• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हल्लैहल्लाको देशमा अन्जु पन्तबारेको हल्ला

by Jagadish Pokhrel
April 7, 2015
in Articles, Special

anjupanta
कवि भूपी शेरचनले धेरै बर्ष अघि नै यस देशलाई हल्लैहल्लाको देशको रुपमा चित्रण गरेका थिए । हुन पनि यो देश हल्ला, गाली र तालीले चलेको देश हो । यहाँ सबैलाई ताली चाहिएको छ, तर त्यसका निम्ति गालीबाहेक अरु गर्ने उपाय कसैसँग छैन । बिगत केहि दिनअघि नेपालमा फेरि अर्को एउटा नयाँ हल्लाको जन्म भयो । सम्भवत: यस हल्लाले कतिको टाइमपास गरायो होला, कतिको रगत ततायो होला, त कतिको चित्त दुखायो पनि होला । समग्रमा, यस समाजका कथित बुद्दिजिविहरूले एकजना प्रतिभावान गायिकालाई बिनाकाममा अति बिबादित बनाउने दुष्ट खेल खेले । देशका मुख्य मुख्य संचारमाध्यमहरूले खासै ध्यान नदिए तापनि अनलाइन साइट र फेसबुक पेजहरूमा भने अन्जु पन्त सम्बन्धित सवालहरूले राम्रो स्थान पाए । यहि हल्लालाई बढाईचढाई गरेर प्रचार गर्नेहरूका फेसबुक पेजमा ५-१० हजार लाइक त पक्कै बढे होलान् ।

अन्जु पन्त कुनै अपराध गरेर बिबादित बनेकी होइनन्, कसैलाई अपमान गरेका कारणले पनि बिबादित बनेकी होइनन् । सबैले यो बुझ्नुपर्थ्यो कि व्यक्तिगत स्वतन्त्रता अरु सबै कुराहरुभन्दा अगाडी आउँछ । कोहि ब्यक्तिलाई कुनै काम गर्न मन छैन भने अरुहरुको निम्ति भएपनि त्यो गरिदिनुपर्छ भन्ने हुँदैन । स्वतन्त्रता भनेको प्रचलित कानुनको अधिनमा रहेर आफ्नो इच्छा अनुसारको जीवन जिउन पाउनु हो । नेपालको अन्तरिम संबिधान २०६३ ले यसप्रकारको स्वतन्त्रताको ग्यारेन्टी गर्दछ । संविधानले अन्जु पन्तलाई कुनै पनि गीत गाउन अस्वीकार गर्न सक्ने अधिकार दिएको छ, चाहे त्यो हिन्दु गीत होस्, चाहे बुद्धिष्ट, मुस्लिम वा क्रिश्चियन गीत नै किन नहोस् । अन्जु पन्तको स्वरमाथिको अन्तिम अधिकार उनमा नै निहित छ ।

फेसबुकमा अन्जु पन्तको एकोहोरो बिरोध गरेर धेरैले आफ्नो पाखण्डीपन प्रस्तुत गरे । हामी सबैले यो कुरा बुझ्नु जरुरि छ कि यहाँ उठेको बिरोधको आवाज समानताको पक्षमा थिएन/छैन पनि । केवल मै खाउँ मै लाउँ सुखसयल मै गरूँ भन्ने आशयको थियो । आफुले जे गरेपनि हुने तर अरुहरुले चाहिं आफ्नो सम्मान गरिदिनुपर्ने भन्ने अर्थको थियो । झन्डै एकबर्ष अघि एमाओबदि नेता कृष्ण बहादुर महरा चर्चमा गए भनेर यस्तै हल्ला गरिएको थियो । नेपाली पत्रकारितामा ख्याति कमाएका एकजना चर्चित पत्रकारले नै महरा चर्चमा जानुलाई गलत भन्दै न्युज फिचर तयार गरेका थिए, हजारौंले त्यस कुरालाई समर्थन पनि गरेका थिए । कहाँ जाने कहाँ नजाने भन्ने सवाल कृष्ण बहादुर महराको, अनि कुन गीत गाउने कुन गीत नगाउने भन्ने सवाल चाहीं अन्जु पन्तको बिल्कुल ब्यक्तिगत सवाल हो । एकबर्ष अघि महरा चर्चमा जानु नै हुदैनथ्यो भन्नेहरू आज अन्जु पन्तले दुर्गामाताको भजन गाउनुपर्थ्यो भनेर भन्दैछन् । के हाम्रो समाजमा धार्मिक समानता र व्यक्तिगत स्वतन्त्रताको सिद्दान्त हरेक बर्ष नवीकरण हुन्छ हो? यो प्रश्न सयौं ति अन्जानहरूलाई जसले अन्जानमै अन्जु पन्तको बिरोध गर्दैछन् ।

अब उप्रान्त अन्जु पन्तको गीत नसुन्ने, उनका गीतहरूलाई बहिस्कार गर्ने भन्ने आवाज पनि यदाकदा सुनियो । त्यतिबेला उक्त व्यक्तिले यो कुरा थाहा गरेको भए राम्रो हुन्थ्यो कि अन्जु पन्त “गायिका अन्जु पन्त” बनेको कोहि कसैको दयाले होइन । अन्जु पन्तको माया लागेर हामीले उनका गीतहरु सुनेका होइनौं । गीत बनाउनेहरूले अन्जु पन्तलाई गीत गाउन दिएको उनलाई काम मिलोस् भन्ने सोचेर पनि होइन । श्रोताहरूलाई अन्जुको स्वर राम्रो लागेर अनि गीत बनाउनेहरूले चाहिँ आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने देखेर उनलाई छानेको हुन् ।

अन्जु पन्तका फ्यान भनेका फेसबुकमा उनलाई गाली गर्ने २-४ हजार मान्छे मात्रै होइनन् । यस देशका दशौं लाख संगीतप्रेमिहरूको निम्ती आज पनि प्रिय नाम हो अन्जु पन्त । सामाजिक संजालभरी उनको बिरोध भईराख्दा, उनका गीतहरू बहिस्कार गर्छौ भनेर केही मानिसहरूले आवाज उठाइरहदा कै समयमा उनले जितेको इमेज अवार्डले ठुलो महत्व राख्दछ । अन्जुलाई भोट गरेर जिताउनेहरु कुनै अमेरिकन खैरेहरु थिएनन्, नेपाल भित्रैका नेपालीहरू थिए ।

के अहिलेको बिबादले अन्जु पन्तको गायन पेशा नै बर्बाद गरिदियो त? के अब अन्जु पन्तको नाम नेपाली संगीत आकाशमा कहिल्यै चम्किने छैन ? केही मान्छेहरू यही हावादारी गफको पछी लागेका छन् र् भन्दैछन्, अन्जुको सांगितिक भविश्य समाप्त भयो । तर यो एक आधारहिन दावी हो ।

यस देशमा बिबादित नहुने को नै छ र? चर्चित नेता बिपी कोइराला देखी गिरिजाप्रशाद कोइरालासम्म पनि बिभिन्न समयमा बिबादित भएकै हुन्, एमालेका माधव नेपाल वा बामदेव गौतमहरू पनि धेरैपटक बिबादको  घेरामा परेका हुन्, प्रचन्ड, बाबुराम र बैध्यहरु कोहि पनि यसबाट चोखो रहेनन् । प्राय:जसो फिल्मकर्मीहरु समेत पटक-पटक बिबादमा मुछिएका छन् । के कुनै एउटा बिबादले गर्दा तिनिहरूले आफ्नो पेशा वा राजनीति नै छाड्नुपर्ने अवस्था आयो त? यो हल्लैहल्लाको देशमा गरिएका हल्लाहरूलाई लिएर कोहि पनि चिन्तित हुनेपर्ने आवश्यकता छैन । केहि हप्तामा नै यी सबै हल्लाहरू आफैं सेलाएर जान्छन् । परमेश्वरको बरदान मधुर स्वर रहेसम्म अन्जु पन्त हलचल हुनुपर्दैन ।

भ्रष्टाचार प्रमाणित भएर जेल जीवन बिताइसकेकाहरू ठाडो शीर लगाएर उल्टै धर्मका नारा लगाउदै हिंड्दा लाज नहुने यो देशमा आफ्नो व्यक्तिगत स्वतन्त्रताको सदुपयोग गरेर अन्जु पन्तले कुनै गल्ति गरेकी छैनन् । भलै, उनले माफि समेत मागेर आफ्नो उदारता तथा महानता देखाइसकेकी छन् ।

अन्जु पन्त यस देशकी सम्पत्ती हुन् । यसदेशले फेरि अर्की अन्जु पन्त नपाउन पनि सक्छ । उनले अझैं हजारौं गीतहरु गाउनुपर्छ, नेपाली सांगीतिक आकासलाई विश्वस्तरमा पुर्याउनुपर्छ । सानातिना हल्लाहरुको पछि नलागेर आफ्ना दशौँ लाख दर्शक/श्रोताहरुको निम्ति उनले गीतहरू गाउनुपर्छ । उनको स्वर यस पुस्ता मात्रै नभएर अरु नयाँ पुस्ताहरुको निम्ति पनि आवश्यक छ ।

अन्जु पन्तको बिरोध गर्नेहरुले गरेका अनैतिक, अश्लिल पोष्टहरुको जवाफ त्यसै अनुसार उनका समर्थकहरूले नदिएका कारणले मात्रै यी दिनहरूमा सारा सामाजिक संजाल नै उनको बिरोधमा खनिएको झैं देखिएको हो । यहाँ अन्जु पन्तलाई सम्मान गर्ने र उनका गीतहरू सुन्नमा आनन्दित हुनेहरूको संख्या बिरोध गर्नेहरूको भन्दा कयौं गुणाले बढी छ । त्यसको प्रमाण केहि दिनअघि इमेज ग्रुप अफ कम्पनीजले आयोजना गरेको सांगीतिक अवार्ड अन्तर्गत “उत्कृष्ट भोकल अवार्ड-महिला” विधामा अन्जु पन्तको जीत हो ।

अञ्जु पन्तकै स्वरमा रहेको एउटा गीत ”जिन्दगी यो फुलैफुलको थुङ्गो हुँदैन” सुनेर थुप्रैले आफ्ना रोदन मेटाए होलान्, बर्साद्को भेलसरी बगेका आँसुहरू थामे होलान् । आज म त्यहि गीत आदरणीय गायीका अन्जु दिदीलाई समर्पण गर्न चाहन्छु । साच्चैं नै जिन्दगी सधैं फुलैफुल हुँदैन । यसका बाटाहरु सधैं सम्म, समतल मात्रै हुँदैनन्, मान्छेलाई रुनु नै पर्दैनथ्यो भने हाँसोको के नै महत्व रहन्थ्यो र?  तर यी कठिनाइहरूका बिचमा पनि हाम्रा निम्ति एउटा आशा बाँकी हुनुहुन्छ, येशु ख्रीष्ट ! उहाँको अनुग्रह नै हामीहरुको आशाको श्रोत हो ।

बाइबलका केहि पदहरु यहाँको निम्ति:

हामी सबैतिरबाट कष्टित छौं, तर किचिएका छैनौं । अन्योलमा परेका छौं तर हतास भएका छैनौं । सताइएका छौं, तापनि त्यागिएका छैनौं । प्रहारद्वारा ढलेका छौं, तापनि नष्ट पारिएका छैनौं । येशूको जीवन हाम्रा शरीरमा प्रकट होस् भनेर हामी उहाँको मृत्यू सधैं हाम्रा शरीरमा बोकीहिड्छौं । २ कोरिन्थी ४:८-१०

जवान सिंहहरु कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन ।  भजनसंग्रह ३४:१०

आमेन!

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In