• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पैसा कमाउन गएका नारीहरू चरम यातनापछि

by Sarju Rijal
August 9, 2013
in Articles

iron_le_damekoकुनै बेला नेपालमा नारीलाई देविको रुपमा मानिन्थ्यो। नारीलाई नै अहिले बेचविखन गर्ने सामाग्रीसरह व्यवहार गरिएको छ। राणाहरूको शासनकालमा नेपालभित्रै दरबारमा ओसारपसार गरिन्थ्यो त्यतिबेला शिक्षाको अभाव पनि थियो। नेपालमा प्रजातन्त्र आएपछि भारतका केही सहर बम्बैतिर ओसारपसार गर्न थालियो। अशिक्षित नारीलाई ललाईफकाई भारतमा बेचिने गरिन्थ्यो। जति शिक्षित हुँदै गएतापनि बेचबिखन भने रोक्न सकिएको छैन।

माइती नेपाल लगाएत विभिन्न गैरसरकारी संघसंस्थाहरूले निकै पहल गरेतापनि पूर्णरुपमा सफल हुनसकेनन्। किनभने विक्रिवितरण गर्नेहरू आफ्नै नातेदारहरुको भूमिका गहिरो भएकोले पनि हो। भारतमा चेलीबेटीलाई बेश्याबृतिमा प्रयोग गरिन्छ भनेर विभिन्न संघसंस्थाहरूको पहलमा र जनचेतनाले सबैलाइ जानकारी गरायो। पहिलेको तुलनामा भारतमा वेचविखन कम भयो। तर नेपालका विभिन्न सिमाहरूबाट वर्षेनी १६०,०००।–भन्दा बढि नेपाली चेलिबेटी, महिला र अधिकांस किशोरकिशोरी खाडीमुलुकमा जाने गरेको कुरा विभिन्न अनुसन्धानको तथ्यांकले देखाएको छ। मुलुकमा गरिवि, द्वन्द्ध र धैरै पैसा कमाउने प्रलोभनमा परी आफन्तहरू चिनेबुझेकाले नै बेचविखन गर्ने गरेको थाहा पाइएको छ। अधिकांसलाई वेश्याबृतिमा बाध्य बनाएर राखिएको छ। नेपाल सरकारले खाडी मुलुक जान महिलालाई रोक लगाए पनि अवैध बाटो भएर उनीहरू बिदेसिने क्रम रोकिएको छैन। दैनिक रुपमा धेरै महिलाहरु काँकडभिट्टा नाका हुँदै भारतहुँदै खाडी मुलुक छिर्ने गरेकाछन्। नेपाल सरकारले खाडीमुलुकमा जान रोक लगायो धेरै राम्रो गर्‌यो अवैध तरिकाले जानेलाई रोक्न कसरी सक्छ र ? नेपाल सरकारको छाप भएको पासपोर्टहरू नागरिकता नभएकाहरूको हातमा देखियो। कम उमेर भएकाहरूले उमेर बढाएर पासपोर्ट निकालेको पाइएको छ। कति त विदेशी नारिहरुले पनि पासपोर्ट पाएका छन्। यसमा सरकारको निगरानी किन भएन?

गत महिनामा तीन जना केटीलाई हामीले बहराइन एयरपोर्टमा भेटेका थियौं। एकजना धरानबाट र दुइजना झापाबाट गएका रहेछन्। उनिहरु रुन्चेअनुहार लगाएर बसेका थिए। कहा जानेहो भनेर पासपोर्ट र टिकट हेर्दा साउदीको थियो। उनिहरु भारतबाट हुँदै बहराइनमा पुगेका थिए। बहराइन ट्रान्जिटमा अलमल्ल परेकाथिए कता जाने कसरी जाने नेपाली दाजुहरुसँग सोधपुछ गर्दैथिए। केही नेपालीहरूले नेपालमा फर्कने सल्लाह दिए। गाउँकै दाइले पठाएको बताए। एकजनाले उमेर बढाएर पासपोर्ट बनाएकी थिइन। उनलाई साथीले नै साउदीबाट फोन गरेर राम्रो काम छ भनि बोलाएकोले घरपरिवारले नै पठाएको बताइन्।

अहिलेको समयमा अशिक्षित भएर हैन बढी पैसा कमाउने उद्देश्यले घरपरिवारको सल्लाहमा दलालको प्रलोभनमा खाडी मुलुकमा जानेगरेको पाइएको छ। तर नेपाल एयरपोर्टमा फर्कनेहरू मानसिक अवस्था गुमाएर फर्केका छन्। शरिरभरी निलडाम लिएर फर्केकाछन्। कसैले अवैध छोरा लिएर फर्कने गरेकाछन् तर मेडियाले समाचारमा देखाएतापनि खाडीमुलुक जानेको क्रम रोकिएको छैन्। नयाँ पत्रिकामा प्रकाशित एक चेलीको कथा व्यथा यहाँ हेरौं,
पैसा कमाउन साउदीअरब पुगेकी नेपाली चेली शरीरभरि आइरनले पोलेका डाम लिएर घर फर्केकी छिन् । १० महिनाअघि साउदी गएकी बाँके कोहलपुरकी नन्दकला भुसालले काम गरेको पैसा त पाइनन्, घरमालिकले भनेबमोजिम गर्न नमान्दा शरीरमा कहिल्यै नमेटिने दाग लिएर घर पर्कन बाध्य भइन् ।
नन्दकलालाई छिमेकी चन्द्रकान्त सापकोटाले राम्रो काम लगाइदिने प्रलोभन देखाएर साउदीअरब लगेका थिए । उनको पइतलादेखि कम्मरसम्म नै आइरनले डामेका दाग छन् । आफूलाई जबर्जस्ती गर्न खोज्ने घरमालिकको प्रतिकार गर्दा आइरन तताएर शरीरभरि डामेको उनले बताइन् ।

‘मैले काम गर्ने घरका लोग्ने मानिसले सधैँ जबर्जस्ती गर्न खोज्थे’ उनले भनिन्, ‘प्रतिकार गर्दा उनीहरूले तताएको आइरनले मेरो पइताला, तिघ्रा र त्यहाँमाथिको भागमा समेत डामिदिए ।’ घरमालिकले दैनिक आफूसँग जबर्जस्ती गर्न खोजेको र प्रतिकार गर्दा कुटपिट गरी यातना दिने गरेको नन्दकलाले बताइन् ।

‘चरम कुटपिटपछि आइरनले डामिएपछि म घरमै मर्छु भन्ने डरले उनीहरूले मलाई मार्ने योजना बनाइरहेका रहेछन् । सो कुरा सुनेपछि घरको तीन तलामाथिबाट हामफालेर भाग्न सफल भएँ,’ उनले भनिन्, ‘यसै मर्छु, उसै मर्छु भनेर तीन तलामाथिबाट हामफालेँ, संयोगले बाँचिएछ ।’

घरबाट हामफालेपछि बेहोस भएको र होस आउँदा आफूलाई अस्पतालको बेडमा पाएको नन्दकलाले सुनाइन् । ‘होस आउँदा मलाई सउदीकै अस्पतालमा भर्ना गरिएको रहेछ,’ उनले भनिन्, ‘साउदीमा रहेका नेपाली दाजुभाइले उपचार गरेर मलाई नेपाल पठाइदिए ।’ शरीरभरि आइरनले डामिएर यातना पाएकी नन्दकला मानसिक रूपमा विक्षिप्त छिन् । उनले आफूलाई यातना दिएको घरको ठेगानासमेत थाहा नभएको बताइन् । ‘साउदी हो, तर कुन टोल र सहर हो, थाहा छैन,’ उनले भनिन् ।

नेपाल फर्किन सफल भएकी नन्दकलालाई माइती नेपाल काडमाडौंले संरक्षणमा लिई उपचारपछि नेपालगन्ज, माइती नेपालमा कानुनी कारबाही र पुनस्र्थापनाका लागि पठाएको छ । माइती नेपालले उनको उपचारमा सहयोग गरिरहेको छ । उपचारपछि उनी आफ्नै माइती घरमा बाबुसँग बसेकी छिन् । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले नन्दकलाको उपचार र कानुनी सहयोग दिइरहेको बताए ।

देशले १२ पटकसम्म निर्वाचन हुँदा पनि प्रधानमन्त्री पाउन सकेको छैन। यसरी अबैधरुपमा जानेहरुलाई पठाउनेदलालहरूलाई नियन्त्रण कसरी गरोस्? सिन्धुपाल्चोक जिल्लामा चेलीहरूलाई फकाउन गाउँमै दलालहरु पुगेका छन्। यस्ताहरूको नियन्त्रण कसरी गर्ने? अब गाउँ गाउँमा जनचेतनाको अभियान चलाउनुपर्छ।

Republished in new layout on 8/9/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In