• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

विश्व नै ख्रीष्टमसले तातेको बेला

by Samay Kumar Ramtel
December 12, 2014
in Articles, ख्रीष्टमस शुभकामना

christmas 13चिसो चिसो मौसममा विश्व नै ख्रीष्टमसले तातेको छ। जहाँ जता गए पनि चर्चा परिचर्चा ख्रीष्टमस कै छ। इर्साई तथा गैरइर्साई सबैले नै मनाउने अन्तराष्ट्रिय उत्सव भएको छ। यो पर्व भनौ या उत्सव बुझेर या नबुझेर देश र स्थान अनुसार मनाएता पनि साँचो इर्साईहरुले भने अति नै आदरका साथ मनाउने गर्दछन्। मण्डलीका धर्मगुरु देखि लिएर साधारण सन्तहरु समेत प्रार्थना, क्यारोल गीत भजन गाउने, येशूको जन्मको बाइबल पाठ गर्ने, सन्देशमूलक नाटक तथा प्रवचन सुन्ने। एकअर्कामा शुभकामना आदानप्रदान गर्ने। उपहार तथा कार्डहरु साटासाट गर्ने। मिठा परिकार खादै रमाइलो गर्ने। नयाँ मानिसहरुलाई येशू जन्मेको शुभखबर बाढ्ने। आ-आफ्नो मण्डली भवन, घर तथा कोठाहरू सिंगार्ने। काम तथा अध्ययनको सिलसिलामा बाहिर भएका आफन्त तथा पविार जनहरु घरमा आउन जाने भएकाले र बजारहरुमा भिड लाग्ने गर्दछन्। कति इर्साई देश र मण्डली परिसरहरुमा तारा, रुख र बगैंचाहरु समेत झिलिमिली पारीएका हुन्छन्।

वास्तवमा ख्रीष्टमस जसरी मनाए पनि हाल शहरी क्षेत्रमा ख्रीष्ट र ख्रीष्टमसका अर्थ थाहा नपाउनेहरूले मैनवत्ती निभाएर, केक काटेर, युवायुवतीको हातै पिच्छे वियरको वोतल लिएर होटल र रेष्टुराँका रंगिन साँझको शारिरीक वासनामा डुबेर , व्यभिचारका थुप्रै लक्ष्मणरेखा कोरेर, अर्धनग्न पारदर्शी पहिरहनमा गाना र डिस्कोमा रक्सिले मातेर अन्त्यमा झैझगडा, होहल्ला मच्चाउदै मोटरबाइक र कारहरूमा युवाको जोस रक्सीको रोहसमा वेपत्तासँग हाँक्दै कति प्रायले ख्रीष्टमस मनाउछन्। तर यो त ख्रीष्टमसको नाममा विकृति र छाडा प्रविति फैलिएको मात्र हो। ख्रीष्टमसलाई अन्य कुनै चाडको रुपमा मात्र मानिनु हुदैन। किनकी ख्रीष्टको जन्मउत्सव उहाँकै इच्छा र चाहाना अनुरुपको हुनुपर्छ। उहाँलाई बाहिर पठाएर अथवा उहाँलाई इन्कार गरी मनाइएका कुनै उत्सवले हामीलाई आशिष् पुर्याउन सक्दैन। उहाँ विनाको जीवनले साँचोरुपमा त्यो आनन्द प्राप्त गर्न सक्दैन। अहिले येशू केही नजान्ने बालक जस्तो हुनुहुन्न। येशू सारा मानव जातिको मुक्तिदाता हुनुहुन्छ।

विश्व ब्रमाण्ड यति ठूलो छ कि हामी कल्पना गर्न सक्दैनौं। यहाँ भएका ग्रह, उपग्रह, तारामण्डल, आकाश आदि इत्यादी। परमेश्वरले पहिला नै पृथ्वीमा सृष्टिभएका तर विज्ञानले विभिन्न शताब्दीहरूमा पत्तालगाएदै आएको कुरालाई हामी तिनछक परेर अध्ययन, अनुसन्धान र विश्लेषणमा समय र पैसा खर्थ गर्र्छौ। आमसञ्चार त्रि्रवृद्धि विकासले विश्वलाई एउटा सानो गाउँ जस्तै बनाइदिएको छ। यति सम्म सेवासुविधा दिएको छ कि नयाँ मिडिया अर्थात इन्टरनेटको माध्यमबाट मनमा सोचेको कुरा पाउछौं। हाम्रा पुर्खाहरुले सिलालेख र पाटीमा लेखपढ गरें। आज हामी ल्यापटप क्प्युटरमा पढ्दैछौ। हामी र हाम्रा पुर्खाको बिचमा भएको अध्ययन र मनोरञ्जन लिने साधनहरुमा आएको यो भिन्नताले हामीलाई आधुनिक बनाएको छ। हामी यी दैनिकी रुपमा प्रयोग गर्दै आएको आधुनिक, टिभी, एफ.एम.रेडियो, पत्रपत्रिका, पुस्तक, कम्प्युटर, मोबाइल फोन, क्यामरा आदि। लाई हामी विसैन सक्दैनौ। यो हामीलाई असहज हुन्छ। नयाँ नयाँ पाठ्यक्रम र नितिहरु परिवर्तन भैराखेकाछन्। समयको गतिसँगै धेरैकुराहरु परिवर्तन हुन्छन्। तर परमेश्वर र उहाँको वचन बाइबल कहिले परिवर्तन हुदैन। उहाँ एक समानको हुनुहुन्छ। विश्वमा करिब ३२०० भाषाहरु छन् त्यस मध्य पनि २५ सय भन्दा बढी भाषामा बाइबल प्रकाशन भएको छ। विश्वमा भएका सबै शव्दकोष, भाषा र ज्ञानले उहाँको प्रंशसा र वर्णनगरे पनि त्यो सिमित नै हुन्छ। कारण सिमित ज्ञान र भाषाहरुले असिमित परमेश्वरलाई सिमा लगाउन सक्दैन। उहाँको वर्णनगर्न जो इसाईहरुलाई थप भाषा अर्थात स्वगीय भाषा दिनुभएको छ जसलाई हामी पवित्र भाषा अर्थात अन्य भाषा भन्दछौ। जुन भाषाको माध्यमबाट पनि हाम्रा त्रिएक परमेश्वरलाई स्तुत्रि्रशंसा र आराधना गर्न सक्छौं। परमेश्वरले सृष्टि गर्नुभएको कुनै दिन पनि नराम्रो छैन। हाम्रो जीवनको निम्ति प्रत्यक दिन नराम्रो अवसर सयौपटक आउन सक्छ। तर राम्रो कामको अवसर भने एकदुइवटा मात्र आउछ। त्यसैले प्रत्येक दिनको एउटा राम्रो कामले भविश्यका हजारौ काम राम्रा र सुन्दर हुन्छन्। हामीले प्रयोग गरिने सबै सञ्चारका साधनहरु सफा र स्वास्थ्य हुनुपर्छ। किनकी हामी स्वास्थ्य हुनुछ।

गतिशिल समयको चक्रसँगै भित्ताका क्यालेण्डरहरू फेरिएकाछन्। बाषिर्क योजना, समय तालिका अनि आत्मिक जीवनका रङ्ग र भाषाहरू संस्करण भएका हुनसक्छन्। विभिन्न देशका मानिसहरूको भाषा नबुझौंला तर तिनीहरूले हामी प्रति गरेको प्रेम र दया भने बुझ्न सक्छौं। कारण संसारभरीनै प्रेमको भाषा एउटै हुन्छ। जुन भाषालाई आत्माको भाषा भनिन्छ। परमेश्वरले त्यसै आत्माको भाषाबाट धेरै रोगी, लाटा, गुंगा, बैरो, सुस्तमनस्थिती, पागल, भुतात्मा लागेका सवैलाई चङ्गाईदिएको थुप्रै उदाहरणहरू छन्। जसलाई हामी जीवन साक्षीको आवाज भनी ठोकुवा गर्दछौं। विश्वलाई एउटै एकता, शान्ति र न्याय दिन सक्ने भाषा नै प्रेम हो। जुन भाषालाई म आत्मिक संगित र साहित्य भन्न रुचाऊछु। ख्रीष्ट जन्मनुको अर्थ जति प्रगाढ छ त्यति नै ख्रीष्टमस दिवसको महत्व पनि रहेको छ। इश्वी पूर्व र इश्वी संवतको वोर्डरको प्रतिक जनाउन मात्रै ख्रीष्टको जन्म भएको होइन। संसारलाई ज्योति प्रदान गर्न, पापीलाई वचाउन, शान्ति र सत्यको बाटो देखाउनको लागि पनि हो। उपहार साटासाट मात्रै नभएर तपाईको सुन्दर जीवनलाई अझ सुन्दर बनाई हरेक दिन ख्रीष्टमसको खुशी, रमझम र आनन्द कायम राख्न ख्रीष्टको जन्म भएको हो। ख्रीष्टमस तथा नवबर्ष२०१४ सालको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

samaya

समयकुमार रम्तेल, बनेपा
९८४१४२९८१६

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In