संखुवा-सभा जिल्लाको तुम्लिङटार एकमात्र आन्तरिक विमान स्थल। तुम्लिङटारबाट सदरमूकाम खाँदबारी बजार पुग्न ४५ मिनेट जीपमा यात्रा गर्नुपर्छ। संखुवासभाको जिल्ला सदरमुकाम खाँदबारी पहाडी तथा हिमाली जिल्लाको सबैभन्दा उत्तम सदरमुकाम मानिन्छ। विश्वको सबैभन्दा होचो उपत्यका ‘अरुण उपत्यका’ भनेर चिनिन्छ। यसको उचाइ समून्द्र सतहबाट ४५७ मिटर छ।
यहाँ सबै परम्परा मान्ने मानिसहरूको बाक्लो वस्ती छ। बुद्धिष्ट, हिन्दु, किराँत र क्रिश्चियन आदिको वसोवास रहेको छ। खाँदवारी क्षेत्रमा ४ वटा चर्चहरू छन्।
धरान, हिले र तेह्रथुमबाट नियमित यातायातका सवारीसाधन भएतापनि छिटोको लागि र नेपाल बन्द भएकोबेला विमानबाट विराटनगर र काठमाडौं दैनिक तीनवटा नियमीत विमान उड्ने गर्छन्।
संखुवासभा जिल्लाका केही झलकहरू
Discussion about this post