• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, November 13, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा आयोजित पहिलो बिम्स्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा मन्त्री निशा मेहताद्वारा सङ्क्रामक रोग नियन्त्रण, जलवायु परिवर्तनको स्वास्थ्य प्रभाव र महामारी पूर्वतयारीमा साझा प्रयासको आग्रह; भारतीय समकक्षीसँग पनि भेटवार्ता।

by Sushil Paudyal
November 13, 2026
in Health, News & Events

 

२७ कात्तिक २०८३, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच स्वास्थ्य क्षेत्रमा सहकार्य र समन्वय विस्तार गर्नुपर्नेमा जोड दिएकी छन्। श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै उनले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई बलियो, समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रबीच सहकार्य आवश्यक रहेको बताएकी हुन्।

बैठकमा मन्त्री मेहताले सङ्क्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) न्यूनीकरण, जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेका असर र स्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारीलाई नेपालको प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेकी थिइन्। साथै, सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न क्षेत्रीय सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। उनले सदस्य राष्ट्रबीच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी समन्वय कायम हुन सके स्वास्थ्य क्षेत्रका साझा चुनौतीको सामना गर्न सहज हुने बताइन्। एक देशमा देखिने सङ्क्रामक रोग तथा अन्य जनस्वास्थ्यसम्बन्धी समस्याले सीमापार प्रभाव पार्न सक्ने भएकाले रोगको निगरानी, सूचना आदानप्रदान र नियन्त्रणका उपायमा सामूहिक प्रयास आवश्यक रहेको उनले औँल्याइन्।

मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा उपलब्ध अनुभव, प्राविधिक ज्ञान र सफल अभ्यासहरू सदस्य राष्ट्रबीच आदानप्रदान गर्दै सहकार्यलाई व्यवहारमा परिणाममुखी बनाउनुपर्नेमा पनि जोड दिइन्। बैठकका क्रममा सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, स्वास्थ्य प्रणालीको सुदृढीकरण र साझा स्वास्थ्य समस्याको समाधानका उपायबारे छलफल भएको थियो। यसैबीच, मन्त्री मेहताले भारतीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डासँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। भेटमा नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तार, विशेषज्ञता तथा असल अभ्यास आदानप्रदान र नागरिकको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो। भारतीय मन्त्री नड्डाले नेपालसँगको स्वास्थ्य साझेदारीलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए।

बैठकमा बिम्स्टेक सदस्य राष्ट्रबीच सार्वजनिक स्वास्थ्य सहकार्यलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो। भारत सरकारको आधिकारिक विवरणअनुसार बैठकले सार्वजनिक स्वास्थ्यसम्बन्धी सन् २०२६–२०३० का लागि संशोधित कार्ययोजना तथा संयुक्त मन्त्रीस्तरीय वक्तव्य पनि स्वीकृत गरेको छ। कार्ययोजनामा रोग निगरानी, महामारीको पूर्वतयारी, डिजिटल स्वास्थ्य, परम्परागत चिकित्सा, ‘वान हेल्थ’ अवधारणा र स्वास्थ्य जनशक्ति विकासजस्ता विषय समेटिएका छन्।

बिम्स्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन्। बंगालको खाडी क्षेत्रका यी मुलुकबीच व्यापार, प्रविधि, ऊर्जा, यातायात र जनस्वास्थ्यलगायतका क्षेत्रमा क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले बिम्स्टेक स्थापना भएको हो। स्वास्थ्य मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रबीच स्वास्थ्य सुरक्षा र सेवा प्रणाली सुदृढीकरणका लागि साझा प्रयास अघि बढाउने अवसर प्रदान गरेको छ।

Related Posts

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026
कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

राष्ट्रघाती नायकहरू ?

November 7, 2026
मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

November 11, 2026

Discussion about this post

ताजा सामाग्री

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

राष्ट्रघाती नायकहरू ?

November 7, 2026

डा. बि. पी. खनालअध्यक्ष, शालोम फाउण्डेसन हिजोआज नेपाली सामाजिक सञ्जालको वृत्तमा एउटा अनौठो भाष्य निर्माण हुँदै...

Recent Posts

  • कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता
  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?
  • मौसम बदली हुँदै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In