• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

निश्चिन्तताको घोषणा, मत्ती ६:२५-३४

by Tanka Subedi
June 9, 2013
in Sermons

tanka150प्रिय मित्रहरू,

प्रभु येशूले आफ्नो उपदेशमा हाम्रो जीवनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने धेरै विषयहरूमा सिकाउनुभयो। अब हामीले हेर्ने खण्डमा यस्तै एउटा कुरा छ। यो एउटा मानव जीवनको अत्यन्त गम्भीर समस्या हो। यसकै कारणले गर्दा कति पटक मानिसहरू परमेश्वरको राज्य र धार्मिकताबाट टाढा जान्छन्। यो हो ‘चिन्ता‘।

आउनुहोस् बाइबलबाट पढौं मत्ती ६:२५-३४

“यसैकारण म तिमीहरूलाई भन्दछु, ‘के खाउँला, के पिउँला’ भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। ‘के जीवन खानेकुराभन्दा र शरीर लुगाफाटाभन्दा उत्तम होइन र? आकाशका चराचुरुङ्गीलाई हेर तिनीहरूले नता बीउ छर्छन्, न अन्ना कटनी गर्छन्, न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढी मूल्यवान् छैनौ र?  तिमीहरूमध्ये कुनचाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? “अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौं? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्दछन्, न धागो कात्छन्। तर म तिमीहरूलाई भन्दछु , सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। आज हुने र भोलि अगेनोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढी उहाँले पहिराउनुहुनेछैन र?  यसकारण ‘के खाऔंला ?’ कि ‘के पिऔंला?’  कि ‘के पहिरौंला? भनेर फिक्री नगर।किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन्, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुबहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।”
मत्ती ६:२५-३४

मानिसहरू विभिन्नो कारणले चिन्तामा पर्न सक्छन्। आजको आधुनिक संसारमा अलिकति सोझो मान्छे पछाडि परिहाल्छ। उदाहरणको लागि व्यापारमा नयाँ नयाँ प्रविधि आएका छन्। राम्रो काम नजान्नेनलाई जागिर पाउन मुस्किल छ।महङ्गीले गर्दा अहिले खाए भरे के खाउँ? भरे खाए भोलि के खाउँ? हुन्छ। संसारभरी नै झैझगडा, लडाई, प्राकृतिक प्रकोप, रोग आदि बढिरहेका छन् त्यसैले चिन्ता गर्नु स्वाभाविक जस्तो देखिन्छ। प्रभु येशूले यी सबै समस्याहरूको सारांश, मानिसले चिन्ता गर्ने तीनवटा विषय बताउनु भएको छ।

१ खाना
२ पिउने कुरा
३ कपडा

प्रभुले यो खण्डमा चिन्ता गर्नुहुँदैन भनेर शिक्षा दिनुभएको छ।

प्रभु येशूले भन्नु हुन्छ हामीले पहिला परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नुपर्छ अनि यी सबै थोक हामीलाई थपिन्छन्। यदि हामीले हाम्रो हृदय परमेश्वरमा लगायौं भने हाम्रा सबै आवश्यकता परमेश्वरले पूरा गरिदिने प्रतिज्ञा हामी यहाँ पाउँछौं। त्यसैले यदि हामीले पैसालाई नभएर परमेश्वरलाई सेवा गर्यौंे भने हाम्रो मन उहाँको राज्य र उहाँको धार्मिकतामा केन्द्रित हुन्छ।

यस प्रतिज्ञालाई अझ स्पष्ट पारौं

प्रतिज्ञा: खान, पिउन र लगाउन पाइने
शर्त:  परमेश्वरको राज्य र धार्मिकतामा मन लगाउने

अब यसको अर्थ के हो त?  के हामी रात दिन बाइबल पढ्ने, प्रार्थना गर्ने, भजन गाउने र मण्डलीमा गै बस्ने अनि परमेश्वरले मीठो मीठो खाना र कपडा पठाइदिनुहुन्छ? अवश्य पनि होइन। तर हामीले आफ्नो जीवन धार्मिकतामा जिउने र दैनिक कामकाज गर्दै जाने गर्नुपर्छ र त्यसमा परमेश्वरले हामीलाई चाहिने सबै कुरा जुटाइदिनुहुन्छ।

अब १कोरिन्थी ३:९ पढौं
किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ।

हामी त परमेश्वरका सहकर्मी हौं त्यसैले हामीले काम गर्नुपर्छ। हाम्रो काम परमेश्वरको राज्य र धार्मिकतामा आधारित हुनुपर्छ। ख्रीष्टियन जीवन चिन्तामुक्त जीवन हो। तर रमझम र रमाइलो गर्ने जीवन मात्र होइन। ख्रीष्टियन भएपछि पनि हामीलाई समस्याहरूले पिरोल्न खोजिरहन्छन् र कतिपल्ट परमेश्वरको राज्य र धार्मिकताबाट टाढा लैजान खोज्छन्। तर अवस्था जतिसुकै नाजूक भएपनि परमेश्वरमा भर पर्नुपर्छ। परिस्थिति र अवस्था समस्या समाधानको लागि असम्भव देखिएलान् तर परमेश्वरको धार्मिकतामा रही आफूले गर्न सक्ने जति गर्यौंक भने बाँकी काम हाम्रा सहकर्मी परमेश्वर स्वयंले पूरा गरिदिनुहुन्छ।

त्यसैले चिन्ताबाट मुक्त हुने उपाय एकदमै सजिलो र सरल छ ‘परमेश्वरमा भर पर्यौंन भने उहाँले हामीलाई चरालाई र फूललाई जस्तै वास्ता दिनुहुन्छ’ र त्यो भन्दा बढी पनि गर्नुहुन्छ।

परमेश्वरको नजरमा चराहरू र फूलहरू भन्दा मान्छेको मूल्य बढी छ। विश्वभरका सम्पूर्ण प्राणीमा परमेश्वरले मानिसलाई बढी महत्त्व दिनुहुन्छ। येशूले भन्नुर भएअनुसार मानिस प्राय गरी भविष्यको डरको कारणले चिन्तामा पर्छन् तर हाम्रा प्रभु त भविष्यका पनि प्रभु हुनुहुन्छ।

कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
फिलिप्पी ४:६-७

यो पदअनुसार हामीले हाम्रा सबै चिन्ता फिक्री नम्रतासाथ परमेश्वरमा राखिदिनुपर्छ। र उहाँले त्यसको सट्टामा हामीले हाम्रो समझले भ्याउनै नसकिने शान्ति मनमा र हृदयमा पाउन सक्छौं।

परमेश्वरका सन्तान भएकोले हामी सधैं शान्तिमा जिउनुपर्छ।

• के तपाईं पढाइको समस्यामा हुनुहुन्छ? जति पढे पनि बुझ्नुहुन्नई, फेल हुन्छु जस्तो लाग्छ।

विनम्रसाथ परमेश्वरलाई भन्नुहोस् र आफुले सकेजति प्रयास गर्नुहोस्।

• ठूलो ऋण छ, तिर्न सक्छु जस्तो लाग्दैन?

विनम्रसाथ परमेश्वरकोमा आउनुहोस्।

आफूसँग भएको रकमबाट दशांश र भेटी दिनुहोस्। परमेश्वरले तपाईंलाई ऋण मुक्त गर्नुहुन्छ।

• ठूलो र पुरानो विरामी छ, निको होला जस्तो लाग्दैन?

विनम्रसाथ परमेश्वरकोमा आउनुहोस्। डाक्टरको सुझावअनुसार आफ्नो आर्थिक क्षमताले भ्याए जति उपचार गर्नुहोस् र तपाईं निको हुनुहुनेछ।

यी केही उदाहरण मात्र हुन्। तपाईंको जीवनमा समाधान गर्न असम्भव देखिएका अरू समस्याहरू होलान्। अहिले नै परमेश्वरकहाँ ल्याउनुहोस्।आउनुहोस् प्रार्थना गरौं र परमेश्वरको शान्ति प्राप्त गरौं।

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018
Easter Sunday Special 2018

Easter Sunday Special 2018

April 1, 2018

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In