• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

लकडाउनमा एकजना समाजसेवीको सराहनीय कदम

by Naresh Duwal
July 8, 2020
in Articles
नरेश दुवाल

कोरोना महामारी विरुद्धको युद्धमा धेरै ख्रीष्टियनहरुले आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । आज म भोका तथा निर्धनहरुलाई खुवाउने जस्तो परमेश्वरलाई सबैभन्दा मनपर्ने काम गरिरहेका एक जना व्यक्तिको बारेमा प्रकाश पार्नेछु । (कोरोना कालमा विभिन्न प्रकारले मानिसहरुलाई सेवा गरिरहेका अरु व्यक्तिहरु वा संस्थाहरु बारे पछि प्रकाश पार्दै जानेछु —लेखक)

कोरोना भाइरसले मानिसहरुको शरीरमा आक्रमण गरिरहेको छ, साथै संसारका सबै देशहरुको अर्थतन्त्रमा पनि हमला गरिरहेको छ । कोरोना महामारी सँगै विश्वमा भोकमरीको महामारी पनि सुरु भईसकेको विश्व स्वास्थ्य संगठन (WHO) का एकजना उच्चपदस्थ अधिकारीले चेतावनी दिएका छन् । संसारका सबैजसो देशहरु लकडाउनमा छन् । आर्थिक गतिविधि शुन्य जस्तै छ । धेरै मानिसहरुको रोजगार गुमेको छ । मानिसहरुलाई खानको लागि नै समस्या भइसकेको छ । मानिसहरु धेरै निराश भएका छन् । यस्तो अवस्थामा यदि भोकमरीबाट मानिसहरुलाई बचाउने हो भने समाजका सबै क्षेत्रका मानिसहरु अगाडि आउनु पर्दछ ।

कोरोनाको कहरपछि नेपालमा आत्महत्या गर्ने मानिसहरुको संख्या पन्ध्रसय भन्दा बढी भैसकेको छ । तर यस कोरोना महामारीको बीचमा पनि केही मानिसहरुले अत्यन्त राम्रो काम गरिरहेका छन् । आज म तीमध्ये एकजना तुलसी श्रेष्ठको बारेमा बताउँदछु ।

                                                    बौद्ध जोरपाटीमा तुलसी श्रेष्ठ खाना तयार गर्दै

तुलसी श्रेष्ठ र उनको टिमका मानिसहरु यस कोरोना कालको लकडाउन अवधिभर गरिब तथा निर्धनहरुलाई निःशुल्क खाना खुवाउन सक्रिय भइरहेको छन् । बौद्ध जोरपाटीका तुलसी श्रेष्ठ मूलत ब्यापारी हुन् । तर लकडाउनले गर्दा उनले व्यापार व्यवसायबाट केही समय बिश्राम लिनु पर्ने भयो । यस्तो बेलामा के गर्दा असल होला र खाँचोमा परेका मानिसहरुको सेवा गर्न सकिएला भनी तुलसी श्रेष्ठले सोच्न थाले । आफ्नो वरपर असंख्य निर्धन तथा भोका पेटहरु रहेको महशुस गरेपछि तुलसी श्रेष्ठ सामुदायिक भान्साघर (किचेन) संचालन गर्ने निर्णयमा पुग्छन् । त्यसको लागि उनले एउटा समूह (टिम) बनाउँदछन् । टिममा उनले आफु जस्तै समाजसेवाको भावना भएका मानिसहरुलाई समावेश गर्दछन् ।

कोरोना भाइरससँगको विश्वयुद्ध संसारका सबै देशहरुले लडिरहेका छन् । पहिलो र दोस्रो विश्वयुद्ध सम्बन्धित देशका सिपाहीहरुले लडे तर यो कोरोना महामारीका विरुद्धको विश्व युद्धमा डाक्टरहरु, नर्सहरु, पारामेडिकल स्टाफहरु, संचारकर्मीहरु, सफाईकर्मीहरु, सुरक्षाकर्मी तथा समाजसेवीहरुले लडिरहेका छन्। यो युद्ध अरु युद्ध भन्दा फरक तर बढी खतरनाक छ किनभने यो युद्ध आँखाले नदेखिने भाइरसको विरुद्धमा लड्नुपर्छ ।

तुलसी श्रेष्ठ त्यस्तै एकजना समाजसेवी कोरोना विरुद्धका फाइटर हुन् । तुलसी श्रेष्ठले समाजका विपन्न तथा गरिब वर्गहरुलाई निःशुल्क खाना खुवाएर उनीहरुको रोग प्रतिरोधी क्षमतामा बृद्धि गरेर कोरोना महामारी विरुद्धको लडाई लडिरहेका छन् । लकडाउनको अवधिभर तुलसी श्रेष्ठ र उनको टिमले बौद्ध जोरपाटी क्षेत्रमा हजारौं भोका पेटहरुलाई खाना खुवाउने काम गरेका छन् । तुलसीको टिमले हरेक दिन ५०० जनालाई दैनिक बिहान बेलुका खाना तयार गर्दछ । तुलसीले संचालन गरेको सामुदायिक किचेनमा नियमित खाना खान आउने श्याम कुमारले आफुूले सधै तुलसी र उनको टिमका सबैलाई मुरी मुरी धन्यवाद दिने गरेको बताए । उनी थप्छन्र्, तुलसीको टिमले नखुवाएको भए सायद कोराना कालमा म भोकभोकै भौतारिनु पथ्र्याे ।’

तुलसी श्रेष्ठको टिमका सदस्यहरु अस्पतालहरुमा खाना पु¥याउन जाँदै

तुलसी र उनको टिमका मानिसहरु बिहान सबेरै उठछन् र थोक बिक्रेताहरुबाट दाल, चामल र तरकारीहरु किनेर ल्याउँछन् अनि आ–आफ्नो कामको बिभाजन गर्छन् । कसैले खाना पकाउँछन्, कसैले भाडा माँझ्छन्, कसैले तरकारी काट्छन् । भान्साका खाना तयार भएपछि निर्धन तथा भोको पेट भएका मानिसहरु खाना खान लामबद्ध हुन आउँछन् । उनीहरुले खाना मात्र वितरण गर्दैनन्, तर खाना खान आउने मानिसहरुलाई सामाजिक दुरीको बारेमा जागरुक पनि गराउँछन् ।

आफ्नो भान्सामा आउनेहरुका साथै उनीहरु उपत्यकाका अस्पतालहरुमा पनि खाना वितरण गर्छन् । बीर अस्पताल, टिचिङ्ग अस्पताल, कान्ति अस्पताल तथा ट्रमा सेन्टरमा उनीहरु आफैले बनाएको खाना लिएर पुग्छन् । ती अस्पतालहरुमा उनीहरु बिहान र बेलुका नै खाना बोकेर जाने गरेका छन् । उनको टिमका मानिसहरु खाना बाँड्न विभिन्न अस्पतालहरुमा पुग्दा एकजनाले सामाजिक दुरी कायम छ कि छैन भनेर नियालिरहेको हुन्छ । तुलसी श्रेष्ठलाई यस काममा देश विदेशमा रहेका धेरै साथीहरुले सहयोग गरिरहेका छन् । सक्नेले आर्थिक सहायता गरिरहेका छन् । आर्थिक सहायता गर्ननसक्नेले प्रार्थनाद्वारा सहयोग गरिरहेका छन् ।

                         तुलसी श्रेष्ठको सामुदायिक किचेनमा खाना खानलाइनमा बसिरहेका मानिसहरु

लकडाउन अवधिभर कोही पनि नेपालीले भोकै बस्न नपरोस् भन्ने चाहना राखेर तुलसीले निःशुल्क खाना खुवाउने आफ्नो सामुदायिक किचेन भएको स्थानको नक्सा बनाएर धेरै मानिसलाई वितरण गरे । विपत्तिका बेला कोही पनि भोकै बस्न नपरोस् भन्ने चाहना तुलसी श्रेष्ठ र उनको टिमको रहेको छ ।

हामीले तुलसी श्रेष्ठले जस्तै आफ्ना छरछिमेकीमा रहेका बिपन्न, गरिब तथा रोजगार गुमाएकाहरुलाई सहयोग गरौ । कोहीपनि नेपाली भोकोपेट सुत्न नपरोस् ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In