• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, September 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालको लागि प्रार्थना गरौं

by Kamal Adhikari
June 13, 2013
in Articles

kamaladhikari१,४७,१८१  वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपालले पृथ्वीको कुल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% भूभाग ओगट्दछ। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको जम्मा लम्बाइ ८८५ किलोमिटर छ भने यसको चौडाइमा समानता छैन। अधिकतम चौडाइ २४१ किलोमिटर छ भने न्यूनतम चौडाइ १४५ किलोमिटर छ। संसारका दसओटा उच्च शिखरमध्ये आठओटा यही सुन्दर राष्ट्रमा पर्दछन्। दक्षिण एशियाली भूपरिवेष्ठित् हिमाली राष्ट्र नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनी घोषणा गरिएको छ। बहुभाषकि, बहुसांस्कृतिक र बहुधार्मिक नेपाल एक धर्म निरपेक्ष मुलुक हो। पछिल्लो जनगणनाअनुसार नेपालमा २ करोड ६६ लाख जनसङ्ख्या छन्। नेपालीहरूको औसत आयु ६६.३ वर्ष रहेको छ। नेपालमा १८ प्रतिशत शहरियाहरू छन् भने ३७ प्रतिशत जनसङ्ख्या १५ वर्षभन्दा मुनिका छन्। नेपाली नेपालको राष्ट्र भाषा हो र यसलाई सरकारी कामकाजको लागि प्रयोग गरिन्छ। ४८.६% साक्षरता रहेको नेपाल संसारका गरिब राष्ट्रहरूमध्ये एक हो। नेपालमा प्रतिव्यक्ति आय ४४४ अमेरिकी डलर छ। यो भनेको अमेरिकाको १% मात्र हो।

एक पटक संसारको एउटै मात्र हिन्दु राष्ट्र भनी चिनिएको नेपाल अहिले औपचारिक रूपमा धर्म निरपेक्ष मुलुक कहलाइएको छ। अपरेशन वर्ल्ड २०१० अनुसार नेपालमा धर्म मान्नेहरूको आँकडा निम्नलिखित छ।

धर्म          जनसङ्ख्या प्रतिशतमा     जनसङ्ख्या              वार्षीक वृद्धिदर

हिन्दु               ७५.०१%                     २,२३,९२,४९७           १.७%

बौद्धमार्गी          १६.००%                      ४७,७६,४२९              १.९%

मुस्लिम            ४.४०%                      १३,१३,५१८                ४.८%

ख्रीष्टियान          २.८५%                       ८,५०,८०१                 ५.३%

अन्य               ०.९०%                        २,६८,६७४                -१.४०%

गैरधार्मिक        ०.७५%                       २,२३,८९५                 ६.५%

सिख                ०.०६%                        १७,९१२                     १.९%

बहाइ               ०.०३%                        ८,९५६                      १.९%

धन्यवादका विषयहरू १. ख्रीष्टाब्द २००८ मा नया“ नेपालको आरम्भ भएको छ। हिन्दु राष्ट्र हुनुभन्दा बरु धर्म निरपेक्ष मुलुक हुनु ख्रीष्टियानहरूको लागि नहुने मामाभन्दा कानो मामा नै जाति भनेजस्तै हो। ख्रीष्टाब्द १९५० को दसकमा थालनी भएको व्यापक राजनीतिक परिवर्तन विगत केही वर्षमा उर्त्कर्षमा पुग्यो। आफ्नो राष्ट्रको निम्ति प्रार्थना गर्ने हरेक भक्त ख्रीष्टियानको प्रार्थनाको जवाफ हो, यो। ख्रीष्टियान सेवा-कार्यको निम्ति यसले नयाँ स्वतन्त्रता र अवसरहरूको लागि मार्ग प्रशस्त गर्दछ।

२. दसकौँसम्म मण्डलीको दिगो अवस्थासँगै यसको वृद्धि भएको छ। १९५२ मा २९ जना ख्रीष्टियानसँगै नेपालको पहिलो मण्डली स्थापना भएको थियो। १९९० मा सतावटको पराकाष्ठामा पनि दुर्इ लाख विश्वासी थिए। २०१० सम्म आइपुग्दा यो सङ्ख्या बढेर झण्डै ८,५०,००० ख्रीष्टियान १०,००० ओटा मण्डली वा झुण्डमा सङ्गति गर्छन्। सुसमाचारको खातिर दुःख भोग्ने तत्परता, प्रार्थनाको जीवन र सुसमाचार प्रचारसाथै मण्डली स्थापनामा कटिबद्ध नेपाली ख्रीष्टियानहरूको र्समर्पणताले नेपाली मण्डलीलाई यो उचाइमा पुर्याउन सफल भएको हो। यस जगको पछाडि नयाँ सामाजिक र रूपान्तरित सेवा-कार्यको वृद्धि हु“दै छ।

३. नेपालको हरेक जिल्लामा मण्डली स्थापना भएको छ। करिब ६० वर्षको नेपाली मण्डली इतिहासको दौरानमा हरेक जिल्लामा मण्डली स्थापना हुनु हामी ख्रीष्टियानहरूको लागि गर्वको विषय हो। झण्डै हरेक जातिमा केही विश्वासीहरूको जमात खडा भइसकेको छ।

४. विगत केही वर्षदेखि ख्रीष्टियमतभित्र एकत्वको खाँचो महसुस हुँदै आएको छ। परिणामतः ख्रीष्टाब्द १९९६ मा नेपाल ख्रीष्टियान समाजको स्थापना भयो। त्यसको तिन वर्षपछि १९९९ मा सामाजिक र राष्ट्रिय वृद्धिको निम्ति नेपाल राष्ट्रिय मण्डली परिषद्को रचना भयो।

प्रार्थनाका विषयहरू १. नयाँ नेपाल आरम्भ भए तापनि जनताले यसको अनुभूति गर्न पाइसकेका छैनन्। नयाँ सरकारले साँचो सफलता प्राप्त गर्न केही वास्तविक वृद्धिहरू गर्नु आवश्यक छ। कतिपय मुलुकहरूबाट अझै पनि आतङ्ककारीको बिल्ला नहटाइएको माओवादी पार्टीको हातमा सरकारलाई हाँक्ने साँचो छ। नेपालका राजनीतिक पार्टी अगुवाहरूको बुद्धि, उत्साह र अनुग्रहको निम्ति प्रार्थना गरौं ताकि तिनीहरूले व्यक्तिगतसाथै दलगत स्वार्थलाई एकातिर पन्छाई मुलुकलाई अझै पक्रिराखेको विशाल आर्थिक समस्याहरूको विरुद्धमा तिनीहरू एकै ठाउँमा खडा हुन सकून्।

२. द्वन्द्वकालमा भएका मानव अधिकारका मनग्य दुरुपयोगका घाउहरूमा अझै सही तरिकाले मलहम पट्टी लगाइएका छैनन्। द्वन्द्वकालमा मारिएका १३,००० को शोकाकुल परिवारलाई न्याय प्रदान गरिएको छैन। हालसम्म एक जनालाई पनि कानुनी कारबाही गरिएको छैन। राज्य सञ्चालनको शक्ति आफ्नो मुठीमा भएको माओवादी नेतृत्वले ठूलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ यदि तिनीहरूका ज्यादती र दुष्कर्महरूको पर्दाफास गरिने हो भने। न्यायको प्रत्याभूति नभएसम्म राजनैतिक अन्त्यको माध्यमको रूपमा हिंसालाई सही मार्गको रूपमा अङ्गाल्न छाडिने छैन। लामो समयदेखि वञ्चित न्याय र धार्मिकताको निम्ति प्रार्थना गरौं।

३. यस सुन्दर तर समस्याग्रस्त भूमिमा सामाजिक-आर्थिक क्रान्ति एउटा ठूलो चुनौतीको रूपमा देखा परेको छ।

क. गरिबी र बेरोजगारले नेपाललाई उन्नतिबाट रोक्दै छन्। ४७% बेराजगारहरू छन्। लाभदायक रोजगारीको सृजनात्मक र दिगो माध्यमको लागि प्रार्थना गरौं।

ख. नेपालमा दुर्इ-तिहाइ जनसङ्ख्या जवानजवानीहरू छन्। यीमध्ये धेरै ग्रामीण क्षेत्रमा बसोबास गर्दछन्। तिनीहरू शिक्षा र अवसरबाट वञ्चित छन्। निराक्षरता व्यापक छ। जवानजवानीहरू आर्थिक शोषण, अवैध यौन क्रियाकलापसाथै बेचबिखन, ड्रग्स अनि एच्आइभी एड्सको जोखिममा छन्। र, माथि उक्लनको निम्ति तिनीहरू भर्याथङ बनाइएका छन्। परिवर्तनको निम्ति प्रार्थना गरौं ताकि जवानजवानीहरूले आशा र सुन्दर भविष्य प्राप्त गर्न सकून्।

ग. नेपाल धर्म निरपेक्ष राष्ट्र घोषति भए तापनि नेपालका सामाजिक संरचनाहरू अझै पनि हिन्दु धर्मद्वारा प्रभुत्व जमाइएको छ। यसले जातिय प्रथालाई चिरस्थायी बनाउँछ जसले धेरैलाई दमग गर्छ, खासगरी दलितहरूलाई जसले नेपालको कुल जनसङ्ख्याको १४% हिस्सा ओगटेका छन्। जातिय भेदभाव कानुनी रूपमा अवैधानिक भए तापनि यो र्सवव्यापक छ। हिन्दु धर्मबाट ख्रीष्टियान हुनेहरूलाई साधारणतः जात फालेकाहरू भनी दोष लगाइन्छ। यस्तो अन्यायी प्रथाको व्यावहारिक निर्मूलनको लागि प्रार्थना गरौं।

४. कानुनद्वारा धार्मिक स्वतन्त्रता प्रदान गरिएको भए तापनि यो सीमित घेराभित्र मात्र छ। गैरहिन्दुहरूले धर्म परिवर्तन गर्न सक्दैनन्। त्यसो गरेमा तिनीहरूले जरिबाना तिर्नुपर्ने हुन्छ, जेलको सजाय भोग्नुपर्ने हुन्छ र निष्काषति हुनुपर्ने हुन्छ। साहसपूर्ण सुसमाचार प्रचारको कारणले यस्तो व्यवस्था हुँदाहुँदै पनि नेपालको मण्डली तीव्र गतिमा बढीरहेको छ। हिन्दु अतिवादीसाथै माओवादीहरूले ख्रीष्टियानहरूलाई प्रायः अलग्याउँछन्। ख्रीष्टियानहरूको अहिंसात्मक प्रवति र पश्चिमेलीहरूसँग तिनीहरूको सम्पर्कले तिनीहरू निशाना बनेका छन्। विश्वासीहरू आफ्नो विश्वासमा निडरताका साथ लागिरहून् भनी प्रार्थना गरौं ताकि न मानिसका नियम कानुन न ता हिंसापूर्ण धम्कीले तिनीहरूलाई सुसमचार प्रचार गर्नबाट रोक्न सकोस्।

५. दबाबको बीचमा पनि नेपालको मण्डली एउटा उल्लेखनीय स्वदेशी अभियानको रूपमा फस्टाउँदै छ। अधिकांश नेपाली ख्रीष्टियानहरू पूर्णत: स्थानीय संरचना वा सञ्जालमा सङ्गति गर्छन्। सङ्ख्या, अनेकता र परिपक्वतामा मण्डली वृद्धि भइरहेको छ। तथापि निम्नलिखित विषयहरूको लागि प्रार्थना गरौं:

क. नेपालमा ख्रीष्टियमतको र्सार्वजनिक तस्वीर भनेको विदेशी र खासगरी पश्चिमी रहिआएको छ। यो एउटा यस्तो हस्तक्षेप हो जसले परम्परागत संस्कृति र समाजलाई दुर्बल  बनाउँछ अनि यसले केवल तल्लो जातका मानिसहरूलाई धर्म परिवर्तन गराउन खोज्छ भनी गैरख्रीष्टियानहरू बुझदछन्। यस तस्वीरका बाबजुत पनि बढ्दो निश्चयतासहित नेपाली ख्रीष्टियानहरू आफ्नो अधिकारको रक्षा गर्दै छन् र पूर्णत: नेपाली ख्रीष्टियानको पहिचानको निर्माण गर्दै छन्। विगत दुर्इ पुस्ताबाट प्रादुभाव यस्तो  नकारात्मक विचारलाई उल्ट्याउन खोज्नेहरूको समझशक्ति, उत्साह र विश्वासयोग्यताको निम्ति प्रार्थना गरौं।

ख. नेपालमा विभिन्न थरीका साम्रादायिक मण्डलीहरूको स्थापना भएका छन्। कति मण्डलीहरू विदेशी सहयोगमा सञ्चालित  छन् भने कति स्वदेशी प्रयासमा स्थापित छन्। मण्डली फुट र त्रुटीको सिकार नबनोस् भनी प्रार्थना गरौं। प्रार्थना, पैरवी, एकत्व र सहकार्य गर्न मञ्च तयार गर्न खोज्ने नेपाल ख्रीष्टियान समाजको निम्ति प्रार्थना गरौं।

ग. विगतमा जस्तो उग्र सतावट अहिले नभए तापनि सतावटको अन्त्य भने भएको छैन। अन्य धार्मिक समूहसाथै परिवार र समुदायबाट पनि सतावट आइरहेको छ। विश्वासीहरूको स्थिरताको निम्ति प्रार्थना गरौं। ख्रीष्टियानहरूलाई पनि मुलुकले उही स्थान प्रदान गरून् र देशप्रति भएको तिनीहरूको चासोको निम्ति तिनीहरू धन्यवादका पात्रहरू होऊन् भनी प्रार्थना गरौं। स्वेच्छाचारी गिरफ्तार, सुसमाचार प्रचार, सम्पत्ति, विभेदसाथै अन्य दुर्व्यवहारको विषयमा ख्रीष्टियानहरूको कानुनी र धार्मिक अधिकार सुरक्षा गर्न प्रयत्न गर्ने नेपाल ख्रीष्टियान समाजसाथै अन्यहरूको निम्ति प्रार्थना गरौं।

घ. नेपाली मण्डलीहरू र विदेशी संघसंस्थाहरूबीचको सहकार्यको लागि प्रार्थाना गरौं। विदेशी आर्थिक सहयोगको निरन्तरताले पराश्रयलाई मलजल गर्दछ। तर, राष्ट्रिय मण्डली फस्टाउँदैछ र स्वदेशी ख्रीष्टियान एन्जीओहरू देशको चारैतिर वृद्धि हुँदै छ।

६. हाम्रा पास्टर, अगुवाजनहरूद्वारा बसालिएको असल जगमाथि नेपाली ख्रीष्टियानहरूको अर्को पुस्ता निर्मित हुनु आवश्यक छ। तर्सथ, निम्नलिखित बुँदाहरूको निम्ति प्रार्थना गरौं।

क. दोस्रो पुस्तालाई नेतृत्वको प्रभावकारी हस्तान्तरण। नयाँ विश्वासीहरू र दोस्रो पुस्ताका मनग्य ख्रीष्टियानहरूलाई सही तरिकाले अगुवाइ गर्ने जिम्मेवारी अर्को चुनौती हो।

ख. नेपाली मण्डलीमा नेतृत्वको तालिम सम्भवतः सबैभन्दा टडकारो खाँचो हो। वर्र्षौंसम्म कुनै औपचारिक तालिम उपलब्ध थिएन। हाल १५ भन्दा बढी बाइबल कलेज वा सेमिनारी छन्। कैयौं मण्डली र संघसंस्थाहरूले अल्पकालिन तालिमहरू सञ्चालनमा ल्याइरहेका छन्। जीएप\mएको तिनओटा केन्द्रबाट वर्षौ १०० मिशनरी दीक्षान्तित हुन्छन्। म्ब्क्ष् ले ख्रीष्टियान नेतृत्वमा पहिलो मान्यताप्राप्त स्नातकोत्तर नेपालमा भित्राएको छ। आइटीनद्वारा सञ्चालित थियोलोजिकल एजुकेशन बाई एक्स्टेन्सन ९त्भ्भ्० मा नेपालका आधा जिल्लामा चार हजारभन्दा बढी सक्रिय विद्यार्थी छन्। यति हुँदाहुँदै पनि उचित तालिमको अझै खाँचो छ। सेवा-कार्यसम्बन्धी तालिमका व्यावहारिकसाथै प्रभावकारी विधिको गुणनात्मक वृद्धिको निम्ति प्रार्थना गरौं।

ग. गरिबीले आक्रान्त हाम्रो देशमा पास्टरहरूको बन्दोवस्त एउटा स्थिर ललकार भएको छ। नेपाल कहिल्यै विदेशी शक्तिहरूद्वारा उपनिवेश बनाइएन। मण्डली विदेशी प्रदाताहरूमा भर पर्दछ। बाहिरी आर्थिक सहयोग ज्यादै न्यून हुने भएकोले विदेशी दाताहरूद्वारा प्राप्त सहयोगबाट चुस्ने सम्भावना प्रबल हुन्छ। अगुवाहरूले पाल बनाउनेको रूपमा काम गर्न सिक्न सकून् र विश्वासीहरूले आफ्ना पास्टरहरूलाई यथाशक्ति सहयोग गर्न सिक्न सकून् भनी प्रार्थना गरौं।

घ. र्सवाङ्गीण सेवा-कार्य  अब मण्डलीको काम आत्मिक शिक्षा मात्र प्रदान गर्ने होइन, तर नेपाली समाजका थुप्रै आवश्यकताहरूमा सामेल हुने बेला आएको छ। नमुनादायी सराइको निम्ति प्रार्थना गरौं जसमा सामाजिक रूपान्तरण सुसमाचारको एउटा मुख्य हिस्सा भएको होस्। नेपाली ख्रीष्टियान एन्जीओहरूले निरन्तर रूपमा र्सवाङ्गीण सेवा-कार्यलाई सम्बोधन गरिरहेका छन्।

७. सरकारले देख्ने गरी ख्रीष्टियान सेवा-कार्यले मनग्य चुनौतीहरूको सम्बोधन गर्नु आवश्यक छ। उच्च बेरोजगारी, निराक्षरता, तल्लो स्तरका विकासका कामहरू, वातावरणीय अपकर्ष र विदेशी सहयोगमा पराधिनताजस्तै सबै विषयहरूमा ख्रीष्टियानहरूद्वारा सम्बोधन हुँदै छन्। निम्नलिखित विषयहरूलाई व्यावहारिक, दिगो र नविनतायुक्त मार्गहरूमार्फत सम्बोधन गर्न सकियोस् भनी प्रार्थना गरौं।

क. बालश्रम  अनुमानित २६ लाख बालबालिका बालश्रमिकको रूपमा काम गर्दछन्। तीमध्ये ७०% लाई १० घण्टा वा सोभन्दा बढी काम गर्न बाध्य गरिन्छ। बालश्रमको सबैभन्दा खराब रूपहरू -जस्तै खानीमा काम गर्ने, सडकमा झुत्रोझाम्रो बटुल्ने) लाई २०१४ सम्ममा सरकारले निर्मूल पार्ने प्रयास गरेको छ। यस कार्यक्रमको सफलताको निम्ति प्रार्थना गरौं। बालबालिकाहरू काम गर्ने थलोबाट नहटेसम्म शिक्षा र अनुगामी विकास असम्भव छ।

ख. चेलीबेटी बेचबिखन भारतसाथै मध्यपूर्वमा देह व्यापारको निम्ति नेपाली चेलीबेटीहरू बेचिएका छन्। झण्डै ३ लाख चेलीबेटी भारतमा (खासगरी मुर्म्बईमा) मात्रै छन् जसले डरलाग्दो यातना भोग्ने गर्छन्। फर्कनेहरूमध्ये सम्भवतः ९०% ले एच्आईभी बोकेर आउँछन्। परिणामस्वरूप तिनीहरूबाट समाजमा तीव्र रूपमा एड्स फैलिएको छ। एड्स रोकथामको निम्ति कुनै सुस्पष्ट राष्ट्रिय योजना छैन। गरिब र तल्लो जातका चेलीबेटीहरू यस दुष्ट व्यापारको निशाना बनेका छन्। नेपाल र मुर्म्बईमा यसरी ठगिएकाहरूमध्ये केहीलाई नेपाली ख्रीष्टियानहरूले उद्धार गरेका छन्।

ग. स्वास्थ्य र रोग २०% भन्दा बढी अस्पतालसाथै क्लिनिकहरू र प्रायः सबै कुष्टरोगसम्बन्धी कामहरू ख्रीष्टियानहरूद्वारा सञ्चालित छन्। द लेप्रोसी मिसन, यूनाईटेड मिसन टु नेपाल, इन्टरनेशनल फेलोशिप नेपालसाथै अन्य संघसंस्थाहरू यस काममा समर्पित छन्। नेपालका धेरै शिशुहरू जन्मँदा नै मृत्युको सिकार बन्ने गरेका छन्। आधारभूत सरसफाइको कमीले ८०% भन्दा बढी रोगहरू लाग्ने गर्छन्। हरेक वर्ष हुने ५०,००० बालमृत्युमध्ये ७०% कुपोषणको कारणले हुने गरेका छन्।
८. सुसमाचार नसुनेका करिब ५५% नेपालीहरूको निम्ति प्रार्थना गरौं।

९. विदेशी संघसंस्थाहरूद्वारा सञ्चालित र्सवाङ्गीण सेवा-कार्यले व्यावहारिक र आत्मिक मार्गहरूमा ख्रीष्टको प्रेमलाई शक्तिशाली ढङ्गमा प्रदर्शन गरिरहेका छन्। अस्पताल, औषधालय, कुष्टरोगसम्बन्धी उपचार, व[mष,ि शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी जोखिममा परेकाहरूलाई गर्ने सहयोग तिनीहरूका अमूल्य योगदान हुन्। यूनाईटेड मिसन टु नेपाल र्सवाधिक ठूलो सङ्गठन हो जसले १५ ओटा राष्ट्रको २४ एजेन्सीको प्रतिनिधित्व गर्दछ। इन्टरनेशनल नेपाल फेलोशिपमा ३१ जना विदेशी र ३०० भन्दा बढी नेपाली कर्मचारी छन्। यसको काम खासगरी नेपालको पश्चिममा केन्द्रित छ। नेपालको ख्रीष्टियान सेवा-कार्यमा भारतले पनि ठूलो योगदान गर्दै आएको छ। भारतका कमसेकम १२ ओटा सुसमाचारीय क्रियाकलाप नेपालमा छन् जसमध्ये गस्पल फर एसिया ९न्ँब्० सबैभन्दा ठूलो संस्था हो। नेपालमा काम गर्ने यी सबैको दर्शन, वृद्धि र विश्वसनीय सेवा-कार्यको निम्ति प्रार्थना गरौं।

१०. नेपालबाहिर बसोबास गर्ने नेपालीहरूको निम्ति प्रार्थना गरौं। औपचारिक तथ्याङ्कअनुसार करिब २० लाख नेपाली मुलुकबाहिर छन्। तर, गैरकानुनी रूपमा -राजीखुसी वा बाध्यतावस) विदेशमा काम गर्नेहरूको सङ्ख्या एक करोड नाघ्न सक्छ। नेपालको प्रायः हरेक परिवारबाट कमसेकम एक जनाले बाहिर काम गर्दछ। धेरैजसो भारत जान्छन्। तर, १०० भन्दा बढी मुलुकमा नेपालीहरूलाई भेटाउन सकिन्छ। मुलुकमा भएका नेपालीहरूभन्दा देशबाहिर भएका नेपालीहरू सुसमाचारको निम्ति बढी खुला छन्। नेपाली प्रवासीहरूको बीचमा थुप्रै मण्डलीहरू स्थापना भइसकेका छन्। निषेधित राष्ट्रहरूमा पनि मण्डलीहरू खडा हुने क्रम जारी छ। यसरी छरपष्ट भएका नेपालीहरूलाई सृजनात्मक तवरले सुसमाचार प्रचार गर्न सकियोस् भनी प्रार्थना गरौं।

क. भारतको सिक्किम प्रान्तमा ७५% नेपाली बसोबास गर्छन्। पश्चिम बङ्गालको दार्जिलिङमा ६०% नेपाली छन्। १९०० को दसकमा नै भारतमा मण्डली स्थापना हुन थालिसकेका थिए। तीमध्ये केहीले आफ्ना प्रारम्भिक मिसनरीहरू नेपालमा पठाए। तिनीहरूको कामको वृद्धि, निष्क्रियताबाटको मुक्ति र बृहत् सहभागिताको निम्ति प्रार्थना गरौं।

ख. ब्रिटिस, ब्रुनई र भारतमा धेरै नेपालीहरू गोरखा सैनिकको रूपमा सेवारत छन्। अरूहरू सुरक्षा गार्डको रूपमा एसियाभरि छरपष्ट छन्। एउटा गोरखा सैनिक हुनु ठूलो इज्जतको कुरो ठानिन्छ र यसले ऊलगायत यसको परिवारको अर्थतन्त्र उकास्न मद्दत गर्दछ। प्रतिस्पर्धा विकराल हुन्छ। यी सैनिकहरूको बीचमा केही ख्रीष्टियान समूहहरूले काम गर्दै छन्। तिनीहरूको प्रभावकारी सुसमाचारीय क्रियाकलापको निम्ति प्रार्थना गरौं।

ग. अन्य एसियाली मुलुकहरू फारसको खाडी वरिपरि भएका मुलुकहरूमा औपचारिक नेपाली प्रवासी कामदारहरू ८७% छन्। यी क्षेत्रहरूमा काम गर्ने स्त्रीहरू शोषण र अनुचित क्रियाकलापको जोखिममा छन्। तिनीहरूको बीचमा सुसमाचारीय काम हुन सकोस् भनी प्रार्थना गरौं। मलेसियामा नेपाली प्रवासी कामदारहरूको बीचमा सेवा-कार्य तीव्र वृद्धि भएको छ। मलेसियामा ५० भन्दा बढी ख्रीष्टियान सङ्गति चलिरहेका छन्।

११. नेपालमा भएका अन्य ख्रीष्टियान सेवा-कार्यहरू छन् जसको निम्ति प्रार्थनाको आवश्यकता छः

क. बाइबल अनुवाद ख्रीष्टाब्द १८२१ मा विलियम केरीले पहिलो पटक नयाँ करारलाई नेपाली भाषामा अनुवाद गरे। नेपालमा बोलिने जम्माजम्मी १२७ भाषामध्ये ८ ओटा भाषामा पूरै बाइबल, १७ ओटामा नयाँ करार र २० ओटामा बाइबलका अंशहरू अनूवाद गरिएका छन्। अझै ४४ ओटा भाषामा थप अनुवादको खाँचो छ भनी अनुमान गरिएको छ। तर, साक्षरताको कमीले सबै अनुवादको प्रभावकारितामा बाधा पुगेको छ। अनुवाद गर्ने टोलीको निम्ति प्रार्थना गरौं। साक्षरताको निम्ति पनि प्रार्थना गरौं जसले जनसाधारणहरूलाई बाइबल पढ्न पनि सक्षम बनाउनुका अतिरिक्त थुप्रै मार्गमा माथि उकास्छ।

ख. नेपाल बाइबल सोसाइटी वर्र्षौंको कठिनाइपश्चात् ख्रीष्टाब्द १९७७ मा नेपाल बाइबल सोसाइटीको स्थापना भयो। यसले सरल नेपाली बाइबल र तिब्बती भाषामा पनि पुरानो करार छापिसकेको छ। बाइबल लिग, गिदोनसाथै अन्य बाइबल वितरण गर्ने संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्न सकोस् भनी प्रार्थना गरौं।

ग. ख्रीष्टियान साहित्य ख्रीष्टियान साहित्य छापी बिक्रिवितरणको लागि नेपालमा अहिले कुनै प्रतिरोध छैन। पैठारीको कठिनाइले स्थानीय प्रकाशन र वितरणलाई उत्साह मिलेको छ। काठमाडौं स्थित बाइबल सोसाइटी बुकसप, ओएम् नेपाल, जीएप\mए प्रकाशन, वरदान प्रकाशनको निम्ति प्रार्थना गरौं। एभ्री होम फर ख्राइस्ट ५ लाखभन्दा बढी ख्रीष्टियान पर्चासहित २,७०,००० को घरमा पुगेको छ। गुड न्यूज प्रकाशनले पनि ठूलै सङ्ख्यामा ख्रीष्टियान पुस्तकहरू अनुवाद गरेका छन्। नेपालको सुसमाचार प्रचार र चेलापन वृद्धिमा यी वृद्धि भइरहेका सेवा-कार्यहरूको दिगो प्रभावकारिताको निम्ति प्रार्थना गरौं। नेपालको र्सवाधिक ठूलो ख्रीष्टियान पुस्तकालय आटेनमा ख्रीष्टियान पुस्तकहरूको वृद्धिको निम्ति पनि प्रार्थना गरौं।

घ. श्रव्य बाइबल (अडियो बाइबल) पढ्न नजान्ने लाखौँ मानिसहरूको बीचमा श्रव्य बाइबल लोकप्रिय भएको छ। गस्पल रिकर्डिङ्ग्स नेपाल ९न्च्ल्० ले ज्ञात १४५ भाषाभाषकिामध्ये १०० भन्दा बढीमा रिकर्डिङ्ग्स उत्पादन गरेको छ। फेथ कम्स बाई हिएरङ्क ि९ँऋद्यज्० र श्रव्य बाइबल यस्ता स्रोतहरू हुन् जसले नेपालीहरूको बीचमा असाधारण प्रभाव पारेका छन्।

ङ. पत्राचारमार्फत गरिने कोर्स २,९०,००० भन्दा बढी नेपाली हिन्दु पृष्ठभूमिका मानिसहरूलाई लक्षित कोर्समा भर्ना भएका छन्। नेपाल गस्पल आउटरिच सेन्टर ९ल्न्इऋ० र थियोलोजिकल एजुकेशन बाई एक्स्टेन्सन ९त्भ्भ्० द्वारा यस कामलाई बढी टेवा मिलेको छ। यी कोर्सहरूद्वारा प्रभुमा आएका मानिसहरूबाट धेरै मण्डलीहरू स्थापना भएका छन्।

च. ख्रीष्टियान रेडियो जीएफए रेडियोले १२ ओटा भन्दा बढी भाषामा सुसमाचार प्रसारण गर्दछ। रेडियो नेपालबाट पनि यस प्रसारणलाई सुन्न सकिन्छ। गुड न्यूज एप\mएम् १०५.१ पहिलो ख्रीष्टियान रेडियो हो। ट्रान्स वर्ल्ड रेडियो ९त्ध्च्०, फेबा ९ँभ्द्यब्०, एडब्लूआर ९ब्ध्च्० ले पनि पनि विभिन्न भाषामा प्रसारण गर्ने गर्छन्। वूमन अफ होपले हप्तामा कैयौं घण्टा प्रसारण गर्दछ। यी रेडियोहरूको स्वागत, प्रचार र उपलब्धता यस हिमाली र गरिब राष्ट्रमा निश्चय नै चुनौतीको विषय हो।

छ. ख्रीष्टियान फिल्म येशूको जीवनको बारेमा भारतद्वारा उत्पादित फिल्म दया सागर गैरख्रीष्टियानहरूको बीचमा लोकप्रिय छ। प्रोबोध झुण्डले पनि धेरै ख्रीष्टियान फिल्महरू बनाएको छ जसले धेरैको जीवनलाई छोएका छन्। अन्य यस्ता धेरै फिल्म उत्पादन गर्ने सेवा-कार्यहरू बढ्दै छन्। येशूको फिल्म व्यापक रूपमा प्रयोग गरिएको छ। करिब २५% जनसङ्ख्याले यस फिल्मलाई हेरेका छन्। अहिले यो १९ ओटा भाषामा उपलब्ध छ। यी फिल्महरूमा काम गर्ने टिमहरूको लागि प्रार्थना गरौं।

(नोटः यस रचनामा उल्लिखित अधिकांश जानकारी अपरेशन वर्ल्ड २०१० बाट अनूदित गरिएको हो।)

Republished in new layout 6/12/2013

Previous comment

Great work
written by prakash bagale , January 03,
2012

Kamal Ji you have done
great work, I appreciate it form my heart. May God bless you!

Related Posts

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025

Dr. B P Khanal प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई...

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Recent Posts

  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In