
सन्देश पौडेल, धरान खिष्टको पुनरुत्थान एवं नयाँ वर्ष२०७३ को अवसरमा पुर्वाञ्चलमा शान्ती-मिलाप साँगितिक यात्रा शुरु गरिएको छ । बिश्व सुसमचार नेपालको सहकार्यमा धरानबाट साँगितिक यात्रा शुरु गरिएको हो ।
आइतवार आयोजित खिष्टको पुनरुत्थान बिशेष कार्यक्रममा साँगितिक यात्राको उद्घाटन गरिएको छ । नेपाल खिष्टियन समाजका सस्थापक कन्भेनर तथा पूर्व अध्यक्ष डा तिर्थ थापाले सो यात्राको उद्घाटन गर्नुभएको हो । डा. थापाले पार्थना सहित रिवन काटेर साँगितिक यात्राको उद्घाटन गर्नुभएको थियो ।
साँगितिक यात्राका क्रममा पुर्वाञ्चलका बिभिन्न जिल्लामा पुगेर सुसमचारिय गित-सगित प्रस्तुत गरिने कार्यक्रम संयोजक बिक्रम राईले बताउनुभयो। परमेश्वरको प्रशंसा र सुसमचारको लागि शान्ती मिलाप साँगितिक यात्रा आयोजना गरिएको उहाँले बताउनुयो ।
धरानबाट शुरु भएको सो शान्ति-मिलाप साँगितिक यात्रा नया बर्ष२०७३ को बैसाख १ सम्म जारी रहनेछ ।
Discussion about this post