• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

by Tanka Subedi
May 30, 2020
in Articles, Sermons, Sermons/Teachings

९”तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर्ने गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।१२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। १३ हामीलाई परीक्षामा पर्न नदिनुहोस् , तर दुष्टबाट छुटाउनुहोस्।[किनभने राज्य, पराक्रम र महिमा सदार्सवदा तपाईंकै हुन्, आमिन।]’

मत्ती ६:९-१३

प्रिय मित्र, आज हामी प्रभु येशूले आफ्ना चेलाहरुलाई कसरी प्रार्थना गर्नुपर्छ भनी सिकाउनु भएको खण्डलाई हेर्नेछौं र आजको सर्न्दभमा कसरी प्रार्थना गर्नुपर्छ भनी सिक्नेछौं।

धेरै मानिसहरुले प्रभुले सिकाउनु भएको प्रार्थनालाई आफ्नै प्रकारले बुझेका हुन्छन्।

जस्तै –

  • मलाई सानै हुँदाप्रभुको प्रार्थना सिकाएको हो। तर यसको अर्थ मलाई थाहा छैन।
  • म १० सेकेन्डमा प्रभुको प्रार्थना सजिलै भन्न सक्छु।
  • हाम्रो मण्डलीमा सधैँ प्रभुको प्रार्थना गर्छन्, किन गरेको त्यो चाहिँ मलाई थाहा छैन।
  • मैले प्रभुको प्रार्थना कण्ठ गरेर भन्दिनँ किनभने आफैले गरेको प्रार्थना असल हुन्छ।
  • मैले यसको बारेमा केही सुनेकै छैनँ।

आज हामी यी नै कुराहरूमा स्पष्ट हुनेछौं। प्रभुले सिकाउनु भएको प्रार्थना  डाँडाको उपदेशको एक भाग हो। यसलाई प्रभुको प्रार्थना पनि भनिन्छ।

अब मत्ती ६:९-१३ पढौं। तपाईंको विचारमा यस खण्डको शीर्षक के हुनुपर्ला ?

‘प्रभुले सिकाउनुभएको प्रार्थना’

पहिलो पदमा (मत्ती ६:९) परमेश्वर को हुनुहुन्छ भनी लेखिएको छ। हामीले केही माग्नु अघि उहाँ को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भनी जान्नु आवश्यक छ।

परमेश्वर हाम्रा पिता हुनुहुन्छ र उहाँ र्स्वगमा हुनुहुन्छ। पिता हुनुभएकोले हामी निर्धक्क र ढुक्क भएर उहाँसँग जे पनि माग्न सक्छौं साथै उहाँ स्वर्गमा हुनुहुन्छ। उहाँ मानव वुवा हुनुहुन्न, त्यसैले उहाँकहाँ जाँदा भक्ति र श्रद्धासाथ जानुपर्छ।

त्यसपछि लगत्तै छवटा विन्तीहरु देख्न सक्छौं –

  • तपाईंको नाउँ पवित्र गरियोस्
  • तपाईंको राज्य आओस्
  • तपाईंको इच्छा र्स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
  • हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस्।
  • हाम्रो अपराध क्षमा दिनुहोस् जसरी हामीले आफ्ना अपराधीलाई क्षमा गरेका छौं ।
  • हामीलाई परीक्षामा नल्याउनुहोस् तर दुष्टबाट छुटाउनुहोस्।

प्रथम विन्ती            परमेश्वरको नाम पवित्र गरियोस्

दोस्रो विन्ती            परमेश्वरको  राज्य आओस्

तेस्रो विन्ती            परमेश्वरको इच्छा र्स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।

पहिला तीनवटा विन्तीहरु हाम्रो लागि होइन तर परमेश्वरको लागि गरिएका छन्।

अब दोस्रोँ समूहका विन्तीहरूलाई हेरौं –

भोजन कसको लागि हो                 हाम्रो या आफ्नो

क्षमा कसको लागि हो                  हाम्रो या आफ्नो

परीक्षा र दुष्टबाट सुरक्षा कसको लागि हो        हाम्रो या आफ्नो

यस दोस्रो समूहका विन्तीहरू हाम्रो लागि गर्नु भनी प्रभुले भन्नु भएको छ।

३ वटा परमेश्वरका बारेमा र ३ वटा हाम्रो बारेमा

अब हरेक विन्तीलाई एक एक गर्दै हेर्नेछौं।

प्रथम विन्ती : तपाईंको नाउँ पवित्र गरियोस्

यसमा हामीले परमेश्वरको आदर, मान, श्रद्धा र सम्मान होस् भनी माग गरेका छौं।

परमेश्वरको वचनलाई पालन गरी आज्ञाकारी भएर हामीले उहाँलाई आदर दिन सक्छौं ।

उदारहण :      रोगी बिरामीको वास्ता गरेर

आफ्नै छिमेकीलाई प्रेम गरेर

आफ्नोपरिवारको आवश्यकता पूरा गर्न कडा परिश्रम गरेर

निष्कपट हृदय लिएर

हामीले सधैँ परमेश्वरको नाम आदरसाथ लिनुपर्छ र यसै अनुसारको जीवन पनि जिउनुपर्छ।हाम्रो जीवन ठीकसँग नजिई ‘तपाईंको नाम पवित्र गरियोस्’ मात्र भन्छौं भने यसले परमेश्वरलाई आदर पुर्‍याउन सक्दैन ।

दोस्रो विन्ती : तपाईंको राज्य आओस्

हरेक ख्रीष्टियानको जीवनमा परमेश्वरको राज्य आइसकेकोछ।जति बढी उहाँको राज्यलाई हामी ग्रहण गर्छौँ त्यति नै उहाँको राज्यको अनुभव गर्न सक्छौं।एकदिन फेरि प्रभु शरीरमै राजाको रुपमा आउनुहुन्छ र उहाँको राज्य पूर्ण हुनेछ। हरेक अख्रीष्टियानले आफ्नो जीवनमा ख्रीष्टलाई प्रथम पटक ग्रहण गर्दा परमेश्वरको राज्य आइसको हुन्छ र हरेक ख्रीष्टियानले आफ्नो जीवनलाई अझ बढी ख्रीष्टको नियन्त्रणमा दिँदा अझै पूर्णता तर्फबढ्छ ।

तेस्रो विन्ती : तपाईंको इच्छा स्वर्गमा झै यस पृथ्वीमा पूरा होस्

हामीमध्ये धेरैको विचारमा प्रार्थना भनेको हामीलाई चाहिएको या मन परेको कुरा प्राप्त गर्ने एउटा माध्यम हो जस्तो लाग्छ तर यो एकदम गलत हो।तेस्रो विन्तीमा यो स्पष्ट छ कि हामीले चाहेको होइन तर तपाईं -परमेश्वरले चाहेको जस्तो होस्।

मत्ती ७:११ पढौं।

मानिस सिद्ध छैनन् र पनि आफ्ना छोराछोरीलाई आफूले जानेसम्म असल कुरा दिन्छन् तर परमेश्वर त सिद्ध हुनुहुन्छ, उहाँलाई सबै थाहा छ, त्यसकारण उहाँले पक्कै पनि आफ्ना छोराछोरीलाई सबै भन्दा उत्तम थोक दिनुहुन्छ।

उदाहरण : कुनै बालकले मूसाको विष खेल्न माग्यो भने उसको बुवा वा आमाले त्यो दिंदैन। बालकलाई त्यो खतरा कुरा हो भनी थाहा हुँदैन तर बाबा आमालाई थाहा हुन्छ। आफ्नोछोराछोरीलाई मन पर्ने हरेक असल चीज बाबु आमाले अवश्य पनि दिन चाहन्छन्। त्यसै गरी र्स्वर्गमा हाम्रा पिताले पनि हाम्रोलागि आवश्यक हरेक उत्तम थोक दिन चाहनुहुन्छ तर यदि त्यो चीज हाम्रो लागि हानिकारक छ भने त्यो हामीलाई दिनुहुन्न। आज हामी प्रभुले सिकाउनु भएको प्रार्थनाको यति मात्र अध्ययन गर्र्छौं र बाँकी भाग आउने हप्ता अध्ययन गर्नेछौं।

आउनुहोस् हामी सबै मिलेर एक पटक फेरि प्रभुले सिकाउनु भएको प्रार्थना भनौं :

९”हे हाम्रा पिता, जो र्स्वगमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस्। १० तपाईंको राज्य आओस्। तपाईंको इच्छा र्स्वगमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्। ११हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। १२ हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरुलाई क्षमा गरेका छौं। १३ हामीलाई परीक्षामा पर्न नदिनुहोस् , तर दुष्टबाट छुटाउनुहोस्। [किनभने राज्य, पराक्रम र महिमा सदार्सवदा तपाईंकै हुन्, आमिन।]’

प्रभुको अनुग्रह हामीहरू सबैमाथि रहोस्।

आमेन।

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In