• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

लौरो शिक्षा

by Ramprasad Paudel
July 31, 2015
in Articles, On the Media
रामप्रसाद पौडेल
रामप्रसाद पौडेल

शिक्षामा बहस चलिरहेको छः बालमैत्री शिक्षा कि पुरातन प्रणाली ? राज्य र शैक्षिक समुदाय यसको सैद्धान्तिक पक्षमा स्पष्ट भए झैं देखिए पनि ब्यबहारिक प्रयोगमा भने रुमलिएको अवस्था छ । देशका कुना कुनामा बालमैत्री शिक्षाको हावा फैलिएको छ । त्यो हावा आफैं बहेको हो वा आयातित हो खोजिको विषय हुन सक्छ तर बालमैत्री शिक्षाको अवधारणा भने सकारात्मक छ । आजको छोटो बसाईमा यस सम्बन्धमा केही लेख्ने जमर्को गरेको छु ।

बालबालिकालाई मित्रवत् ब्यवहार गरेर दिइने शिक्षा बालमैत्री शिक्षा हो । शिक्षा लिने क्रममा बालबालिकाले शिक्षक विद्यार्थी सबैलाई मित्रको रुपमा देख्न पाउनुपर्छ । अझै गहिरिएर हेर्ने हो भने विद्यालय जाँदा बालबालिकाले विद्यालय गएको अनुभव गर्नुहुँदैन, कतै खेल्न वा साथीभाईलाई भेट्न जाँदैछु भन्ने अनुभव गर्न पाउनुपर्दछ । त्यस्तो माहोल सिर्जना भएको हुनुपर्दछ । उनीहरुले किताबको भारी बोकेर पसिना चुहाउँदै पढ्न जाने अवस्था अन्त्य हुनुपर्दछ । कक्षा कोठा र शिक्षकहरु आफैं नै खुल्ला किताब र त्यसले समेट्न खोजेको ज्ञान बन्नु पर्दछ । विद्यालयको कक्षामा बस्दा विद्यार्थीहरुले असहज महशुस गर्ने अवस्था आउनु हुँदैन तर पूर्णत आफू अनुकुल पाउनु पर्दछ । विद्यालयमा शिक्षक बोल्ने होइन तर शिक्षकको कलाहरु बोल्नु पर्दछ । चित्र, गीत र खेलको माध्यमद्धारा बालबालिकाहरुलाई आवश्यक ज्ञान दिन सक्नुपर्दछ । बालबालिकालाई पिट्ने, हेप्ने र अनादरार्थी शब्दको प्रयोग गरेर बोलाउने गर्नुहुँदैन तर समान आदरको प्रयोग गरी सम्मानजनक ब्यबहार गर्नुपर्छ । विद्यार्थीले कछुवा, खरायो वा गैंडा रटेर होइन देखेर पढ्न पाउनुपर्छ चाहे त्यो चित्रमा नै किन नहोस् । गणितका समीकरणहरु समेत ब्यबहारिक र प्रयोगात्मक तरिकाले समाधान गर्न सिक्नुपर्छ, बीज गणित र त्रिकोणमितिका सुत्रहरु कसरी बनेका हुन् टुक्र्याएर हेर्न सक्ने ज्ञान विद्यार्थीले पाउनुपर्छ । शिक्षाको सिकाइ दैनिक जीवनमा गरिने कार्यब्यवहारसँग सम्बन्धित हुनुपर्छ र बालबालिकाहरुले गरेर सिक्नुपर्छ रटेर होइन । हो यही हो बालमैत्री, यस्तै ब्यवहारमा दिइने शिक्षालाई बालमैत्री शिक्षा भनिन्छ ।

विद्यार्थी विद्यार्थी नै हुन् । तिनले जसरी पनि पढ्नै पर्छ । पाठ्यपुस्तकले समेटेको पाठ्यक्रम पूरा गर्नै पर्छ । शिक्षक र विद्यार्थीबीच दूरी हुनुपर्छ । शिक्षकलाई विद्यार्थीले सक्दो आदर गर्नुपर्छ तर शिक्षकले विद्यार्थीलाई जे गरे पनि हुन्छ । शिक्षामा प्रतिष्पर्धा हुनुपर्छ त्यसैले कक्षामा फस्ट सेकेण्ड छुट्याउनुपर्छ । बालबालिकालाई सकेसम्म खेल्न, साथीभाईसँग कुरा गरेर बस्न दिनुहुँदैन किताब पढ्न घोक्न लगाउनुपर्छ । जसले किताबमा लेखिएका प्रश्नहरुको मुखाले जवाफ फर्काउन सक्यो त्यही नै जान्ने विद्यार्थी हो । नपढ्नेलाई पिटेर तह लगाउन सकिन्छ, पिटेरै तह लगाउनुपर्छ । बालबालिकाले कक्षामा कम मात्र सिक्न सक्छन् त्यसैले कापीभरि गृहकार्य दिनुपर्छ र जसरी पनि गृहकार्य गरेर ल्याउनै पर्छ । गृहकार्य नगर्नेलाई पिट्नुपर्छ, कुखुरा बनाउनुपर्छ उठबस् गराउनु पर्छ, स्याल कराउन लगाउनुपर्छ, बेञ्चमाथि खडा गराउनुपर्छ । शिक्षकसँग दोहोरो कुरा गर्नु विद्यार्थीको निम्ति शोभनीय हुँदैन, त्यो अनुशासनहीन काम हो । यस्तो अनुशासनहीन काम गर्नेलाई तह लगाउन पिट्नुपर्छ । विद्यार्थीलाई स्वतन्त्रता दियो भने टाउकामा टेक्छन् त्यसैले उनीहरुलाई डर र काबुमा राख्नुपर्छ । यसरी शिक्षा दिनु नेपालमा अनौठो कुरा होइन । हामी सबैले यस्तै वातावरणमा शिक्षा लिएक हौं, पिटाइ खाएका हौं कुखुरा बनेका हौं । यो शिक्षा पुरातन शैलीको शिक्षा हो अझैसम्म नेपालको प्रचलित शिक्षा हो ।

माथिका दुई अवस्थालाई तुलना गर्दा आडम्बरी शिक्षकहरु र गुरुकुलको ताडना पाएर पढेका केही तालुकहरुबाहेक अरु सबैले बालमैत्री शिक्षालाई नराम्रो हो भन्न सक्दैन, भन्दैन (यो कोटीका शिक्षकहरु आफूले पिटाइ खाएर पढेको हुनाले पनि पिटेरै पढाउनुपर्छ भन्ने मान्यता राख्दछन् ) । राज्यले पनि पुरातन शिक्षा प्रणाली आउट डेटेड हो बालमैत्री शिक्षा लागू गर्नुपर्छ भनेर बुझेको छ । मातहतका निकायलाई सम्बन्धित विभाग र मन्त्रालयले स्कुलिङ पनि गरिसकेको छ । अझै खास कुरो त केही वर्षभित्रै विद्यालयलाई बालमैत्री घोषणा गर्ने भनेर आवश्यक नीति नियम निमार्ण गरी कार्यान्वयन तहमा समेत पु¥याइसकेको छ । ठाउँठाउँका विद्यालयहरुले आफूलाई बालमैत्री भन्न भनाउन थालेका पनि छन् तर शिक्षण सिकाइ कसरी भइरहेको छ, औसत सिकाइ उपलब्धि कस्तो भइरहेको छ, सिकाइ मापन गर्ने आधार के के हुन् भन्ने विषयमा ब्यवहारिक अभ्यास र अनुगमन भने हुन सकेको छैन । फलस्वरुप बालमैत्रीको ओढ्ने ओढेका विद्यालयहरुले पुरातन शैलीमा शिक्षा दिइरहेका छन् र बालबालिकाहरु बालमैत्री विद्यालय भित्रै गुरुकुल प्रवित्तिको शिक्षा लिन बाध्य छन् । शिक्षकहरु बालमैत्री शिक्षण सिकाइमा अभ्यस्त हुन सकेका छैनन् उनीहरुमा पुरानो शिक्षाको ख्याक जिउँदै छ, त्यो ख्याक कक्षा कोठाभित्र सवार हुन छोडेको छैन । विद्यालयले आँखाले देख्न सक्ने विषयमा सुधार गरेको अवश्य नै होला तर हृदयले अनुभव गर्ने र सिकाइ उपलब्धिको पारो उकालो चढाउने खालको क्रियाकलाप गर्न सकेको छैन । फलस्वरुप बालमैत्री विद्यालयहरु कमेरो पोतिएको सुन्दर चिहान जस्ता भएका छन् जो बाहिरबाट हेर्दा सुन्दर देखिन्छ तर भित्र भने गन्हाउने लास बोकेर बसेको हुन्छ ।

cane-390x285

विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले बालमैत्री शिक्षा प्रवद्र्धनमा ठूलै लगानी गरेका छन् गरिरहने छन् । यसको निहित उद्देश्य खोज्दै र केलाउँदै जाने अनि आफ्नै किसिमको ब्याख्या गर्ने हो भने अनेक भेटिन सक्लान तर सकारात्मक दृष्टिकोण राख्ने हो भने बालमनोविज्ञानको सकारात्मक विकास होस् भन्ने नै हो । अहिलेका बालबालिकाहरु देशका र परिवर्तित विश्वको नयाँ माहोल अनुसार विश्वकै भविष्य हुन्, उनीहरुलाई अहिले जसरी निर्माण ग¥यो त्यसको परिणाम उस्तै निस्कन्छ । त्यसै कारणले पनि उनीहरुमा सकारात्मक सोचको विकास गर्नु जरुरी ठानिन्छ । पिटाई र अनावश्यक तनावका बीच हासिल गरेको शिक्षाले शैक्षिक ओहदाको प्रमाणपत्र पेश गर्न सक्ला तर आवश्यक परेको खण्डमा प्रतिस्पर्धा गर्न र दक्षता देखाउन भने सक्दैन । अनि अदक्ष जनशक्तिले देश र समाजको निम्ति त परै जाओस् आफ्नै निम्ति पनि उत्पादनशील काम गर्न सक्दैन । अनि देशमा परनिर्भरता बढ्दै जान्छ ।

पहिलेको शिक्षाको प्रत्यक्ष प्रभाव त अहिले हामीले देशमा हेरिरहेका छौं, बुझिरहेका छौं र प्रत्यक्ष अनुभव पनि गरिरहेका छौं । हाम्रा यूवा शक्ति अर्थात देश बनाउने सामथ्र्य अर्काको देशमा अदक्ष कामदारको रुपमा सस्तोमा श्रम बेच्न बाध्य छन् । उनीहरुलाई कौडीका भाउमा विदेश निर्यात गरेर यहाँको सरकार राज्य जश्न मनाइरहेको छ, रेमिट्यान्सको धाकमा देश चलाइरहेको छ । यदि उत्पादनशील शिक्षा दिइएको थियो भने अहिलेका जनशक्ति नेपालमै केही गर्न सक्ने थिए, गर्ने थिए र देशको उन्नति दिन दुगुना रात चौगुना बढ्दै जाने थियो । विदेशमा श्रम गर्नै जानु परे पनि अहिलेको जस्तो कौडीका भाउमा बेचिनु पर्दैनथ्यो । यो सबै शिक्षा क्षेत्रमा भएको लापरवाहीको नतिजा हो । देशले शिक्षा क्षेत्रलाई नजिकको ठान्न नसक्दाको परिणाम हो । पुरानो शैलीको शिक्षाको फल हो ।
हामीले लौरो शिक्षा सिक्यौं । हामीले पानीको वैज्ञानिक नाम H2O हो भनेर रट्यौं तर हामीले कहिल्यै प्रयोगशालामा पानी बनाउन जानेनौं । हामीले आफ्नो धर्मलाई ठूलो हो भन्ने कुरा सिक्यौं अर्थात हामीलाई लौरोले सिकायो तर अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने कुरा जानेनौं । हामीले नेपाल कृषि प्रधान मुलुक हो भन्ने कुरा अक्षर सिक्ने वित्तिकै जान्यौं तर कहिल्यै पनि कृषि उत्पादनको लागि आवश्यक ब्यवहारिक ज्ञान पाएनौं । हामीले मेरो नाम लखन चौधरी हो …..भन्ने खालका पाठ रट्यौं तर आफ्नै नाम, गाउँ र ठाउँ भने ४ कक्षा पास गरिसक्दा पनि स्पष्ट बताउन सकेनौं । हामीले आज बिहान जिब्रे सागको तरकारी खाएँ भन्ने उत्तर दिएर कक्षा ४ को परीक्षा पास गर्यौं तर जिब्रेसाग हामी आफैं पनि उत्पादन गर्न सक्छौं भन्नेतिर कहिल्यै ध्यान पुर्याएनौं । त्यसैले अहिले हाम्रो देशको दूर्गति दिनदिनै उकालो लागिरहेको छ । हामी दिनदिनै अवनतिउन्मुख भइरहेका छौं ।

अब नपर्खौं । हाम्रा नानीहरुले कस्तो शिक्षा पाइरहेका छन् बिचार गरौं । मेरो छोराछोरीलाई कुटेर भए पनि पढाउनुस् है सर भनेर विद्यालयका शिक्षकहरुलाई निरंकुश नबनाऊँ । हाम्रा नानीहरुले पाउने लौरे शिक्षाले न त उनीहरुको भविष्य सुन्दर बन्छ न त देशको नै तसर्थ अहिलेदेखि नै शिक्षामा सहिष्णूताको खोजी गरौं, शान्तिको खोजी गरौं । हिंसामाझ हुर्किएको बालबालिकाबाट शान्तिको आशा गर्न सकिन्न । शिक्षामा ब्यबहारिकताको प्रवद्र्धन गरौं । हाम्रा बालबालिकाले ठूलाठूला पुस्तक कण्ठस्थ गर्नुभन्दा, चिया पकाउन सिक्नु राम्रो हो, कोदालो खन्न जान्नु राम्रो हो । आदर्शका गतिला पाठ रटेर ढोंगी जीवन जिउनुभन्दा अभावमा भएको आफ्नै साथीलाई कलम दान दिन थाल्नु राम्रो हो । हामी हाम्रा बालबालिकालाई सुगाको रुपमा जंगली चरो नबनाऊँ तर मानवहितमा काम गर्न चाहने व्यक्तिको रुपमा विकास गरौं । यति भयो भने हाम्रो बालबालिकाले भोलि देशलाई थाम्न सक्नेछन् भौतारिएर देश विदेश चहार्दै हिंड्नुपर्ने अवस्था आउने छैन ।

रामप्रसाद पौडेल,
बिराटनगर, हाल डोटी

Source: www.khabardainik.com

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In