नेपालको मानवअधिकारको सर्न्दभमा राज्यका नीतिहरु, विधिहरु, कार्यक्रमहरु र संस्थागत व्यवस्थाहरु एवम् तिनका कार्यान्वयनको पुनरावलोकन र विश्लेषण गर्ने उद्देश्यका साथ राष्ट्रिय तहको कार्यशाला गोष्ठि आजबाट काठमाडौंमा शुरु भएको छ।
संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् आगामी २०१५ को मार्च महिनामा प्रस्तुत हुने विश्वव्यापी आवधिक समीक्षाका लागि ३३ वटा नेपाली गैरसरकारी संस्थाले आफुले काम गरेको क्षेत्र र बिषयका बारेका आजबाट ५ दिनसम्म बृहत छलफल र सुक्ष्म अध्ययन गरि संयुक्त राष्ट्रसङ्घ अर्न्तर्गतको मानबअधिकार परिषदमा प्रतिबेदन प्रस्तुत गर्नेछ।
आजबाट शुरु भएको परामर्श बैठकमा नेपालमा मानबअधिकारको अबस्था, बालिकाहरुको हक हित समबन्धि अबस्था, देशबाट युवाहरुको पलायन हुने अवस्था, विश्वव्यापी मौसम परिबर्तन र प्राकृतिक स्रोत साधनको अवस्था, शान्ति र पूनस्थापना, धार्मिक स्वतन्त्रता एवम् न्यायमा दलितको पहुचँ र भेदभाव लगायत समसामयिक बिषयमा घनिभूत छलफल हुनेछ।
छलफलपछि निस्किएका निचोड, सुझाव र सल्लाहलाई कसरी नेपालमा लागु गर्ने वा लागू गर्न सरकारलाई अन्तराष्ट्रिय दबाब सृजना गर्ने भन्ने बिषयमा यो परामर्श बैठक केन्द्रित हुनेछ।
कार्यक्रमको संयोजन जागृतिबाल तथा युवा सरोकार नेपालले गरेको थियो।
News prepared by Samita Lama
News prepared by Samita Lama
Discussion about this post