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हाम्रो जीवन र धारणालाई परिवर्तन गर्न सक्ने पुनरुत्थानको बारेका चारवटा सत्यहरू र एउटा झूट

by Rita Subedi
April 29, 2014
in Articles, News & Events

Rita Subedi
Rita Subedi

हामीले चारैवटा सुसमाचारमा हेर्‍यौं भने थाहा पाउन सक्छौं कि पुनरूत्थानको कथा सबै सुसमाचारहरूमा फरक­–फरक किसिमले प्रस्तुत भएका छन्। यसलाई अझै नियालेर हेर्ने हो भने‚ हामीले यो थाहा गर्न सक्छौं ती सुसमाचारहरूमा दुईवटा कुराहरू भने उस्तै छन्।  १.     पुनरुत्थानको बारेमा शुरूमा थाहा पाउने स्त्रीहरू थिए

२.     स्वर्गदूत चिहानमा बसिरहेका थिए।

 शाबाथको दिन नजीकै आएको हुनाले शुक्रबार येशूको मृत शरीरलाई हतार हतारमा दफ्नाइएको थियो। शायद त्यही कारणले गर्दा होला स्त्रीहरू तेस्रो दिन येशूको शवमा सुगन्धित मलम घस्न विहानै आएका थिए तर उनीहरुको आश्चर्यमा येशूको चिहानको मुखबाट ढुङ्गा हटाइएको थियो, पहरेदारहरू अचेत अवस्थामा थिए र त्यहाँ एउटा स्वर्थदूत बसिरहेका थिए।

easterत्यतिबेला स्वर्गदूतले ती स्त्रीहरू (मरियम र मग्दिलीनि) लाई ४ वटा सत्यहरू घोषणा गरे। आज यिनै सत्यहरूको बारेमा हेर्नेछौं जसले‚ ती स्त्रीहरूको जीवन परिवर्तन गर्‍यो र आज मानवजाति कै इतिहासमा परिवर्तन ल्याउन सक्छ।

 

पहिलो सत्य: “तिमीहरू नडराओ”।

नयाँ करारको कुनै पनि घटनामा स्वर्गदूत देखा पर्दा “नडराऊ” भन्ने शब्दसँगै आफ्नो सन्देश  दिन्छन।

मरियमको गर्भधारणको सन्देश दिंदा… लूका १:३० “नडराऊ मरियम…”

योसेफकहाँ मरियमको बारेमा बताउँदा… मत्ती १:२०। “… मरियमलाई स्वीकार गर्न नडराऊ…”

गोठालाहरूकहाँ देखा पर्दा…. लूका २:१०। ” नडराओ…”

 येशूको मृत्यु भएको थियो। सबै त्रसित थिए र चेलाहरू त झनै बढी डराएका थिए। शायद यसैले गर्दा होला उनीहरू लुकिरहेका थिए। अब शारीरिकरुपमा येशू चेलाहरूसँग हुनुहुन्नथ्यो र परिस्थिति आशा विहिन थियो। चेलाहरूमा डर र निराशाको बादल मडारिरहेको थियो  र यस्तो हुनु स्वभाविक थियो। यस्तो परिस्थितिमा आशाको नयाँ किरणसँगै एउटा शुभ खबर आयो र यो खबर  यिनै आशा हराएका स्त्रीहरूकहाँ आयो।

आज परमेश्वरले यही कुरा हाम्रो माझमा ल्याउनुभएको छ। के हामी

·       आशा रहित छौं?

·       जागिर नभएर हताश छौं?

·       पारीवारिक तनावमा  छौं?

·       पैसा छैन?

·       अब कुनै उपाय छैन जस्तो लागिरहेको छ?

·       जता हेर्‍यो उतै भताभुङ्ग जस्तो छ?

हो हामी सबै विभिन्न परिस्थितिमा छौं‚ र कतै पनि आशा नभएजस्तो हामीलाई लाग्न सक्छ। तर ढाडर गर्नुहोस्‚ यस्तो निराशलाग्दो अवस्थामा भए पनि हामी एक्लो छैनौं भनेर परमेश्वरले हामीलाई निश्चयता दिनुहुन्छ।

“नडरा, मैले तँलाई उद्धार गरेको छु। मैले तँलाई नाम लिएर बोलाएको छु, तँ मेरो होस्। तँ गहिरो पानीबाट भएर जाँदा म तँसित हुनेछु। तेरा कष्‍टले तँलाई अत्‍याउनेछैन। तँ आगोको बीचबाट भएर जाँदा जल्‍नेछैनस्। तँमाथि आइपर्ने कठोर कठिनाइले तेरो हानि गर्नेछैन।”

यही नडराऊ भन्ने सन्देश स्वर्गदूतले स्त्रीहरूलाई दिए। यसकारण हामी डराउनुपर्दैन बरू जब जब डरले हामीलाई आक्रमण गर्छ तब तब हामी उहाँले दिनुभएका थुप्रै यस्ता प्रतिज्ञाहरूलाई दाबी गर्न सक्छौं र हामीले डरबाट विजय प्राप्त गर्न सक्छौं।

दोस्रो सत्य:

यो दोस्रो सत्य पहिलो सत्यकै निरन्तर रुप हो। “नडराओ…       …किनकी उहाँ जिवित भइ उठ्नुभएकोछ।”

यी स्त्रीहरूले येशूलाई २ दिन अघिमात्र क्रूसमा झूण्ड्याएर मारेको देखेका थिए। निकोदेमसले येशूको मृत शरीरलाई चिहानमा दफ्नाएका थिए। यही घटनाको कारण उनीहरूमा डर भरिएको थियो र अहिले यही उदाङ्गो चिहानको अगाडी बसेको स्वर्गदूतले उनीहरूलाई “नडराऊ” भन्दै गरेका हामी देख्छौं। यी स्वर्गदूतले यतिकै यस्तो भनेका थिएनन् तर यस्तो भन्नका लागि उनीसँग एउटा उत्तम कारण पनि भएको हामी देख्छौं।  त्यो कारण थियो:

“येशू जिवित हुनुहुन्छ“।

येशूले आफ्नो मृत्यु र पुनरुत्थानको बारेमा सबैलाई र विशेष गरी चलाहरूलाई घरिघरि भन्नुभएको थियो। उहाँले तीन दिनमा मन्दिर भत्काएर फेरी निर्माण गर्ने कुरा बताउनुभएको थियो। त्यतिबेला उनीहरूले येशूले यो आफ्नो मृत्यु र पुनरूत्थानको बारेमा भन्नुभएको हो भन्ने कुरा बुझ्न सकेनन्। तर येशूले जे भन्नुभएको थियो त्यो सत्य सावित भएको थियो। उहाँ अब चिहानमा हुनुहुन्नथ्यो तर बौह्री उठ्नुभएको थियो। अन्धकारको शक्तिलाई नाश पार्दै जीवनको ज्योतिलाई प्रकट गर्नुभयो। यसकारण हामी देख्छौं उहाँ सत्य हुनुहुन्छ र उहाँले बोल्नुभएको हरेक कुरा पूरा हुनेछ।

 त्यसो भए‚ येशूले अरु केके कुरा सिकाउनुभयो वा भन्नुभयो त? हाम्रो पाप क्षमा हुनेछ, हाम्रो शारिरिक मृत्यु हुनेछ र हामी पनि पुनर्जिवित पारिनेछौं भन्ने कुरा येशूले सिकाउनुभएको हामी देख्छौं। येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ। अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?”  (यूहन्ना ११:२५–२६)

येशूको यो वाणीले स्पष्ट बताएको छ कि एकदिन हामी सबै ख्रीष्टमा प्रीयहरूसँग स्वर्गमा रमाउनेछौं। त्यतिबेला ती दुई मरियमहरूले यी सबै सत्य कुराहरू बुझे कि बुझेनन्, तर यति भने उनीहरूले विश्वास गरे कि अस्ति मर्नुभएको येशू आज जिवित हुनुहुन्छ। यही सत्य नै हामी ख्रीष्टियनहरूको लागि अरु सबै सत्य जन्माउने मातृ सत्य हो।

“येशू जिवित हुनुहुन्छ र हामी पनि ख्रीष्टमा जिवित भएका छौं”।

तेस्रो सत्य:

स्वर्गदूतले उनीहरूलाई देखिने प्रमाण दिन्छन्। “… उहाँलाई राखिएको ठाउँ हेर”। (मत्ती २८:६­)

येशूलाई बेरिएको सूतीको कपडा त्यहीं नै थियो। तर येशूको शरीर भने थिएन। यो कुरा हामी लूका र यूहन्नाको सुसमाचारमा पाउँछौं। यसरी मरियमहरूले देखे र विश्वास गरे। कतिपटक हामीलाई नदेखी विश्वास गर्न गाह्रो हुन्छ। थोमाले पनि येशूलाई नदेखेसम्म र उहाँका चोटहरूमा औंला नराखेसम्म विश्वास गर्दिनँ भनेका थिए। आज धेरै मानिस यस्तै छन् नदेखी विश्वास गर्न सक्दैनन्। तर येशूले हामीलाई धन्यका हौं भन्नुभयो‚ किनकी हामीले नदेखी विश्वास गरेका छौं।

 येशूले तिनलाई भन्‍नुभयो, “…धन्‍य हुन्‌ तिनीहरू, जसले मलाई देखेका छैनन्‌, र पनि विश्‍वास गर्छन्‌।” (यूहन्ना २०:२९)

यसै सन्दर्भमा एउटा कथा भन्न मन लाग्यो।

एउटा पास्टरकी छोरी थिइन। उनले सानैदेखि परमेश्वरको बारेमा सुनेकी र जानेकी थिइ। समय वित्दै गयो र उनी ठूली भइन र क्याम्पसमा पढ्न थालिन्। त्यहाँका शिक्षकहरूको शिक्षा, विज्ञानका कुराहरू सुनेर उनले एकदिन आफ्नो सानैदेखिको विश्वासी साथीलाई भनिन्, “म परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दिनँ”। त्यसबेला उनको साथीले यसरी जवाफ दिईन: “हेर, तिमीले विश्वास नगरे पनि परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ।” यो सुनेर उनी धुरुधुरु रोइन् र भनिन्: “हो म विश्वास गर्छु’।

यसबाट हामी देख्न सक्छौं कि विश्वास विभिन्न प्रकारले विभिन्न परिस्थितिहरूद्बारा हाम्रो मनमा आउँछ। शायद यसै कारण आज हामी यहाँ छौं।

चौथो सत्य:

स्वर्गदूतले मरियमहरूलाई भने, “चाँडो गएर… यो खबर देओ…”।

दुवै मरियमले स्वर्गदूतले भनेजस्तै गरी तुरून्तै चेलाहरूकहाँ गए र येशूको पुनरुत्थानको खबर सुनाए। आज हामीले गर्नुपर्ने पनि यही हो। एकपटक सत्य जानिसकेपछि हामीले त्यो अरुलाई बताउनुपर्छ। मरियमहरूले पनि आफूले थाहा पाएको कुरा चेलाहरूलाई बताए ताकि‚ उनीहरूले पनि येशू जिवित हुनुहुन्छ भन्ने सत्यलाई जान्न सकून्। आज‚ २१औं शताब्दीमा पनि‚ यही कुरा नै मण्डलीको प्रमुख काम भएको छ: संसारलाई येशूको बारेमा बताउने‚ आशा विहिन संसारलाई येशूमा भएको आशाको घोषणा गर्ने‚ डरमा लुकेर बसेकाहरूलाई येशूमा पाइने स्वतन्त्रताको ज्योतिमा ल्याउने । यदि यो काम हामीले मण्डली भित्र मात्र गर्छौं भने अरुले यो थाहा पाउने छैनन्। तर यदि हामी यो कुरा अरुको अगाडी घोषणा गर्छौं भने, येशूमा पाइने क्षमाको कुरा सुनाउँछौं भने, मानिसहरूले विश्वास गर्नेछन्। हामीले इस्टर र्‍यालीमा सहभगी भएर पनि यही काम गर्छौं। येशूको पुनरुत्थानको कथा संसारलाई सुनाउँछौं।

यसै सन्दर्भमा थप एउटा कथा।

एउटा केटो बाइबल तालिमा गएछ। तालिमको केही समयपछि शिक्षकले उसलाई भनेछ, भोलि सेवामा तिमीले वचन दिनुपर्छ। विचरा कहिल्यै वचन नदिएको हुनाले उसलाई डर लागेछ। रातभरि सुतेन रहेछ। भोलि सेवामा गएर वचन दिन उभिएछ र अगाडि बसेका तालिममा आएका आफ्ना अरू साथीहरूलाई सोधेछ: “मैले के सिकाउन गइरहेको छु के कसैलाई थाहा छ?” साथीहरूले उत्तर दिएछन्: “छैन।“ अनि उसले भनेछ, “मलाई पनि थाहा छैन। परमेश्वरले तपाईंहरूलाई आशिष देऊन्। शान्तिसँग जाऔं।“ यो देखेर शिक्षकलाई रिस उठेछ र फेरि अर्को दिन वचन बाँड्नुपर्छ भनेछ। विचरा फेरी रातभरि जागै रहेछ तर केही कुरा पनि मनमा आएन रहेछ। भोलिपल्ट फेरि वचन दिन उभिएछ र पहिलेको जस्तै गरि साथीहरूलाई सोधेछ: “मैले के भन्न लागेको छु के कसैलाई थाहा छ?” सबै साथीहरूले मुन्टो हल्लाएर भनेछ: “थाहा छ।“ अनि त्यो केटोले भनेछ, “उसो भए वचन भनिराख्न आवश्यक छैन। शान्तिसँग जाऔं।“ अब शिक्षकलाई एकदम रिस उठेछ र फेरि तेस्रो पटक वचन बाँड्ने मौका दिएछ। यस पटक पनि यस्तै भयो। रातभरि जागेछ तर बिहान वचन प्रचारको लागि केही तयार थिएन। ऊ फेरि एकपटक पुलपिटमा उभिएछ र उही प्रश्न दोहोर्‍याएछ। यसपटक साथीहरू पनि अलमल परेछन् र आधाले थाहा छ भनी टाउको हल्लाएछन् र आधाले थाहा छैन भनेर। अनि केटोले सबैलाई हेरेर भनेछ: “धन्यवाद, जसलाई थाहा छ त्यसले थाहा नहुनेहरूलाई बताइदेऊ।“ यो सुनेर शिक्षक अति प्रभावित भएछ र भनेछ: “कति राम्रो कुरा जसलाई थाहा छ त्यसले थाहा नहुनेलाई बताओस्।“

हो हामी थाहा हुनेहरूले थाहा नपाएकाहरूलाई बताउनुपर्छ।

एउटा झूट: कानेखुशी

तर पुनरूत्थानको कथा भन्दै गर्दा एउटा झूटो आवाजले हाम्रो कानमा कानेखुशी गर्न सक्छ।

“यो पुनरुत्थानको कथा झूट हो। यसलाई विश्वास नगर।…” आदि।

यो झूट हो र यसलाई हामी यो इस्टरको समयमा ठीक पारौं। यो झूटलाई जितेर एउटा विजयी ख्रीष्टियन बनौं।

यसकारण चारवटा सत्यलाई सम्झौं यसले हाम्रो ख्रीष्टियन जीवनमा थप उर्जा दिन्छ।

१. नडराऊ

२. येशू जिवित हुनुहुन्छ

३. हाम्रो परिवर्तित जीवन नै यसको प्रमाण हो

४. यो खबर सबैलाई सुनऔं।

होशियार रहनुपर्ने कुरा: हाम्रो विश्वासलाई हल्लाउन झूटले कानेखुशी गर्छ। यसलाई जितेर अगाडी बढौं।

परेश्वरले तपाईंहरूलाई आशिष दिऊन्।  

 

 

 

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In