• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विश्वकै साहसिक यात्राको लागि लुक्ला विमानस्थल

by Sarju Rijal
January 1, 2015
in Articles, NC Photos

Lukla Airportjcतेन्जिङ-हिलारी विमानस्थल वा लुक्ला विमानस्थल (IATA: LUA, ICAO: VNLK) नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको चौरीखर्क गाविस अवस्थित लुक्ला बजारमा रहेको विमानस्थल हो। बिसं २०६४ पुसमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा उनीहरू कै नामबाट यस विमानस्थलको नामाकरण गरिएको हो।

विश्वको सर्वोच्च शिखर सगरमाथाको लागि आउने पर्यटकहरूको लागि लुक्लाको हवाइ यात्राले थप आकर्षित र अवस्मरणीय पनि बनाएको छ। रोमाञ्चक अनुभव र साहसिक यात्राको लागि लुक्ला विमानस्थलसम्म जहाजमा यात्रा गर्नुपर्छ। जहाज ल्यान्ड गर्ने बेलामा ठूलो झड्काको महशुस हुन्छ। झ्यालबाट देखिने वरिपरीका ठुला ठुला पहाडको विचबाट हल्लाउँदै ल्यान्ड गर्दा सबैको अनुुहार डरले रातो रातो देखिन्छ। क्यामेरा बन्द गरेर आफैलाई सम्हाल्न लाग्नुपर्ने अवस्था आउछ ।

हिस्ट्री च्यानलको ‘मस्ट एक्स्ट्रीम एयरपोर्ट र्‍यांकिङ’ मा लुक्ला विमानस्थल विश्कै डरलाग्दो विमानस्थलमा गनिएको छ। जसलाई फेरि एकपटक अन्तर्राष्ट्रिय वेबसाइट प्राइभेटफ्लाई डट कमले सूचीकृत गरेको छ। वेबसाइटका अनुसार यो रोमाञ्चक अनुभूति दिने विश्वभरका  विमानस्थलमध्ये आठौं स्थानमा पर्छ। २८०० मिटर उच्च स्थानमा रहेको विमानस्थलमा ४ वटा जहाज पार्किङ गर्न मिल्छ। यहाँ धेरै हावा चल्ने भएकोले विहान ६ बजेदेखि दिउसो १२ बजेसम्म मात्रै उडान भर्ने गर्छ। धेरै हावा चल्ने भएकोले कहिले काँहि एक हप्तासम्म पनि जहाज उड्न सक्दैन । पर्यटकको लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ।

लुक्ला विमानस्थलका लागि उडान गर्दा १० मिनेटमा देखिने दृश्य र अनुभवले निकै हर्षित बनाउँछ। जो कोहिको हातमा क्यामेरा समाउन बाध्य नै बनाउँछ। रनवे सकिनासाथ सय मिटर अग्लो ढुंगको भित्तामा ठोकिनबाट जोगिन विमानस्थल नजिक पुग्दा जहाज सावधानीपूर्वक रोकिनु अत्यन्त जरुरी छ । यहाँ गल्तीका लागि कुनै छुट छैन। यो विमानस्थल सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० निर्माण भएको हो ।

वेबसाइटको सूचीमा पहिलो स्थानमा स्विट्जरल्यान्डको सियोन, दोस्रोमा क्यारिबियनको पि्रन्सेस जुलियाना र तेस्रोमा सेन्ट बार्टस, चौथोमा जिब्रल्टर र पाँचौमा स्विट्जरल्यान्डको सेन्ट गालेन अल्टन्र्हाइन एयरपोर्ट रहेको छ । त्यस्तै छैठौंमा पोर्चुगलको मदाइरा फुन्चल, सातौंमा लन्डन सिटी, नवौंमा लस भेगसको म्याक्रन र दसौं स्थानमा स्कटल्यान्डको बारा एयरपोर्ट रहेका छन् ।

लुक्लाको नौलो अनुभव

काठमाडौंबाट ४० मिनेटको यात्रापछि लुक्ला विमानस्थलका वरिपरी देखिएका पहाडहरूको स्वागतमा निकै आनन्द लाग्यो। पावल जीले स्वागतको लागि पर्खिरहनुभएको थियो। पास्टर डेविटले बेलुका ७ बजेसम्मै गनतव्यको लागि डोर्‍याउनुभएको थियो। बाटो बाटोमा चिया, खाजा खाँदै फाग्दीङ टंक साउजीको घरमा आगो ताप्दै संगति गर्‍यौं। मिठो खाने कुरा खायौं। विश्राम लियौं।

2014-12-29 07.19.55मेरो लागि लुक्ला यात्रा आशिषमय रह्यो सोचेको भन्दा बढि नै आनन्दको अनुभूति भयो। लुक्ला, फाग्दिङ र टोक टोकमा संगति आशिषमय भयो। क्रिसम कार्यक्रम भने संयूक्तरुपमा टोक टोकमा भएको थियो। क्रिसमस कार्यक्रम पछि ६ जना पास्टर अगुवाको लागि आइटीन शिक्षक तालिम सम्पन्न भयो। एकदिन कोंग्दे हिमाल चढ्न जाने अवसर मिल्यो। ४२५० मिटर अग्लो हिमालमा जाँदा नया अनुभव पाइयो। सँधै क्यामेरामामात्रै तस्वीर खिचेर रमाइन्थ्यो। यसपटक अग्लो पहाडलाई सगरमाथा राष्ट्रिय निकुञ्जलाई छिचोल्दै हिउँ खेलेको, हिउमा सुतेर फोटो खिचेको साह्रै मजा लाग्यो। बाटो धेरै ठाडो र अप्ठ्यारो भएकोले प्राय कोहि पनि त्यहाँ जाँदैनन्।
कोंग्दे हिमाल जाँदा यति माउन्ट होमका नयाँ मित्र मिङ्मा शेर्पाको स्वागत,  सेवाको लागि धेरै धेरै धन्यवाद। बाटोमा हिंड्दै गर्दा एभरेष्ट रेष्टुरेन्टमा डोमा शेर्पाको स्वागतको सम्झना गर्दै धन्यवाद। मलाई यहाँको साँस्कृतिक रहन सहन,  भेषा भुषा र स्वागतले निकै आकर्षित बनायो। निस्वार्थ माया, सेवा दिने नेपालमा यस्तो ठाउँ पनि रहेछ। जहाँ एक किलो नुनको मुल्य १५० पर्छ र एक लिटर पानीको मुल्य ८०/१०० रूपैया पर्छ । तर निस्वार्थ सेवा छ यहाँका स्थानिय वासिन्दाहरूसँग।

विश्वमा सगरमाथाले नेपाललाई चिनाएको छ। पर्यटकलाई आकर्षित बनाउने संस्कृति, स्वागत र निस्वार्थ सेवा पनि छ। यहाँका मानिसहरूको सेवा र सत्कार निस्वार्थ छ। धार्मिक, साँस्कृतिक विविधता भएतापनि मेलमिलाप र सेवाको भावना सबैमा छ। यहाँ प्रयाप्त मात्रामा गुम्बा, माने देखिन्छन् भने कतै कतै चर्चहरू पनि छन्। यहाँको बाटो सफा छ। ठाउँ ठाउँमा फोहर राख्ने भाँडाको व्यवस्था गरिएको छ। विजुलीको तार जमिनमुनिबाट वितरण गरिएको छ। २४ घण्टा विजुली छ। जतापनि इन्टरनेट, एटीएम, बैंक पाउन सकिन्छ। नयाँ पाहुना आएमा सुचिया (घ्यू, पिठो, नुन मिसएर बनाएको चिया), कफि, सेक्पा, चिया, जुसले स्वागत गरिन्छ। हरेक होटेल र घरमा आगो ताप्ने आधुनिक खालको चिम्नी पाइन्छ। झोलुङ्गे पुलहरू राम्रा र बलिया छन्। हिमालसँगै जोडिएका घरहरू निकै आकर्षक र सफा छन्।  जहाँबाट पनि हिमाल देखिन्छ। खोलाको कल कल आवाजमा खोलाको किनार किनारै सुन्दर घरहरू र भारी बोक्ने जोक्पे गधा र घोडाहरू धेरै देख्न सकिन्छ। बाटोमा विदेसी पर्यटकहरू धेरै देखिन्छन्। यहाँ डलर र आइसी नोटमा कारोबार पनि हुदोरहेछ। चिसोको त कुरै नगरौं बग्दै गरेको पानी, भाँडामा राखेको पानी जमेको हुन्थ्यो। जति चिसो भएपनि न्यानो स्वागत जाडोको महशुस भने भएन। 2014-12-29 06.49.04

यहाँका प्रख्यात सबैले बोलाउने र चिन्ने नाम खील कुमार साउ (पावल राई), राजकुमार साउ(राई), भाउजु, असोक भाइ  र टंक साउ (कालिकोटे) को परिवारप्रति धन्यवादी छु। उहाँहरूको परिवार, व्यवसाय र संगतिमा प्रभुले आशिष दिनुभएको होस भनि मेरो निरन्तर प्रार्थना छ। चुलोको वरिपरी बसेर संगति गरेको र खाना खाएको साह्रै आनन्दायक आत्मिय थियो । अर्को कुरा विहान ७ बजेदेखि राती १२ बजेसम्म झण्डै ३/४ लिटर चिया, कफी, सुचिया खाइन्थ्यो। विहानै बेडमा तातो कफि पुर्‍याउनुहुने र ठाडै उकालोमा चढ्न उत्साह दिने निकै फूर्तिलो मित्र डेविटप्रति धेरै धन्यवाद। तालिमको बेला त झनै चियाको गिलास नै खालि हुन पाउँदैनथ्यो। लोकल उसिनेको आलु र खुर्सानीको अचारले भने अझै पनि मुख रसाउँछ। खानेकुरा जति खाएपनि रूच्ने। यहाँका वासिन्दाको लागि तीन दिनको यात्रा गरेर डोकोमा मासु घर घरमा आइपुग्दोरहेछ।

लुक्लाबाट काठमाडौं फर्कदा तारा एयरलाइन्समा विहान ९ बजेको उडान थियो।  विहान ७ बजे नै तीनवटै ट्वीनअटर विमानले एकैपटक उडान  भर्ने सुचनाको आधारमा हतारमा हिंडन गाह्रो भएको थियो। पावलजीले विहानै ३:२५ मा टोक टोकबाट हिंडाउनुभएको थियो। मोबाइल र लाइटको ब्याट्री डाउन भएर केहिछिन त हिंडन पनि गाह्रो भएको थियो। ६:१५ बजे लुक्ला विमानस्थलमा प्रवेस गरेका थियौं। यहाँको विमान उडानको सही तालिका नभएकोले दु:ख चाहि पाइएकै हो।

केहि तीतो अनुभव

काठमाडौंबाट लुक्ला जाँदा पनि घरबाट (नख्खु, ललितपुरबाट) विहान ४:३० मा हिंड्नुपरेको थियो। यात्राको लागि विहान ५:१५ मा विमान स्थलमा प्रवेस गर्ने समय दिएपनि ६:१५ मा मात्रै गेट खुलेको थियो। पहिलो उडानमा विहान ६:३० को लागि टिकटमा २ हप्ता अगाडि नै बुकिङ भएको थियो। टिकट चेक काउन्टरमा तपाइको उडान ७:४५ मा छ कोहि आएन भने तपाईले मौका पाउनुहुन्छ प्रतिक्षा गर्नुहोस भनेर बोर्डिङ पास दिएन। एकजना मित्र मजाले कडकिदै थिए यहाँका कर्मचारीलाई त मुखले बात गर्ने होइन हातले नै गर्नुपर्छ  भन्दै गनगनाउँदै थिए। तीन जनालाई समस्या एउटै थियो। कारण विदेशी पर्यटकलाई पहिलो प्रार्थामिकतामा राख्ने भएकोले । कमसे कम जानकारी त गराउनुपर्ने कस्तो गैरजिम्मेवारी काम एयरलाइन्सको भन्दै गनगनाउदै थिए।  सञ्चार माध्यमको प्रसस्त सुविधा भएको बेला एक कल गरेर वा मेसेज, एसएमएस गरेर समय बताउनु पर्थ्यो भन्दै मैले पनि तारा एयरलाइन्सको म्यानेजरसँग गुनासो पोखे तर के गर्नु यहाँको चलन यस्तै रहेछ। केहि समयपछि खराब मौसम भएकोले सबै उडान डिले भएको सुचना टाँसियो। चिसोमा कठ्याङ्ग्रीएर वस्नुभन्दा अरू विकल्प थिएन। वोर्डिङ पास दिएको भएपनि प्रतिक्षालयमा बस्न पाइन्थ्यो। टिभि छ तर बिजुली छैन, नत बस्ने ठाउँ नै छ। चुरोटको धुवाँ डुङ् डुङ्ती गन्हाएर बस्नै गाह्रो। हाम्रो देशको आन्तरिक विमानस्थलको हालत यस्तो छ। थुप्रै पर्यटक उभिएका थिए कति चिसो भुइमा थचक्क बसेका थिए। ७ घण्टा बिताउनै गाह्रो भएको थियो। एकजना मित्रले राजनीतिक दलका नेता, मन्त्री सबैलाई गालि गर्न भ्याउथे त्यतिमात्रै नभएर नेपालमा अब धार्मिम आन्दोलन हुने यो आन्दोलन कसैले पनि रोक्न नसक्ने बताउथे। उनको कुरा सुन्दा नास्तिक हुनकि जस्तो लागेको थियो तर उनको निधारमा टिका भएकोले धार्मिक आश्था भएको देखिन्थे। भलाकुसारी हुँदै जाँदा टाइम पास भएको भने थाहै भएन। अन्तत:१२ बजे बोर्डिङ पास पाइएको थियो।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In