शनिवार, अक्टोबर २२, कार्तिक ६
‘बुद्धि तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायी हुनेछ।’ —हितोपदेश २:१०
व्यक्तिगत वृद्धिले पदोन्नति गराउँछ। रोकिनुहोस् र तपाईंको मण्डली, तपाईंको संस्था, वा तपाईंका साथीभाइको समूहमा हेर्नुहोस्। व्यवस्थापन विशेषज्ञ डव्ल्यु. एडवार्डस डेमिङले भनेकाछन्, ‘ज्ञान बाध्यात्मक छैन … न ता बाँच्नु नै।’ ठूलाठूला व्यापारिक संस्थान तथा कार्यालयहरूको संस्कृतिमा, जति माथिल्लो पद हुन्छ, त्यति कम ‘शारीरिक काम’ र उति नै बढी ‘विश्लेषणात्मक र सृजनात्मक चिन्तन’ को खाँचो पर्छ। कुनै महत्वपूर्ण बैठकका क्रममा कुनै व्यापारिक संस्थाको सम्मलेन कक्षको बारेमा विचार गर्नुहोस्।
सामान्यतया, ल्यापटपहरू, ब्रिफकेसहरू, र धेरै फाइलहरूका साथमा टेबलको वरिपरि धेरै कर्मचारीहरू बसेका हुन्छन्, जब कि उक्त संस्थाको अध्यक्षको साथमा त्यस्तो केही पनि हुँदैन। कारण, उनलाई कम्प्युटर चलाउन, समय तालिकाहरू मिलाउन, र फाइलहरूको व्यवस्था गर्न नियुक्त गरिएको थिएन। यस्ता व्यक्तिहरूलाई उनीहरूको दक्षता र उनीहरूको विचारको प्रभावकारिताको लागि नियुक्त गरिन्छ। संस्थाहरूले उत्तम विचारहरू भएका मानिसहरू नेतृत्वमा भएको चाहन्छन्। फलस्वरूप, सामान्यतया पदोन्नति ती व्यक्तिहरूले पाउँछन् जसले केही काम सफलतापूर्वक सम्पन्न गर्छन्, जसले अग्रसारिता लिने र वृद्धि हुने गुण प्रदर्शन गर्छन्।
यसकारण, केही नयाँ विचारहरू सृजना गर्न सुरु गर्नुहोस्, र तपाईंलाई मानिसहरूले कति छिटो ध्यान दिनेछन् हेर्नुहोस् ! दानिएलले बेबिलोनमा एक दासका रूपमा यात्रा सुरु गरे, सबैभन्दा तल्लो अवस्थाबाट। तर चाँडै नबूकदनेसरको मन्त्रिपरिषदमा उनको पदोन्नति भयो। किनभने राजाले निम्न योग्यता भएका मानिसहरू खोजिरहेका थिएः ‘हरकिसिमका शिक्षा सिक्ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्न सक्ने र राजदरबारमा सेवा गर्नलाई योग्य’ (दानिएल १:४)। जागिरको सुनिश्चितताको बारेमा कुरा गर्नुहोस् ! अझ ठूलो कुरा त के भने, ‘दानिएल त्यहाँ रहे’ (पद २१)। यसकारण, आफैँलाई व्यक्तिगत वृद्धिकालागि समर्पित गर्नुहोस्।
आत्मिक भोजनः यशैया ८–११, यूहन्ना ६:२५–३४, भजन ८५, हितोपदेश २७:२०–२२
Discussion about this post