शनिवार, अक्टोबर १५, असोज २९
‘कुनै आदर र कुनै अनादरका … भाँडाहरू … हुन्छन्।’ —२ तिमोथी २:२०
एलिया अगमवक्तालाई खाना खुवाउन परमेश्वरले एउटा कागलाई प्रयोग गर्नुभयो, जसलाई यहूदी संस्कृतिमा ‘अशुद्ध’ पंक्षी मानिन्थ्यो। नहेम्याहले अन्यजातिका राजाको आर्थिक सहायताद्वारा यरूशलेमको पर्खाल पुनर्निर्माण गरे।
मुख्य कुरा के हो भनेः परमेश्वरलाई सीमित नतुल्याउनुहोस्। कहिले कहीँ सामान्यतया हामीले इन्कार गर्ने मानिसहरू नै हाम्रा आवश्यकता पूरा गर्न परमेश्वरले प्रयोग गर्नुहुने मानिसहरू हुन्छन्, र यस्ता मानिसहरूलाई इन्कार गर्दा हामीले परमेश्वरले हाम्रा निम्ति योजना गर्नुभएको आशिष गुमाउँछौं। होसियार रहनुहोस्; ‘छान्ने र खुशी नहुने’ तपाईंको प्रवृत्तिले अन्त्यमा तपाईंलाई चोट पुर्याउन सक्छ ! सत्य के हो भने, तपाईंले अप्ठ्यारा मानिसहरूसँग काम गर्नुपर्ने हुन्छ। परमेश्वरले यस्तै योजना गर्नुभएको छ। किन ?
किनकि तपाईंले नमिल्ने वा मन नपर्ने मानिसहरूसँग काम गरेको उहाँले चाहनुहुन्छ। यसो गर्नु दुष्ट आत्मा भएको मालिकको निम्ति काम गर्नुभन्दा बढी कठिन हुँदैन! सुरुमा त दाऊदले राजा शाऊलको कृपा पाएका थिए, तर उनले गोल्यतलाई मारेपछि शाऊलले उनलाई मार्न खोजे। तथापि दाऊदले आफ्नो रणनीति कहिल्यै परिवर्तन गरेनन्। उनी शाऊलको घरमै रहे किनकि उनको भविष्य त्यहाँ थियो भन्ने कुरा उनलाई थाहा थियो। अनि उनले प्रदर्शन गरेको बुद्धिको कारण, उनले त्यो ठाउँ हात पारे! परमेश्वरका सिद्धान्तहरू अनन्त हुन्छन्। दाऊदले आफैंलाई सीमित तुल्याएनन्, र परमेश्वरलाई पनि सीमित तुल्याएनन्। मानिसहरू दुई प्रकारका हुन्छन् भन्ने कुरा उनले बुझेका थिएः ‘कुनै आदर र कुनै अनादरका भाँडाहरू।’ अनि परमेश्वरले दुवैलाई प्रयोग गर्नुहुन्छ। मानिसहरूबाट आफ्ना दृष्टि हटाउँदा, अनि उनीहरूबाट प्रभावित वा निरास दुवै नहुँदा, यसले दाऊदलाई ठूला अवसरहरू दिलायो किनकि परमेश्वरद्वारा प्रयोग गरिनका लागि उनले अरूलाई स्वतन्त्र छोडे। यसकारण अप्ठ्यारा मानिसहरूसँग मिलेर काम गर्न सुरु गर्नुहोस्। आज तपाईंको सबैभन्दा ठूलो चुनौती त्यही व्यक्ति हुन सक्छ जसले भोलि तपाईंलाई सहायता गर्छ र आशिष् दिन्छ।
आत्मिक भोजनः प्रस्थान ३३–३५, यूहन्ना ५:१–२५, भजन ८७, हितोपदेश २७:४–६
Discussion about this post