• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तिमीहरू परमेश्वरका मन्दिर हौ

by Sarju Rijal
July 26, 2017
in Bible Study & Teaching, NC Photos
Shree Kharka, Manang (Near side of Tilicho Lake) Photo by Sarju Rijal

ललितपुर,  श्रावण ११, बाइबल अध्ययनको क्रममा आज पहिलो कोरिन्थी ३:१६ र १७ पदलाई मनन् गर्नेछौं। “१६ के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ? १७ कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।”

परमेश्वरको वचन अनुसार येशू ख्रीष्‍टमा विश्वास र ग्रहण गरेकाहरु सबै संसारबाट अलग गरिएर र ख्रीष्टमा एक भएका छन् । ख्रीष्टलाई पाएकाहरूलाई संसारको ढाँचामा वा सांसारिक तवरले चल्न मनाहि गरिएको छ। संसारमै भएको कारणले विभिन्न किसिमका अभिलाषाहरू, जीवन शैली वा चालचलन, रितिरिवाज, लोभ लालसाले प्रभाव पारेको कारणले पावलले मानविय सिद्धान्तलाई अस्वीकार गर्न र सत्य कुरामा जिउन कोरिन्थीको पत्रमा कडा रूपमा प्रस्तुत भएको थाह गर्न सकिन्छ। पावलको समयमा कोरिन्थी एक प्राचिन प्रसिद्ध सहर थियो। यहाँ वसोवास गर्नेहरू विभिन्न प्रकार र शैलिका थिए।  बौद्धिक रुपममा घमण्डी, भौतिक रुपमा सम्पन्न र नैतिक रुपमा भ्रष्‍ट थिए । यस सहरमा ख्रीष्‍टियनहरूको वीचमा पनि कामुक वा व्यभिचार सम्बन्धिको पापले जरा गाडेको थियो। पावलले दिएको शिक्षा अनुसार त्यहाँ मण्डलीमा व्यक्तिको सिद्धान्तलाई जोड दिएको पनि पाइन्छ । कुन ठिक वा कुन ठूलो भन्ने विषयमा मत भिन्नता थिए । नैतिक समस्या र ज्ञानको गलत अवधारणाहरु थिए।

पावल एफिससमा हुँदा कोरिन्थीको मण्डलीमा ख्रीष्‍टियनहरूको वीचमा भएको खराब कुराहरू, अनैतिक कुराहरू, मूर्तिपूजा सम्बन्धि आदि कुराको खबर पुगेको थियो। यसले निकै दुखित भएको कुरा बुझ्न सकिन्छ । कोरिन्थीको मण्डलीमा भएका धेरै समस्याहरू मध्ये एउटा समस्या आफैलाई संसारका दुष्ट कामबाट नअग्याएर परमेश्वरको आशिष् पाउने प्रयत्न गरेका थिए। पास्टर अगुवाहरूले दुष्‍ट चालचलन नत्यागेकाहरूलाई मन्दिरमा प्रवेश गर्न दिएका थिए। मन्दिरमा प्रवेश गर्नलाई निम्न कुरा त्याग गरेको हुनुपर्दथ्यो:
स्वार्थमय विभाजनहरू ११:१८, संसारको दर्शन ३:१९, इर्ष्या, डाह र झैझगडा ३:३, घमण्ड ३:२१, मण्डलीभित्रको अनैतिकतामा तटष्थ रहन्थे र छुट दिन्थे। परमेश्वरको वचनलाई गम्भिरताको साथ लिएका थिएनन्। साना तिना विषयहरूमा मुद्दामामिला गर्थे। मूर्तिपूजासँग सम्बन्धित चाडपर्वमा सहभागि हुन्थे। प्रभुभोजको दुरूपयोग गर्थे। सुसमाचारको सन्देशलाई विकृति बनाएका थिए। मन्दिरमा प्रवेश गर्नलाई यि सबै त्यागेको हुनुपर्दथ्यो।
वचनको सत्य शिक्षामा मण्डलीलाई राख्‍न र मानविय सिद्धान्त र अनैतकि चालचलनबाट शुद्ध राख्‍न पावलले स्पष्ट वचनको निर्देशन, चेतावनी र उत्साह दिएका छन्। स्पष्ट सिकाएको कुरामा गम्भिर नहूँदा आइपर्ने नोक्सानीको बारेमा पनि चेतावनि दिएका छन्। परमेश्वरको मन्दिर पवित्र हुनुपर्छ, किनकि परमेश्वर पवित्र हुनुहुन्छ। ख्रीष्टियनहरूको सभा वा मण्डली नै परमेश्वरको मन्दिर हो भन्ने कुरालाई त्यति महत्वपूर्ण नमानेर पूरानो मानविय स्वभाव र दुष्ट कुराहरूप्रति मोह र झुकाव थियो । कोरिन्थीमा भएका परमेश्वरका मानिसहरू व्याप्‍त दुष्‍ट कुरामा सहभागि पनि हुने गर्दथे। अनैतिक कामहरूलाई इन्कार गर्दैनथे । पावलले पद १७ अनुसार यहाँ डरलाग्दो चेतावनी दिएका छन्।

चेतावनी
यहाँ दिइएको चेतावनी ख्रीष्टको मण्डली निर्माण गर्ने सेवक वा अगुवाहरू सबैको लागि हो। आजको मण्डलीहरूमा पनि यो सान्दर्भिक छ। यदि कोहि ख्रीष्‍टियन वा सेवकले परमेश्वरको मन्दिरलाई (स्थानीय मण्डली वा कुनै पनि संगति, झुण्ड) लाई अशुद्ध वा भ्रष्‍ट बनाउँछ भने परमेश्वर स्वयंले भयानक विनाश र अनन्त मृत्युबाट दण्ड दिनुहुनेछ। परमेश्वरको मण्डलीलाई भ्रष्‍ट र विनाश गर्ने कुराहरू:
1. अनैतिकतामा सहभागि भएर ५:१
2. आफ्नो स्वार्थ र फाइदाको लागि झुट र छलहरू गरेर  प्रे ५:१-१३
3.  झुटो शिक्षालाई प्रोत्साहन गरेर धर्मशास्त्रीय सत्यतामा तटस्थता देखाएर १ तिमोथी ४: १
4. मण्डली भित्र भएका पाप र संसारिकपनलाई स्वीकार गरेर ५: १,२,५,६,७
5. सांसारिक ज्ञान र विकृतपूर्ण सुसमाचारबाट मण्डली निर्माण गर्ने प्रयास गरेर १: १८-२:५; फिलिप्पी १:१५-१६
6. ख्रीष्टियनहरूको वीचमा डाह र झैझगडा ३:३

अब विचार गरौं हामी ख्रीष्टियनहरूले पनि कतै संसारिक अभिलाषा, लोभ, स्वार्थबाट अलग नभएर परमेश्वरबाट आशिष् खोजिरहेका छौ कि?  ख्रीष्‍टियनहरू परमेश्वरका मन्दिर हौं भने मण्डलीलाई अपवित्र बनाउने काम पनि गर्नुहुँदैन। आज मण्डलीहरूमा सेवा गर्ने सेवक, पास्टर, विशप, अगुवाहरुमा पनि धेरै सान्दर्भिक देखिन्छ। वचनको सत्यतामा रहेर मण्डली निर्माण र वचनको सत्य शिक्षा दिने कामहरु तिव्ररूपमा होउन्। सांसारिक अभिलाषा, अनैतिकता, अपवित्रता, पदिय मोह, गुटवन्दि, स्वार्थीपन, एउटा ख्रीष्टियानले अर्को ख्रीष्टियनलाई नसहने, को ठूलो भन्ने खालका मत भिन्नताले हाम्रा मण्डलीमा जरा नगाडोस् भनि निरन्तर प्रार्थना गरौं।

Related Posts

मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026
New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In