मिति २०७२ जेठ १४ गतेका दिन सानोठिमी भक्तपुरमा युसेपको कार्यालयमा खाने पानी शुद्ध गर्ने उपकरण हस्तान्तरण र जडान गरी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सानो ठीमी टेक्नीकल स्कूलमा पानी सुद्ध गर्ने उपकरण जडानपछि शुद्ध भएको पानी पिएर राष्ट्रिय दलित अायाेगका अध्यक्ष माननिय मानबहादुर नेपालीले उद्घाटन गर्नुभएको थियो। रेभ पास्टर मुकुन्द शर्माले साथै अरूले पानी पिउनुभएको थियो। ५०० लिटर पानीको ट्यांकीमा उपकरणलाई प्रयोग गरिएको थियो। लगभव ३० मिनेटपछि पानी पिउन योग्य भएको पानीको शुद्धिकरण नाप्ने उपकरणले देखाएको थियो।
पानी शुद्ध गर्न खाने नुन र क्लोरिन उपकरणमा राखेर यसको माध्यमबाट पानीमा भएका व्यक्टेरीया नष्ट हुन्छन र पानी पिउन योग्य हुन्छ। पानी शुद्ध अथवा पिउन योग्य छ कि छैन भनि पत्ता लगाउन पानी जाँच्ने उपकरणमा राखेर थाह पाउन सकिन्छ।
टीएफएन, आइटीन र वाटरस्टेपको सहकार्यमा युसेप नेपालमा उपकरण जडान गरिएको हो। युसेप नेपालका अध्यक्ष रामकृष्ण निरौलाले पानी शुद्ध बनाउने उपकरण युसेप नेपालको लागि नौलो र यसले सहायता भएको कुरा पनि बताउनुभएको थियो। प्रविधि सम्बन्धि सिकाइने स्कूलमा यसको महत्व भएको कुरा पनि बताउनुभएको थियो। सो जडान तथा उदघाटन कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्नो विचार राख्नुभएको थियो। सोही अवसरमा माननीय मानबहादुर नेपालीले टिएफएन नेपाल र यूसेफसँगको आफ्नो व्यक्तिगत सम्बन्ध र सामाजिक कार्यमा गरेको योगदानको प्रशंसा गर्दैं पानी शुद्धिकरण गर्ने उपकरण जडानले धेरै सहायता हुने कुराको बारेमा बोल्दै आफ्नो मनतब्य राख्नुभएको थियो। पास्टर मुकुन्द शर्माले रुपान्तर नेपालले सामाजिक कार्य गर्दै आएको कुरा र अहिले राहत वितरण गर्दै गरेको कुरा राख्नुभएको थियो साथै पानी शुद्धिकरण गर्ने उपकरण युसेफ नेपाललाई हस्तान्तरण गर्न पाएकोमा खुसी प्रकट गर्नुभएको थियो।
पास्टर टंक सुबेदीले पानी शुद्ध पार्ने उपकरणको महत्व, उपकरणलाई जोड्ने तरिका, पानीलाई शुद्ध पार्न प्रयोग गर्ने तरिकाको बारेमा बताउनुभएको थियो। साथै पानीमा प्रयोग हुने वस्तुहरू देखाएरै सिकाउनुभएको थियो। १०० वटा उपकरणहरू वाटरस्टेप संस्थाद्वारा नेपालमा पठाउन सहायता गर्नुहुने एनडी लामाले सहायता गरेको कुरा पनि बताउनुभएको थियो।
वाटरस्टेप संस्थाले विश्वका २६ वटा राष्ट्रहरूमा यो प्रविधिको प्रयोग भएको कुरा वेवसाइटबाट जानकारी भएको छ।
Discussion about this post