चोभार: काठमाडौ उपत्यकाको पानीको निकास हुने एकमात्र ठाउँ चोभार हो। काठमाडौं उपत्यकाको पर्यटकिय स्थल पनि हो। एक स्थानको अर्को नाम भूतखेल पनि हो। किम्बदन्ति अनुसार, काठमाडौं उपत्यकामा पानी जमेको थियो। मन्जुश्रीले तरवारले पहाड काटेर पानी सुकाए त्यसपछि उपत्यकामा वस्ती वस्न योग्य भएको हो भन्ने भनाइ छ। अहिले चोभार कीर्तिपुर नगरपालिकामा पर्छ। यहाँ हिमाल सिमेन्ट कारखाना खुलेको थियो। तर अहिले बन्द छ। एसियाका लामा गुफामध्येको एक मञ्जुश्री गुफा छ। चोभार क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ।
Discussion about this post