• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धार्मिक स्वतन्त्रता: आजको आवश्यकता

by Sarju Rijal
August 10, 2015
in Articles

Abhisek Pariyarअभिषेक परियार, लमजुङ।
लामो समयदेखि संक्रमणकालमा गुज्रिएको नेपाल अब केही हदसम्म भएपनि खुकुलो भएको छ। नेपाली इतिहासमा जनताका अधिकारलाई धेरै शासक वर्गहरुले ‘चीलको पञ्जामा मुसी’ बनाउन खोजे अन्तत: जनताको शक्तिले दानवहरुको योजनालाई परास्त गर्यो। देशको शिर उच्च राख्न कैयौँ वीर नेपालीहरुले आफ्नो जीवनलाई आहुती दिए, शहिद बने। १०४ वर्षो तानशाही राणाशासन र २४० वर्षो निरंकुश राजतन्त्रको दाहसंस्कारसँगै देश लोकतान्त्रिक व्यवस्था हुँदै गणतान्त्रिक नेपालमा प्रवेश गरिसकेको छ। जनता आज दिनभरि टोलाएर बस्ने लाटोकोसेरोजस्तो होइन आफ्नो अधिकार आफैँ खोज्नसक्ने भएका छन्। कुनैपनि देश राजनीतिको घेराबन्दीमा चलेको हुन्छ, चलिरहेको पनि छ। हामी एउटा कुरा के स्पष्ट हुन जरुरी छ भने देशमा राजनीतिक परिवर्तन हुनसक्छ तर देशको आकारमा परिवर्तन भयो भन्दैमा मान्छेको आस्था कहिल्यै बदलिन सक्दैन, यदि सच्चा विश्वास छ भने। नयाँ संविधान निर्माण प्रक्रियामा रहेको बेला जनताका लाखौँ सुझावहरु संविधानसभामा पेस भएका छन्। दलहरुबीच विवादित बन्दै आएका विषयहरु भन्दापनि पृथक किसिमको जटिल समस्या बनेर आएको छ, त्यो हो धर्म। यो विषयमा राजनीतिक दलहरुबीच सहमतिको प्रयास जारी छ, तर सफल भने बन्न नसकिरहेको अवस्था छ।

‘धर्म’ शब्द आफैँमा पवित्र शब्द हो जो अधर्म र पापबाट आकाश र पातालजत्तिकै टाढा छ। आदीकालदेखि नै मानिसहरुले धर्मलाई अवलम्वन गरेको पाइन्छ। यदि धर्मले मानिसलाई सही मार्गमा डोर्याउँछ भने त्यो नै सत्य धर्म हो तथापि कुनै धर्मले मानिसलाई सही र गलत छुट्याउने ज्ञान दिन सक्दैन भने त्यो धर्मको दोष होइन त्यसलाई अनुशरण गर्ने मानिसको दोष हो। तपाईँ हरेक धर्मका धर्मग्रन्थलाई पल्टाएर हेर्नुस् पृष्ठभूमि फरक हुनसक्छ तर त्यहाँ लेखिएको छैन कि एकले अर्को धर्मको विरोध गर र उत्दण्ड मच्चाउ भनेर। सबै धर्मले मानवताको पाठ सिकाइरहेका छन्। एक्काइसौँ शताब्दीको दानवरुपी मानव चरित्रहीन र अनैतिक बन्दै गइरहेको छ। गाईलाई राष्ट्रिय जनावरको प्रतीक मानेर पुज्ने गरिन्छ, यसलाई नकार्न खोजेको होइन तर मानवले नै मानवको मासु लुछ्न घिन मान्दैन झन् ऊ आक्रमक र निर्दयी बन्दैछ, चेत गुमाएको क्रुर मानिस।

संविधानको प्रारम्भिक मस्यौदामा धर्मको विषयलाई लिएर थुप्रै मिश्रति खालका सुझावहरु संकलित भएका छन्। नेपालमा हिन्दुधर्मावलम्वीहरु ८० प्रतिशत छन् भनेर एक तथ्यांकले देखाएको छ र सुझावपनि प्राय हिन्दुराष्ट्रको पक्षमा आएका छन्। यसो हेर्दा ख्रीष्टियमत लगायत अन्य धर्महरु अल्पमतमा पर्ने खतरा बढिरहेको छ। तैपनि राजनीतिक पार्टी यस विषयलाई निकै संवेदनशील रुपमा संसदमा गम्भीर छलफल गर्दैछन् र धेरैले नेपाललाई धार्मिक स्वतन्त्र राष्ट्र घोषणा गर्ने मत प्रकट गरेका छन्। केही त्यस्ता समूह छन् जो धर्मको नाउँमा देशमा गृहयुद्ध चर्काउने दाउपेचमा ढुकीरहेका छन्। देशमा धर्मनिरपेक्ष कायम रहिरहेको अवस्थामा त यहाँ गोलाबारुद भइरहेको छ भने हिन्दुराष्ट्र घोषणा हुनेवित्तिकै हालत के होला? राज्यले कुनै समुदाय वा धर्मलाई मात्र प्रशय दिन थाल्यो भने देश हरेक पक्षमा असन्तुलित भइ दुर्घटनाग्रस्त हुने प्रवल सम्भावना छ। आज यो पनि सुन्नमा आएको छ कि केही मुस्लिमहरुले हिन्दुराष्ट्रलाई र्समर्थन गरिरहेका छन्, जो रहस्यमय छ। ‘कतै नभा’को जात्रा हाँडी गाउँमा’ भनेझैँ भइरहेको छ। नेपालका अल्पसङ्ख्यक र लोपोन्मुख जाती राउटेको मागलाई लिएर कुनै अलग जातीले आवाज उठाएको देख्नुभएको छ? पक्कैपनि छैन। किनकि सबैका आ-आफ्नै एजेन्डा र माग हुन्छन्, जुन अरुको मागसँग ठ्याक्कै मिलेको हुँदैन। यदि अपवादमा यसो हुन गएमा यो वहसको विषय बन्छ र यसमा शंकापनि उत्तिकै हुन्छ। नेपाल हिन्दुराष्ट्र हुनेवित्तिकै मुस्लिमलाई स्वतन्त्र तर ख्रीष्टियनलाई प्रतिवन्ध भन्ने हुँदैन। राज्यको नीतिमा जे छ त्यो लागू हुन्छ, यसमा द्विविधा छैन। किन रचिँदै छ त यस्तो माकुरोको जाल? बुझ्न आवश्यक छ।

विश्वमा ख्रीष्टियनहरुको सङ्ख्यामा बृद्धि भइरहेको छ। हाल संसारका मानिसहरुको चाल हेर्न सक्छौँ कि असल कुरालाई कसले पो सहजै अनुशरण गरेको छ र? सञ्जीवनीको काम गर्ने तीतो स्वादको औषधी चिनीमा घोलेर जबर्जस्ती पिलाएजस्तो भइरहेको छ। सत्यतालाई स्थान दिन नचाहने शक्तिहरु आज क्रियाशिल भएको देखिन्छ। चोरी डकैती गर्नेहरु कहिल्यै देशमा शान्ति, स्थायित्व र अमनचयन कायम भएको देख्न रुचाउँदैनन् कारण उनीहरुलाई अरुको सम्पत्ति ठगेर लुटेर जिउनुछ।कुनै राजनीतिक पार्टी आबद्ध व्यक्तिले अर्को पार्टी स्थापित हुन पाउँदैन र? यदि सिद्धान्त सही छ भने। एउटा दुलोमा बसिरहेको दुम्सी त्यहाँ अचानक धुवाँ भयो भने निसास्सिएर त्यहीँ मर्ने कि जीवनको बाटो तताउने त? धर्म पनि त्यस्तै हो यदि आफूलाई सहज भयो भने ठीकै छ तर ऊ आफूले मान्दै आएको धर्मले असन्तुष्ट पैदा गराउँछ भने सोझै अर्को बाटो रोज्नसक्छ। कुनैपनि देशमा जातीयता र धार्मिक विषय निकै संवेदनशील बनिरहेको छ। आज धर्मकै नाममा संसारमा लडाइँ, झगडा र मारामारले चरमसीमा नाघीरहेको देख्न पाउछौँ। भूकम्प पीडितको उद्धार र राहतमा खटिएका ख्रीष्टियन स्वयंसेवकहरुलाई धर्म प्रचारको आरोप लगाइएको छ। चामलको बोराभित्र बाइबल राखेर सुनियोजित ढंगले मानिसहरुलाई इसाइमत लाद्ने काम भयो भनेर केही धर्मभिरुहरुले दोषारोपण गर्ने काम गरेका छन्, यो सरासर गलत छ। सबैलाई थाहा छ कि कुनैपनि बालकलाइ जबर्जस्ती ख्वाइन्छ भने त्यसले उसको स्वास्थ्यमा त्यति राम्रो गर्दैन तर बालकले त्यही खान स्वेच्छाले खायो भने अमृतसमान हुन्छ। अनि यो पनि थाहा गर्नुस् कि ख्रीष्टियनहरु सङ्ख्यात्मक होइन गुणात्मक बृद्धि चाहन्छन्। कुनै व्यक्तिलाई इसाइमतमा डोर्याएवापत कसैले बक्सिसको व्यवस्था गरेको छैन नत धेरैले भन्ने गरेका हरिया नोट नै पाउँछौ। कारण यहि हो बाइबलमा यहि लेखिएको छ कि, ‘जाओ सारा संसारका मानिसहरुलाई मेरो बारेमा सु-समाचार सुनाओ।’ त्यसैले हामीले बाइबलमा लेखिएको बचनलाई अनुशरण गरेका मात्र हौँ। आज मैले ख्रीष्टियन बनाएको व्यक्ति भोलि गएर आफ्नो विश्वासलाई पक्रिराख्ने काममा चुक्नपनि सक्छ । धर्मको मूलमन्त्र गरीब असहायलाई सहयोग गर्नु हो तर यहाँ त ठीक विपरित भयो।

आज नेपालमा हिन्दुराष्ट्रको माग गर्दै सडकमा तलवार र खुँडा नचाएर आन्दोलन गर्नेहरु सल्बलाएका छन् । ख्रीष्टियनहरुलार्इर्र्आफ्नो सनातन धर्मलाई लत्याएर डलरमा बिक्नेहरु भनेर निर्रथक अभियोग लगाएकाहरु हिन्दुराज्य घोषणा गर्नका लागि भारतको आशिर्वाद लिइरहेका छन् जो मिडियाहरुमा छाइरहेका छन् । ‘रक्तपात नगरी नेपालमा हिन्दुराष्ट्र आउन सक्दैन’ भनेर धोतीहरुले हातहतियार उपहार स्वरुप दिएको सत्य कहाँ छिपेको छ र? हिन्दुराज्य घोषणा लगत्तै देशमा दिनैपिच्छे मन्दिरमा पूज गर्नेहोला अनि साना जात कथित दलितहरुलाई मन्दिरमा प्रवेश निषेध गर्नेहोला, हैन ? तिमीहरु साँच्चै पुण्य कमाउन चाहन्छौ भने सबैलाई निर्वाधरुपमा धर्म मान्न पाउने अधिकारको माग गर। तानशाही र निरंकुशताको मुकुट ओढेर एकलौटी शासन पद्धती लाद्ने चेष्टा सफल हुनै सक्दैन। त्यसैले सबै जनताले निर्धक्क भएर बाँच्नको लागि नेपालमा धार्मिक स्वतन्त्रता कायम हुन टड्कारो छ। हिजो पेटपूजा गर्नका लागि मूर्ति चोरेर बेच्नेहरु आज आएर एकाएक पानीमाथिको ओबाने बनेर तमासा देखाउन खोज्दैछन्। हामी कुनैपनि कुरामा निर्णय गर्र्छौँ तर भविष्यलाई ख्यान गर्दैनौँ, यो नै हाम्रो दुर्भाग्य बन्नपुग्छ।

सबै जनताले जायज माग उठाउँछन् भन्न पनि सक्ने अवस्था छैन। यहाँ गलत मनाशय राखेर अनेक प्रस्ताव राख्नेहरु धेरै छन्। तर्सथ अन्तिम निर्णय गर्ने अधिकार राष्ट्रको सर्वोच्च निकायमा नीहित छ। कुनै पक्षलाई एकलौटी अधिकार दिलाउँदा देश पछाडि धकेलिने जोखिम भयो भने यसको जवाफदेहिता को हुने? यदि नेपाललाई उचाइमा पुर्याउनुछ भने सबै जातजाती, धर्म, समुदाय र वर्ग एकाग्र भएर अघि बढ्नुपर्छ। परापूर्वक कालदेखि नै एकताको सूत्रमा बाँधिएको देशलाई विखण्डन गर्ने धावा कसैले बोल्छ भने त्यस्ता देशद्रोहीलाई नेपाल आमाको श्राप लाग्नेछ। आज हामी आफैँमात्र अधिकार सम्पन्न हुने कोसिस गर्र्छौँ तर देशको आवश्यकतालाई पहिचान गर्न चुकेका छौँ। राष्ट्रमा धार्मिक द्वन्द्व शुरु भयोभने अन्य संवेदनशील मुद्दाहरुलाई थाती राखेर देशलाई अवनतीको बाटोमा लैजान कुनैपनि राष्ट्रप्रेमी नेपाली सहमत छैन। एकतामा ठूलो शक्ति हुन्छ यो ध्रुवसत्य हो। नेपाल हिन्दुराष्ट्र हुनै सक्दैन, यो राष्ट्र कसैको नीजि सम्पत्ति होइन। सबैले आ-आफ्नो आस्थाको धर्म मान्न पाउनुपर्छ यो मानिसको नैसर्गिक अधिकार हो।

(लेखक स्थानिय रेडियो चौतारीमा आवद्ध सञ्चारकर्मी हुनुहुन्छ ।)

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

Recent Posts

  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In