• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टमस चाड कि जन्मोत्सव ?

by Sarju Rijal
December 23, 2017
in Articles

 सुवास मसिहि, म पोखरा बासी, पोखरा यो देशकै आर्कषण र पर्यटन केन्द्रको रुपमा रहेको छ । पोखरामा पनि लेकसाइड भन्ने ठाउँ एउटा छुुट्टै अनुुभव गराउने ठाउँ हो, फेवातालको अनुुपम सुुन्दरता, डुुङ्गाको सयर, प्याराग्लाईडिङको रोमाञ्चक खेलले कसलाई आकर्षण गर्दैन र ? जसलाई हेर्दा नेपाल नभई कुुनै अरु देश जस्तो पनि लाग्छ हामीलाई कारण धेरै विदेशी मित्रहरुको ठूलो चहलपहल हुुने गर्दछ । लेकसाइडमा ख्रीष्टमसको छुुट्टै रौनक छाउँछ । त्यहाँ लगभग एक महिना अगावै होटलहरु सजाईन्छ, क्रिसमस ट्रीहरुले बाटोहरु, रेष्टुुरेन्ट, क्याफे साथै लेकसाइडका धेरै ठाउँहरुमा मानिसहरुलाई आर्कषण गर्नको निम्ति क्रिसमसको रौनक चम्काईन्छ । क्रिसमसको दिन हुुन्छ त्यहाँ असली रमिता, चाहे ख्रीष्टियान होस या अरु कोही, स्वदेशी वा बिदेशी क्रिसमसमा नाच्छन, उफ्रिन्छन, पिउँछन र मोजमस्ती गर्छन, सान्टा क्लसको पहिरन लगाउँदै जहाँ प्रभुु येशूसँग कुुनै सरोकार हुुँदैन । जसको जन्म भएको छ उहाँकै पहिचान छैन । जसले ख्रीष्टमसको अशली पहिचानलाई लुुकाउँछ, सान्टा क्लसले पनि प्रभुु येशूको पहिचानलाई छायाँमा पार्दछ । यो एउटा उदाहरण मात्रै हो ।
अब हामी सबैलाई अवगत भएको कुरा हो कि संसारमा मानिसहरुले हर्ष उल्लासहित प्रभु येशूको जन्मको रुपमा मनाउँदै आएका छन, ठाउँठाउँमा नाचगान, क्यारोल, चर्च तथा घर टोलहरु सजावट गरिन्छ साथै थुप्रै भोजहरुको समेत आयोजना हुुने गरेको छ यो सबैको कारण हो परमेश्वरले संसारलाई आफ्नो पुत्र दिनुुभयो । आजभन्दा लगभग २०१७ बर्ष अगाडी येशूू ख्रीष्टको जन्म यो संसारमा भयो । उहाँको जन्म साधारण थिएन, जन्मनुुभन्दा छ सय वर्ष अघिदेखि नै धेरै अगम्बक्ताहरुद्वारा उहाँको जन्मको भविष्यवाणी गरिएको थियो । उहाँले जन्म लिने ठाउँको रुपमा गोठ थियो, उहाँ जन्मिनका लागि एउटा कन्या जसको नाम हो मरियम, उनलाई धेरै वर्ष अघिदेखि तयार पारिएको थियो । जब ख्रीष्टमसको प्रसंग आउँछ तब त्यहाँ दिने कुुराको, नयाँ हुुने कुराको पनि प्रसंग जोडिएको छ । परमेश्वरले संसारका मानिसहरु पापी र भ्रष्ट भएको कारणले सारा संसारलाई आफ्नो एकदमै प्रिय पुुत्र दिनुुभएको छ । उहाँको नाउँमाथी विश्वास गर्नेलाई नयाँ जिवनको अवसर प्राप्त भएको छ । यहाँ मरियमले समेत आफ्नो जवानी परमेश्वरमा अर्पण गरेकी छिन, त्यतिबेलाको समाजमा यदि कोहि कन्या गर्भवती भएको थाह भएमा सबै मिलेर ढुुङ्गा प्रहार गरि मार्ने चलन थियो तर त्यसका बावजुुत पनि उनले परमेश्वरको महिमाको निम्ति साहसिक कदम चालेकी थिइन । जब प्रभुु येशूूको जन्म भयो नयाँ युुगको नै शुुरु भएको हामी पाउँछौ । अहिले धेरै मानिसहरुले ख्रीष्टमस आफ्नै तरिकाले मनाउने गरेको पनि पाइएको छ । प्रभुमा विश्वास गर्ने व्यक्तिले मात्र नभई विश्वास नर्गने व्यक्तिहरुले पनि उत्तिकै उत्सुकतामा ख्रीष्टमस मनाउँदै आइरहेका छन । पश्चिमी देशहरुमा एकमहिना अघि देखी नै ख्रीष्टमसको रमझम हरेक घर, व्यापारिक केन्द्र, स्कुुल कलेजहरुमा तथा सबै चोक गल्लीमा देख्न पाइन्छ । कतिपय मानिसले स्वाभावै अनुुसार सबैकुुरालाई सांसारिक दृष्टिकोणले हेर्ने, मोजमज्जा, खानपिन गरेर बिताउने प्रचलन बढेकोले ख्रीष्टमस केबल पर्वको रुपमा मात्रै सिमित नहोला भन्न सकिन्न । यसको वास्तविक अर्थ लोप भई केबल चाडको रुपिमा सिमित नहोस । तर ख्रीष्टमसले सबैमा नयाँ जोश, जाँगर, नयाँ विचार र आस्थामा सबैलाई सुुदृढ पारोस र यसको वास्तविक लक्ष्य जुन प्रभुु जन्मेको सुुसमाचार हो त्यो पुरा होस उहाँको महान योजना यो संसारमा पुुरा होस ।
संसारमा धेरै मानिसहरुलाई ख्रीष्टमसको महत्वको विषयमा राम्रोसँग थाह छ । यो यथार्थ हो कि ख्रीष्टमसलाई ख्रीष्टको जन्मदिनको विषयमा मनाईन्छ तर पनि ख्रीष्टमसले गहिरो आत्मिक यथार्थ र महत्व बोकेको छ जसलाई आज मानिसहरुले नबुुझेर धेरै विवादतर्फ ख्रीष्टमसलाई डोर्याईरहेका छन । ख्रीष्ट परमेश्वर भएर पनि पुुर्ण रुपमा मानिस भएर आउनुुभएको कुुरा ख्रीष्टमसले दर्शाउँछ । उहाँ यस्तो समयमा जन्मिनुुभयो जतिबेला संसारमा अज्ञानता, रुढीबादी, इष्र्या, घृणा र ढोंगी मानिसहरुको प्रभाव थियो । पवित्रतालाई मानिसहरुले भुुलेका थिए र नैतिकतालाई पनि मानिसहरु इन्कार गर्दथे । यसैबीच ख्रीष्ट येशूको जन्मभयो र उहाँले मानिसहरुको जीवन परिवर्तन गर्ने काम गर्नुभयो । उहाँले मानव जीवनलाई पुुर्णरुपमा नयाँ आत्मिक बाटोमा डोर्याउनुुभयो । संसारमा परिवर्तनले स्थान लियो, मानिसहरुले आफ्नो जीवनको शैली नै परिवर्तन गरे तसर्थ संसारकै निम्ति एउटा नयाँ युुग स्थापना भयो ।
उक्त समयमा परमेश्वरलाई आराधना गर्ने अथवा खोज्ने व्यक्तिहरुमा कुुनै पनि उच्च आत्मिय जीवन अथवा परमेश्वरको सहि ज्ञान हुुने थिएन । उनीहरु कुुविचार, रिस, लोभ लालच, छल, घमन्ड र ईष्र्याले भरिएको जीवन जिउँदथे । यदि खोज्ने व्यक्तिहरुले नयाँ आत्मिक, पवित्रता र भक्तिको जीवन जिउँन चाहन्छ भने ख्रीष्ट येशूको आत्माले उसको जीवन र हृदयमा नयाँ गरि जन्म लिनुुपर्दछ । वास्तविक ख्रीष्टमस यहि हो, मानिसको जीवनमा ख्रीष्ट नयाँ गरी जन्म लिनुु र अन्धकारमा ज्योति चम्कनुु नै ख्रीष्टमस हो । र आत्मामा साँच्चै नम्र र दीन हुुने व्यक्तिमा नै आत्मिक चेतना आउँदछ ।
त्यसकारणले गर्दा यस्ता महान मुुक्तिदाता, संसारको पाप उठाईलैजाने व्यक्ति यो संसारमा मानिसको रुपमा आउनुुभएको शतप्रतिशत सत्य हो । उहाँ हाम्रो लागि जन्मनुुभएको कुुरा पनि साँचो हो त्यसैले उहाँजस्तो महान परमेश्वरको जन्ममा खुुसीसाथ उत्सव मनाई यसलाई अवसरको रुपमा मौकाको सदुुपयोग गर्दै हामीले मानिसलाई सुुसमाचार सुुनाई उनीहरुको लागि मुुक्तिदाताको जन्म भएको घोषणा गर्नुपर्दछ।

          Subash Masihi, Pokhara

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In