रोल्पा- यतिबेला पहाडी भेगहरूमा वन जंगलमा ढपक्कै फूलेका लाली गुराँसले जोकोहीलाई मोहित बनाउँछ साथै सौन्दर्य दिएको छ। यहाँ तस्बिरमा भएको फोटो रोल्पा जिल्लाको लापाल गाउँमा खिचिएको छ। पाहुनाहरूलाई स्वागत गर्नको लागि लाली गुराँस डोकोमा ल्याउँदै एक किशोरी।
कुनै समय रोल्पा नाम सुनेर डराउनुपर्ने अवस्था थियो। निकै विकट मानिने रोल्पा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुनुमा इतिहासमा विर्सन सकिदैन्। देशमा राजनीति परिवर्तनसँगै राज्य नयाँ संरचनामा जानुमा रोल्पावासीहरूको समर्थन र त्यागलाई विर्सन सकिदैन्। साह्रै मिलनसार, पाहुना सत्कार र सहयोगि भावना बोकेका रोल्पावासीहरुका दु:ख भने अझैपनि त्यस्तै छन्। अबको नयाँ संघीय संरचनाले जिल्लाका कुना कुनामा बाटो, पानी, बिजुली, स्वास्थय सेवा र शिक्षा पुग्न सकेमा रोल्पावासीको जीवन स्तरमा परिवर्तन ल्याउने कुरा निश्चित छ। अधिकाश युवाहरू रोजगारीको लागि विदेश जाने वाध्यता छ। उच्च शिक्षा हासिल गरेका व्यक्तिहरू बसाईसराई गरेर सजिलो ठाउँमा बसोबास गरेको देखिन्छ। राम्रो स्कूल र स्वास्थ्य शिक्षा नहुँदा अलि पैसा हुनेहरू पनि अन्तै बसाइ सराई गरेको देखिन्छ। बाँकि खेतीकिसानी, पशुपालन गर्ने, आफ्नो जन्मथलोको माया गर्नेहरूको वसोवास बढि देखिन्छ।
Discussion about this post