• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मण्डली वृद्धिसँगै चुनौती र समाधानका अभ्यासहरू…

by Sarju Rijal
October 1, 2014
in Articles, NC Photos
(आइटीन) घर घरै बाइबल कलजेका शिक्षक तथा विद्यार्थीहरूसँगको संगति प्रशंशा चर्च, चिसापानी बाँकेमा खिचिएको तस्वीर।
(आइटीन) घर घरै बाइबल कलजेका शिक्षक तथा विद्यार्थीहरूसँगको संगति प्रशंशा चर्च, चिसापानी बाँकेमा खिचिएको तस्वीर।

मण्डली वृद्धिसँगै जिम्मेवारी बढ्नु स्वभाविकै हो। विभिन्न जिम्मेवारीका साथै कार्यक्रमहरू, गोष्ठी वा मिटिङहरूमा पास्टर अगुवाहरूलाई भ्याइ नभ्याइ भएको हिजो आज देख्न सुन्न पाइन्छ।

किनकि मण्डली वृद्धि हुने क्रममा छन्। त्यसैमा पनि जान्ने मान्ने व्यक्तिलाई विभिन्न कार्यक्रमको निम्तोमा जाँदैमा दिन बितेको पत्तो नै हुँदैन। यस्ता कार्यक्रममा हिंड्न जो कोहिलाई आनन्द लाग्छ नै तर सँधै कार्यक्रममा व्यस्त हुनुले मण्डलीलाई आवश्यक शिक्षा तिर लैजादै छ कि आवश्यक शिक्षा दिनबाट अगुवाहरू चुकेका छन् त? यदि मण्डलीलाई सहि तरिकामा अगुवाइ गर्ने हो भने पहिलो प्राथामिकता त बाइबलको शिक्षा नै हो। हरेक व्यक्ति परमेश्वरको वचनको ज्ञानमा पोख्त हुन, शिक्षित हुन अथवा सिपालु हुन आवश्यक छ। यो सेवाकाई र सामाजिक सेवा दुवै क्षेत्रमा उत्तिकै आवश्यक छ। सारा संसारको लागि एकजना व्यक्तिले मात्रै आफ्नो जीवनमा सामाजिक सेवा गर्नुभयो। जो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।

वर्तमान मण्डलीमा आवश्यक शिक्षाको लागि थुप्रै साधन, श्रोत र सम्बन्ध विस्तार भएका पनि छन्। यो धेरै राम्रो र सबल पक्ष पनि मानिन्छ। तर एउटा व्यक्ति शिक्षित, दक्ष हुँदैमा सम्पूर्ण मण्डली नै शिक्षित र विभिन्न क्षेत्रमा सक्रिय हुनसक्छ भनेर ठोकुवा गर्न निकै मुस्किल पर्छ। जब एउटा व्यक्तिमात्रै सक्रिय हुन्छ, त्यहाँ धेरै असमझदारी, मनमुटाव र नकरात्मक सोचाइ भएकाहरू र त्यस्ता खालका क्रियाकलाप नै धेरै देखिन्छन्। सक्रियभन्दा निश्क्रिय धेरै छन्। जुन कुरा अहिलेको अवस्थामा देख्न सकिन्छ। अनेकथरीका संघ, संस्था र समितिहरू गठन हुनु र त्यसैमा पनि मेलमिलाप र विश्वासको अभाव हुनुले विश्वासको जीवनमा पछ्याउन निकै गाह्रो परेको छ। अझै समसामियक विषयलाई मुख्य विषय बनाएर इसाईहरूको हक हितको लागि हामी समाधान गर्छौ भन्न पनि पछि परेका छैनन् यो कत्तिको सान्दर्भिक छ? अहिले यस्तै समूहमा विशेष गरी पास्टर अगुवाहरूको घुँइचो देख्न सकिन्छ। समिति गठन गरेर नै सबै कुराको समाधान हुने होइन। यसले समाधान भन्दा समस्या धेरै ल्याएको प्रसस्त उदाहरणहरू देख्न र सुन्न सकिन्छ।
जब सम्पूर्ण मण्डली सक्षम र दक्ष हुने साधन, श्रोत र सम्बन्ध सजिलै आफ्नै परिवेसमा पाउन योग्य हुन्छन् र प्रयोग गर्दछन् तब मण्डली आफ्नो खुट्टामा उभिन सक्छ र अरूहरूलाई पनि उभ्याउन सकेकका केही उदाहरणहरू पनि छन्। त्यसपछि मात्रै मण्डलीले थुप्रै सक्षम व्यक्ति बनाउन सक्छ। यसको लागि मुख्य आधार भनेको नै परमेश्वरको वचनको ज्ञान वा शिक्षा हो। जब सम्पूर्ण मण्डली परमेश्वरको वचनलाई दैनिक जीवनमा बुझ्दछ। पहिलो कुरा आफु नै सकरात्मक देखिन्छ। जहा उस्ले परिवर्तन, सम्भव र आशा देख्छ। असम्भव, अविश्वास जस्ता कुरा उसको मनबाट नै हट्छ साथै आफ्नो हितको लागि भन्दा छिमेकिको, समाज र राष्ट्रको हितको लागि सेवाको हृदय हुन्छ। किनकि येशू ख्रीष्टले आफ्नो इच्छामा नभएर परमेश्वरको इच्छा पुरा गर्न सम्पूर्ण जीवन सेवामा विताउनुभयो।
मण्डलीको लागि आवश्यक शिक्षा, साधान र श्रोततिर ध्यान दिन अहिलेको मुख्य आवश्यकता हो। होसेको पुस्तकमा भनिए झै “मेरा प्रजा ज्ञानको कमिले गर्दा नष्‍ट भएका छन्…।” वास्तविकता यही हो जब परमेश्वरको वचनको ज्ञानको अभाव हुन्छ। तब भाँडभैलो, गुटबन्दी, स्वार्थपूर्ण कार्य, लोभ, आफ्नै सहकर्मीसँग डर, शंका र असुरक्षित जस्ता कुराहरू देखिन थाल्छन् । अहिले संसारमा यस्तै यस्तै देखिएका छन्। तसर्थ परमेश्वरको वचनको ज्ञान आज सम्पूर्ण मण्डलीले पाउन आवश्यक छ।
परमेश्वरबाट पाएको आशिष्‌को मुहान बग्न दिनलाई मण्डलीको पास्टर अगुवाहरूले समयलाई सदुपयोग गर्न सहि ठाउँमा सही कार्यको निम्ति प्रयोग गर्नु नै बुद्धिमानी कुरा हो। जसबाट प्रशस्त कटनी गर्न सकिने छ। “बन्‍चरो बोधो छ र त्‍यो उध्‍याएको छैन भने ज्‍यादै बल प्रयोग गर्नुपर्छ, तर सीपले सफलता ल्‍याउँछ।” Ecclesiastes 10:10 हामीले गरेको परिश्रममा धेरै समय, बल लगाइएको छ परिश्रम अनुसार फल देखिएको नहुन सक्छ तर सीपले वा तरिकाले मात्रै सफलता ल्याउछ।
शिक्षाको क्षेत्रमा हेर्ने हो भने हाम्रो देशमा शिक्षितहरू न्यून मात्रामा छन् भने मण्डलीमा झनै न्यून देखिन्छ। त्यसैमा पनि सेवाकाइ गर्नेहरूको संख्यामा साधारण लेखपढ गर्नेदेखि प्राथामिक शिक्षा पाएकाहरू नै धेरै छन्। उच्च शिक्षा हासिल गर्नेहरू नेपाल बाहिर छन् भने नेपाल भित्र पनि अन्य क्षेत्रहरूमा देखिन्छन्। यस्तो अवस्थामा मण्डलीबाट बाइबल स्कूल, कलेज जानेहरू वर्षमा १/२ वा बढीमा ३/४ जना मात्रै पठाउन सकिन्छ । बाइबल कलेज पठाइएका व्यक्तिहरूले सेवाकाइ गर्छन भन्नेकुराको निश्चित पनि हुँदैन । मण्डलीमा धेरैको संख्या विभिन्न व्यवसायहरू, व्यापार, मजदुरी र रोजगारीमा छन्। यस्तै व्यक्तिहरू मण्डलीका विभिन्न सेवा संगति, प्रार्थना र दिने क्षेत्रहरूमा सक्रिय छन्।
मण्डलीका पास्टर अगुवाहरूले सम्पूर्ण मण्डलीको लागि काम, व्यवसाय, जागिरको साथ साथै दैनिकी बाइबलको शिक्षा खोज्नु जरूरी छ। सजिलै बुझेर दैनिकी जीवनमा लागू गर्न सकिने खालको शिक्षा मण्डलीमा नितान्त आवश्यक छ। अहिले केही मण्डलीले गरेको अभ्यासलाई हेर्दा प्रभावकारी भएको छ। विगत केहि वर्ष यता चेलापन तालिम, अगुवा निर्माणको खाँचो महशुस गरी व्यवहारीक शिक्षाको खोजिमा धेरै साधन श्रोतहरूमध्य घर घरै बाइबल कलेज वा आइटीन पाठ्यक्रमलाई प्रभावकारी भएको पाइएको छ। यो पाठ्यक्रम जो कोहिले पनि अध्ययन गर्न सक्ने भएकोले गर्दा पनि प्रभावकारी भएको मानिएको छ। प्रयोग गर्ने साक्षर देखि उच्च शिक्षा, स्नाकोत्‍तर शिक्षा हासिल गरेकाहरू अध्ययनरत छन्। प्रमाण पत्र हातमा लिएर बस्नुभन्दा पनि ख्रीष्टको मार्गमा वा वचनमा डोर्‍याउने परिवर्तनकारी भूमिका निर्भाहको साथै मण्डलीमा विभिन्न वरदानहरू प्रयोग गर्नु नै सबैभन्दा ठूलो काम हो। जुन कुरा केही मण्डलीहरूमा देखिएका छन्। पहिलो एउटा पुस्तक भरपूर जीवन मात्रै सिध्याउने व्यक्ति पनि सुसमाचार प्रचारदेखि विभिन्न संगतिमा सहायता गर्न सक्षम भएका प्रशस्त उदाहरण पाइएका छन्। ख्रीष्टको जीवनी, पावलको जीवनी अध्ययन गरेका व्यक्तिहरूद्वारा थुप्रै मण्डली सञ्चालन भएका उदाहरण पाइएको छ। यसैसँग सान्दर्भिक एउटा घटनालाई यहाँ झल्काइएको छ।
२०७० साल असोजमा चिसापानी प्रशंशा चर्चसँग सम्बन्धित चर्चहरूका पास्टर अगुवाको लागि मात्रै आइटीन शिक्षक तालिम सम्पन्न भएको थियो। तालिम लिए लगत्तै तालिम लिएका मण्डलीहरूमा १०४ जनाले अध्ययन शुरू गर्नु भएको छ। अध्ययनरतहरूको लागि मात्रै प्रशंशा चर्च चिसापानी, बाँकेमा २०७१ असोज ५ गते सम्बन्धित मण्डलीका पास्टर तथा शिक्षक र विद्यार्थीहरूको संयूक्त संगति भएको थियो। पितमारी, डिगीया, बनियाभार र कोहलपुर लगाएत विभिन्न क्षेत्रका मण्डलीबाट पास्टर, अगुवा तथा सदस्यहरूको उपस्थिति रहेको थियो। संगतिमा घर घर बाइबल कलेज अध्ययनरतहरूलाई मात्रै निमन्त्रणा गरिएको थियो र केही चासो राख्नुभएका पास्टर अगुवाहरूको पनि उपस्थिति रहेको थियो।
पास्टर खड्ग बहादुर रानाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो। भेलामा अध्ययनरतहरूले आशिष् बाँड्ने मौका पाएका थिए। भेलामा गवाही दिए अनुसार, अध्ययन गर्नेहरू बाइबलबाट ख्रीष्टियान जीवन र मण्डलीको बारेमा आधारभूत कुराहरू सिक्न पाएकोमा खुसी छन्। बाँके जिल्लाको आनन्द चर्च कोहलपुरमा सन १९९९ देखि आइटीन पाठ्यक्रम अध्ययन हुन थालेको हो । अहिलेसम्म अध्ययन गर्ने क्रम जारी नै छ। अध्ययन गर्नेहरू अहिले विभिन्न मण्डलीमा पास्टरको रूपमा सेवारत हुनुहुन्छ। पास्टर प्रताप चदाराको भनाइ अनुसार, “सरल तरिकाले बुझ्नुको साथै व्यवहारिक र परिपक्व हुन र मण्डलीलाई हुर्काउन सहायता मिलेको छ।”
आनन्द मण्डलीका सदस्य पोविर रावतका अनुसार, “अध्ययनले मण्डलीमा जिम्मेवारी हुन सहायता मिलेको छ र साथै अगुवापनमा ल्याउन पनि सहायता गरेको छ। जसको परिणामस्वरूप अध्ययनरतहरू विभिन्न क्षेत्रमा विभिन्न मण्डलीमा सेवारत हुनुहुन्छ। बाइबलको शिक्षा पाउने मात्रै नभएर पाएको शिक्षा अनुसार केहि व्यक्तिहरू अहिले थुप्रै चर्चमा सेवा पुर्‍याउन सक्षम भएको उदाहरण छन्।”
अध्ययनरतहरूसँगको संगतिले निकै उत्साहित बनाएको थियो। सोही अवसरमा परमेश्वरको वचनबाट थप उत्साह दिने मौका मैले पाएको थिएँ। अबका दिनहरूमा यसरी बाइबल सम्बन्धिका शिक्षाहरूलाई व्यवहारिक रूपमा प्रयोग गर्न सकेमा मण्डलीमा संख्यात्मक वृद्धिको साथै अगुवा निर्माण गर्न सजिलो हुनेछ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In