म सुन्छु
अँध्यारो ईतिहासको नेपथ्यबाट
गुन्जिएको पुरानो वियोगान्त गीत
मलिलो मलिलो माटोमुनी पुरिएका
कोमल कलिला बालकहरूको चित्कार
म देख्छु
उजाडिएको बस्तीभरि
थुप्रिएका एकरास लक्षप्रै लासहरू
भुँईमा लथारिएका ढुँगामा पछारिएका
तरबारको धारमा रेटी रेटी शरीरबाट शिर
शिरबाट शरीर अलग गरिएर चिरै चिरा पारिएका
अनि म सुन्छु
अँध्यारो ईतिहासको नेपथ्यबाट
गुन्जिएको विलापको गीत
मलिलो माटो मुनी पुरिएका
कलिला बालकहरूको चित्कार
धिक्कार त्रासदी त्यो अँधेरी रात
वियोग र विलापले आघात हाए ! विवश आमाहरू
किन्चित पनी सक्दैनन् स्विकार्न सान्त्वनाका शव्दहरू
कारण रहेनन् त्याहाँ अब उनीहरूका उज्याला दिनहरू
सबै सबै पुरिए अँध्यारो चिहानभित्र आशाका मुनाहरू
तर आज त्यही अँध्यारो चौहान भित्रबाट
मसिहको आगमनलाई स्वागत गर्दै
जीवन आहुती दिने शिशु सहिदहरू
चर्को चर्को स्वरमा चिच्याएर नारा लाईरहेछन्
नरपिचास राक्षस हेरोद र अन्धकारको शक्ति विरूद्ध
पापको दासत्व मुर्दावाद
मृत्युको शक्ति मुर्दावाद
असत्यको आत्मा मुर्दावाद
अन्धकारको राज्य मुर्दावाद
चाहे हेरोद होस या हिटलर
कुनै पनी नरकका दलालहरू
स्वर्ग राज्य विरूद्ध विजय हुनेछैनन्
खुपेन : वेलायतबाट
Discussion about this post