• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दिलशोभा र मेरो मनमा उब्जिएका खुल्दुलीहरु

by Jagadish Pokhrel
March 9, 2014
in Articles, Socio-political

रन्जु मार्ग

व्यक्तिगत रूपमा म दिलशोभालाई चिन्दिन तर उनी समाजसेवाको क्षेत्रमा सार्वजनिकनाम कमाइसकेकी व्यक्तित्व हुन् | बिजयकुमारको उनीसगको अन्तरबार्ताले म लगाएत धेरै नेपालीलाई उनको पून्यकर्मकाबारे जानकारी भएको हुनुपर्छ |

धेरै मानिसहरूजस्तै मेरो मन पनि यतिबेला दुखिरहेछ दिलशोभामाथि लागेका आरोपहरू सुनेर! सातसमुन्द्रपारि रहेका हामी जस्ता लाखौँ नेपालीहरू पत्रपत्रिकामा आएको समाचारका आधारमा उनलाई तौलिरहेका छौं, आफैसंग प्रश्न गरिरहेका छौं | सत्य र असत्यको अनुमान गरिरहेका छौं | कहिले सत्यताको नजिक नजिक पुग्छौं कहिले असत्यताको अप्रमाणित शब्दहरूले मर्माहत हुन्छौ | यो एक मानववीय स्वभाव हो | मानव जन्मजातै शंकालु छ, पापी पनि छ |उसभित्र अनेकन लोभ लालच ,रिस राग आडम्बरले जरा गाडेर बसेका हुन्छन |हामी पनि मान्छे न हौ ! हामीभित्र पनि यस्तै अवगुणहरु लुकी छिपी बसेको हुन्छन | फरक यति हो त्यसको मात्रा भने मान्छेपिच्छे फरक फरक हुनसक्छ | तर हाम्रो स्वभानाकुल सोचेका कुराहरु सबै सही हुन्छन् त? हामीले शंका गरेका सबै कुरा साचा हुन्छन् त? कदापि नहोलान | शंका गर्ने अधिकार त हामीलाई छ, तर के यसो भन्दैमा आफ्नो विवेकको प्रयोग नै नगरी अन्धाधुन्दा अरुले भनेकै भरमा लागेर शंका गर्नु आरोप लगाउनु, यहासम्मको गाली गलौज गर्नु कहांसम्मको न्याय हुन जान्छ?

म सम्झिरहेको छु, जिसस क्राइस्टमाथि उनका आफ्नै एक चेला जुडासले गरेको विश्वासघात! जुन चेला रातोदिन उनीसंगै हिड्थे, शिक्षा-दीक्षा लिन्थे, उनी संगै बस्थे , उनी संगै खान्थे, तिनै चेलाले रोमन सरकारका सिपाहीहरुसंग मिलेर षड्यन्त्र गरे | उनी माथि अनेकन् संगीन आरोपहरु लगाइए! “सबैलाई माया गर्नुपर्छ, शत्रुलाई पनि माया गर्नु पर्छ”, भन्ने उनका तर्क र व्यवहारहरू गलत थिए त? आज दिलशोभा माथि पनि अनेकन् आरोप लागिरहेछन, यतिका बर्ष उनले गरेका कामहरुलाई बालुवामा हालेको पानि प्रमाणित गर्ने हर्कतहरू भैरहेका छन् | उनका अन्जानमा भए-गरेकाजस्ता कामहरुलाई आधार बनाएर, उनको नियतमाथि नै प्रश्नचिन्ह खडा गर्न खोज्नु कतिको न्यायसंगत ठहर्ला?आरोप लगाउनुभन्दा अघि एकपटक उनको पृष्ठभूमिको पनि अध्ययन गर्नु पर्ने होइन र? उनले बृद्दवृदाहरूको सेवा गर्न थालेको भर्खर मात्र त होइन | उनले त आज भन्दा अठार बर्ष अगाडि देखि नै यो काम गर्दै आएकी हुन् । जुन बेला उनी आफ्नै पारिवारिक समस्याको भुमरीमा रुमल्लिरहेकी थिन, जुन बेला उनलाई जीवन भन्दा मृत्यु प्यारो लागिरहेको थियो, त्यस्तो बिषम परिस्थितिसंग जुद्दै उनले अरुको सेवा गर्ने निर्णय गरेको कुरा सबैमा खुलस्त भएको कुरा हो |आफ्नो लागि त जो पनि बाँचेकै छ, तर अरुको लागि बाँच्नु भनेको ठुलो सहासको कुरा हो | अरूको खुसिकोलागि रमाउने मन,अरुको दु:खको लागि रुने आँखा सायद यो संसारमा कम मानिसहरूले पाएका हुन्छन् |ति मानिसहरु मध्ये एक हुन दिलशोभा! जसको हृदयमा ममतादेखि बाहेक अरुकुरा केही अटाउलाजस्तो लाग्दैन मलाई | उनका लागि नियम कानुन परका कुरा हुन्, ती सबै जान्दिनन उनी, तर! मान्छेले माया पाउनु पर्छ,खान पाउनु पर्छ,न्यानो पाउनु पर्छ भन्ने कुरा मात्र थाह छ उनलाई | के यस्तो सोच्नु गलत हो त ?

आज उनलाई गम्भिर आरोप लगाइएको छ, यौनदुराचारी रे उनी! उनको टेप रेकर्डिगको जुन सम्बाद छ त्यसमा उनले कुनै पनि हालतमा गलत उद्देश्यका लागि कुरा गरेको बुझिदैन! त्यहाँ त एकतर्फी कुरा मात्र सुनिन्छ | एकतर्फी कुराबाट कसरी तथ्य कुरा थाहा हुन्छ र? किन यसरी हाम्रो बिश्वासको धरोहर हल्लाउन खोजिदैछ? यसका पछाडी कुनै रहस्य या षड्यन्त्र त छैन? के त्यसको खोजी हुनु जरुरी छैन?

hqdefaultनिश्चय पनि अरुको सेवा गर्ने काम जटिल काम हो | आफ्नै घरमा आफ्ना बुढा बा-आमा,छोरा-छोरीहरुको त चित्त बुझाउन त गारो पर्छ भने उनले त घर बाट असन्तुष्ट, हेपिएर,दबिएर,घर-झगडा गरेर आएका मानिसहरुलाई आश्रय दिएर राखेकि हुन् | यस्ता मान्छेहरुलाई मनाउन,चित्त बुझाउन निकै नै गाह्रो काम हो | सामान्य सुधारका लागि कहिलेकहिँ ठूलो स्वरमा बोल्नु पर्ने हुन्छ ,कहिले हप्काउनु पनि पर्ने हुन्छ| जसरी आमाले आफ्ना छोराछोरीहरुलाई कहिलेकाही गाली गर्छिन, हप्काउछिन ठीक त्यसरी नै दिल शोभाले पनि ती बुढाबुढीहरुलाई, केटाकेटीहरूलाई कहिलेकाही हप्काइन् होला, तर पक्कै पनि तिनिहरुलाई ” तातो न्यानो” दिने काम बाट चुकिनन होला |

नेपालीमा एउटा उखान् छ ‘हावा नचली पात हल्लिदैन’| हुनसक्छ उनको आमाघर भित्रको ब्यवस्थापनमा कमिकम्जोरी भएका होलान, सफा सुग्घरको कमी भएको होला, उनले आधुनिक नियम कानुन नजानेको होला तर त्यसो भन्दैमा उनको मन नै दुषित भएको त भन्न मिल्दैन होला? उनका भक्कानिएर झरेका ती आँसुहरूलाई नक्कली त भन्न मिल्दैन होला?

जसरी ज्वालामुखी धर्तीको कोमल भाग चिरेर बाहिर निस्कन्छ, ठीक त्यसैगरि यो दुनियाँ पनि मान्छेको कोमलपनमा तरबार चलाउन खोजिरहेको हुन्छ, तर नखाएको विष लाग्दैन | उनकै भाषामा सबैलाई तातो र न्यानो माया दिन अघि बढिरहेका दिल शोभाका पाइलाहरु डगमगाउनु हुदैन! हो, उनले गल्ती गरेकीरहेछिन् भने उनलाई कानुनी आधारमा सजाँय हुनुपर्छ तर अहिले सम्मको प्राप्त प्रमाणकै आधारमा भने उनलाई दोषी ठहराई हाल्न अलिक छुद्रता हुन्छ कि? नत्र, यस्ता मित्था आरोपले दिल शोभाका पाइलाहरु डगमगाउनु हुन्न, अन्यथा, समाजले फेरि अर्को दिलशोभा जन्माउन धेरै पर्खनुपर्ला कि?

www.khabardainik.com   बाट

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In