सुनिल राजभारत, बनेपा – गत फाल्गुन ७ गते बनेपा सि.वि.एस को आयोजनामा “Solution of Youth Frustration And Depression” सम्वन्धि एक दिने कार्यक्रम भएको छ। जसको Theme १ पत्रुस ५:७ “आफ्ना सबै फिक्रीउहाँका अघि राखिदेओ किनभने उहाँले नै तिमिहरुको हेर विचार गर्नुहुन्छ” रहेको थियो। वर्तमान समयमा हाम्रो मण्डलीमा रहेका जवानहरु विभिन्न किसिमका शारीरिक तथा मानसिक तनावबाट ग्रसित भएका कारण उनीहरु आफ्नो जीवन सफलतापूर्वक बिताउन नसकिरहेको अवस्थामा त्यसको प्रत्यक्ष असर मण्डली, परिवार तथा उनीहरु आफैले आफ्नो व्यक्तिगत जिवनमा महसुस गरिरहेकाले यस्तो जटिल समस्याबाट उनीहरुले कसरी छुटकारा पाई एउटा विजयी जिवन जिउन सक्छन् भन्ने विषयमा जानकारी गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो। उल्लेखित विषयमा भक्तपूर मसीह मण्डलीका एल्डर शावल श्रेष्ठ ज्यू्ले Frustration र Depression ल्याउने कारणहरु र त्यसबाट छुटकारा पाउन उपाय भनेको केवल परमेश्वर नै हुनुहुन्छ भनि सिकाउनु भएको थियो। (वक्ता नेपाल एवेनेजेर बाइबल कलेजका डिन एवम् शिक्षक पनि हुनुहुन्छ)। कार्यक्रममा सहभागी व्यक्तिको प्रतिक्रिया अनुसार कार्यक्रम समग्रमा आशिष पुर्ण भएको बताइएको छ भने सहभागी हुनेमा धुलिखेल, बनेपा, आँपघारी, दाप्चा, पनौति, साँगा, भक्तपूर लगायत ठिमीबाट गरि २०० जनाभन्दा बढी जवानहरुको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रम विविध साँस्कृतिक कार्यक्रमकाविच सम्पन्न भएको थियो जसमा विभिन्न मण्डलीका जवानहरुले गित, नृत्य, कोरियोग्राफी, नाटक आदि प्रस्तुत गरेका थिए भने सञ्चालक मनिष अधिकारी र शान्ति तोलाङ्गबाट ठट्यौली पारामा रमाईलोसँग कार्यक्रम सञ्चालन भएको सहभागी व्यक्तिहरुको भनाई रहेको थियो।
Discussion about this post