मंसिर १०, २०८३ बिहीबार
काठमाडौं, मंसिर १०। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। उनले सिम्रन खड्कासँग विवाह गरेका हुन्। रोहितले थाइल्यान्ड पुगेर विवाह गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन्।
विवाहको तस्बिरसँगै उनले लेखेका छन्, ‘सपना निर्माण गर्ने यात्राका सहयात्रीबाट जीवनभरका सहयात्रीसम्म। यहाँबाट सधैँका लागि।’ उनको विवाहको खबर सार्वजनिक भएसँगै नेपाली क्रिकेट समर्थक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना दिइरहेका छन्।
रोहितले कम उमेरमै नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाएका थिए। सन् २०२२ नोभेम्बरमा राष्ट्रिय टोलीको कप्तानी सम्हालेका उनले सन् २०२३ को एसिया कपसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नेतृत्व गरेका थिए। उनको नेतृत्वमा नेपालले क्रिकेटमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो। विवाहको खबरसँगै उनलाई नेपाली क्रिकेट क्षेत्रका खेलाडी, समर्थक तथा शुभेच्छुकहरूले नयाँ जीवनको सुरुवातका लागि शुभकामना दिइरहेका छन्।















Discussion about this post