• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कसलाई उत्साहको खाँचो छ ?

by Sarju Rijal
November 13, 2015
in Articles

Raj Kumar Yonjan,  के तपाईencourage अहिलेको अवस्थामा उत्साहित हुनुहुन्छ? तपाईको परिवारमा, काममा, सेवाकाईमा, सम्बन्धहरु वा जीवनको अरु क्षेत्रहरुलाई विचार गर्दा के तपाई उत्साहित हुनुहुन्छ- के तपाईमा अझै हरेश नखाई परमेश्वरले दिनुभएको उत्कृष्ट जीम्मेवारीलाई पूरा गर्ने जोस अझै बाकि छ? २१ औ शताब्दिको यो व्यस्त समयको चपेटामा परेको हर कोहि मानिस विभिन्न कारणहरुले समय समयमा निरुत्साहित हुनु नौलो कुरा होईन। अझ भन्ने हो भने नेपाल जस्तो देशका हामी नागरिकहरुलाई निराश बनाउँने पर्याप्त कारणहरु छन। तत्कालिन अवस्थाको कुरा गर्ने हो भने महाविनासकारी भूकम्पको चोट निको नहुदैको ग्याँस र पेट्रोलको अभाव, खाधन्न सामाग्रीको महंगी, त्यस माथि कामको चाप, तनाव, हाकिमको अपेक्षा, कर्मचारीहरुको गनगन, मंडली प्रतिको जीम्मेवारी, यीर् इत्यादि कारणहरु तपाई र मलाई निरुत्साहित पार्न काफि छन, होईन भने पनि अर्को कारण अवश्य देखिन्छन ।
फेरि एक पटक त्यहि प्रश्न, के तपाई अहिलेको अवस्थामा उत्साहित हुनुहुन्छ?
जब कोहि आफन्त वा साथी वा विश्वासीहरु निराश हुन्छन वा हरेस खान्छन वा अन्यौलमा पर्छन भने येशूको चेलाहरु भएको हैसियतले हामी प्रत्येकले एकले अर्कालाई उत्साह दिनु हाम्रो कर्तव्य हो? १ पत्रुस ४:८-१०) किनभने यो हाम्रो जीवित परमेश्वरको आज्ञा हो। हरेक मंडलीको पाष्टरअगुवाहरुले आफुनो मंडलीको विश्वासीहरुलाई निरन्तर उत्साह दिई परमेश्वरको सेवामा अग्रसर गराउँनु उनीहरुको आधारभूत कर्तव्य हो (यूहन्ना २१:१५-१९। अझ अगुवापनमा निखारता ल्याउन त यो एउटै मात्र उपाय पनि हो । हरेक आमाबाबुले आफ्नो छोराछोरीलाई समय सान्दर्भिक उत्साह प्रदान गरि सफलता र आज्ञाकारीतामा डोर्याउँनु परमेश्वरकै आज्ञा हो (हितो २२:६)। मंडलीमा भएका अग्रजहरुले नयाँहरुलाई उत्साह दिई संगतिमा डोर्याउँनु परमेश्वरको आज्ञा हो (१थेस्स ५:१४)। जब परमेश्वरको यो आज्ञा पुरा गरिन्छ तब हरेस खाएर लडिरहेकोले उठेर दौडने साहस पाउँछ, अन्यौलमा परिरहेकोले धैर्यता कायमै राख्छ, मुहारमा हाँसो छाउछ, हृदयमा आनन्दको वास हुन्छ। कसैबाटको उत्साहको एक वचनले जीवन र्सार्थक बनाउँने सामर्थ्य पाउँछ, निभ्न लागेको दियो फेरि बल्छ, कसैको लागि उज्यालोको काम गर्छ। पतन भएको यस संसारमा दुष्टका योजनाहरु माथि सफल हुन तपाईका उत्साहका दुइ शब्दले अर्कोले आँट पाउँछ अनि ऊ फेरि कर्तव्यनिष्ठ बनिरहन्छ।
उत्साहको शब्दमा शक्ति छ, जीवन र्सार्थक बनाउँने शक्ति, निरन्तर यात्रा गरिरहने शक्ति, परिपक्व बन्ने शक्ति नयाँ सृजना गर्न सक्ने शक्ति अनि नयाँ दर्शन देख्ने र पूरा गर्ने शक्ति। जीवनको मोड अनुसार हरेक व्यक्तिले कहि न कहि उत्साहको अपेक्षा गरेको हुन्छ। छोराछोरीले आमाबाबुबाट, विद्यार्थीहरुले शिक्षकहरुबाट, कर्मचारीहरुले हाकिमबाट, विश्वासीहरुले अगुवाहरुबाट अनि नयाँहरुले पुरानाहरुबाट। अपेक्षा निरन्तर चलिरहन्छ। अपेक्षा गरेअनुसार नै उत्साह दिने सृंखला माथि देखि तल भएर बगेको छ। आमाबाबुहरुले छोराछोरीलाई, शिक्षकहरुले विद्यार्थीहरुलाई, हाकिमले कर्मचारीहरुलाई, अगुवाहरुले विश्वासीहरुलाई उत्साह दिने परिपाटि बसेको छ, विभिन्न स्वरुपमा, यधपि यो काम कसैले पर्याप्त मात्रामा गरेका छन भने कसैले कर्तव्यबाट पन्छेर नगन्य मात्रामा।
यस क्रमलाई निरन्तरता दिएरनै होला, सायद, उत्साह आफुभन्दा माथिका मानिसहरुबाट अपेक्षा गरिन्छ अनि ज्येष्ठहरुले सानाहरुलाई, आमाबाबुहरुले छोराछोरीलाई, शिक्षकहरुले विद्यार्थीहरुलाई, हाकिमले कर्मचारीहरुलाई, अगुवाहरुले विश्वासीहरुलाई उत्साह दिने परिपाटि चलेको छ। अनि यो असल छ।
तर एकचोटि यो उत्साह दिने सृंखलालाई उल्टो पारेर हेर्न पाए कसो होला? नयाँ सोच र शब्दले व्याख्या गर्न पाए कसो होला? अनि व्यवहारमा पनि उतार्न पाए झन कसो होला? स्काइफर इन्टिच्युट अफ चर्च लिडरसिप डेभलपमेन्ट, अमेरिका, बार्ना रिर्सच जस्ता अरु थुप्रै रिर्सच सेन्टरहरुको तथ्याड्ढलाई अध्ययन गर्ने हो भने उत्साह दिने परिपाटि माथिबाट तल मात्र नभई तलबाट माथि पनि हुन उत्तिकै महत्वपूर्ण देखिन्छ। अध्ययनका केहि तथ्याड्ढहरुलाई हेरौः
१५०० पाष्टरहरुले हरेक महिना पाष्टरिय सेवाकाई छाड्छन।
८० पाष्टरहरु आफ्नो काममा निरुत्साहि छन।
७० पाष्टरहरु डिप्रेशनसंग संर्घष गर्छन।
७७ पाष्टरहरुको वैवाहिक सम्बन्ध वा पारिवारिक सम्बन्ध राम्रो हुन सकेको छैन ।
७० पाष्टरहरुले पर्याप्त तालिम र सरोकार पाएका छैनन ।
८० पाष्टरहरुले हप्ताको ६० घण्टाभन्दा बढि काम गर्छन ।

यस्ता अरु थुप्रै तथ्याड्ढहरु छन जसले हामीलाई चर्को आवाजमा उनीहरु प्रतिको हाम्रो कर्तव्यको बारेमा फुकिरहेछन। यो अध्ययन अमेरिकामा गरिएको भए पनि हाम्रो नेपालको अवस्थामा पनि सहि हुने संकेतहरु अनुभव गरेको हुनाले लेख्ने जमर्को गरेको हु। अब हाम्रा विश्वासीहरुले आफ्नो पाष्टरहरुको लागि पनि सोच्ने कि? प्रार्थनामा सम्झेर उत्साहको हातेमालो गर्ने कि?

हामी संसार भरि प्रभुको काम गर्नु पर्छ भनि गफ हाक्ने विश्वासीहरुले हामीलाई सिकाउँने, उत्साह दिने, भेट्न आउँने, सहयोग गर्ने अगुवापाष्टरहरुको बारेमा पनि सोच्ने कि? के हामीलाई थाहा छ हाम्रो पाष्टर के कुरामा संर्घष् गर्दैहुनुहुन्छ? के आज शनिबार हामीलाई मिठो वचन सुनाउँने अगुवाले घरमा गएर खाजा खान पाउँछ? के बेलुका उहाँको घरमा चुलो बल्छ? के उहाँले आफ्नो नानीहरुको फि तिर्न सकेको छ? के उहाँसंग उहाँको श्रीमतिको पेटको समस्याको उपचार गर्ने पैसा छ? के सेवा गर्ने क्रममा परमेश्वरको आनन्द उहाँमा छ? के उहाको परिवारले उहाको सेवामा सहयता पुर्याउँछ? के मंडली शुरु गर्दाको जोस उहाँमा अझै छ? अनि के हामीसंग उहाँको समस्यालाई सुन्ने र बुझ्ने समय छ? सहयता गर्ने साहस छ? हातेमालो गर्ने हृदय छ? असल अगुवाहरुको टड्कारो अभावको विश्वव्यापि माहौलमा, पाष्टरहरुको संर्घषमय जीवन यापनको यथार्थतामा उहाँहरुको सेवा प्रतिको चाहना र निरन्तरता चुनौतिपूर्ण साबित भएको छ। त्यसो भए सबै विश्वासीहरुले मंडली शुरुवातकोर् इतिहासमा, प्रेरितहरुको पालामा जसरी उहाँहरुको सेवाकाईको उत्साहको लागि जमर्को गरि हृदय खोल्ने बेला भएन र? मंडलीका विश्वासीहरुलाई उत्साहको श्रंखलाको यो पाटो पनि सिकाउँने बेला भएन र? छोराछोरीलाई यसको आशिषित अनुभुति दिलाउँने बेला भएन र? विद्यार्थीहरुलाई यसको मिठासपूर्ण रहस्य उजागर गर्ने बेला भएन र?

हाम्रो घरका छोराछोरीले आमाबुबाको संर्घषलाई बुझि उत्साहको माहौल सृजना गरे हाम्रो घर कस्तो हुन्थ्यो होला? विद्यार्थीहरुले शिक्षकहरुको परिश्रमलाई बुझि सम्मान गर्न सकेमा हाम्रो विद्यालयहरु कस्तो हुन्थ्यो होला? विश्वासीहरुले पाष्टरअगुवाहरुको खाँचो र समस्या बुझिदिए हाम्रो मंडली कस्तो हुन्थ्यो होला?

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In