• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

साधारण जीवनको असाधारण प्रभाव

by Kamal Adhikari
December 24, 2013
in Special, ख्रीष्टमस शुभकामना
Kamal Adhikari
Kamal Adhikari

दुइ हजार वर्षअगि एउटा दुर्गम गाउ“मा एउटा निम्न स्तरकी स्त्रीबाट प्राकृतिक नियम विपरीत एउटा बालकको जन्म भयो । उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो । उहाँ गरिबीमा बाँच्नुभयो । आफू बाँचेको मुलुकको सीमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो । उहाँसँग न धनसम्पत्ति थियो न ता प्रभावशाली व्यक्तित्वहरूले गर्ने कार्यहरू नै उहाँले गर्नुभयो । उहाँका नातेदारहरू विशिष्ट थिएनन् । आफ्नो शिशुवस्थामा उहाँले राजालाई भयभीत पारिदिनुभयो । आफ्नो बाल्यावस्थामा उहाँले डाक्टरहरूलाई दङ्ग पारिदिनुभयो । आफ्नो प्रौढावस्थामा उहा“ले प्राकृतिक नियममाथि शासन गर्नुभयो । उहा“ले पानीलाई दाखमद्यमा परिणत गरिदिनुभयो । शैतानद्वारा परीक्षित हुनुभए तापनि उहा“ले कहिल्यै पाप गर्नुभएन । चिकित्सशास्त्र अध्ययन नगरीकनै उहाँले बिरामीलाई निको पार्नुभयो, अन्धोलाई दृष्टि दिनुभयो, बैरोलाई सुन्ने बनाउनुभयो, कुष्टरोगीलाई चङ्गाइ गर्नुभयो, लङ्गडोलाई हिँड्न सक्ने बनाउनुभयो तरै पनि त्यसको सट्टामा उहाँले एक पैसा कसैबाट लिनुभएन ।

 

उहाँले कहिल्यै विवाह गर्नुभएन । आफ्नो जन्मस्थलबाट उहाँले कहिल्यै २०० माइल भन्दा बढी यात्रा गर्नुभएन । उहाँ करिब ३३ वर्षको मात्र हुनुहुँदा दुर्इ जना डाँकूहरूको बिचमा उहाँलाई क्रूसमा मृत्युदण्ड दिइयो । उहाँलाई मृत्युदण्ड दिनेहरूले उहाँको सम्पत्तिको नाउँमा रहेको एउटै मात्र टुक्रा अर्थात् वस्त्रको लागि गोला हाले । उहाँलाई जुन चिहानमा गाडियो त्यो उहाँको आफ्नो थिएन । तिन दिनपश्चात् यी मानिस मृतकहरूबाट बौरी उठ्नुभयो । यसरी मृतकहरूबाट बौरी उठी आफूले दाबी गरेजस्तै परमेश्वरले पठाउनुभएको मुक्तिदातासाथै परमेश्वरका अवतारी पुत्रको रूपमा आफैलाई प्रमाणित गर्नुभयो ।

 

उहाँले कहिल्यै एउटै पुस्तक लेख्नुभएन तथापि उहाँको विषयमा लेखिएका पुस्तकहरू यति धेरै छन् कि कुनै पनि देशको सम्पुर्ण पुस्तकालयहरूमा ती अटाउँदैनन् । उहाँले कहिल्यै गीतको रचना गर्नुभएन तरै पनि सारा गीतहरूको लागि चाहिने विषयवस्तुभन्दा उहाँले बढी विषयवस्तु जुटाउनुभयो । उहाँ कहिल्यै सेमिनारी वा कलेजमा जानुभएन न ता उहा“ले कुनै कलेजको स्थापना गर्नुभयो तथापि उहाँले यति धेरै विद्यार्थीहरूको उत्पादन गर्नुभयो कि अन्य सबै कलेजका विद्यार्थीहरू एकत्रित गर्दा पनि तिनीहरूले घमण्ड गर्न सक्दैनन् । उहाँले कुनै सेनालाई सैनिक तालिम दिनुभएन, न सिपाहीलाई भर्ना लिनुभयो न ता आफैले बन्दुक चलाउनुभयो तथापि उहाँको आज्ञामा जति व्रि्रोहीहरू स्वेच्छाले समर्पित भए त्यति अन्य कुनै अगुवाको आज्ञामा भएको छैन । उहाँले कहिल्यै मनचिकित्सको अभ्यास गर्नुभएन तथापि सबै डाक्टरहरूले भन्दा उहाँले टुटेको हृदयलाई बढी निको पार्नुभयो ।

 

ग्रीस र रोमका विगतका घमण्डी राजनीतिज्ञहरूका नामहरू आए र गए । विगतका वैज्ञानिक, दर्शनशास्त्री र इश्वरशास्त्रीहरूका नामहरू आए र गए तर यस मानिसको नाम झन्झन् वृद्धि हुँदै गइरहेको छ । उहाँको क्रूसारोहणको दृश्य र आजको पुस्ताबिचमा दुइ हजार वर्षको अन्तर भए तापनि उहाँ अझै जीवित हुनुहुन्छ । हेरोदले उहाँलाई मार्न सकेन न ता चिहानले उहाँलाई रोक्न सक्यो ।

 

दुर्इ सहस्राब्दी बितिसकेको छ । आज पुनरुत्थान हुनुभएका प्रभु येशू ख्रीष्ट मानव जातिको मुख्य व्यक्तित्व हुनुहुन्छ । उहा“को जन्मले अङ्ग्रेजी पात्रोलाई इतिहासको दुइ भागमा विभाजन गर्छ । विश्वका विकसित देशहरूमा प्रत्येक हप्ताको एक दिन उहाँको सम्झनाको निम्ति छुट्टयाइन्छ । संसारभरि नै प्रत्येक वर्ष उहाँको जन्म र पुनरुत्थानको उत्सव मनाइन्छ । इतिहासमा अन्य कुनै व्यक्तिको जीवनी वा घटनाले भन्दा यस मानिसको जीवनीले गीत, पुस्तक, कविता र चित्रहरूको विषयवस्तुको लागि बढी सामग्रीहरू उपलब्ध गराएको छ । हाम्रो लागि जीवन अर्पण गर्नुहुने यस मानिसको सम्झनामा हजारौ“ क्याम्पस, अस्पताल, अनाथालयसाथै अन्य संस्थाहरू स्थापित गरिएका छन् ।

Related Posts

Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025
क्रिसमसको शुभ कामना

Why we celebrate the Christmas?

December 11, 2023
मातृभाषाको चिन्ता

स्वीटजरल्याण्डभन्दा कम छैन काभ्रेपलाञ्‍चोक जिल्ला

January 30, 2023
मातृभाषाको चिन्ता

काम नलाग्‍ने मान्छे

January 12, 2021

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In