• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सन्दर्भ ‘ख्रीष्टमस’को

by NC Reporter
December 23, 2013
in कबीता, ख्रीष्टमस शुभकामना

– राजेश भुजेल

ख्रीष्टमस इसाईहरुको महान पर्व हो ।
‘ख्रीष्ट’ चाँहि एउटा ग्रीक शब्द हो,
जसको अर्थ ‘अभिषेक’ भएको व्यक्ति हो ।
उही शव्द हिब्रु भाषमा ‘मसीह’ हो ।
परमेश्वरले येशू ख्रीष्टलाई अर्थात मसीहलाई
संसारको मुक्तिदाता हुनलाई अभिषेक
गर्नुभयो । येशूको अर्थ मुक्ति दिने
व्यक्ति भन्ने हुन्छ । सबै मानिसहरुलाई
तिनीहरुका पापबाट
मुक्ति दिनका लागि मुक्तिदाताको रुपमा येशूल
अभिषेक गरिएको कुरा बाइबल धर्मशास्त्रले
बताउँछ । यो पर्व मनाउने चलन इश्वी सम्वत
३३६ ए.डी. मा रोमबाट सुरु भएको इतिहास
पाइन्छ । प्रत्येक वर्षको डिसेम्बर २५
तारीकका दिन विश्वभरका इसाइहरुले
ख्रीष्टमसलाई एक महान
चाडको रुपमा मनाउने गर्दछन् । अहिले आएर
गैरइसाईहरुले पनि यस चाडमा समावेश भएर
रमाइलो गर्न थालेका छन् ।
यस दिनको एक हप्ता पछि नयाँ वर्ष सुरु हुने
भएकोले पनि यो चाडको महत्व बढेको हुन सक्छ
। ख्रीष्टको जन्मदेखि नै अंग्रेजी मिति कायम
भएको पाइन्छ । अंग्रेजी शब्दकोष अनुसार
येशूको जन्म भन्दा पहिलेको समयलाई बी.सी.
भनिन्छ भने पछिको समयलाई ए.डी. भनिन्छ ।
यसरी येशूको जन्मको आधारमा अंग्रेजी मिति सुरु
भएको इतिहास पाइन्छ । रोमी सम्राट
कन्सनटेन्टाइनले इसाई मत ग्रहण
गरेपछि येशूको जन्मदिन मनाउनुपर्छ भनेर
घोषणा गरेका थिए । बी.सी. ३१ देखि ए.डी.
१४ सम्म कैसर रोमी साम्राज्यको सम्राट
थिए । जुन ठाउँ अहिले आएर
इटलीको राजधानी भएको छ । सम्राट कैसरले
पश्चिम यूरोपको सबै राज्यहरुमा शासन
गरेको इतिहास पाइन्छ । पछि आएर सिजर
अगष्टसले पश्चिमी यूरोप कब्जा गरी शासन
गर्दा आफ्नो शासनभित्रको क्षेत्रको जनगणना
इच्छा गरेर जनगणना लिन कर्मचारीहरुलाई
ठाउँ ठाउँमा खटाएका थिए ।
त्यसैबेला येशूका बाबु आमा आफ्नो नाम
लेखाउनलाई इस्राएलको बेथलेहेम गाउ
जानुपरेको थियो । त्यही बेला योसेफ र
मरियम इस्राएलको बेथलेहेम भन्ने
गाउँमा जाँदा त्यही नै येशूको जन्म
भएको थियो ।
येशूको आमा बुवा गालीलको नासरत भन्ने
ठाउँका थिए । येशू ख्रीष्टको जन्म बेथलेहेम
भन्ने ठाउमा भएको थियो ।
येशूका चेला लूकाले येशूको बारेमा वर्णन
गरेको इतिहास अनुसार येशू
जन्मेको ठाउँमा प्रशस्त गाई गोठालाहरु
बस्दथे । तिनै गोठालाहरु मध्ये एक
जना प्रभुभक्त भएका थिए ।
त्यही भक्तको कारणले गर्दा त्यस
ठाउँमा प्रभुको दृष्टि अर्थात तेज
परेको थियो । त्यो तेजले
गर्दा त्यहाँको गोठालाहरु डराए । स्वर्गबाट
प्रभूका दूतले “तिमीहरु नडराओ बरु समाचार
आनन्दले सुन” भने । त्यहाँ येशूको जन्म
भएको खबर स्वर्गदूतहरुले एउटा सामान्य
गोठालाहरुमाझ बताएका थिए । जब
स्वर्गदूतहरु गोठालाहरुमाझ प्रकट भए,
त्यतीबेला प्रभुको तेज
गोठालाहरुको वरीपरी चम्केकाले तिनीहरु
अति साह्रै डराएका थिए ।
त्यही समयमा स्वर्गदूतहरुले गोठालाहरुलाई
सन्देश दिएका थिए “आज दाउदको शहरमा एक
जना मुक्तिदाताको जन्म भएको छ,
उहाँ ख्रीष्ट मसिह प्रभु हुनुहुन्छ ।”
त्यो सबैका लागि शुभ समाचार थियो ।
ख्रीष्ट मुक्तिदाताको रुपमा यस
संसारमा जन्मनुभएको कुराले स्वर्गदूतहरुले
पनि रमाहट गरेको कुरा येशूका चेला डाक्टर
लूकाले बताएका छन् ।
येशूका अर्का चेला मत्तिले स्वर्गदूतले ‘मरियमले
जन्माएको बालकको नाम येशू राख्नु’ भनेर
योसेफलाई आज्ञा गरिएको थियो भन्ने
कुरा उल्लेख गरेका छन् । ‘येशू’ चाहीँ हिब्रू नाउँ
‘यहोशू’ को ग्रीक अनुवाद हो । येशू र
यहोशूको अर्थ ‘प्रभुले उद्धार गर्नुहुन्छ’ भन्ने
हुन्छ । येशू मानिसको मुक्तिदाता हुनुहुन्छ भन्ने
कुरा लेखकहरुबाट बुझ्न सकिन्छ ।
येशूको जन्मको यो उत्सवलाई आज विश्वका सबै
देशहरुमा ख्रीष्टमसको रुपमा हर्षोल्लासका सा
मनाइने प्रचलन बढ्दै गएको छ ।
सोभियत यूनियनमा रसियन
क्रान्तिपछि करिब ७५ बर्षसम्म ख्रीष्टमस
मनाउन प्रतिबन्ध लगाइए पनि हाल आएर
अमेरिका लगायतका देशहरुमा ख्रीष्टमसको चहल
२५ डिसेम्बर भन्दा अघिदेखि र
नयाँ वर्षको पहिलो दिनसम्म नै हुने गर्दछ ।
येशू ख्रीष्ट जन्मनुभएको बार, मिति, समय र
ख्रीष्टमस मनाइएको उदाहरण बाइबलमा कतै
पनि उल्लेख गरिएको छैन । तर
बाइबलमा यसरी उल्लेख भएको छ कि ख्रीष्ट
येशूको जन्म भएको हो, बार मिति समय
थाहा नभए पनि यस्तै
चिसो मौसममा उहाँको जन्म भएको हो ।
यही कुरा येशू जन्मनु भन्दा ७५० वर्ष
अगाडिदेखि नै अगमवाणी हँुदै आएको थियो ।
हाल आएर विश्वका सबै देशहरुमा मनाइने
यो पर्वको मुख्य
विशेषता भनेको प्रमेश्वरको प्रेम झल्काउनु
हो । किनकि परमेश्वरले प्रेम प्रकट गरेर
आफ्नो एक मात्र पुत्रलाई
संसारमा पठाउनुभयो र आपूm बलिदान भएर
परमेश्वर र मानिससँग मिलाप
ल्याउनको निम्ती येशूले संसारमा जन्म
लिनुभएको थियो ।
स्वीडन, अमेरिका, बेलायतमा ख्रीष्टमस
मनाउन सार्वजनिक विदा दिइन्छ । २०६४
साल पौष १२ गते नेपाल सरकारले
पनि ख्रीष्टमसलाई राष्ट्रिय
चाडको मान्यतासहित पुष १० गते एक
दिनको लागि सार्वजनिक विदा दिने निर्णय
ग¥यो र २०६५ सालदेखि उक्त निर्णय
कार्यन्वयनमा आएको छ । ख्रीष्टमसलाई
राष्ट्रिय चाडको मान्यता दिइसकेको र
अन्तरिम संविधानमा समेत धर्म निरपेक्ष
राष्ट्र लेखिएको अवस्थामा पनि राज्यले
विभिन्न धर्मवलम्बिहरुला ई दिने
सुविधामा भेदभाव गर्नु हँुदैन । अहिले कुनै
चाडमा धेरै दिनको लामो विदा दिइएको छ
भने ख्रीष्टमसको लागि एक दिनको मात्र ।
यस्तो विभेदले गर्दा ख्रीष्टमस
जस्तो पर्वमा दिइएको एक
दिनको छोटो विदामा धेरै कामहरु
भ्याइनभ्याइकन सिध्याउन बाध्य भइरहेका छन्
। येशूको सन्देश बाड्नलाई ठाँउ ठाँउमा जान र
कार्यक्रमहरु गर्नलाई र आफन्तहरुसँग भेटघाट
गर्न पनि नभ्याइने र केवल चर्चमा कार्यक्रम
गर्न मात्रै समय पुग्ने भएकोले
ख्रीष्टमसको विदा केही दिन बढी भए सहज
हुने थियो ।
यसको लागि परमेश्वरमा प्रार्थना चढाउनेछौं
नेपालमा पनि इसाईहरुले केही वर्ष
यता धूमधाम रुपमा ख्रीष्टमस मनाउन
थालेका छन् । डिसेम्बर २५
भन्दा अगाडिदेखि नै
ख्रीष्टमसको रौनकता छाउन सुरु हुने
भएतापनि पुष १० गते भने येशू
ख्रीष्टको जन्ममा रमाहट
गरी ख्रीष्टमसको शुभकामना सहित उपहार
आदनप्रदान गर्न मानिसहरुको जमघट हुने
गर्दछ । हाल गैरइसाईहरुमाझ पनि लोकप्रिय
बन्दै
गएको ख्रीष्टमसमा येशूको जन्ममा आधारित
भएर क्यारोल खेल्नु, ख्रीष्टमस
ट्री घरमा सजाउनु, मैन बत्ति बाल्नु
आदिको पनि छुट्टै महत्व छ भने ख्रीष्टमस
कार्ड बाड्नुको पनि अर्कै महत्व रहेको छ ।
ख्रीष्टमसको अवसरमा काठमाण्डौ लगायतका श
गल्ली, तारे होटल, सुपर मार्केट
आदि ठाउँहरुमा विशेष छुट सहित व्यापार र
व्यवसायहरुको प्रवद्धन गरिरहेको पाइन्छ भने
कतै सामाजिक कार्यमा पनि प्रयोग गरिने
गरिएको छ । आजकाल त्यस्ता व्यापारिक
केन्द्रहरुमा ख्रीष्टमसको दिन सुसमाचार
सुनाउन भनेर अफर पनि आउने गरेको छ ।
क्यारोल खेलेर जम्मा भएको भेटीले
बाटो घाटो निर्माण, अनाथलाई सहयोग,
सरसफाई जस्ता सामाजिक कार्यहरु गर्ने
थालनी पनि भएको छ, यो एकदमै राम्रो पक्ष
हो ।
ख्रीष्टमस भन्ने वित्तिकै
येशूको जन्मउत्सवमा मनाइने एउटा महान पर्व
हो र यसमा मुक्तिदाता येशूको जन्म
भएको घोषणा गर्दै संसारका सबै
मानिसहरुलाई परमेश्वरले प्रेम गर्नुहुन्छ,
ख्रीष्ट येशू मुक्तिदाता हुनुहुन्छ, ख्रीष्ट
येशूमा जीवन छ, ख्रीष्ट येशू साँचो परमेश्वर
हुनुहुन्छ र जिवित परमेश्वर हुनुहुन्छ भनेर
सारा संसारलाई दिने एउटा सन्देश नै
ख्रीष्टमसको मुख्य सन्देश हो । उक्त सन्देशलाई
क्यारोलमार्फत घरघरमा सुनाउने र
उहाँको जन्मको घोषण गर्ने गरिन्छ ।
हामीमा हरेक दिन ख्रीष्टमसमा जस्तै उत्साह
र उमंगमा ख्रीष्टिय जीवन बिताउनुपर्दछ ।
विविध सकारात्मक
पाटोहरुका बिचमा पनि खी्रष्टमस भित्र
केही विक्रितीहरु पनि भित्रिरहेका छन् ।
जस्तै यूवा पुस्ता र अन्य व्यवसायीमाझ
यो पर्व सामान्य मनोरञ्जन, व्यापार र
नाफा नोक्सान, लेनदेन
आदि इत्यादिको रुपमा भएको देखिन्छ ।
ख्रीष्टमसको नाउँमा हुने व्यापारिकरण
तथा जथाभावि रमाइलो गर्दा यसको महत्वपूर्
पक्ष भने ओझेलमा पर्न जाने निश्चित छ । त्यसैले
अन्य सँस्कृतिको नक्कल गरेर वा नकारात्मक
ढंगले भड्कीलो र खर्चिलो किसिमले नभई
परम्परा र सँस्कार सँस्कृतिलाई जोगाउँदै
अध्यात्मिक उन्नती तर्फ उन्मुख भइ शान्ती र
सद्भाव फैलाउने किसिमको बाइबलमा आधारित
ख्रीष्टमस मनाउन सके यो महान उत्सव चाड,
साँच्चैको सार्थक हुने छ ।
अन्तमा यो वर्षको ख्रीष्टमसको उपलक्ष्यमा स
इसाई समुदायमा शुभकामना ‘विशेष
गरी देशमा शान्ती, सुव्यवस्था कायम होस,
देशका सम्पूर्ण नागरिकहरु उन्नती र
प्रगतीमा अघि बढ्न सकून’ नयाँ वर्ष सन्
२०१४ को हार्दिक शुभ–कामना ।

Related Posts

December 15, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-२)

July 27, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-१)

July 27, 2021

धेरै ढले ढल्दै छन्

May 27, 2021

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In