• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, July 5, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

डलरको खेतीले नेपालको विविधता समाप्त पार्दै-राजकुमार लेखी

by Jagadish Pokhrel
October 27, 2013
in On the Media

पूर्ब आदिबासी जनजाति नेता तथा राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले क्रिश्चियनहरुले जनजातिहरुलाई बिदेशी डलरको बलले भड्काउने गरेको आरोप लगाएको बारेमा सेतोपाती खबरसाइटले लेखेको समाचार यस्तो छ:
राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष राजकुमार लेखीले नेपालमा विदेशीको प्रभाव बढ्दै गएको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखीले पश्चिमा मुलुकले डलरको खेती गरेर नेपालको विविधतालाई समाप्त पारेको आरोप लगाए।
उनले पश्चिमा मुलुकले विभिन्न सरकारी र गैरसरकारी संघसंस्था मार्फत डलर बाँडेर समुदायमा क्रिश्चियन धर्मको प्रचार गरिरहेको बताए।
‘गाउँघरमा क्रिश्चियन धर्मको ब्यापक प्रचार भैरहेको छ’ उनले भने–’कतिपय गाउँको नाम नै परिवर्तन गरिएको छ। यो सबै डलरको प्रभाव हो।’
उनले पश्चिमा मुलुकको प्रभावलाई रोक्न नसक्ने हो भने कुनै दिन नेपालको विविधता सबै समाप्त हुने खतरा रहेको बताए। उनले पश्चिमा मुलुकको प्रभाव गाउँसम्म पुर्‍याउनमा आदिवासी जनजाति समुदायका केही अगुवाहरुको समेत भूमिमा रहेको आरोप लगाए।
‘हाम्रै आदिवासी जनजाति भित्र डलरको खेती गर्नेहरुले यसमा सघाएका छन्’ उनले भने–’आदिवासी जनजातिहरुले डलरको प्रलोभनमा परेर आफ्नो पहिचान बिर्सनु हुँदैन।’
उनले पश्चिमा मुलुकले आदिवासी जनजाति आन्दोलनलाई आफ्नो स्वार्थका निम्ति प्रयोग गरिरहेको बताउँदै आफूहरु आदिवासी जनजातिलाई प्रयोग गर्न नदिने पक्षमा रहेको बताए।
उनले कुनै आदिवासी जनजातिले पश्चिमा मुलुक र डलरका पक्षमा बोलेको कुरालाई सबै आदिवासी जनजातिको धारणाका रुपमा नबुझ्न समेत सबैमा आग्रह गरे।
लेखीले आदिवासी जनजाति जातीय राज्यको पक्षमा नरहेको भन्दै आफूहरु जातीय पहिचान सहितको संघीयताका पक्षमा रहेको बताए। उनले संविधान सभामा पाँच वटा आधारमा राज्यको पुर्नसंरचना गर्ने कुरामा सबै दलबीच सहमति भैसकेको भन्दै जातीय राज्यको कुरा उठाउनु विवाद सिर्जना गर्नु मात्रै भएको बताए।
‘राज्यको पुर्नसंरचना गर्दा पाँच वटा आधारमा गर्ने भन्ने कुरामा कसैको विमति रहेन’ उनले भने–’भित्र एउटा सहमति गरेर बाहिर जातीय राज्यका कुरा गर्नु केवल नाटक मात्रै हो।’
उनले तराईलाई एक मधेश एक प्रदेश बनाउने कुरा प्रति आफुहरुको असहमति रहेको भन्दै पहाडमा झैं तराईलाई समेत बहु प्रदेश बनाईनुपर्ने बताए। उनले एक मधेश एक प्रदेशको कुरा समेत अरुको इशारामा अघि आएको दावी गरे।
‘पहाडमा बहु प्रदेश हुनसक्छ भने तराईमा किन हुन सक्दैन’ उनले भने–’हामी एक मधेश एक प्रदेशको पक्षमा छैनौं।’
लेखीले आगामी संविधान सभा निर्वाचनको मतदान प्रकृयालाई केही समय पर सारेर भएपनि निर्वाचन विरोधी दलहरुलाई समेट्नुपर्नेमा जोड दिए। उनले सबै दललाई नसमेटेर संविधान सभाको निर्वाचन भयो भने मुलुक अस्थिर हुने बताए।
‘सबैको सहभागीतामा निर्वाचन भएन भने मंसिर ४ गतेपछि मुलुक ठप्प हुन्छ’ उनले भने–’मुलुक ठप्प हुनुभन्दा अहिले नै सबैलाई निर्वाचनमा सहभागी गराउनु बुद्धिमता हुन्छ।’
उनले आफ्नो दलले संविधान सभा निर्वाचनको विरोध गरेको नभई भरखरै स्थापना भएकाले निर्वाचनमा सहभागी नभएको बताए। ‘हाम्रो जनता सामु कुनै पकड छैन। हामीले जनताले पत्याउने कुनै काम पनि गरेका छैनौं’ उनले भने–’समानुपातिक तर्फका १/२ सीटको च्याँखे थाप्नका लागि निर्वाचनमा गएनौं।’
उनले भने–’धेरै साना दल संविधान सभा निर्वाचनमा सहभागी हुनुको कारण नै समानुपाति तर्फका १/२ सीटमा च्याँखे थाप्नु हो। यो गम्भीर अपराध हो। यस्तो अपराध गर्न हामी तयार भएनौं।’
उनले राष्ट्रपति र शीर्ष दलका नेताहरु बीच अझैं ४/५ वर्ष संविधान नबनाउने सहमति भएको खुलासा गरे। ‘राष्ट्रपति र ४/५ दलबीच यो सहमति भएको छ’ उनले भने–’उनीहरु अझै केही वर्ष अन्तरिम संविधानबाटै मुलुक चलाउने योजनामा छन्।’
गत वर्ष अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरहरु आन्दोलनमा रहेका बेला थरुहटका पक्षमा प्रस्तुत भएका लेखीलाई सञ्चारकर्मीले कुनै पक्षमा हुनुहुन्छ भनि सोधेको जिज्ञासामा उनले आफू अखण्ड नेपालको पक्षमा रहेको बताए। नेपाल अखण्ड भए मात्रै सबै जातजाति र भाषाभाषीको अधिकारको रक्षा हुने भन्दै लेखीले यसको अर्थ मुलुक संघीयतामा जानु हुँदैन भन्ने नभएको बताए।

http://setopati.com/raajneeti/4940/

यसै बारेमा सौर्य दैनिकको अनलाइन संस्करणले यसरि लेखेको छ:

क्रिश्चियन मिसिनरीहरुको ठूलो रुचि : लेखी

जनजाति आन्दोलन गलत दिशामा लैजान चाहन्छन्

काठमाडौं, ९ कात्तिक । राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले नेपालको आदिवासी जनजाति आन्दोलनमा पश्चिमा विशेष गरेर त्रिश्चियनहरुको ठूलो रुचि रहेको बताएका छन् ।
नेपालगञ्जमा आज (शनिबार) पत्रकार सम्मेलन गरेर अध्यक्ष लेखीले जनजाति आन्दोलनमा आइएनजीओहरुको पनि विशेष रुचि रहेको बताए । आदिवासी जनजाति महासंघका अध्याक्ष समेत रहि सकेका लेखीले भने, ‘नेपालको आदिवासी जनजाति आन्दोलनमा पश्चिमाहरु, आइ एनजीओहरु र क्रिश्चियन मिसिनरीहरुको ठूलो रुचि छ ।’
लेखीले आदिवासी जनजाति आन्दोलनलाई गलत दिसामा लैजान उनीहरुले प्रयास गरिरहेको आरोप लगाए ।
नेपाली मिडियाले आदिवासी जनजाति आन्दोलनलाई गलत रुपमा प्रस्तुत गरेको उनको आरोप छ । ‘मिडियाले आदिवासी जनजातिभित्रका ब्राम्हणवादी, अतिवादी र डलरवादीहरुको धारणालाई मात्र प्रश्रय दिने गरेको छ,’ उनले भने, ‘अतिवादी र डलरवादीहरुको धारणा नै समग्र आदिवासीहरुको तथा नेपाल आदिवासी जनजाति महासंघको धारणा हो भनेजस्तो गरी मिडियाले प्रचार गरिरहेको छ ।’
नेपालका आदिवासी जनजातिहरुको साझा धारणा नेपाल आदिवासी जनजाति महासंघले मात्र व्यक्त गर्न सक्ने भन्दै अध्यक्ष लेखीले कुनै अतिवादीहरुको धारणा समग्र आदिवासी जनजातिको धारणा हुन नसक्ने बताए ।
उनले तराईमा एकप्रदेश नै बनाउने षड्यन्त्र सुरु भएको बताएका छन् । उनले एकप्रदेशमा सहमति नभए दुईवटा सम्म बनाउने तयारी भएको आफू समक्ष जानकारी आएको बताए ।
‘केही सीमित मधेशवादी नेताहरुको व्यक्तिगत स्वार्थपूर्तिका लागि तराईलाई थोरै प्रदेश बनाउने षडयन्त्रलाई पुर्नजीवित गरिँदैछ ।’ उनले त्यसो गरिए आफूहरुले नमान्ने बताए ।

http://www.souryadaily.com/2013/10/87553.html#.Umu0_eBP0Z4.facebook

जबकि राजकुमार लेखी त्यहि व्यक्ति हुन् जसले केहि महिना अगाडी आफु नेतृत्वको आदिबासी जनजाति महासंघको रुपन्देही भेलामा स्वीकार गरेका थिए कि उनकै संस्थाले बार्षिक १२ करोड बैदेशिक सहयोग प्राप्त गरिराखेको छ । यो संगैको फोटो हेर्नुहोला ।lekhi

यस बारेमा थप पढ्नको निम्ति यस लिंकमा पढ्नुहोला:

http://rajyasatta.com/updated-news/3404-2012-06-27-04-17-12

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In