जुम्ला बजार बसपार्क नजिकैको रोडमा विहानै डोकोमा सामान बोकेर हिड्दै गरेकी बालिकाको तस्वीर। प्राय मानिसहरू आगो तापेर चिया पिउदै थिए कोही बसको पर्खाइमा थिए। यी बालिकालाई भने गनतव्य पुग्न हतार थियो । विहान मोर्निङ वाकमा निस्कदा बालबालिका नै बढि काम गरिरहेको देखिन्थ्यो। कसैले सामान बोकेर हिंडिरहेका हुन्थे भने कतै भाडा माझिरहेको देखिन्थ्यो। अलि पाको उमेरका व्यक्तिहरू भने चिया गिलास र चुरोट समातेर अागो ताप्दै गरेको र घाम ताप्तै गरेका दृष्यले यहाँको चलन यस्तै हो कि भन्ने भान हुन्छ।
Discussion about this post