मुस्ताङ- हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्ला संसारमै सुन्दरताको खानी भनेर चिनिएको छ। मौसम सफा भयो भनेर हिमाल सजिलै देख्न सकिन्छ। यहाको भाषा संस्कृतिले पनि त्यतिकै महत्व रहेको छ। ऐतिहासिक महत्व बोकेको पाइन्छ। १३०० वर्ष पहिलाका गुम्बाहरू पनि पाइन्छन्। मुस्ताङमा तिर्थयात्रा गर्नेहरूले बढि महत्व राख्ने गरेको पाइन्छ। मन्दिरहरू र चर्चहरू पनि छन्। यहाँ तस्वीरमा भएको दृष्य जोमसोमको हो। तिब्बती भाषामा जोङ्साम भन्नाले नयाँ किल्ला भन्ने जनाउँछ। त्यही शब्द अपभ्रंश भएर जोमसोम शब्द बन्न गएको हो। स्थानीय नेपाली भाषामा यसलाई झुम्सा पनि भनिन्छ। जोमसोम अन्नपूर्ण हिमश्रृङ्खलाको उत्त पट्टी रहेको हुनाले यहाँ अत्यन्त कम मात्रामा पानी पर्दछ। उच्च हिमाली भेक भएको हुनाले दिउसको समयमा उच्च बेगले हावा बहने गर्दछ।
Discussion about this post